Nepse Maharathi

Nepse Maharathi

Share

We are Nepse enthusiast. Every post here are only for educational purposes.

24/07/2026

२४०० भन्थे १७०० नै पो लेराये

21/07/2026
17/07/2026

संस्थागत लगानीकर्ताको भूमिका सशक्तिकरण गर्ने क्रममा छलफल सम्पन्न ।
२०८३ साउन १: विश्वका विकसित पूँजी बजारहरूमा संस्थागत लगानीकर्ताको उच्च सहभागिता रही यिनीहरूले बजारमा स्थायित्व, तरलता तथा विवेकपूर्ण लगानी संस्कृतिको विकासमा महत्वपूर्ण भूमिका निर्वाह गरेको देखिन्छ। नेपालको पूँजी बजारमा व्यक्तिगत (Retail) लगानीकर्ताको सहभागिता उल्लेखनीय रूपमा बढे पनि संस्थागत लगानीकर्ताको भूमिका अपेक्षाकृत सीमित रहेको अवस्था छ। दीर्घकालीन वित्तीय स्रोत परिचालन, बजारको स्थायित्व, मूल्य अन्वेषण (Price Discovery), तरलता तथा सुशासन अभिवृद्धि गर्न संस्थागत लगानीकर्ताको सक्रिय, विविधीकृत (Diversified) तथा जिम्मेवार सहभागिता विस्तार गर्दै पूँजी बजारलाई सन्तुलित र दिगो वित्तीय प्रणालीका रूपमा विकास गर्न बोर्डबाट आर्थिक वर्ष २०८३/८४ मा संस्थागत लगानीकर्ताको सहभागिता विस्तारलाई विशेष प्राथमिकता दिने नीति तथा कार्यक्रम तय गरिएको छ ।
बोर्डबाट संस्थागत लगानीकर्ताको भूमिका थप सकृय बनाउने हेतुले आज बोर्डका अध्यक्ष डा. गोपाल प्रसाद भट्टज्यूको समुपस्थितिमा कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष, सामाजिक सुरक्षा कोष तथा बीमा कम्पनीको लगानीको स्वीकृति दिने निकाय नेपाल बीमा प्राधिकरणका उच्च पदस्थ पदाधकारीसँग छलफल सम्पन्न भएको छ । छलफलमा उक्त निकायका प्रतिनिधिहरूले लगानीको अवस्था, सुधार तथा सहजीकरण हुनुपर्ने विषय स्पष्टसँग राख्नुभएको थियो । छलफलमा बोर्डका अध्यक्षज्यूले अबका दिनमा यी संस्थाहरूले Traditional Investment Approach बाट Smart Investment Approach मा बदली बजारको स्थायित्वमा भूमिकाको अपेक्षा सहित आगामी दिनमा यी संस्थाहरूबाट पूँजी बजारमा लगानीका लागि बोर्डबाट आवश्यक नीतिगत तथा नियामकीय सहजीकरण लागि बोर्ड तत्पार रहेको जानकारी गराउनुभएको छ ।
Source : Securities Board of Nepal

17/07/2026

खातामा शेयर हुने अझै पनि निरास नै छन्, खातामा शेयर नहुने लाई अब छटपटी हुन्छ

06/07/2026

सेयर बजार कै नाम जपेर उफ्रेर के के नै गर्छु भनेर सम्सद र केन्द्रीय सदस्य भएका हरु बजार यसरी घट्दा किन कुइक्क बोल्दैन्न ?

05/07/2026

02/07/2026

Is the market on the way to CHOCH? 👀

02/07/2026

डेड क्याट बाउन्स फेल खाएको देखियो ।



01/07/2026

3200 vanna thalisake euta green candle mai. 😂😂

28/06/2026

सेयर हस्तान्तरण शुल्कबारे सबैले बुझ्नुपर्ने कुरा।
धेरै साथीहरूलाई लागिरहेको छ कि अब NEPSE मा सेयर किनदा वा बेच्दा १% थप शुल्क लाग्छ। यो सही होइन।
- TMS/NEPSE बाट दैनिक हुने सेयर किनबेचमा १% शुल्क लाग्दैन।
- १% शुल्क तब मात्र लाग्छ, जब रु. १ लाख वा सोभन्दा बढी मूल्यको सेयर कम्पनीमा सिधै नामसारी (Off-market Transfer) गरिन्छ।
त्यसैले नियमित रूपमा TMS बाट सेयर कारोबार गर्ने लगानीकर्ताले १% अतिरिक्त शुल्क तिर्नुपर्दैन।
हल्ला होइन, सत्य र यथार्थ कुरा बुझेर मात्र निष्कर्ष निकालौं।
नियमित कारोबार (On-Market): तपाईंले TMS मार्फत दैनिक गर्ने सेयर किनबेचमा साविक बमोजिमकै ब्रोकर कमिसन, SEBON शुल्क, DP शुल्क र पूँजीगत लाभकर (CGT) मात्र लाग्छ। यसमा कुनै नयाँ १% शुल्क थपिएको छैन।
अफ-मार्केट कारोबार (Off-Market): यो नियम धितोपत्र बोर्ड (SEBON) वा नेपाल सरकारको नीति अनुसार निश्चित परिस्थितिमा (जस्तै: बकसपत्र, मृत्युपछिको नामसारी, वा कम्पनीको आन्तरिक ठूलो सेयर स्थानान्तरण) सिधै सिडिएससी (CDSC) मार्फत गरिने नामसारीमा मात्र लागू हुन्छ।

✍️: Sundar Neupane

Want your school to be the top-listed School/college in Kathmandu?

Click here to claim your Sponsored Listing.

Location

Website

Address

Kathmandu