19/04/2026
मोरङको ग्रामथान गाँउपालिका अध्यक्ष ज्याददी धेरै भएको छ।
श्री पब्लिक मा.बि मा कार्यरत निमाबी शिक्षक श्री अशोक खतिवडा लाई जानकारी नै नदिइ र बि.ब्य.स समिती जानकारी नै नदिए अनेत्र सरुवा गरिएको छ।
उक्त बिधालयका शिक्षक, बि.ब्य.स समिती र स्थानिय अभिभावकहरु आन्दोलित भएका छन ।
यो निर्णय तत्काल सच्याउन आग्रह गर्दछौ।
19/04/2026
शिक्षकको तलब ३ महिनामा आउदैन । निजामती कर्मचारी लाइ १५/१५ दिनमा दिने रे । जय देश ।
19/04/2026
विधालय राम्रो शीत चलाउन प्रधानाध्यापक ले हरेक नेता, मन्त्री, कर्मचारी, पालिका प्रमुख लगायत स्थानिय हुनेखाने बर्ग शीत भिक माग्नुपर्छ।
प्रधानाध्यापकले भिक माग्न छोडेको दिन विधालय बन्द हुन्छ।
यो कुरा पुर्ब प्र.अ तथा बहालवाला प्र.अ लाई मात्र थाहा छ।
स्कुल बनाउन कति मेहनत गर्नुपर्छ र कति खट्नुपर्छ।
अन्य त सबै बिरोध गर्ने र रिस डाहा गर्ने तथा चिया पसल र भट्टिमा बिरोध गर्ने मान्छे मात्र हुन्छ्न।
स्कुल राम्रो भयो भने मैले गर्दा भयो भनेर ठूलो एक हुल मान्छे उफ्रिनु हुन्छ। तेहि एजेन्डा पाटिको घोषणापत्र बन्नेछ।
विधालय बनाउन रुपैया चाहिन्छ। हजुर ।
Teacher Voice - Nepal
मन परेमा सेर गर्न सक्नुहुनेछ।
19/04/2026
शिक्षण पेशालाई सम्मान गरौ । माया गरौ । गुरु लाई कदर गरौ।
शिक्षकको आवाज उठाउने एक मात्र महत्त्वपूर्ण पेज Teacher Voice - Nepal लाई देख्ने बितिकै सबैले माया गरेर follow गरिदिनुहुन अनुरोध गर्दछौ।
#धन्यवाद
19/04/2026
माध्यामिक तहमा बिज्ञान, गणित र अंग्रेजी शिक्षक सुनिश्चितता गरेको छ । शिक्षक संघिय अनुदान कोटामा रहनेछ्न ।
सामुदायिक विधालयमा शून्य दरबन्दी भएको ठाउँमा ३ जना, १ दरबन्दी भएको ठाँउमा २ जना र २ दरबन्दी भएको ठाउँमा १ अनुदान शिक्षक राख्ने गरि शिक्षा तथा मानव श्रोत बिकास केन्द्र ले स्थानिय तहमा बजेट पठाएको छ ।
२०८३ देखि संघिय अनुदान शिक्षकलाई पोसाक भत्ता सहित शिक्षक नभएको विद्यालयमा अंग्रेजी, गणित र बिज्ञान शिक्षक नियुक्त गर्न निर्देशन दिएको छ।
महङ्गी भत्ता बजेटले ब्यबस्था गरोस । शुभकामना छ ।
Teacher Voice - Nepal
19/04/2026
सोलुखुम्बु जिल्लाको शिक्षा समन्वय इकाई प्रमुख आदरणीय Punya Raj Dangol सरलाई जन्मदिनको हार्दिक शुभकामना व्यक्त गर्दछु!
19/04/2026
कक्षा ४ देखि १० सम्मको गणित बिषयको बार्षिक पाठयोजना बनाउने तरिका यसप्रकार छ ।
श्रोत - वसन्त कुमार खनाल
19/04/2026
ABC मोडेलमा पाठयोजना बबाउने तरिका यसप्रकार छ ।
19/04/2026
धेरै शिक्षकको गुनासो छ । स्थायी भएको नि १० बर्ष भयो शिक्षक तालिम नै लगेको छैन।
यो शिक्षा तालिम केन्द्रको काम के हो ?
शिक्षामा गुणस्तर कसरी आउँछ यो पाराले तालिम प्रमुख ज्यु ।
पाठयक्रम तथा पाठयपुस्तक परिबर्तन भएको छ । प्रबोधिकरण हुनु पर्ने यो समयमा अब प्रबोधिकरण तालिम नि असोजमा हुन्छ होला ।
तालिम दिने निकाय नि सुतेर बसेको छ । बर्षमा सबै तहका २०० जनालाइ दिएर हुदैन । एउटा तालिम केन्द्रले बर्षमा २० हजारले तालिम लिने ब्यबस्था हुनुपर्छ।
19/04/2026
सल्यान जिल्लाको बागचौर नगरपालिका बाट मात्र होइन सबै स्थानिय तहबाट यो फोटो प्रकाशित गरिनुपर्छ ।
शिक्षकको काम शिक्षण गर्ने हो । शिक्षा शाखामा कर्मचारी हुदा हुँदै विधालय अलपत्र पारेर शाखामा बस्नु गैरकानुनी हो ।
Teacher Voice - Nepal
19/04/2026
शिक्षण सुधार योजना ( SIP )
( शैक्षिक सत्र - २०८३)
प्रस्तुतकर्ता: ग्रिस ठाकुर
विद्यालय: श्री त्रिभुवन जनता माध्यमिक विद्यालय
ठेगाना: भोटेचौर, सल्यान
19/04/2026
आधारभुत तहका बिद्यार्थीहरु लाई नियमित गृहकार्य कसरी गराउन सकिन्छ । कार्यमुलक अनुसन्धान यस्तो छ हेरेर सुझाब र सेर गरिदिनुहुन अनुरोध गर्दछौ।
श्रोत - नवीन केशी