Awesome Nepal

Awesome Nepal

Share

We Provide Nepali News

हारमोनियममा वर्ल्ड बुक अफ रेकर्ड बनाउने सर्लाहीका विमलको विश्वभर चर्चा । #Interview bimal sah 19/11/2024

मधेशका बिमल साह: हार्मोनियमको क्षेत्रमा विश्व कीर्तिमानी र नेपालकै पहिलो डिजिटल ट्युनिङ्ग विशेषज्ञ

काठमाडौं। नेपालमा मधेश प्रतिभाको जन्मथलो बन्दै गएको छ। विविध क्षेत्रका मधेशी सपुतहरूले विश्वभर आफ्नो किर्तिमान स्थापित गर्दै नेपालको नाम उचो राख्ने क्रम जारी छ। यस्तै एक किर्तिमानी प्रतिभाका रुपमा आज चर्चामा छन् मधेश, सर्लाहीका बिमल साह, जसले हार्मोनियमको क्षेत्रमा अद्वितीय योगदान दिएका छन्।

सर्लाही जिल्लाको ईश्वरपुर नगरपालिका–१३ निवासी बिमल साह हार्मोनियम मर्मत, ट्युनिङ्ग र निर्माणमा नेपालकै चर्चित नाम बनिसकेका छन्। नेपालका प्रसिद्ध गायक तथा संगीतकारहरूको हार्मोनियम बिग्रँदा उनीहरूलाई पहिलो सम्झना बिमल नै हुने गर्छन्। यस कारणले पनि उनलाई “हार्मोनियमका डाक्टर” भनेर काठमाण्डौमा चिनिन्छ।

वर्ल्ड बुक अफ रेकर्ड्स लन्डनमा बिमल साहको नाम दर्ता

हालै मात्र वर्ल्ड बुक अफ रेकर्ड्स, लन्डनले बिमल साहलाई संसारकै पहिलो हार्मोनियम डिजिटल ट्युनिङ विशेषज्ञको रुपमा सम्मानित गरेको छ। यस कीर्तिमानसँगै उनले नेपाल र मधेशको नाम अन्तर्राष्ट्रिय मञ्चमा उचो बनाएका छन्। उनलाई आजपा अध्यक्ष प्रभु साह, राष्ट्रिय मुक्ति क्रान्तिका अध्यक्ष राजेन्द्र महतो, जनमत पार्टीका अध्यक्ष डा. सिके राउत लगायतका विशिष्ट व्यक्तिहरूले सम्मान गर्दै बधाई दिएका छन्।

बिमलको यात्राः एक सानो पसलबाट विश्व कीर्तिमानसम्म

२०७३ सालमा पशुपतिनाथको नामबाट काठमाण्डौमा सानो हार्मोनियम मर्मत पसल खोलेर ३० हजारको लगानीबाट सुरु भएको बिमलको व्यवसाय अहिले तीनवटा गोदामसम्म विस्तार भएको छ। हार्मोनियम सफा गर्ने, पेच कस्ने सानो कामबाट सुरु गरेर उनले डिजिटल ट्युनिङ्गको क्षेत्रमा विश्व किर्तिमान राख्न सफल भएका छन्।

बिमलको आफ्नै हार्मोनियम ब्रान्ड पनि रहेको छ जसको माग दिनानुदिन बढ्दो छ। उनलाई हार्मोनियम बनाइदिन र ट्युनिङ्ग गर्नका लागि कलाकारहरूले महिना दिनसम्म पर्खिनुपर्ने अवस्था छ। हार्मोनियमको सुर र बेसुरलाई सुनेर सजिलै छुट्याउन सक्ने अद्वितीय क्षमताले उनलाई “हार्मोनियमका बादशाह”को रुपमा चिनाएको छ।

नेपाल र भारतका प्रसिद्ध कलाकारहरूका हार्मोनियम ट्युनिङ्ग गराउने विश्वासिलो नाम

नेपालमा शम्भुजीत बाँस्कोटा, दीप श्रेष्ठ, कुन्ती मोक्तान, टीका भण्डारी, रामकृष्ण ढकाल, मनोजराज, सन्तोष श्रेष्ठ, शिव परियार, राजेश पायल राई, अन्जु पन्त, प्रमोद खरेल, विश्व नेपाली, राज सिग्देल लगायतका कलाकारहरूले बिमलबाट हार्मोनियम ट्युनिङ गराएका छन्।

त्यसैगरी, बलिउडका उदितनारायण, दीपानारायण, सोनु निगम, कुमार सानु, अनु मलिक लगायतका चर्चित व्यक्तित्वहरूले पनि बिमलको सेवा लिइसकेका छन्। भोजपुरिका प्रसिद्ध गायक तथा अभिनेता पवन सिंह, दिनेशलाल यादव, अवधेश प्रेमी आदिका हार्मोनियमसमेत उनले मर्मत गरेका छन्।

बिमल साहको योगदानः हार्मोनियममा नयाँ मानक

सादा र सरल जीवनशैली भएका बिमल साह हार्मोनियममा सुरक्षेत्रको सीमा नाघेर नयाँ मानक बनाइरहेका छन्। मधेश र नेपाललाई अन्तर्राष्ट्रिय स्तरमा उचो राख्न उनले गरेको योगदान अतुलनीय छ। हार्मोनियममा डिजिटल ट्युनिङ्ग जस्तो प्रविधि भित्र्याएर उनले सम्पूर्ण संगीत क्षेत्रलाई प्रेरणा दिएका छन्।

उनी उदाहरण हुन् कि मेहनतले सबै सम्भव छ, जो मधेश र नेपालका संगीत प्रेमीहरूका लागि गर्वको विषय बनेका छन्।h

हारमोनियममा वर्ल्ड बुक अफ रेकर्ड बनाउने सर्लाहीका विमलको विश्वभर चर्चा । #Interview bimal sah हारमोनियममा वर्ल्ड बुक अफ रेकर्ड बनाउने सर्लाहीका विमलको चर्चा स्वदेश लगायत विश्वभर। ...

14/01/2024

पवनपुत्र ज्योतिष
घरमै बसेर चिना हेराउन सक्नुहुनेछ ।
सम्पर्क ९८५११८७३३१

11/02/2023

पवनपुत्र ज्योतिष
घरमै बसेर चिनाहेराउन
फोन गर्न सक्नुहुनेछ
९८५११८७३३१

डिआइजी नल प्रसाद उपाध्याय द्धारा जिल्ला प्रहरी कार्यालय पश्चिम् नवलपरासीको निरीक्षण - एक्सप् 17/07/2022

डिआइजी नल प्रसाद उपाध्याय द्धारा जिल्ला प्रहरी कार्यालय पश्चिम् नवलपरासीको निरीक्षण - एक्सप् २०७९।०४।०१गते आइतबार पश्चिम् नवलपरासी ।। लुम्बिनी प्रदेश प्रहरी प्रमुख डिआइजी नल प्रसाद उपाध्यायले जिल्ला प्र....

नेपाल प्रहरी भित्र खस्किएको मनोबल उकासिदै आई.जी.पि: धिरज प्रताप सिंह - एक्सप्रेस न्युज नेपाल 09/07/2022

https://expressnewsnepal.com/archives/1736

नेपाल प्रहरी भित्र खस्किएको मनोबल उकासिदै आई.जी.पि: धिरज प्रताप सिंह - एक्सप्रेस न्युज नेपाल सागर थापा काठमाडौं । कानून कार्यान्‍वयनको मुख्य अंग नेपाल प्रहरीभित्र माथिदेखि तल्लो तहसम्मको मनोबल कमजोर देखि...

एसपि दयानिधि ज्ञवालीको सफलता-जिप्रका बागलुङ आएदेखि फरार रहेका २० अपराधी पक्राउ - एक्सप्रेस न् 24/06/2022

एसपि दयानिधि ज्ञवालीको सफलता-जिप्रका बागलुङ आएदेखि फरार रहेका २० अपराधी पक्राउ - एक्सप्रेस न् प्रहरी उपरीक्षक (एसपी) दयनीधि ज्ञवालीले जिल्ला प्रहरी कार्यालय बागलुङ प्रहरीको कमाण्ड सम्हालेपछि विभिन्न मुद्द...

Want your school to be the top-listed School/college in Kathmandu?

Click here to claim your Sponsored Listing.

Location

Category

Address

Kathmandu
44709