Ranjit Adhikari-रञ्जित अधिकारी

Ranjit Adhikari-रञ्जित अधिकारी म कहिल्यै हार्दिन कि जित्छु कि सिक्छु🙏
(1)

27/08/2026

बगेर आएका लाशहरू कसैका आशाका तन्तु हुन्, कसैको संसार हुन्, केही न केही परिचय भएकाहरू हुन्। यी कसैका अनुत्तरित चिन्ताका लागि एउटा नमीठो तर बाध्यकारी सान्त्वना पनि हुन्। यस्ता शवहरूबाट निर्ममतापुर्वक गहना थुतेर हिँड्नेहरू मान्छे हुन सक्दैनन्। यो संकटमा सबैभन्दा खतरा यिनै परपीडकहरूबाट छ। यस्तो कसरी गर्न सकेको होला 😭😢

सार्वजनिक खरिद (सोह्रौँ संशोधन) नियमावली, २०८३ राजपत्रमा प्रकाशित भएको छ।
27/08/2026

सार्वजनिक खरिद (सोह्रौँ संशोधन) नियमावली, २०८३ राजपत्रमा प्रकाशित भएको छ।

27/08/2026

आज बिहानैबाट नेपाली सेना सहित विभिन्न निकाय उद्दारमा खटिएको छ !
तपाईहरुको आफन्त ,साथिभाई सम्पर्कमा आउनुभएको छैन भने सम्पर्क गर्नुहोला !
उद्धार १२३४ · प्रहरी १०० · १११४

लोकसेवा तयारी गर्नेहरुले पढ्नै पर्ने आधिकारिक पुस्तक "नेपाल परिचय (१४ औं संस्करण), २०८३" आयो है...पढ्नुहोस् 🙏❣️PDF को ला...
27/08/2026

लोकसेवा तयारी गर्नेहरुले पढ्नै पर्ने आधिकारिक पुस्तक "नेपाल परिचय (१४ औं संस्करण), २०८३" आयो है...पढ्नुहोस् 🙏❣️
PDF को लागि लिङ्क ⏎
https://giwmscdnone.gov.np/media/pdf_upload/Nepal%20Parichaya%2014th%20edition_2083_With%20Cover_fjr5vfa.pdf

27/08/2026

बगाएको सिलिन्डर होइन,हराएको छिमेकी खोजौ बिपत्तिमा स्वार्थी नबनौ !🙏
खोजि, उद्धार र राहतमा सहयोग गरौ,यो अवस्थामा सबै ठाउँबाट सबै मिलेर सक्दो सहयोग गरौँ है।😓
रसुवा/नुवाकोट बाढीमा परि ज्यान गुमाएका सम्पुर्ण प्रति भापूर्ण श्रद्धाञ्जलि!💔😥

27/08/2026

यस्तो विपद्को बेला के गर्नुपर्छ?

१. राहत तथा चन्दा संकलनलाई एकद्वार प्रणालीमा ल्याउनुपर्छ।
मान्छे–मान्छे, टोल–टोल वा संस्थागत रूपमा जथाभावी चन्दा उठाउने प्रवृत्तिलाई निरुत्साहित गर्दै राहत तथा आर्थिक सहयोगलाई प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष तथा सरकारद्वारा तोकिएका आधिकारिक माध्यम मार्फत परिचालन गर्ने व्यवस्था गर्नुपर्छ। यसले दोहोरो संकलन, अपारदर्शिता र दुरुपयोग रोक्छ।

२. खोजी तथा उद्धारलाई पहिलो प्राथमिकता दिनुपर्छ।
उद्धारको समयमा सहयोग गर्न नसक्ने व्यक्तिले कम्तीमा उद्धार कार्यमा अवरोध नपुग्ने गरी व्यवहार गर्नुपर्छ। फोटो–भिडियो खिच्ने, भीड जम्मा गर्ने, सामाजिक सञ्जालका लागि सामग्री बनाउने वा घटनास्थललाई कन्टेन्ट बनाउने प्रवृत्तिलाई कडाइका साथ नियन्त्रण गर्नुपर्छ।

३. राहत सामग्रीको गुणस्तर र मर्यादा कायम गर्नुपर्छ।
म्याद गुज्रिएका, प्रयोग गर्न अयोग्य वा अनुपयुक्त सामग्री राहतका नाममा वितरण गर्नु अपराधसरह गम्भीर विषय मानिनुपर्छ। राहत वितरणलाई फोटो खिच्ने, व्यक्तिगत प्रचार गर्ने वा आफ्नो योगदानको बखान गर्ने माध्यम बनाउनु हुँदैन।

४. कर्मचारीको पहिलो कर्तव्य सेवा हो, प्रचार होइन।
राष्ट्रसेवकको जिम्मेवारी संकटको समयमा जनताको जीवन रक्षा, उद्धार, राहत र व्यवस्थापन गर्नु हो। आफ्नो नियमित कर्तव्यलाई व्यक्तिगत प्रचार, लोकप्रियता वा सामाजिक सञ्जालमा उपलब्धि प्रदर्शन गर्ने माध्यम बनाउनु हुँदैन।

५. प्रभावित नभएका प्रदेश तथा स्थानीय सरकारले पनि आफ्नो भूमिका खोज्नुपर्छ।
विपद् प्रभावित क्षेत्रमा मात्र सरकारको जिम्मेवारी सीमित हुँदैन। प्रभावित नभएका प्रदेश तथा स्थानीय तहले आवश्यक जनशक्ति, स्वास्थ्यकर्मी, उद्धार सामग्री, सवारी साधन, प्राविधिक जनशक्ति तथा अन्य स्रोत परिचालन गरी केन्द्र सरकारलाई सहयोग गर्नुपर्छ।

६. युवाको ऊर्जा विध्वंसमा होइन, जीवन रक्षामा लगाउनुपर्छ।
संकटको समयमा युवाहरू स्वस्फूर्त रूपमा साना–साना अनुशासित स्वयंसेवी समूह बनाएर उद्धार, प्राथमिक उपचार, रक्तदान, राहत वितरण, सूचना संकलन र पुनर्स्थापनामा खटिनुपर्छ। परिवर्तन र क्रान्तिको ऊर्जा समाज निर्माण र मानव जीवन बचाउने काममा प्रयोग गर्ने बेला यही हो।

७. पत्रकारिताले सनसनी होइन, उद्धारलाई सहयोग गर्नुपर्छ।
प्रधानमन्त्री, मन्त्री, प्रमुख जिल्ला अधिकारी वा उद्धार कमाण्डरलाई बारम्बार फोन गरेर काममा बाधा पुर्‍याउने, कति जना मरे? भन्ने अंकमा मात्र केन्द्रित हुने वा अपुष्ट सूचना फैलाउने पत्रकारिताबाट जोगिनुपर्छ। पत्रकारिताले सही सूचना, जोखिमबारे चेतना र उद्धार कार्यमा सहयोग गर्ने भूमिका निर्वाह गर्नुपर्छ।

८. अपुष्ट सूचना र अफवाहलाई रोक्नुपर्छ।
विपद्को समयमा सामाजिक सञ्जालमा फैलिने अपुष्ट मृत्यु संख्या, उद्धारसम्बन्धी गलत सूचना, राहतको झुटो अपिल वा पुराना फोटो–भिडियोलाई नयाँ घटनाका रूपमा प्रस्तुत गर्ने काम रोक्नुपर्छ। आधिकारिक स्रोतबाट पुष्टि नभएको सूचना शेयर गर्नु पनि गैरजिम्मेवार कार्य हो।

९. उद्धार क्षेत्रमा भीड व्यवस्थापनलाई प्राथमिकता दिनुपर्छ।
उद्धारकर्ताभन्दा दर्शक धेरै हुने अवस्था सिर्जना गर्नु हुँदैन। स्थानीय प्रशासन, सुरक्षा निकाय, स्वास्थ्यकर्मी र अधिकृत स्वयंसेवकबाहेक अनावश्यक व्यक्तिको प्रवेश नियन्त्रण गर्नुपर्छ। विपद् स्थल फोटो खिच्ने ठाउँ होइन, काम गर्ने ठाउँ हो।

१०. राहतभन्दा पहिले आवश्यकता पहिचान गर्नुपर्छ।
केही पठाइदिऊँ, भन्ने भावनाभन्दा के चाहिएको छ? भन्ने प्रश्न महत्त्वपूर्ण हुन्छ। प्रभावित क्षेत्रमा आवश्यकताको मूल्याङ्कन नगरी कपडा, खाद्यान्न वा अन्य सामग्री पठाउँदा राहतभन्दा व्यवस्थापनको बोझ बढ्न सक्छ।

११. उद्धारपछि पुनर्स्थापनालाई पनि त्यत्तिकै प्राथमिकता दिनुपर्छ।
विपद् सकिएपछि समाचारको चासो सकिए पनि पीडितको समस्या सकिँदैन। अस्थायी आवास, खानेपानी, स्वास्थ्य, शिक्षा, जीविकोपार्जन, सडक तथा सार्वजनिक पूर्वाधारको पुनर्निर्माणलाई योजनाबद्ध रूपमा अघि बढाउनुपर्छ।

१२. एउटै घटनास्थलमा धेरै निकाय होइन, एउटै कमाण्ड र स्पष्ट जिम्मेवारी हुनुपर्छ।
सुरक्षा निकाय, स्थानीय तह, स्वास्थ्यकर्मी, स्वयंसेवक, गैरसरकारी संस्था र अन्य निकायबीच स्पष्ट समन्वय हुनुपर्छ। सबै जना आफ्नै तरिकाले काम गर्ने अवस्थाले स्रोतको दोहोरो प्रयोग र जिम्मेवारीको अस्पष्टता निम्त्याउँछ।

१३. विपद्को समयमा राजनीतिक प्रतिस्पर्धा स्थगित गर्नुपर्छ।
यो सरकारको मात्र, विपक्षको मात्र वा कुनै दलको मात्र विषय होइन। विपद् प्रभावित नागरिक सबैको नागरिक हुन्। श्रेय कसले पाउने भन्ने प्रश्नभन्दा जीवन कसरी बचाउने र सामान्य अवस्था कसरी फर्काउने भन्ने प्रश्न ठूलो हुनुपर्छ।

१४. स्वयंसेवक पनि अनुशासनभित्र रहेर परिचालित हुनुपर्छ।
स्वस्फूर्त सहयोग अत्यन्त मूल्यवान् हुन्छ, तर तालिम, समन्वय र निर्देशनबिना गरिएको सहयोगले कहिलेकाहीँ जोखिम बढाउन सक्छ। स्वयंसेवकलाई स्थानीय प्रशासन तथा उद्धार कमाण्डसँग समन्वय गरी परिचालन गर्नुपर्छ।

१५. रक्तदान, स्वास्थ्य सेवा र मनोसामाजिक सहयोगलाई प्राथमिकता दिनुपर्छ।
विपद् व्यवस्थापन केवल खाना र पानी वितरण होइन। घाइतेको उपचार, औषधि, रक्तदान, बालबालिका तथा ज्येष्ठ नागरिकको सुरक्षा र प्रभावित परिवारलाई आवश्यक मनोसामाजिक सहयोग पनि उद्धारकै अभिन्न हिस्सा हुन्।

१६. सरकारी संयन्त्रले आफ्नो ‘visibility’ होइन, आफ्नो ‘capacity’ देखाउनुपर्छ।
क्यामेरा अगाडि देखिनु सफलताको प्रमाण होइन। संकटको समयमा सरकार कति छिटो निर्णय गर्छ, कति प्रभावकारी रूपमा स्रोत परिचालन गर्छ, कति मानिसको जीवन बचाउँछ र कति छिटो सामान्य अवस्था फर्काउँछ—त्यसैले सरकारको क्षमता मापन हुन्छ।

१७. विपद्को समयमा मानवताको परीक्षा हुन्छ।
जात, धर्म, क्षेत्र, भाषा, राजनीतिक विचार वा व्यक्तिगत सम्बन्धभन्दा माथि उठेर सहयोग गर्नुपर्छ। विपद् पीडितलाई हामी र उनीहरू भनेर छुट्याउने होइन—सबैलाई समान नागरिकका रूपमा हेर्नुपर्छ।

१८. विपद्लाई अवसर होइन, जिम्मेवारीका रूपमा लिनुपर्छ।
विपद्को पीडा कसैको व्यक्तिगत प्रचार, राजनीतिक लाभ, आर्थिक फाइदा वा सामाजिक सञ्जालको लोकप्रियताको माध्यम बन्नु हुँदैन। संकटको समयमा जसले आफ्नो स्वार्थभन्दा माथि उठेर अरूको जीवन बचाउन योगदान गर्छ, त्यही वास्तविक नागरिक हो।

कम बोलौँ, धेरै काम गरौँ।
भीड नबनौँ, सहयोगी बनौँ।
अफवाह नफैलाऔँ, सही सूचना दिऔँ।
फोटो होइन, उद्धार गरौँ।
श्रेय होइन, जिम्मेवारी खोजौँ।
राजनीति होइन, मानव जीवन बचाऔँ।

27/08/2026

Emergency Update: Rasuwa Flood Response
रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित क्षेत्रमा नेपाली सेनाका आठ वटा ट्रकमार्फत करिब आठ टन राहत सामग्री पठाइएको छ । सेनाका ती सवारीमा आज राति प्रभावित क्षेत्रतर्फ पठाइएको हो।
प्रभावित क्षेत्रमा पठाइएका सामग्रीमा ५०० थान मच्छरदानी, एक हजार थान बालबालिकाका डिग्निटी किट, २२० थान स्लिपिलङ, ५०० थान कम्बल, १० थान प्लास्टिक सिट, १०० थान त्रिपाल, ५०० थान सोलार बत्ती, ५०० थान सोलार बत्तीका प्लेट, ३० केभीए क्षमताको एक थान जेनेरेटरलगायत छन् ।

डाँक ढुवानी स्थगित गरिएको सम्बन्धी सूचना ।
27/08/2026

डाँक ढुवानी स्थगित गरिएको सम्बन्धी सूचना ।

26/08/2026

बाढी प्रभावित क्षेत्रको विभिन्न जलविद्युत कम्पनीमा कार्यरत कर्मचारीहरुको पछिल्लो अवस्था:

१. त्रिशुली जलविद्युत कम्पनीको निर्माणाधिन रहेको त्रिशुली ३ बी को साइटमा कार्यरत कर्मचारीहरु २१ जना सम्पर्कविहिन ।

२. चिलिमे जलविद्युत कम्पनीको चिलिमे जलविद्युत केन्द्रको पावर प्लान्ट क्षेत्र र आवास क्षेत्र वरपर ७ जना सम्पर्क बाहिर ।

३. चिलिमे जलविद्युत कम्पनी अन्तर्गतको चेस्को कम्पनीमा कार्यरत रहेर त्रिशुली जलविद्युत कम्पनीको निर्माणाधिन रहेको त्रिशुली ३ बी को साइटमा कार्यरत ११ जना सम्पर्कमा बाहिर ।

४. चिलिमे जलविद्युत कम्पनी अन्तर्गतको रसुवागढी जलविद्युत केन्द्रमा कार्यरत ९२ जना सम्पर्क विहीन ।

५. त्रिशुली ३ ए जलविद्युत केन्द्रको पावर हाउसमा मर्मतकार्यमा संलग्न रहेका ४५ जना कर्मचारी तथा कामदार सम्पर्कविहीन ।

६. प्राधिकरणको त्रिशुली जलविद्युत केन्द्र र देविघाट जलविद्युत केन्द्रमा कार्यरत १/१ जना कर्मचारी सम्पर्क बाहिर ।

७. रसुवा वितरण केन्द्रमा रहेर चिलिमे पावर हाउसको स्वीच्यार्डमा काम गर्ने एकजना तथा गोटागन्ती मिटर रिडर र एकजना सम्पर्क बाहिर रहनुभएको ।

८. त्रिशुली २२० के.भी. ३ बि हबमा कन्ट्रयाक्टरको तर्फबाट कार्यरत रहेका १६ जना सम्पर्कविहिन । RONB

बिपदको बेला उद्धार र आवश्यक जानकारी तथा सूचनाको लागि थाहा पाउनुपर्ने टेलिफोन नम्बरहरु :
26/08/2026

बिपदको बेला उद्धार र आवश्यक जानकारी तथा सूचनाको लागि थाहा पाउनुपर्ने टेलिफोन नम्बरहरु :

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when Ranjit Adhikari-रञ्जित अधिकारी posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share