Palpasa Krishi Diaries
बारीदेखि बजारसम्मका कथा, यात्रा र अनुभवहरू।
Reels, Stories & Krishi Journey.
नेपालका किसानका कथा, संघर्ष, मेहनत र सफलताका यात्राहरू। कृषिका समस्या, समाधान, बजार, नयाँ सम्भावना, ज्ञान, प्रविधि र गाउँघरको वास्तविक जीवनलाई जोड्ने एउटा प्रयास ।
13/05/2026
काठमाडौंका सडकहरू वसन्तमा बैजनी रंगले सजिनुको कारण हो ~जाकारान्डा (Jacaranda) 🌸💜
दक्षिण अमेरिकाबाट आएको यो रूख आज नेपालमा पनि वसन्तको प्रतीकजस्तै बनेको छ। काठमाडौंमा यसलाई धेरैले “नीलमोहर” भनेर चिन्ने गर्छन्। विशेषगरी राणा शासनकालमा दरबार क्षेत्र, सडक र बगैंचामा सजावटी रूखको रूपमा लगाइएपछि यसको विस्तार काठमाडौंभर फैलिएको मानिन्छ।
जाकारान्डा केवल सुन्दरता मात्र होइन चिसो छायाँ दिने रूख
• धुलो प्रदूषण कम गर्न मद्दत गर्ने
• मौरी र परागकणका लागि उपयोगी
• काठ फर्निचर र सजावटी सामग्रीमा प्रयोग हुने रूख पनि हो।
परम्परागत विश्वास अनुसार यसको विभिन्न औषधीय प्रयोगहरू पनि रहेका छन्। यसको पात पानीमा उमालेर नुहाउँदा acne जस्ता छालासम्बन्धी समस्या कम हुने विश्वास गरिन्थ्यो। बोक्रा र जरालाई syphilis जस्ता रोगको उपचारमा प्रयोग गरिएको उल्लेख पाइन्छ। जाकारान्डाबाट बनाइने watery extract मा E.coli र Staphylococcus bacteria विरुद्ध antimicrobial गुण देखिएको अध्ययनहरूमा उल्लेख गरिएको छ। ऐतिहासिक रूपमा यसको बोक्रा neuralgia बाट हुने nerve pain कम गर्न पनि प्रयोग गरिएको थियो। केही वैज्ञानिक अध्ययनहरूले यसको केही भागमा leukemia (रक्त क्यान्सर) सम्बन्धी उपचारमा उपयोगी हुनसक्ने anticancer गुणहरू पनि देखाएका छन्।
(यी प्रयोगहरू मुख्यतः परम्परागत विश्वास र प्रारम्भिक अध्ययनहरूमा आधारित हुन्।)
विश्वका धेरै ठाउँमा यो रूखलाई “ज्ञान, नयाँ सुरुवात र आध्यात्मिक सौन्दर्य” को प्रतीक मानिन्छ। दक्षिण अफ्रिकाको Pretoria शहर त “Jacaranda City” कै नामले प्रसिद्ध छ। त्यहाँ एउटा रमाइलो विश्वास पनि छ यदि जाकारान्डाको फूल टाउकोमा झर्यो भने परीक्षामा सफलता मिल्छ रे 😊
नेपालमा जाकारान्डाप्रति छुट्टै माया हुनुको कारण यसको वसन्तसँगको सम्बन्ध, पुरानो काठमाडौंको nostalgia, शान्त सडकहरू र बैजनी फूलले दिने अद्भुत दृश्य हो। फूल झरेपछि सडक नै बैजनी कार्पेटजस्तै देखिन्छ 💜
धेरै नेपालीहरूले यसलाई “शिरीषको फूल” सँग पनि तुलना गर्छन्। तर वास्तवमा जाकारान्डा र शिरीष फरक प्रजातिका रूख हुन्। यो भ्रम अझ प्रसिद्ध भयो पारिजातको चर्चित उपन्यास “शिरीषको फूल” पछि।
काठमाडौंको वसन्त र जाकारान्डा दुवैको आफ्नै जादु छ। 🌸
27/05/2020
Use of Modal Verbs:
15/03/2020
Don't be discouraged by your imperfections. Persist and believe in yourself and you will reach the zone of perfection.
14/03/2020
Simply observing anything as it is without any accumulated knowledge,thoughts is the key.
13/03/2020
Becoming leader always demands the level best from the individual in terms of sacrifices.
11/03/2020
No excuses. ..just begin whatever you think u can do.
10/03/2020
Be healthy as we all know that 'Health is wealth'.
27/02/2020
Serving others without an ounce of expectation attach to it is the ultimate pleasure we yearn for.
21/02/2020
Happy Mahashivaratri
Click here to claim your Sponsored Listing.
Location
Contact the school
Telephone
Website
Address
Kathmandu
Kathmandu
44600