Public Educational Trust Schools' Association Nepal (PETSAN)

Public Educational Trust Schools' Association Nepal (PETSAN)

Share

Public Educational Trust School's Association Nepal (PETSAN) is the umbrella organisation of different public educational trust schools of Nepal.

Photos from Public Educational Trust Schools' Association Nepal (PETSAN)'s post 03/08/2025

पेट्सानको सत्रौं वार्षिकोत्सव तथा साधारण सभा — शिक्षा समर्पणको सम्मान 🎓🌸
आज सार्वजनिक शैक्षिक गुठी विद्यालय संघ नेपाल (पेट्सान) द्वारा काठमाडौंमा आयोजित सत्रौं वार्षिकोत्सव तथा साधारण सभा को पावन अवसरमा वागमती प्रदेश सरकारका सामाजिक विकास मन्त्री माननीय हरिप्रभा खड्गी (श्रेष्ठ)ज्यूको प्रमुख आतिथ्यमा,
पेट्सान अन्तर्गतका सातै प्रदेशका सदस्य विद्यालयबाट SEE २०८१ मा उत्कृष्ट नतिजा ल्याउने छात्र–छात्रा,उत्कृष्टता ल्याउन सहयोग पुर्‍याउने शिक्षक तथा कर्मचारी र विद्यालयहरूलाई
गौरवका साथ सम्मानित गरियो। उक्त अवसरमा एउटौ विद्यालयवाट १८ जना विद्यार्थीले ४.० GPA ल्याउन सफल रुपन्देहीको शान्ति नमुना मावि तथा विद्यालयका प्राचार्य श्री कुल प्रसाद लामिछानेज्यूलाई विशेष सम्मान प्रदान गरियो।
कार्यक्रममा विभिन्न प्रदेशबाट वर्तमान तथा पूर्व पालिका प्रमुखहरूसहित उल्लेखनीय जनप्रतिनिधिहरूको सक्रिय सहभागिता थियो।
भेलामा बधाई आदान–प्रदानसँगै शैक्षिक गुठीसम्बन्धी नीतिगत समस्या, संघीय शिक्षा ऐन शीघ्र ल्याउने आवश्यकता र निजी स्वार्थ समूहका कारण विधेयक रोकिन नदिन सरकारलाई जिम्मेवार अनुरोधहरू पनि व्यक्त गरियो।
यस सम्मान समारोहमा सम्मानित विद्यार्थीहरूलाई उज्ज्वल भविष्यको हार्दिक शुभकामना र शिक्षक–कर्मचारीहरूलाई निरन्तर उत्कटता, निष्ठा र समर्पणको प्रेरणा बनिरहन शुभकामना व्यक्त गर्दछौं।
उक्त अवसरमा उपस्थिति जनाउनु हुने सबै महानुभावहरूलाई हार्दिक धन्यवाद!

— जे.एस. पौडेल
अध्यक्ष
सार्वजनिक शैक्षिक गुठी विद्यालय संघ नेपाल (पेट्सान), केन्द्रीय समिति, काठमाडौं


Photos from Public Educational Trust Schools' Association Nepal (PETSAN)'s post 20/05/2025

माननीय शिक्षा मन्त्री रघुजी पन्तज्यूसँग पेट्सान प्रतिनिधि , सिंहदरवार कार्य कक्षामा भेटघाट तथा छलफल ।

Photos from Public Educational Trust Schools' Association Nepal (PETSAN)'s post 02/03/2025

पेट्सान वागमती प्रदेश भेला हेटौंडामा सम्पन्न

१७ फाल्गुण, हेटौंडा – सार्वजनिक शैक्षिक गुठी विद्यालय संघ नेपाल (पेट्सान) को वागमती प्रदेश भेला मकवानपुर जिल्लाको हेटौंडास्थित सोलिडारिटी इन्टरनेशनल एकेडेमीकाे सभा हलमा सम्पन्न भएको छ। कार्यक्रमको प्रमुख आतिथ्यता वागमती प्रदेश, सामाजिक विकास मन्त्री माननीय हरीप्रभा खड्गी (श्रेष्ठ)ले गर्नुभएको थियो भने, पेट्सानका राष्ट्रिय अध्यक्ष श्री जे.एस. पौडेलको अध्यक्षतामा कार्यक्रम सञ्चालन भएको थियो।

भेलाले श्री नारद प्रसाद भण्डारीको अध्यक्षतामा ९ सदस्यीय प्रदेश कमिटी गठन गरेको छ। कार्यक्रममा मन्तव्य राख्दै, मन्त्री खड्गीले गुठी स्कूलहरूको संरक्षण र नीति सम्बन्धी समस्याहरू समाधानका लागि आवश्यक पहल गरिने बताउनुभयो। साथै, नैतिक, व्यवहारिक र सीपमूलक पाठ्यक्रमलाई प्रवर्द्धन गर्ने विषयमा जोड दिनुभयो।

कार्यक्रममा पेट्सानका अध्यक्ष जे.एस. पौडेलले संघको गतिविधि, नेपालमा सार्वजनिक शैक्षिक गुठी विद्यालयहरूको वर्तमान अवस्था, सम्भावना र चुनौतीहरू बारेमा चर्चा गर्नुभयो। उहाँले शिक्षालयहरूको भौतिक विकास, विद्यार्थीहरूलाई संस्कारसहितको जीवन्त शिक्षा, शिक्षक तथा कर्मचारीहरूको पेशागत सुरक्षा, र सामाजिक उत्तरदायित्व विषयमा आफ्नो विचार राख्नुभयो।

त्यस्तै, पेट्सानका संरक्षक रमेश मान महर्जन, निवर्तमान अध्यक्ष रुपक राजवंशी, वरिष्ठ उपाध्यक्ष रमेश महर्जन, उपाध्यक्ष सुनीता सिंह लगायतका विशिष्ट व्यक्तित्वहरूले भेलालाई सम्बोधन गर्नुभएको थियो। कार्यक्रमको सञ्चालन महासचिव जगत व. महर्जनले गर्नुभएको थियो भने, सोलिडारिटी इन्टरनेशनल एकेडेमीका संस्थापक प्राचार्य ऋषि आचार्यले स्वागत मन्तव्य दिनुभएको थियो।

कार्यक्रममा केन्द्रिय कार्य समिति पदाधिकारी, सदस्य लगायत विभिन्न विद्यालयका प्रतिनिधिहरू, शिक्षक, पत्रकार, अभिभावक तथा सरोकारवालाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।

28/02/2025

सम्बन्धित सबैमा निमन्त्रणा ।

Photos from Public Educational Trust Schools' Association Nepal (PETSAN)'s post 15/01/2025

सार्वजनिक शैक्षिक गुठी विद्यालय संघ नेपाल (पेट्सान) को सुदूरपश्चिम प्रदेश भेला २०८१/०९/२६ गते धनगढी स्थित ऐश्वर्य विद्यानिकेतन मा•वि•को सभा हलमा प्रादेशिक नीति तथा योजना आयोगका उपाध्यक्ष माननीय डा • जीवन रानाको प्रमुख आतिथ्यता तथा पेट्सानका राष्ट्रिय अध्यक्ष श्री जे•एस•पौडेलको अध्यक्षतामा सुसम्पन्न भएको छ । उक्त भेलाले श्री प्रेमनिधि ओझाको अध्यक्षतामा ९ सदस्यीय प्रदेश कमिटी गठन भएको छ ।
तपशिल
१) अध्यक्ष श्री प्रेमनिधि ओझा
२) उपाध्यक्ष श्री डा• शंकरदत्त भट्ट
३) सचिव श्री महादेव भट्ट
४) कोषाध्यक्ष श्री करुणाकर पण्डेय
५) सदश्य श्री टेक वहादुर चन्द
६) सदश्य श्री हिरण्य शर्मा
७) सदश्य श्री फणेन्द्र राज रेग्मी
८) सदस्य श्री ह्रर्क जाग्री
९) सदश्य श्री डा• राजकुमार साँवद

पेट्सान केन्द्रीय समितिको तर्फवाट नव निर्वाचित प्रदेश कमिटीलाई हार्दिक वधाई सहित पूर्ण कार्यकाल सफलताको शुभकामना ।

18/09/2024

राष्ट्रिय शिक्षा दिवस २०८१ को उपलक्ष्यमा शुभकामना !

Photos from Siddhartha Vanasthali Institute, Panauti's post 18/09/2024

बधाई तथा शुभकामना !

Photos from Budhanilkantha School's post 17/09/2024

हार्दिक बधाई तथा शुभकामना ।।।

Photos from Public Educational Trust Schools' Association Nepal (PETSAN)'s post 17/09/2024

महालक्ष्मी नगरपालिका ललितपुर स्थित पेट्सान अन्तर्गत का विद्यालयहरू वेष्ट विङ्ग माध्यमिक विद्यालय का विद्यार्थी श्री युनिभ श्रेष्ठ ४ जि पि ए ल्याई आधारभूत तह नगर स्तरीय परीक्षा मा उत्कृष्ट , सदस्य बिध्यालय वेष्ट विङ्ग माध्यमिक विद्यालय सोही परीक्षामा सान्त्वना र माध्यमिक शिक्षा परीक्षा (SEE) २०८१ मा महालक्ष्मी एकेडमीले सत प्रतिशत नतिजा ल्याउदै नगर भरी तृतीय स्थान हासिल गर्न सफल हुनुभएकोमा पेट्सान को तर्फबाट हार्दिक बधाई!

Photos from Public Educational Trust Schools' Association Nepal (PETSAN)'s post 07/09/2024

आज २०८१/०५/२२ गते सिद्वार्थ वनस्थली इन्स्टिच्यूटको आईटी कक्षमा पेट्सान केन्द्रको आयोजना तथा सिद्वार्थ वनस्थली स्कुलको सहकार्यमा गणित विषयको शिक्षण सिकाई सहजिकरण तालिम तथा कार्यशाला गोष्ठी , पाठ्यक्रम विकास केन्द्रका गणित विषय विज्ञ डा. श्याम प्रसाद आचार्यको सहजिकरणमा सुसम्पन्न भयो । आफ्ना विद्यालयका शिक्षकलाई सहभागी गराउनु भएकोमा सम्पूर्ण पेट्सनिष्ट साथीहरुलाई हार्दिक धन्यवाद तथा यस अति महत्वपूर्ण कर्यक्रममा सरिक शिक्षक शिक्षिकहरूमा केन्द्रीय पेट्सानको तर्फवाट हार्दिक वधाई तथा धन्यवाद ब्यक्त गर्दछ ।

27/06/2024

हार्दिक बधाई तथा शुभकामना 🎉🎊
SEE परीक्षा २०८० मा उत्कृष्ट नतिजा हासिल गर्न सफल सम्पूर्ण विद्यार्थी भाइबहिनीहरुलाई हार्दिक बधाई तथा उज्ज्वल भविष्यको कामना!

Want your school to be the top-listed School/college in Kathmandu?

Click here to claim your Sponsored Listing.

Location

Telephone

Website

Address

Swayambhu
Kathmandu