Study Korean For EPS

Study Korean For EPS Target to pass eps topik exam

02/02/2026

EPS को Skill Test अन्तर्गत पर्ने शारीरिक फिटनेस (Physical Strength) सम्बन्धी HRD Korea द्वारा आधिकारिक रूपमा तयार पारिएको जानकारीमूलक भिडियो सामग्री।
Source: EPS 고용허가제 YouTube

दक्षिण कोरियाले २०२६ जनवरी २३ देखि विदेशी Seasonal Worker (계절근로자) कार्यक्रम अन्तर्गत अवैध ब्रोकर प्रयोग गरी कामदार छनोट,...
02/02/2026

दक्षिण कोरियाले २०२६ जनवरी २३ देखि विदेशी Seasonal Worker (계절근로자) कार्यक्रम अन्तर्गत अवैध ब्रोकर प्रयोग गरी कामदार छनोट, सिफारिस वा भर्ती गर्ने कार्यमा पूर्ण रोक लगाएको छ। अब यस प्रक्रियामा केवल राज्य, स्थानीय सरकार तथा कानुनले तोकेका अधिकृत विशेषज्ञ संस्थाहरू मात्र संलग्न हुन पाउनेछन्। यो नियम उल्लङ्घन गरेमा अधिकतम ३ वर्षसम्मको कैद वा ३ करोड वोनसम्मको जरिवाना हुन सक्ने व्यवस्था गरिएको छ।
यो निर्णय कामदारका अधिकारको संरक्षण, ठगी तथा अवैध गतिविधि नियन्त्रण, र पारदर्शी तथा विश्वसनीय भर्ती प्रणाली सुनिश्चित गर्ने उद्देश्यले लागू गरिएको हो।
हालको अवस्थामा नेपालबाट Seasonal Worker भिषामा दक्षिण कोरिया पठाउने प्रक्रिया पूर्ण रूपमा बन्द छ। भविष्यमा यो प्रतिबन्ध हटेपछि नेपालमा पनि यही नियम लागू हुनेछ। त्यसैले Seasonal भिषामा दक्षिण कोरिया पठाइदिने भन्दै नेपालमा कसैले पैसा मागेमा सजग रहनुहोला। यस्ता अवैध गतिविधि भइरहेको जानकारी भएमा नजिकको प्रहरी कार्यालयमा उजुरी दिनु उचित हुनेछ।

रोष्टरमा रहनुभएका तथा रोष्टर अवधि सकिएका व्यक्तिहरुले रोष्टर परिवर्तन र रोष्टर म्याद थप गर्नुपर्ने माग राख्नुभएको सम्बन्...
02/02/2026

रोष्टरमा रहनुभएका तथा रोष्टर अवधि सकिएका व्यक्तिहरुले रोष्टर परिवर्तन र रोष्टर म्याद थप गर्नुपर्ने माग राख्नुभएको सम्बन्धमा हाललाई उक्त माग पुरा गर्न नसकिने HRD Korea जवाफ आएको तथा इपिएसमा देखिएका विविध समस्यालाई दीर्घकालीन रूपमा समाधान गर्नका लागि श्रम मन्त्रालयलको एक टोली छिट्टै कोरिया प्रस्थान गर्ने सम्बन्धी श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको प्रेस विज्ञप्ति।

📢 सन् 2026 को पहिलो चरण (1st Round) विदेशी कामदार छनौट प्रक्रिया (Issue) सम्बन्धी विस्तृत जानकारी!!!🗓 आज सहित बाँकी दिन:...
02/02/2026

📢 सन् 2026 को पहिलो चरण (1st Round) विदेशी कामदार छनौट प्रक्रिया (Issue) सम्बन्धी विस्तृत जानकारी!!!

🗓 आज सहित बाँकी दिन:

• Manufacturing : 29 दिन बाँकी

• Agriculture & Livestock: 36 दिन बाँकी

🌍 विदेशी कामदार विनियोजन योजना कोटा (Quota)

• 🏭 उत्पादन (Manufacturing): 11,275 जना (सम्पुर्ण राष्ट्रबाट)

• 🚜 कृषि तथा पशुपालन (Agriculture & Livestock): 2,382 जना (सम्पुर्ण राष्ट्रबाट)

• 🎣 माछा मार्ने (Fishery): 1,495 जना (सम्पुर्ण राष्ट्रबाट)

• 🏗 निर्माण उद्योग (Construction): 492 जना (सम्पुर्ण राष्ट्रबाट)

• 🛎 सेवा उद्योग (Service): 140 जना (सम्पुर्ण राष्ट्रबाट)

🔹 जम्मा (Total): 15,784 जना (सम्पुर्ण राष्ट्रबाट)

📌 मिति सम्बन्धी जानकारी:

📝 कम्पनीले कामदार माग आवेदन दिने अवधि:
2026/01/26 (सोमबार) ~ 2026/02/10 (मंगलबार)

📢 नतिजा घोषणा:
2026/03/03 (मंगलबार)

✅ रोजगार अनुमति जारी (Employment Permit Issuance):

• Manufacturing, Mining:
2026/03/04 (बुधबार) ~ 2026/03/10 (मंगलबार)

• Agriculture & Livestock, Service, Forestry, Construction, Fishery: 2026/03/11 (बुधबार) ~ 2026/03/17 (मंगलबार)

⏳ ढिलो रोजगार अनुमति जारी:
2026/03/19 (विहिबार)~2026/03/20 (शुक्रबार)

रोष्टरमा रहनुभएका सम्पूर्णलाई धेरै धेरै शुभकामना!❤️🎉

Final ma ayeko questiom
26/01/2026

Final ma ayeko questiom

Final ma ayeko question
26/01/2026

Final ma ayeko question

23/01/2026

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when Study Korean For EPS posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share