श्री खगेन्द्र नवजीवन विशेष शिक्षा माध्यमिक विद्यालय

  • Home
  • Nepal
  • Kathmandu
  • श्री खगेन्द्र नवजीवन विशेष शिक्षा माध्यमिक विद्यालय

श्री खगेन्द्र नवजीवन विशेष शिक्षा माध्यमिक विद्यालय Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from श्री खगेन्द्र नवजीवन विशेष शिक्षा माध्यमिक विद्यालय, Education, Jorpati, Kathmandu.

10/07/2023
२०७६ असार २२ गते आइतबारका दिन माननीय शिक्षा विज्ञान तथा प्रविधी मन्त्री श्री गिरिराजमणि पोख्रेल ज्यु र शिक्षा विकास तथा ...
07/07/2019

२०७६ असार २२ गते आइतबारका दिन माननीय शिक्षा विज्ञान तथा प्रविधी मन्त्री श्री गिरिराजमणि पोख्रेल ज्यु र शिक्षा विकास तथा मानव विकास केन्द्रका महानिर्देशक श्री बाबुराम पौडेलज्युबाट खगेन्द्र नवजीवन माविको आकस्मिक भ्रमण गरी अपांगता भएका बालबालिकाहरू र अन्य बालबालिकाहरूसँग गर्नुभएको अन्तरक्रियाका केही झलकहरू ।

एसइइ परीक्षा २०७५ मा सफल हुनुभएका सम्पूर्ण छात्रछात्रालाई विद्यालयको तर्फबाट बधाई तथा भावी जीवनको शुभकामना !
27/06/2019

एसइइ परीक्षा २०७५ मा सफल हुनुभएका सम्पूर्ण छात्रछात्रालाई विद्यालयको तर्फबाट बधाई तथा भावी जीवनको शुभकामना !

लायन्स श्यामप्रसाद रुपाखेतिज्यू को सभापतित्व लायन्स ईश्वरप्रसाद सापकोटाज्यूको  प्रमुख आतिथ्यता , लायन्स प्रमोद फुयालज्यू...
31/05/2019

लायन्स श्यामप्रसाद रुपाखेतिज्यू को सभापतित्व लायन्स ईश्वरप्रसाद सापकोटाज्यूको प्रमुख आतिथ्यता , लायन्स प्रमोद फुयालज्यूको विशेष आतिथ्यता तथा इष्ट पोल स्कुलका प्रिस्पिपल तथा लायन्स राजेश राईज्य्रको कार्यक्रम सञ्चालनमा यस विद्यालयमा अध्ययनरत ४ सय जना विद्यार्थीलाई लायन्स क्लबको तर्फबाट कापी वितरण कार्यक्रम । मिति २०७६ जेठ १६ बिहीबार ।

शैक्षिक सत्र २०७६ का लागि किताब वितरण । शिक्षा विभागका महानिर्देशक श्री टेक नारायण पाण्डे, गोकर्णेश्वर नगरपालिका वडा नं....
22/04/2019

शैक्षिक सत्र २०७६ का लागि किताब वितरण । शिक्षा विभागका महानिर्देशक श्री टेक नारायण पाण्डे, गोकर्णेश्वर नगरपालिका वडा नं. ६ का वडाध्यक्ष श्री रमेश अर्याल, वडासदस्य नवराज लामा तथा विद्यालय व्यवस्थापन समितका अध्यक्ष श्री मोहन महर्जनज्यूको हातबाट वितरण । २०७६ वैशाख ५ गते ।

गोकर्णेश्वर नगरपालिकाको आयोजना तथा खगेन्द्र नवजीवन विशेष शिक्षा माध्यमिक विद्यालयको संयोजकत्वमा अन्तर विद्यालयस्तरीय आधा...
17/02/2019

गोकर्णेश्वर नगरपालिकाको आयोजना तथा खगेन्द्र नवजीवन विशेष शिक्षा माध्यमिक विद्यालयको संयोजकत्वमा अन्तर विद्यालयस्तरीय आधारभूत तहको चित्रकला प्रतियोगिता मिति २०७५ फागुन ३ गते शुक्रबार सम्पन्न भयो । उक्त प्रतियोगितामा नगरका सामुदायिक तथा संस्थागत गरी ३१ विद्यालयका ५९ जना छात्र÷छात्राको सहभागिता भएको थियो । उक्त प्रतियोगितामा स्वेत वाराही स्कुलकी छात्रा लक्ष्मी परियार प्रथम, गोकर्ण माविका तेञ्जिङ मेन्तोक गुरुङ द्वितीय, बुद्ध एकाडेमी आवासीय विद्यालयका फूर्वा शेर्पा तृतीय तथा मदनभण्डारी मेमोरियल स्कुलकी रिकिना पोखरेलले सान्त्वना पुरस्कार प्राप्त गरेकी थिइन् । उत्कृष्ठ विद्यार्थीलाई गोकर्णेश्वर नगरपालिकाका मेयर श्री सन्तोष चालिसेले नगद पुरस्कारसहित प्रमाणपत्र प्रदान गर्नुभएको थियो । पुरस्कारको राशि क्रमशः ५,१००।–, ४,२५०।–, ३,४००।– र १,७००।– थियो । उक्त अवसरका नगर शिक्षा प्रमुख नारायणकाजी कासिछवा, शिक्षा शाखाका अधिकृत तारापति खरेल, श्रोत व्यक्ति रामनारायण शाहलगायत सहभागी विद्यालयका प्रधानाध्यापक तथा शिक्षक शिक्षिकाको उपस्थिति रहेको थियो । चित्रकलाको विषय ‘हरित गोकर्णेश्वर, स्वच्छ गोकर्णेश्वर’ रहको थियो ।

मिति २०७५ मंसिर २३ गते आइतबार गोकर्णेश्वर नगरपालिकाका शिक्षा प्रमुख उपसचिव श्री नारायणकाजी कासिछवा, विद्यालय निरीक्षक श्...
10/12/2018

मिति २०७५ मंसिर २३ गते आइतबार गोकर्णेश्वर नगरपालिकाका शिक्षा प्रमुख उपसचिव श्री नारायणकाजी कासिछवा, विद्यालय निरीक्षक श्री तारापति खरेल तथा स्रोतव्यक्ति श्री रामनारायण शाहबाट विद्यालय निरीक्षण, कक्षा अवलोकन तथा शिक्षकहरुसँग गरिएका अन्तरक्रियाका केही झलकहरु ः

३९औँ राष्ट्रिय शिक्षा दिवस एवम् अन्तर्राष्ट्रिय साक्षरता दिवस २०७५ को उपलक्षमा गोकर्णेश्वर नगरपालिकाले आयोजना गरिएको सम्...
13/09/2018

३९औँ राष्ट्रिय शिक्षा दिवस एवम् अन्तर्राष्ट्रिय साक्षरता दिवस २०७५ को उपलक्षमा गोकर्णेश्वर नगरपालिकाले आयोजना गरिएको सम्मान तथा पुरस्कार वितरण कार्यक्रममा यस विद्यालयका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा २५ वर्षभन्दा माथि शिक्षण पेसामा संलग्न शिक्षक÷शिक्षिका तथा कर्मचारीलाई गरेको सम्मान । यस सम्मान कार्यक्रममा विव्यसका अध्यक्ष श्री मोहन महर्जन, शिक्षिका श्रीमती शुभद्रा श्रेष्ठ, शिक्षक श्री कृष्णबहादुर तामाङ, शिक्षक श्री कृष्णबहादुर गुरुङ, शिक्षक श्री नन्दनप्रसाद सापकोटा र कार्यालय सहयोगी श्रीमती गोमा नेपाल सम्मानित हुनुभएको छ । विद्यालयको तर्फबाट यहाँहरूँको उत्तरोत्तर कामनासहित सबैलाई हार्दिक बधाई छ । २०७५ भदौ २५ सोमबार ।

२०७४ सालको SEE परीक्षामा सामेल भई ग्रेड वृद्धिका लागि सामेल हुने विद्यार्थीहरूको परीक्षा यही मिति २०७४ साउन २३ गते बुधबा...
06/08/2018

२०७४ सालको SEE परीक्षामा सामेल भई ग्रेड वृद्धिका लागि सामेल हुने विद्यार्थीहरूको परीक्षा यही मिति २०७४ साउन २३ गते बुधबारदेखि सञ्चालन हुँदै छ । यस विद्यालयको परीक्षाको सेन्टर जनकल्याण माध्यमिक विद्यालय, बौद्ध, महाँकालमा परेको हुँदा सम्बन्धित विद्यार्थीहरुले सुरुमा दिएको प्रवेश पत्र र नयाँ प्रवेश पत्रका साथमा परीक्षामा सामेल हुनका लागि यो सूचना जारी गरिएको छ ।

रेशमखेती विकास शाखा, खोपासी शाखा काभ्रेमा मिति २०७५ साउन १० गते बिहीबार कक्षा १० छात्रछात्राहर्रु वलोकन भ्रमण गर्ने क्रम...
26/07/2018

रेशमखेती विकास शाखा, खोपासी शाखा काभ्रेमा मिति २०७५ साउन १० गते बिहीबार कक्षा १० छात्रछात्राहर्रु वलोकन भ्रमण गर्ने क्रममा । विद्यार्थीले रेशम कीरापालन र रेशम कीराको जीवनचक्रको बारेमा सैद्धान्तिक प्रशिक्षण र किम्बु खेतीको फिल्ड भ्रमण गरेका थिए । उक्त शाखाका कृषि प्राविधिक श्री रामचद्र भट्टराईले करिब डेढ खण्टाको प्रशिक्षण तथा अवलोकन भ्रमण गराउनुभएको थियो । विद्यालयको तर्फबाट उहाँलाई विशेष धन्यवाद ।

SEE-2074 मा परीक्षामा उत्कृष्ट नतिजा ल्याउने छात्रछात्रालाई बधाई तथा शुभकामना । उत्तरोत्तर भविष्यको शुभकामना ।0310354R =...
24/06/2018

SEE-2074 मा परीक्षामा उत्कृष्ट नतिजा ल्याउने छात्रछात्रालाई बधाई तथा शुभकामना । उत्तरोत्तर भविष्यको शुभकामना ।
0310354R =2.90 (B)
0310334X=2.60 (C+)
0310353Q =2.55 (C+)
0310327Q=2.45 (C+)
0310341E=2.45 (C+)
0310326P=2.35 (C)
0310336Z=2.40 (C)
0310355S=2.35 (C)
0310329S=2.30 (C)
0310350N=2.30 (C)
0310328R=2.25 (C)
0310330T=2.25 (C)
0310351O=2.25(C)
0310332V=2.25 (C)
0310324N=2.15 (C)
0310338B=2.15 (C)
0310340D=2.15 (C)
0310325O=2.10 (C)
0310352P=2.10(C)
0310343G=2.05 (C)
0310347K=2.05 (C)
0310346J=2.00 (C)
0310347K=2.05 (C)
0310348L=2.05 (C)
0310339C=1.90 (D+)
0310344H=1.80 (D+)
0310333W=1.75 (D+)
0310345I=1.75 (D+)
0310342F=1.50 (D)
0310337A=1.40 (D)

Address

Jorpati
Kathmandu

Telephone

+97714910311

Website

Alerts

Be the first to know and let us send you an email when श्री खगेन्द्र नवजीवन विशेष शिक्षा माध्यमिक विद्यालय posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The School

Send a message to श्री खगेन्द्र नवजीवन विशेष शिक्षा माध्यमिक विद्यालय:

Shortcuts

Share

Category