28/10/2025
सफलता काे रहस्यः
एउटा नदीको किनारकाे रुखमा बाँदर र बाँदरनी बस्दथे। एकदिन अचानक आकाशवाणी भयो ,"आज राती २ बजे जो कोही यो नदीमा हाम फाल्नेछ, ऊ नै यहाँकाे राजा बन्नेछ।"
रातको ठीक २ बज्नासाथ बाँदरनी नदीमा हाम फालिन र बाँदरनी त एक सुन्दर रानीमा परिणत भइन।
बिहान बाँदर उठ्दा उसले बाँदरनीलाई देखेन छ। उसले वरपर हेर्यो, अनि उसको नजर एउटा सुन्दर रानीमा पर्यो। बाँदरले सोध्यो, "यहाँ एक म जस्तै मेरी बाँदरनी बस्दथिन, बिहान उठ्दा कतै देखिन, कता गइन, तपाईंले कतै देख्नुभयो की ?"
रानीले मुस्कुराउँदै भनिन्, "त्यो बाँदरनी त म नै हुँ। हिजो तिमीले पनि सुनेको थियौ । जो राती २ बजे यस नदीमा हाम फाल्छ, ऊ राजा बन्छ। त्यसैले मैले हाम फालेँ, अनि तिमी किन हाम फालेनौ?"
बाँदरले निराश हुँदै भन्यो, "मलाई यस्ता कुरामा विश्वासै लागेन, किनकी नदिमा हाम फालेको भरमा कोही राजा बन्न सक्छ र।"
त्यसपछि रानी बनेकी बाँदरनीले यस्तो जवाफ दिइन, जसले बाँदरलाई साेच्न बाध्य बनायाे । "तिमी हाम त सक्थ्याै नि मानौं राजा बन्न सकेनाै भने पनि कम्तीमा बाँदरको बाँदर त रहन्थ्यौ।"
कथाको सन्देश के हाे भने ,
जुन मानिस जीवनमा जोखिम लिन सक्दैनन, उनीहरू जहाँ काे त्यहि रहन्छन्। कहिलेकाहीँ सफलता नसाेचेकाे सानाे प्रयासले पनि हुन्छ । त्यसैले निरन्तर प्रयास गर्ने मानिस एक पटक सफलताकाे शिखरमा अवश्य पुग्नेछ ।