10/11/2023
ज्ञानाेदय मा वि को कालिन्चाेक दर्शनका प्रिय सहयात्रीहरू।
दशैं तिहारको बिदामा कालिन्चाेक शैक्षिक भ्रमणको चाँजाेपाँजाे मिलाउन बिष्णु ज्ञवाली सरलाई अनुराेध गरियाे।ञ
2080 कात्तिक 22 बिहानको 6:30 बजे दुईवटा बसहरू हुँकियाे। घडीमा 11 बजेको थियाे। सुनकाेशीको किनारमा सुकुटे रहेछ। पहिला नाम चैं खुब सुनेको मज्जाले खाना खाइयाे। एक दुई सट फाेटाे खिचे पछि फेरि बस यात्रा सुरू भयाे। आफुलाई त नयाँ ठाउँ घरिघरि बसको झ्यालबाट कहिले बाहिर कहिले माेबाइलले फाेटाे खिच्दै फुर्सद थिएन। कृहिसमय पछि एक्कासी बस मोडिएर बगरको जस्ताे बाटाेमा लागे। मैले थाहा पाएं खरि ढुंगा पुगेको रहेछ। त्यहाँको हाइटबाट वरिपरि दृश्याबलाेकन र आफ्नाे आफ्नाे भावभंगिमा फाेटाे, सेल्फि र भिडियाे गर्दै, फेरि यात्रा सुरू भयाे।
यात्राले अब अर्कै माेड लियाे। अलिकटि जाने बस त उकालाे चढ्ने चढ्ने चढ्ने। रमाइलै लागिरह्याे। नभन्दै दिउंसाे एक बजे चरिकाेट हुँदै दाेलखा पुग्गियाे। आहा सुनेको मात्र थियाे। मनमा अनेक उत्सुकता। संगै हामी कालिन्चाेक नमूना मा विमा प्रबेश गर्याे। विद्यालयको हेडसर र वहाँ टिमले हामीलाई भव्य स्वागत गर्दै विद्यालयको अवलाेकन गराउनु भयाे। विद्यालय एकदम ठूलाे थियाे। बहुमुखी क्याम्पस, नेपाल भारत मैत्री भवन, र विद्यालयको पुरानाे भवन अनि अगाडि बगैंचा, फुटबल ग्राउण्ड राम्राे लाग्याे। प्र अ शम्भु गाैतम स्थानिय हुनुहुंदाेरहेछ। माथि सेमिनार हलमा डिजिटल स्मार्ट बाेर्डमा डिस्प्ले गर्दै स्कुलको बृतान्त बटाउनु भयाे।
झण्डै 3 बजिसकेकाेले हामी विद्यालय परिवारसंग बिदा लिएर दाेलखा भिमसेन दर्शन गर्न तिर लम्क्याैं। नभन्दै थाेरै पर खुड्किलाहरू झर्दै गर्दा धण्ट लगातार बजेको ध्वनि श्रवण गरियाे। विशेष पुजा हुँदै रहेछ। टपरीमा पुजा सामान बाेकेर लाईन बसियाे। अगाडि बढ्दै मुल गेटबाट दाेलखा भिन्ड्याे दर्शन गरियाे। सानाे चिटिक्क मिलेकाे कालाे प्रश्तर त्यसमाथि उडेको जस्ताे देखिने नाग! मैले प्रार्थना गरें प्रभु संसारमा शान्तिहाेस्। जे काम गर्छु सिध्ढि प्राप्त हाेस्। मलाई मनपराउने नपराउने सबैसंग मिलेर काम गर्न सकाैं। मेराे जिम्मामा रहेको बाँकी काम पूरा गर्न सकुं। भगवानले तथास्तु भनेको जस्ताे महसुस गर्दै संगै रहेको ढुंगेधाराको जलपान गरेर फेरि बसको खाेजिमै लागियाे।
बस अब मुख्य गन्तव्य करी गाउँ तिर हुंइकियाे। बसको एउटै काम थियाे अगणित माेड माेडमा घुम्दै उकालाे जाने। धेरै उचाईमा पुगे पछि पिच बाटाेले बसलाई छाेड्याे। अबको पालाे ढुंगालाई ठाडाे ठाडाे पारेर छापेको बाटाे। अलि पर पुगेपछि बाटाे बन्दै गरेको। कहिं आडि बाटाे ढलान भएको कहिं खनेकाे कहिं पुरानै यथावत। उकालाेको सिमा थिएन। तर बाटाे सुरक्षित खालको एकातिर अत्लाे भिर अर्काेतिर रूख बिरुवा।
कतिखेर हाे पत्तै भएन। रूखहरूले चाेलाे फेरिसकेका रहेछन्। अब त पुरै काेणधारी वृक्ष। गाेब्रे, लाेंठ जस्ता सल्लाकाे बृक्षहरू। मुनि मुनि लालिगुराँसका झाडि कस्ताे मिलेकाे। साँझ झपक्क लागिसकेको। अलि अलि भाेक लागे जस्ताे। हामीहरूले एक अर्कामा सुख्खा खाजाहरू साटफेर गर्याें। टाढा नजर लगाउंदा सूर्य अस्ताइसकेर क्षितिजमा छरेका ज्याेतिको मनमाेहक दृश्य। डाँडा माथि डाँडा हेरेर नसिढिने। नभन्दै कागजमा काेरेको जस्ताे उज्यालाे घर। युराेप तिर यस्ताे घर हुन्थ्याे। अबको यात्रा गन्तब्यको नजिक रहेछ। कुरी गाउका सयाैं हाेटेल लजहरू तिहार लागे जस्तै झकिझकाउ उचाइबाट खाल्टाे बेंसीमा राम्राे देखियाे। ठिक 6:30 बजेको रहेछ। लज भित्र कतिले ताताे पानी खाेज्दै थिए। म चैं शिरिरी चलेको चिसाे हावामा मुग्ध सास फेर्दै थिएं। काेठाको साँचाे हातमा थम्याए पछि भित्र छिरे। वाउ थियाे भित्र। खातमा शिरक बरफ जस्ताे।
साथिहरू क्याम्प फायरमा भाका हाल्दै र नाच्दै थिए। म चै किट्चनबाट खाना ल्याउने बित्तिकै भाेकाएको साथिहरू संग अघाउने गरि खाएं। त्यस पछि थाेरै नाचगानमा सहभागी भै भाेलिको तरखरमा लागें।
आज कात्तिक 23 गते बिहिबार एकादशी सबैलाई शुभदिनको संकेट गर्दै कालिन्चाेक पर्बतको यात्रा गर्न अनुराेध गरें। ठीक 6 बजेको थियाे। साथमा भएका सबैजनाको हिंडेरै माथि पुग्ने मनसाय थियाे। अलि खुड्किलाे चढेपछि केवलकार स्टेसनमा खालि थियाे। 600 आतेजातेको रहेछ। रमेश सरले तीनवटा टिकट मलाई थम्याए। अरू पनि टिकेट लिंदै लाइनमा आए । केवल कार जम्मा चारवटा दुइवटा रूट बनाइएको। हिंडेका भए चालीसमिनेट लाग्ने तर हामी चारमिनेटमा माथि पुग्याैं।
स्वर्गको टुक्रा रहेछ कालिन्चाेक। पुर्बमा सुर्यको लालि किरण। उत्तरमा हिमाल। गणेश, गाैरी र गाैरिशंकर हिमालकाे श्रृखला मनमाेहक देखिने। दक्षिणमा खाल्टाेमा कुरि भिलेज र पर्बत माला गहिरिएर गएको भु बनाैट। पश्चिम पट्टि सर्लक्क उठेकाे पर्बत को फेरि अग्लाे थुम्काे। कालिन्चाेक देवीकुड त्यहींमाथि बिराजमान भएको। कसरी उक्लिने हाेला मेलाे मेसाे थाहा नभएको पहिलाे चाेटी आएको। चारैतिर हाेचाे र बिचमा खुकुरीको धार जस्ताे साँघुराे अग्लाे।
म उभिएको ठाउंबाट छेउछेउ हुँदै पर्बत घुम्दै स्काई वाक जस्ताे ढुंगाको खाेचमा छ, सात फिट फराकिला खुड्किलाहरू थिए। म चैं पर पर हेर्दै फेसबुकमा लाईभ दिंदै थुम्कालाई दायाँबाट घुम्दै उकालाे गरेर माथि पुग्याैं। निर्माणको काम पनि भै राखेको रहेछ। सबैको नजर पर हिमाल बायाँ र भिरालाेका काेणधारी सल्लाे बृक्षहरू र अगाडि कालिन्चाेक भगवतिको परिसर। घण्ट, त्रिशूल, खड्ग र झण्डा भक्तजनले चढाएका सामग्रीहरू। मुख्य ठाउँ कुण्ड रहेछ। पहाडको एक्लाे टाकुरामा जल कुण्ड। यस बिषयमा भाैगर्भिक बिज्ञानका छुट्टै कारण हाेलान्। कालिन्चाेक भगबतीको शक्तिले श्रृजित याे मनमाेहक शक्तिशालि पवित्र याे शिखर भुमीमा परमेश्वरी देवीलाई मैले काेटी काेटी प्रणाम टक्र्याएं।
फर्किने मन थिएन। आफुसंग भएको फल प्रसाद बाँडचुड गरि हामी संगैभए जति फर्क्याैं। त्यसपछि अनेक बहाना गर्दै फाेटाेमा रमाउंदै, दृश्यहरूको चुम्बन गर्दै लजमा ब्रेकफास्ट लिएर बस यात्रा गृह स्कुल तिर लम्क्याैं। 1 बजे तिर खरि ढु्गामा खाना र मुडेमा आलु, किवी, छुर्पि आदि सपिङ् गर्दै बेलूका ठीक छ बजे सबैजना ज्ञानाेदय स्कुलमा फिर्ता भयाैं।
कालिन्चाेक भगवती दर्शनको यश महान यात्रामा सहभागी हुने, आयाेजना गर्ने, व्यवस्थापन गर्ने सम्पुर्णलाई यहाँहरूको याेगदानको उच्च कदर गर्दै सबैको ईच्छा अभिलाषा पुराहाेसको कामना गर्दै सबैलाई साधुवाद।।