भिम आचार्य

भिम आचार्य

Share

Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from भिम आचार्य, Tutor/Teacher, Kathmandu.

Photos from भिम आचार्य's post 02/05/2022
Photos from भिम आचार्य's post 16/04/2022

Bartamanna ka kehi jhalak haru

Photos from भिम आचार्य's post 09/06/2019

khushi rahanu jodi life ma kahile dukhi nahunu sadhai happy rahanu ...

06/12/2016

आज हाम्रो (इ.स.भो. ईलाम सङ्खुवासभा भोज्पुर) बचत समूह लामो समय को अन्तरल संगै सन्चालन हुँदै आएको छ । आज डीसेम्बेर ६ तरिख हाम्रो साधारन सभा साथै आआफ्नो पद र जिमेवारी सहमाल्दै आउनु भएका साथी हरुलाइ धन्नेबाद दिन चाहान्छु । मेरो जिमेवारी पद (उपाध्क्ष ) आज देखि साथिलाइ सुम्पदै बचत समुह बाट म बिदा भएको छु। साथिहरुलाइ कार्य सफल्ता साथै उतर उतर पर्गती को कामना गर्दछु। प्रभासको नेपाली एकता कहिले नटुटोस .... दन्नेबाद....

09/11/2016

एक दिन एक मुनिले शिष्यलाई भनेः तिमीले वर्षौंसम्म ज्ञान प्राप्त गर्न सकेनौं। अब एउटै उपाय छः ज्ञान प्राप्त गर्नुछ भने तिमी राजा जनकको महलमा जाऊ।
शिष्य अवाक भयो। कहाँको त्यागी सन्त गुरू, कहाँको भोगी राजा जनक। कहाँ ज्ञानको खोजीमा जंगलमा कठोर तपस्या गर्ने, सत्संग र शास्त्रार्थ गर्ने सन्त, कहाँ महलको सुख सयलमा बस्ने र सबै किसिमका भौतिक सुखभोग गर्ने राजा जनक।
शिष्यको आपत्तिका बाबजुद गुरूले उसलाई पठाए। जनकको दरबार पुग्दानपुग्दै साँझ पर्यो, नभन्दै त्यहाँ नाचगान र रमझम थियो।
शिष्य दंग पर्यो, मैले जे सोचेको थिएँ, त्यही भयो भनेर। राजा जनकको भोगी जीवन सप्रमाण देखेपछि उनलाई भेटेर उसले भन्योः म त भन्दै थिएँ, आउँदिन भनेर, तैपनि गुरूले पठाएकाले आइहालें। आइसकेपछि यति सोधौंः राजा जनक, यो रमझम, यो भोगविलास, यो कोलाहलबीच बसेर तपाइँले आफू ज्ञानी भएको भ्रान्ति किन फैलाउनुभयो?
जनकः खैर, आज रमझम छ, म थाकेको पनि छु। एउटा काम गर, यो दियो लिएर जाऊ र दरबारको पूरा चक्कर लगाएर आऊ। त्यसपछि सत्संग गरौंला। एउटा कुरा याद राख्नु कि यो दियो ननिभोस्, यो निभ्यो भने दरबार विशाल छ, तिमी फर्केर यहाँ आउन सक्ने छैनौं।
शिष्य निस्क्यो र दरबार चाहार्न थाल्यो। दरबार भव्य र तिलस्मी थियो। अमूल्य गहना थिए, पुस्तक थिए, चित्र थिए,मूर्ति थिए, अद्वितीय वास्तुकला थियो। तर दियो बचाउन प्रयासरत शिष्यको ध्यान दियोमा केन्द्रित थियो। हावाको प्रत्येक झोंक्कासित काँप्दै र तर्संदै दियो जोगाउँदै ऊ अघि बढ्यो। निकै समय लगाएपछि अन्ततः ऊ फर्कन सफल भयो।
जनकः हेर्यौ त दरबार, कस्तो लाग्यो?
शिष्यः कहाँ हेर्नु महाराज, म त दियो बचाउनमै व्यस्त थिएँ।
जनकः म अहिले थाकेको छु, अब आरामको आवश्यकता छ। अब सुतौं, विहान उठेर सत्संग गरौंला।
शिष्यलाई कोठामा पुर्याउँदै जनकले भव्य शैया देखाए र भनेः यहाँ सुत्नु। तर एउटा कुरा ख्याल गर्नु, यी यहाँ माथि धारिलो तरवार झुण्ड्याइएको छ मसिनो धागोले, जुन कुनै पनि बेला टुट्न सक्छ। र व्यवस्था यो पनि छ कि तिम्रो आँखा लाग्यो कि यो धागो टुट्नेछ। शिष्यले आपत्ति जनाउन खोज्यो तर यहाँ उसको वशमा केही थिएन।
शिष्यको रात चौपट भयो।यसो आँखा लाग्थ्यो, फेरि तरबारको त्रासले झल्याँस्स ब्युँझन्थ्यो। केही नलागेर आँखा झिमिक्क नपारी रात बिताउन ऊ बाध्य भयो।
बिहान अनिद्रा र चिन्ताले ग्रस्त भएर उठ्यो ऊ। अब यहाँबाट कसरी उम्कने भन्ने समस्या खडा भयो। भाग्न त सक्थ्यो तर त्यसो गर्दा गुरूको आज्ञा काट्नुपथ्र्यो। त्यसमाथि मुक्ति र मोक्षको हुटहुटी छँदै थियो।
शान्त र सौम्य मुद्रामा राजा जनक फेरि प्रकट भएः कस्तो रह्यो रात? शिष्यले निन्याउरो अनुहार लगाउँदै बेहाल बतायो।
जनकः अब खानपिन शुरू गर्नु, त्यसपछि सत्संग गरौंला। तर तिम्रो गुरूको एउटा सन्देश छ, सत्संगको क्रममा तिमीलाई मोक्ष प्राप्त भयो भने भयो, नत्र आज साँझ तिमीलाई शुली चढाउनु भनेर।
शिष्य अब अधमरो भइसकेको थियो। खानामा चौरासी व्यञ्जन थियो तर त्यो उसलाई खरानी चपाएजस्तो लागिरहेको थियो। जुन कुरा वर्षौंको तपस्या र ध्यानबाट सम्भव भएन, त्यो अब एकाध घण्टामा कसरी सम्भव होला? ज्ञान बोधजस्तो कुरा पनि कतै जबर्जस्ती समय सीमा तोकेर सम्भव हुन्छ? भएन भने शुली, यो कस्तो जबर्जस्ती?
शिष्यको आपत्ति थियो तर उसले गर्न सक्ने कुरा केही थिएन। मुन्टो लत्र्याएर जसोतसो खाना सिध्यायो। जनकले सोधेः कस्तो थियो खाना?
शिष्यलाई खपिनसक्नु भयो, भन्योः केको खानाको स्वाद लिनु, यता ज्यान बचाउन मुस्किल भइसक्यो, महाराज, मलाई यहाँभन्दा बढी यातना नदिइयोस्, म यहाँबाट जान मात्र चाहन्छु, अब मलाई सत्संगमा बस्नु पनि छैन।
जनकः यही सत्संग थियो। जसरी हिजो रातभर तिमी दियो लिएर दरबार घुम्दै थियौ, तिमीसित दियो थियो, जुन कुनै पनि बेला निभ्न सक्थ्यो। अर्कोतिर दरबारको अनुपम सौन्दर्य थियो, जसलाई तिमीले पान गर्न सक्थ्यौ। तर तिम्रो ध्यान दियोमा भएकाले तिमीले त्यसो गर्न सकेनौ। जीवनको दियो पनि त्यस्तै हो, यो कहिले निभ्छ र मृत्यूको अन्धकारमा भट्किनुपर्छ भन्ने कुरा थाहा हुँदैन। त्यसैले जब दियो बलेकै हुन्छ, त्यही बेला त्यसलाई बुझ र त्यसको उज्यालोको सदुपयोग गर। राति तरवार देखेर तिमी सुत्न सकेनौ, तर जीवनमाथि मृत्यूको तरबार त प्रतिपल झुण्डिइरहेको छ, त्यो पनि कमजोर धागोले जुन कुनै पनि बेला टुट्न सक्छ। तिम्रो मात्र जीवनमा हैन, कसैको पनि जीवनमाथि त्यो झुण्डिइरहेको छ तर त्यसको बोध कसैलाई छैन। जब मृत्यु यति नजिक छ भने गर्न सकिने एउटै काम हो, झुण्डिइरहेको तरबारलाई हेर, त्यसको जोखिम अनुभुत गर र भित्र जुन दियोको उज्यालो छ, त्यसलाई अधिकतम उपयोग गर।
ओशो रजनीशले भनेका अनगिन्ती कथामध्ये एक कथा थियो यो।हिन्दु धर्मका शास्त्रहरूमध्ये अष्टवक्र गीता लेख्ने अष्टवक्र ऋषि, त्यसका एक पात्र जनक, जैन धर्मका प्रवर्तक महावीर, बौद्ध धर्मका प्रवर्तक गौतम बुद्ध, इस्लामका प्रवर्तक मोहम्मद र इसाइ धर्मका प्रवर्तक जिसस क्राइष्ट, यी सबैप्रति ओशोको गहिरो लगाव थियो। तिनका जीवनमा घटेका असंख्य घटनालाई ओशोले मोहक तरिकाले प्रस्तुत गरेका छन्।
..
२०७३ लाग्यो। नयाँ वर्षको स्वागतसँगै पुरानो वर्षको मूल्यांकन भइरहेको छ।
२०७२ साल मृत्युमय रह्यो।
वर्षको शुरूमै निकै पहिलेदेखि आउन सक्ने भनिएको तर नआएको भूकम्प अचानक आएर मृत्युलाई यत्रतत्र निम्त्यायो।
कम चर्चा भएको कुरा के थियो भने भूकम्पको ताकत जति थियो, त्योअनुसारचाहिं नेपालीहरूले मृत्यु भोग्नु परेन। शनिवार मध्यान्ह हप्ताको त्यस्तो एउटै समय थियो जब अधिकतम मानिसहरू आआफ्ना धरापजस्ता घर, स्कुल र कार्यालय छाडेर बाहिर हुन्थे। त्यही बेलामा यो आइदियो र हामीले ठूलो संख्यामा जीवनदान पायौं। वैशाख १२ पछि वैशाख २८ को ठूलो भूकम्प पनि मध्य दिनमै जाँदा धेरै मानिसका लागि त्यो प्राणघातक बन्न गए पनि अरू झन् धेरै मानिसहरू घरबाहिर भएकाले बाँचे।
वर्षको अन्ततिर हाम्रो बृहत् परिवारमा दुई जना सदस्यले अकालमा ज्यान गुमाउनुपर्यो। कारण एउटै थियोः हृदयाघात। एक जना ४० भित्रै हुनुहुन्थ्यो, अर्को एक जना ५० वरिपरि।
यी दुई प्रसंगमा मृत्युका कारणहरू फरक थिए तर तिनले छाडेको प्रभाव, आफन्तजनमा उत्पन्न मनस्थिति उस्तै थियो। भूकम्पका कारण भएका मृत्युहरू विपत्तिजन्य अकाल मृत्युका नमुना थिए भने हाम्रो परिवारमा भएका मृत्युहरू रोगजन्य कारणले हुने अकाल मृत्युका प्रतिनिधि थिए।
..
मृत्युको तरबार प्रत्येक क्षण हामीमाथि झुण्डिइरहेको छ, तैपनि हाम्रो व्यवहार किन यस्तो छ जुन हेर्दा लाग्छ हामी कहिल्यै मर्नेछैनौं? सम्भवतः मानव इतिहासमा सबैभन्दा धेरै चोटि सोधिएको तर कहिल्यै चित्त बुझ्दो उत्तर फेला नपरेको प्रश्न हो।
यही वर्ष पूर्व प्रधानमन्त्री सुशील कोइरालाको मृत्युपछि मैले टल्सटायको कथा "हाउ मच ल्याण्ड डज अ म्यान निड?" को पात्र पाहोमसित उनलाई तुलना गरेर लेखेको थिएँ। पाहोम यस्तो पात्र थियो जो भविष्यका लागि जमिन जोड्न भनेर दिनभर घाममा दौडेपछि घाम डुब्ने बेला प्राण त्याग गरेर छ फूट लामो खाडलमा पुरिएको थियो।
त्यो लेख मैले सुशीलजीका लागि लेखेको थिइनँ, उनी त चिर निद्रामा लीन भइसकेका थिए। त्यसको लक्षित समूह सुशीलजीका असंख्य जीवित अवतारहरू थिए जो दु:ख जति अहिले काटौं, सुख बुढेसकालमा काटौंला, तनाव जति अहिले लिऊँ, पछि तनावमुक्त हुनुपर्ला, पाप जति अहिले गरौं, पछि साधु बन्नुपर्छ, यस्तो भावमा लिप्त थिए।
ती मानिसहरूले मृत्युको अनिवार्यता स्वीकारेसँगै जीवनमा लिनसँगै दिन पनि सिकुन्, लोभ, रिस, इष्र्या, क्षोभ, आदि भावहरू स्वभाविक रूपमा द्खाइरहँदा प्रेम, दान, करूणा, क्षमा जस्ता भावहरू पनि कतै कतै देखाउन्, आफ्नो पीडामा चिच्याउनेहरूले अरूको पीडा पनि अनुभुत गर्न सकुन्, यस्तो त्यो लेखको आशय थियो।
अहिले नयाँ वर्ष प्रवेश गर्दै गर्दा चाहिं मृत्युचर्चामार्फत मैले दिन चाहेका दुई सन्देश छन्।
एक, जीवन प्यारो नै भएपछि यसको माध्यमका रूपमा रहेको मानव शरीरलाई मानिसहरूले समयमै ख्याल गरून्। सके जति सुरक्षित वासस्थान बनाउन्, सुरक्षा उपाय अपनाएर यात्राहरू गरून्। बाँच्ने लालसा पनि भएका तर खानपिन र जीवन शैलीमा बेपरवाह बनेर शरीरलाई रोगको घर बनाइरहेका वा पलपल दुर्घटनाको नजिकै भएर गुज्रने सबैलाई समयमै जीवनेच्छा र जीवन शैलीबीच तालमेल मिलाउने प्रेरणा मिलोस्।
दुई पाइला हिंड्न परे साधन चाहिने, मदिरा र मांसाहार भएपछि दुनियाँ बिर्सने, भोजनमा सन्तुलन भनेको पत्तै नहुने, लागिसकेको रोगलाई समेत मरणासन्न नभएसम्म नटेर्ने, यी बानीहरू छुटेर मानिसले रोग लाग्नु अघि नै स्वास्थ्यको महत्व बुझुन्। खास गरी चिल्लो, मांशाहारी खाना, धुम्रपान र मदिरापानका लागि कुनै सीमा नखिचेका सबैले एउटा लक्ष्मणरेखा खिचेर त्यसलाई पार नगर्ने इच्छाशक्ति देखाउन्।
दोस्रो, आफू जीवित हुनुलाई आवश्यकताभन्दा अधिक महत्व नदिउन्, मृत्यूको अनिवार्यता स्वीकारून् र जीवनलाई अलिकति कम बोझिलो बनाउन्। ब्रम्हाण्डको केन्द्र मै हुँ र सृष्टि यसैमा अडेको छ भन्ने भाव त्यागेर आफूलाई गुण दोषसहितको मानिसका रूपमा हेरून्। मानिसलाई के बोध होस् भने, उनीहरूको जीवन लामो र छोटो हुनुले यो ब्रम्हाण्डलाई कुनै तात्विक अन्तर पार्ने छैन। यो अनादिकालदेखि यहाँ थियो र अनादिकालसम्म नै यहाँ रहनेछ।
सामुहिक रूपमा चाहिं मानिसलाई के बोध होस् भने, हामी सिंगो संसारका राजकर्ता नभएर अनन्त ब्रम्हाण्डको एउटा सानो हिस्सा मात्र हौं, शुन्यमा तैरिरहेका पृथ्वीजस्ता असंख्य ग्रहहरूमध्ये एउटा ग्रहका करोडौं प्रजातिका जीवमध्ये एक।
...
जीवन र मृत्युबारे यति लेखेपछि एउटा स्पष्टीकरण दिनुपर्ला। पछिल्ला केही वर्षहरूमा ओशोको जीवनदृष्टिबाट प्रभावित भएकै कारण मेरो जीवनमा कठिनाइहरू आउन रोकिएको छैन, असफलताहरू सफलतामा बदलिएका छैनन् र मेरा दोषहरू गुणमा बदलिएका छैनन्। तर झण्डै १५० घण्टा बराबर अष्टबक्र गीतासँग सम्बन्धित उनको प्रवचन सुनेपछि जीवनमा सफलता र असफलता, गुण र दोष, खुशी र दु:ख आदिलाई हेर्ने मेरो दृष्टिकोण बदलिएको छ। कठिनाइ र सफलता दुवैमा मैले आफ्नो स्वत्व वा चैतन्यलाई अलिकति दूरीमा राखेर हेर्न सिकेको छु। त्यो दूरी यति पनि बढिसकेको छैन कि म सांसारिक दु:ख र सुखबाट मुक्त भएको दाबी गरुँ तर अरू धेरै मानिस झैं ती सुख वा दु:खलाई शाश्वत मान्ने गल्तीचाहिं म गर्दिनँ।
सम्भवतः त्यही कारणले २०७२ सालभरका विपत्तिहरूमा म जहाँ उभिएर जति काम गरें, त्यो समभावले गरें। निजी र सामाजिक दुवै जीवनमा जति कठिन लाग्ने क्षणहरू आए, म विचलित भइनँ। गल्तीहरू स्वीकार्दा र आफ्नो बचाउ गर्दा दुवै अवस्थामा मलाई बोध भइरह्यो कि ती समाजको स्वभाविक अन्तव्यक्र्ति सम्बन्धका पाटाहरू हुन्, तिनले मेरो स्वत्वमा तात्विक प्रभाव पार्दैनन्। जब मानिसहरूले अब त यसलार्इ ध्वस्त पार्यौं, अब फेरि यो उठ्दैन भन्ठाने, मलाई तिनीसँग बदलाभाव हैन कि करूणाभाव जागृत भइरहेको थियो। स्वभावतः जीवन प्रिय छ र मृत्यु अप्रिय छ तर दुवै अनिवार्य छन्। यो बोधले मात्र मानिसलाई खुशी र दु:खमा समभाव राख्न सघाउने रहेछ।
फर्केर हेर्दा, त्यस्तो पनि समय थियो जब वर्षभरको अन्धकारपछि आउने नयाँ वर्ष झन् निष्पट्ट अन्धकार लाग्थ्यो। खास गरी देश द्वन्द्वकालीन संकटकालमा रहेको बेला जन्मदिन र नयाँ वर्षमा लेखिएका उदास लेखहरू पढ्दा त्यो बेलाको मेरो अन्धकार मनस्थिति प्रस्ट हुन्छ। किशोरकालको अन्त र युवावयको शुरूतिर जुन आत्मसिर्जित संकटबाट म गुज्रें, सम्भवतः त्यसले पछि मलाई वैकल्पिक जीवनदृष्टिको खोज गर्न झक्झक्यायो।
अहिले लाग्छ, ती अँध्यारा वर्षहरू पनि आवश्यक थिए अहिले म जे छु त्यसको निर्माणका लागि। २०७३ मा चाहिं उज्यालोतिरको यात्रा अझै अगाडि बढोस्, मेरो र अरू सबैको पनि। शुभ नयाँ वर्ष।

29/10/2016

🌹🌹🌹तिहार / शुभ दीपावली🌹🌹🌹

तिहार दशैंको पन्ध्र दिनपछि आउने सबैभन्दा ठूला पर्वहरुमा एउटा हो । यो पर्व कार्त्तिक कृष्ण पक्ष त्रयोदशीका दिन काग तिहारको नामले शुरु भएर कार्त्तिक शुक्ल पक्षको द्वितीया तिथिको भाइटीकासम्म (पाँच दिन) मनाइन्छ। हिन्दू धर्मावलम्वीले दीपावली (दिवाली)को रुपमा यस पर्वलाई धूमधाम सित मनाउँछन् । यस पर्वको नाम हिन्दी शव्दको त्योहार शव्दबाट विकृत हुँदै तिहार बनेको अनुमान लगाइन्छ। यसलाई दीपावली अनि दिवाली नामले पनि जानिन्छ।

पाँच दिनसम्म मनाईने तिहारको सम्बन्धमा हिन्दू धर्मशास्त्रका पौराणिक कथाहरु छन्:
सूर्यका छोरा यमराजले आफ्नी बहिनी यमुनाको निम्तो स्वीकार गरी बहिनीका घरमा गई रमाइलो मनाएको हुँदा यी पाँच दिनलाई यमपञ्चक मानिएको कुरा हिन्दू शास्त्रमा उल्लेख गरिएको छ । यसरी रहँदा-बस्दा यमुनाको व्यवहारले निकै प्रसन्न भई यमराजले बहिनी यमुनालाई "जे मन लाग्छ वर माग" भन्दा यमुनाले "हरेक वर्ष आजकै दिन मलाई भेट्न आउनुपर्ने, साथै दिदी-भाइ दाजु-बहिनीको प्रेम सदा अटल रहोस् र दाजु भाइको आयू, कीर्ति सदा वृद्धि होस्" भन्ने वरदान मागिन्। यमराजले पनि तथास्तु भन्दै मनसा, वाचा, कर्मणा र शुद्धचित्तले यस प्रकारसँग भ्रातृपूजा गर्ने गराउनेहरूको सदा उन्नति हुने तथा कीर्ति पनि फिँजिने वर दिई आफ्नी बहिनीसँग बिदा भई गएको र यसरी प्राचीन काल देखि अहिलेसम्म अविच्छिन्नरूपले यो पर्व मानिँदै आएको परम्परा छ । तिहारले एकातिर मानव तथा पशुबीचको प्रगाढ सम्बन्धको चित्र प्रस्तुत गर्छ भने अर्कातिर दाजुभाइ तथा दिदीबहिनी बीचको आत्मीय र पवित्र स्नेह एवं सम्बन्धलाई पनि यसले छर्लङ्ग पार्दछ ।

🌹🌹सामाजिक महत्व🌹🌹

तिहारको सांस्कृतिक पक्ष पनि छ । भारत तथा नेपाल कृषि प्रधान देश हुन्। जब कृषक आफ्नो खेतमा सुनौलो फसल उमारेर अन्न रूपी संपत्ति घरमा ल्याउँने समय जब हुन्छ तब उसको खुशी एवं उमंगको सीमा हुँदैन। यस खुशीको अवसरमा उ भगवानको कृपा मानेर कृतज्ञता प्रकट गर्न पूजा गर्दछ। पहिले दशैं अनि त्यसको पन्ध्र दिनपछि आउने तिहार दुवै पर्वमा देवी दुर्गाका विभिन्न रुपहरुको पूजा-आराधना गरिन्छ। सम्पत्तिकी देवी लक्ष्मीको पूजा घरमा अन्न धेरै आओस् भन्ने उद्देश्यमा गरिएको पनि अनुमान गरिन्छ। दक्षिण एशियाका धेरै देशमा विशेष गरि भारत, नेपाल, भूटान र बर्मा म्यानमारमा यो पर्व विभिन्न प्रकारले मनाइन्छ।

🌹🌹नेपालमा तिहार🌹🌹

तिहार नेपालीहरू र विशेषत: नेपाली हिन्दूहरूको सबैभन्दा ठूला पर्वहरुमा एउटा हो । नेपाली हिन्दू पात्रो अनुसार कार्त्तिक कृष्ण पक्ष त्रयोदशीका दिन काग तिहारको नामले शुरु भएर कार्त्तिक शुक्ल पक्षको द्वितीया तिथिको भाइटीकासम्म जम्मा पाँच दिन मनाइन्छ । हिन्दू चान्द्र मासिक पञ्चाङ्ग गणनाको तिथि अनुसार पर्ने भएकाले नेपाली चाडहरू निश्चित गते र तारिखमा नपर्ने हुनाले तिहार पनि अंग्रेजी वा ग्रेगरियन क्यालेण्डर अनुसार प्रायः अक्टोबर वा नोभेम्बरको महिना शुरुमा पर्छ ।

🌹🌹काग तिहार🌹🌹

कार्तिक कृष्ण त्रयोदशीका दिन कागपूजा गरिन्छ । काग अत्यन्त चलाख पक्षी हो । काग सर्वभक्षी प्राणी हो । यसको पूजा गर्नुका विभिन्न कारण छन् । कागले सबैलाई समान दृष्टिले हेर्छ भने यसले अन्नबालीमा लाग्ने कीरा-फट्याङग्राहरू खाइदिन्छ । कागलाई यमराजको सन्देश सुनाउने यमदूतका रूपमा पनि लिइन्छ । काग यमराजको अत्यन्त प्रिय भक्त पनि हो । त्यसैगरी हाम्रो समाजमा प्रचलित काकगवेषणा, काकन्याय, काकबलि आदि विविध शब्द कागसँगै सम्बन्धित छन् ।

🌹🌹कुकुर तिहार🌹🌹

यमपञ्चकको दोस्रो दिन अर्थात् कार्तिक कृष्ण चतुर्दशीका दिन कुकुरतिहार मनाइन्छ, जसका सम्बन्धमा विभिन्न धार्मिक एवं सामाजिक मान्यता रहँदै आएको छ । यो दिनलाई नरक चतुर्दशी पनि भनिन्छ । कुकुरलाई पनि यमदूतका रूपमा लिइन्छ । कुकुर यमराजको अर्को प्रियभक्त हो । कुकुरलाई आज्ञापालक एवं रक्षक मात्र मानिँदैन, विभिन्न अपराध गर्ने अपराधीहरू पत्ता लगाउने, अध्ययन-अनुसन्धान गर्ने कार्य पनि कुकुरले गर्छ । कुकुरले घरको रेखदेख तथा चोर-डाँकाबाट बचाउने कार्य गरी मानिसलाई सहयोग गर्दै आएको छ । त्यसैगरी कुनै प्राकृतिक प्रकोप तथा दैवी विपत्ती हुने बेलामा पूर्वसूचना समेत दिन्छ । कुकुरलाई भैरवको बाहन पनि भनिन्छ । त्यसैले हामी कुकुर तिहारमा कुकुरलाई मन पर्ने खाना ख्वाई पूजा गरी माला लगाइदिन्छौं ।

🌹🌹गाई तिहार🌹🌹

कुनै पनि धार्मिक वा सामाजिक संस्कार गर्नअघि गाईको गोबरले घर-आँगन लिपपोत गर्ने, गाईको गहुँत सबैतिर छर्केर आफ्ना घर-कोठा-चोटा पवित्र तुल्याउने हिन्दूहरुको संस्कार छ । गाईलाई पशुधनका रूपमा लिइन्छ । हिन्दूहरू गाईलाई लक्ष्मी र गौमाताका रूप मान्छन् । गाईजात्रा, गाईपाला, गाईप्राणी, गौप्राणी आदि शब्दले गाईमा आधारित विविध प्रतीकात्मक अर्थ प्रदान गर्छ । लक्ष्मीलाई धन्यधान्यकी देवी एवं ऐश्वर्यकी प्रतीक मानिन्छ । कार्तिक कृष्ण औंसीको रातलाई अत्यन्त अँध्यारो रातका रूपमा लिइन्छ । यो अन्धकारमा रातलाई उज्यालोको प्रकाशले आलोकित पार्ने कार्य घर-घरमा बत्ती बाली लक्ष्मीको आह्वान गरिन्छ । यसभित्र कुनै पनि किसिमको अन्धकारलाई आफूमा अन्तर्निहित चेतनाशक्तिको प्रकाशले हटाउनुपर्ने सन्देश पनि पाइन्छ । गाईलाई लक्ष्मीको प्रतिकात्मक मानेर त्यसै दिन लक्ष्मीपूजा पनि गरिन्छ । भगवान् रामचन्द्रले लोककल्याणको भावनाले रावणादि विविध असुरहरूको नाश गरेपछि कार्तिक कृष्ण औंसीको दिन अयोध्याको राजाका रूपमा राज्यारोहण गरेको खुसीयालीमा अयोध्यावासीले दीपावली गरेको प्रसङ्ग होस् वा यमराजले यमपञ्चकका पाँच दिन आफ्नी बहिनी यमुनाकहाँ बसेका कारण यस दिन मृत्यु हुने कुनै मानिसले नरक देख्नुनपर्ने विश्वासमा खुसी मनाउँदै दीपावली गर्ने प्रचलन आरम्भ भएको नै किन नहोस्, यी सबै प्रसङ्गमा यो दिनको ठूलो महत्त्व रहेको तथ्य स्पष्ट हुन्छ । सुख-सम्पत्ति र ऐश्वर्य अभिवृद्धिको मनोकामनासहित कार्तिक कृष्ण औंसीका दिन माता लक्ष्मीको विशेष रूपमा पूजाआजा र अर्चना गर्नु तथा त्यसपछि लक्ष्मीकै प्रसाद प्रयोग गरी आफ्ना दराज, सेफ, भण्डार आदिमा स्वस्तिक चिह्न अंकित गर्नु वा शुभलाभ लेख्नु हाम्रो धार्मिक परम्परा हो । दीपावलीमा तमसोमा ज्योतिर्गमय अर्थात् अन्धकारबाट प्रकाशतर्फ लागी आफूलाई आत्मिक रूपमा सुख-सन्तोष प्रदान गर भन्नेयो दिन चेलीबेटीहरू भैलो खेलेर रमाइलो गर्छन् । नेपालका प्रमुख पर्वहरुमध्ये एक हो। तिथिअनुसार कर्तिक कृ्ष्ण अमावस्याका दिन यो पर्व मनाइन्छ। नेपालमा यो पर्व लक्ष्मी देवीको पूजा गरी घरभरि दियो बाली मनाइन्छ। नेपालमा यसलाई यमपञ्चकको एक भागको रुपमा मनाइन्छ। वर्षका चार महत्वपूर्ण रातहरुमध्ये लक्ष्मीपूजाको रातलाई सुखरात्रि भनिन्छ। यस दिन स्त्री जाति विशेष गरी कुमारी केटीहरुले घरघरै गई भैलो खेल्ने चलन छ।

🌹🌹गोरु तिहार🌹🌹

गोरु तिहार, हल तिहार वा गोवर्धन पूजा चौथो दिन मनाइन्छ। पौराणिक कथानुसार गोवर्धन गोकुल नजिकै रहेको एक पर्वत हो । विश्वास अनुसार कृष्ण भगवान गोकुलमा गोपालहरुसँग बस्दथे । गोपालहरु देवताका राजा इन्द्रको पूजा गर्ने गर्दथे तर इन्द्रवाट उनीहरुले केही पाउँदैन थिए । कृष्णले एकदिन गोकुलवासीहरुलाई केहि नदिने इन्द्रको पूजा गर्नु भन्दा खनिज,घास,पानी दाउरा दिने गोवर्धन पर्वतको पूजा गर्नु राम्रो हो भन्ने कुरा राख्छन् र सबैजना त्यसै गर्न राजी हुन्छन् र गोवर्धन पर्वतको पूजा हुन्छ । आफ्नो सट्टा गोवर्धन पर्वतलाई पूजा गरेकोले रिसाएका इन्द्रले गोकुलमा असिना र पानीको वृष्ठी गराउँछन् र भगवान कृष्णले गोवर्धन पर्वतलाई हातले उचालेर सवै गोकुलवासीहरुलाई आश्रय दिन्छन् र अन्त्यमा आफ्नो हार मानि गल्तिको लागि कृष्ण समक्ष क्षमा माग्दछन् । भनिन्छ त्यसै समयदेखि गोवर्धन पूजाको आरम्भ भएको हो ।

संस्कृतमा गौ भनेको गाई हो । त्यसैले गोवर्धन,गोकुल,गोपाल यी शव्दहरुले त्यस बेलाको समाजमा गाईलाई दिइएको सम्मानलाई प्रष्ट्याउँछ । वास्तवमा गोवर्धन पूजाको दिन तिहार (यम पञ्चक)को चौथो दिनमा पर्दछ र त्यसदिन घरघरमा गाईको गोवरले गोवर्धन पर्वतको प्रतिमा बनाई त्यसैको पूजा गरिन्छ । त्यसैदिन नेपालीहरुले सालभरि अन्न उब्जाउन हलो तानी मानिसहरुको पालनहारी गोरूको पनि पूजा गर्दछन्।

🌹🌹भाइ तिहार (भाइ टीका)🌹🌹

तिहारको अन्तिम दिन अर्थात् कार्तिक शुक्ल द्वितीया तिथिका दिन यो पर्व विशेष उत्साहका साथ मनाइन्छ । यो पर्व दिदीले भाइलाइ र बहिनीले दाजुलाई अनि त्यसैगरी भाइले दिदीलाई र दाजुले बहिनीलाई विशेष मान-सम्मानका साथ विधिपूर्वक पूजाआजा गर्ने, मेवा-मिष्ठान्न आदि मनपर्ने कुरा ख्वाउने, दिदीबहिनीलाई दान-दक्षिणा एवं वस्त्र आदि दिने परम्परा छ । परापूर्वकालमा बहिनी यमुनाले यसै दिन आफ्नो भावना अन्तर्निहित गरेको पाइन्छ । दाजु यमराजलाई विशेष मान-सम्मान गर्दै भाइपूजा गरेको धार्मिक महत्त्व छ । यमपञ्चकका पाँच दिन यमराजले यमुनाको घरमा बास गर्छन् भन्ने हाम्रो धार्मिक विश्वास छ । यी पाँच दिन इन्द्रादि दश दिक्पालले बलि राजाका लागि आफ्नो राज्य छाड्ने कथा पनि पाइन्छ । भाइतिहारको दिन दियो, कलश र गणेशको पूजा गर्ने, यमराजको आह्वान गर्ने, बिमिरो, ओखर, तेल, मखमलीको माला, दूबोको टीका, कटुस आदिको प्रयोगमा आफ्ना दिदीबहिनी र दाजुभाइको सुख-समृद्धि, अरोग्य एवं दीर्घायूको कामना अन्तर्निहित छ ।

दिदी बहिनीले आफ्ना दाजु-भाइलाई टीका र माला लगाएपछिभाइटीकाको पौराणिक कथा परापूर्व कालमा मृत्युका राजा यमराज आफ्नी बहीनी यमुनालाई भेट्न आएका थिए । यमराज यमलोकमा बस्थे भने यमुना पृथ्वीमा । त्यसैले यमुनाले निमन्त्रणा गरी यमराजलाई भेट्न बोलाइन् । त्यो बेलामा यमपञ्चक परेको थियो । यमपञ्चकभर यमुना कहाँ बसे । भाइटीकाको दिन यमुनाले दाजुलाई पूजा गरी उपहार दिइन् र दाजुसँग आशीर्वाद लिइन् । त्यहीबेलादेखि नै भाइटीकाको प्रारम्भ भएको भनिन्छ ।

भाइटीकालाई लामो समयसम्म भेटघाट नभएका दाजुभाइसँग भेटघाट हुने, सम्बन्धमा आएको चिसोपन हटाई मिलन गराउने तथा सम्बन्धलाई अझ दिगो बनाउने माध्यमका रूपमा लिइन्छ । यमपञ्चकको पाँचौं दिन भाइटीका पर्छ । दिदीबहिनीले भाइटीकाको अघिल्लै दिन दाजुभाइलाई भाइटीकाको निम्ता स्वरूप पान-सुपारी, फूल आदि दिने चलन। भाइटीकाका दिन टीका नलगाई केही खानु हुँदैन भन्ने मानिसहरुको विश्वास छ। टीकाको दिन बिहानै नुहाएर अष्टचिरञ्जीवीको पूजा गर्नुपर्छ । यमराज, हनुमान्, विभीषण, परशुराम अष्ट चिरञ्जीवीभित्र पर्छन् । भाइटीका गर्न ओखर, तोरीको तेल, बिमिरा, मसला, मखमली, दूबो तथा सयपत्रीको माला, रोटी, मीठा-मीठा परिकारको आवश्यकता पर्छ । सबैभन्दा पहिले दियो, कलश तथा गणेशको पूजा गरी बिमिराको पूजा गरिन्छ । त्यसपछि दाजु-भाइको मंगलको कामना गर्दै ढोकामा ओखरको तथा यमराजको पूजा गरी कालको बाटो छेक्नुपर्छ । पानी तथा तेलले ७ घेरा हाली दाजुभाइलाई छेक्नुपर्छ । फूल, अक्षता, चन्दन तथा लाभाले पूजा गरी दाजुभाइको शिरमा तेल लगाइदिनुपर्छ । सगुनका रूपमा दही दिनुपर्छ । भाइटीकाका दिनमा दाजुभाइलाई लगाइदिने मखमली, सयपत्री तथा दूबोको मालाको छुट्टै महत्त्व छ । मखमली कहिल्यै ओइलाउँदैन, सयपत्रीको रंगकहिल्यै उडेर जाँदैन भने दूबो सधै हरियै रहन्छ । दिदीबहिनीले दाजुभाइको यश, आरोग्य, दीर्घायूको कामना गर्दै निधारमा सप्तरंगी टीका लगाइदिन्छन् । सप्तरंगी टीकामा भावना मिसिंदा शान्ति बर्षिन्छ । दाजुभाइप्रतिको प्रेम रंगजस्तै गाढा तथा निरोगी भैरहने विश्वास गरिन्छ। दिदीबहिनीले दाजुभाइलाई ढाकाको टोपी लगाइदिन्छन् । यसले आयु बढाउनुका साथै राष्ट्रियता झल्काउँछ । टीका लगाएपछि उपहार आदान-प्रदान गरिन्छ । दाजुभाइ वा दिदीबहिनी नहुनेहरूले रानी पोखरी स्थित मन्दिरमा पूजाआजा गर्छन् ।
टीका
सप्तरंगी टिकाहिन्दू धर्ममा टीकाको धेरै महत्व छ, पूजा-पाठ पछि टीका थाप्दा आत्मामा धेरै आनन्दानुभूति हुन्छ। टीका विशेषत: रातो वा पहेलो रंगका लगाइन्छ। टीका निधारमा लगाइन्छ। तिहारमा लगाइने टीका सात रंगका हुन्छन्, पहेंलो, नीलो, सुन्तला रंगको, सेतो, हरियो, रातो र कालो। सात रंगका यी टीकालाई सप्तरंगी भनिन्छ। सतरंगी टीकालाई निधारमा उर्द्ध्वाकार रेखामा सिधा लगाइन्छ। यसबाट तीनवटा रंग घरमा पनि तयार गर्न सकिन्छ। हरियो रंगको लागि हरियो घास पिनेर तयार गरिन्छ, सेतो रंग चामल पिनेर र कालो रंग कोइलाबाट वा बत्तीको कालिखबाट लिइन्छ।

13/09/2016

जोया को आँखा मा आँसु

08/09/2016

भाद्र २२ गते चितवन , :- जोया जिबन काण्डकी मुख्य अभिनेत्री आदर्श गृह चितवनकी मिना खरेल ले जिबन थापा मगरको ब्याक्तिगत निजि जिन्दगीमा ठुलो असर पुराएको घटना सेलाउन नपाउदै यसै संग सम्बन्धित अर्को प्रपोकाण्ड मच्चिएको छ / कसैको पासपोर्ट र नागरिकता भनेको राज्य ले नागरिक लाइ दिएको उसको अधिकार र पहिचान सहितको सिमा बन्धन र रास्ट्रिय परिचय ( सिटिजनसिप कार्ड ) हो ./ कुनै जघन्य अपराध वा देश द्रोही सरह आरोप वा दोषी ठहरिएको ब्याक्ति को बारेमा अनुसन्धान गर्न को निमित्व प्रहरी लाइ मात्र सिमित अधिकार छ .. तर जिबन थापा मगरको पासपोर्ट र नागरिकता चार महिना भन्दा धेरै समय सम्म आदर्श गृह मा जबर्जस्ति कब्जा मा राख्ने अधिकार मिना खरेल लाइ आदर्श गृह मा जबर्जस्ति राख्ने अधिकार कसले दियो ? आदर्श गृह के ? अपराध अनुसन्धान गर्ने ठाँउ हो कि ? सामाजिक सस्थाको नाममा आतंक फैलाउने अधीकार कसले दियो मिना खरेल लाइ ? एसको चित्व बुझ्दो प्रतिक्रिया नेपालि जनताले खोजि रहेका छन /
प्रहरी प्रशासन लाइ हातमा लिदैमा गरिब बेसहारा जनता लाइ जथाभाबी मनोमानी जातीय निरकुशता साशन जिबन थापा मगर माथि लादन मिल्छ ? आज सम्म जिबन थापा मगरको पासपोर्ट र नागरिकता आदर्श गृह कि संचालिका मिना खरेल ले कब्जामा राख्नु को अर्थ र रहस्य के हो ?
हाल सम्म जिबन जोया काण्ड को बारेमा आदर्श गृह को नाम मा मिना खरेल ले दिएको मिडियामा मन्तब्य सबै निराधार र झुठो प्रमाणित साबित भएको छ / गल्ती मिना खरेल ले गर्ने तर अरुलाई कारवाही गर्छु भन्दै हिडन कत्तिको औचित्य होला ? आफैमा निर्भर हुने बिषय छ / सामाजिक सस्था भनेको एक आफैमा पवित्र सहयोगी सस्था हुनु पर्दछ तर सस्थाको नाम मा समाजमा आतंक र झुठो समाचार फैलाएर जनमानस मा त्रास को बातावरण श्रिजना गर्ने सस्था तुरुन्त बन्द गरिनु पर्दछ र संचालिका लाइ कानुनको दयारा भित्र ल्याएर कानुन बमोजिम सजाय दिलाउन पर्छ / अब उप्रान्त निर्दोष जिबन थापामगर र पवित्र मन र ठुलो हृदय भयेकि जोया जस्ता निर्दोष ब्याक्तिहरु समाचार का मुख्य पात्र न बनुन भन्ने हाम्रो धारणा हो /
आदर्श गृह संस्थाको कब्जामा रहेको पासपोर्ट र नागरिकता एक दिन अघाडी मात्र चितवन प्रहरी कार्यालयमा बुझाएको छ । सो पासपोर्ट र नागरिकता लिन नेपाल मगर संघ जिल्ला कार्य समितिका अध्यक्ष सुरबीर थापा मगर र सचिब ठाकुर सिं आले मगर बिगत दुइ दिनदेखि धाईरहनु भएको छ तर जिबन वा जिबनको आमा बाहेक कसैलाई दिन नमिल्ने भन्दै फर्काई रहेका छन् । केहि दिन अघाडी गृहका अध्यक्ष मिना खरेललाई फोन गर्दा कोहि आफन्त लिन पठाए, दिएर पठाउने भनिएता पनि प्रहरी कार्यालयमा बुझाएको पाईएको छ । चितवन जिल्ला प्रहरी कार्यालय महिला सेल (९८५५०९०४९०) मा कल गरि सोधपुछ गर्दा पासपोर्ट मुद्धा शाखामा रहेको र लिनको लागि जिबन थापा मगर वा निजको आमा भए मात्र दिन मिल्ने बताउदै मगर संघका पदाधिकारी हरुलाई दिन माथिल्लो उच्च तहबाट आदेश आउनु पर्ने बताए ।
उपरोक्त कुरा र कार्य हरु बाट पुस्टि हुन्छ कि .. आदर्श गृह ले वासबिक गर्न खोजेको कार्य के हो ? सामाजिक सस्था को नाममा जातीय निरकुशता र रिस इबी तथा को भावना मा कसैको जिन्दगि माथि खेलवाड गर्न पाइन्छ ? ? ?

Photos 03/09/2016

जोयालाई नेपाल फर्काउन जिबन फिलिपिन्स जाँदै , सहयोगको अपिल
सहयोग गर्न नाम , ठेगाना , फोन र बैंक ठेगाना
जिबनको नागरिकता पासपोर्ट अझै आदर्श होमको कब्जामा भएको र जिबन सुरक्षाका कारण बाहिर निस्कन उचित नभएकोले हाललाई जिबनकी आमाको बैंक ठेगाना वा वेस्टर्न युनियन, आइ एम ई लगायत मनी ट्रान्सफर मार्फत सहयोग पठाउन सकिनेछ !

पूर्ण माया मगर
नागरिकता नम्बर १७० / १५०
काठमाडौँ नेपाल

Purna Maya Magar
Citizenship No. 170/150
Kathmandu Nepal

जिबनको फोन :+9779808187047
जिबनको मामा कामे मगर +9779851191071 ,
आमा पूर्ण माया मगर +9779819247286

जिबनकी आमाको बैंक ठेगाना एकै छिनमा अपडेट हुनेछ ।
आजै जिबनकी दिदि मार्फत आदर्श होमले कब्जा गरेको जिबनको नागरिकता पासपोर्ट प्रशासनको रोहबरमा लिने कुरो छ ।
जिबनको परिवार चितवन छाडी अन्तै बसेका छन् भने उनकी बहिनीले स्कुल समेत छाड्नु परेको छ ।
आउनुस , दुखमा परेकालाई सहयोग गरौँ ,
नेपाल र नेपालीको इज्जत जोगाउँ ,
सिधै जिबन लाई फोन गरि सहयोग गरौँ ।
"नो दलाल डाइरेक्ट ट्रान्सफर "
हाम्रो सिध्दान्त यहि हो

note: थुप्रै पेजले हामो अपडेट फोटो भिडियो जस्ताको तस्तै कपि गरेर राखी मानिसमा भ्रम परेकोले हामीले फोटोमा ट्याग राखेका हौं

31/08/2016

जीवन र जोया बिच को माया यस्तो छ।

Want your school to be the top-listed School/college in Kathmandu?

Click here to claim your Sponsored Listing.

Location

Category

Website

Address

Kathmandu
1234