Bharat先生

Bharat先生

Share

Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Bharat先生, Language school, Kathmandu.

Welcome to theJFT Test Prep Hub This platform is dedicated to helping you succeed in the JFT Basic Test, especially if you're aiming for the SSW Visa.Follow us for all the essential MockTests,Exclusive JFT study materials to boost your JFT preparation! 🙏

22/10/2025

👦先生、テストで0点取りました!」
👩‍🏫「なんで笑ってるの?」
👦「だって、丸(0)もらったの初めてです!

16/10/2025

📢 साना जानकारी सबै साथीहरूका लागि 🙏

साथीहरू, धेरैजना मेरो WhatsApp र Messenger मा message र call गर्नुभएको छ, तर सबैको reply गर्न नपाएकोमा म माफी चाहन्छु 🙇‍♂️

यो page मैले सबै जापानी भाषा पढ्ने विद्यार्थीहरूबीच सहयोग होस् र एकअर्कालाई साथ दिन सकियोस् भनेर खोलेको हुँ 🇯🇵

आजदेखि यहाँ आएर आफूमा भएको ज्ञान (knowledge) share गर्ने, नयाँ विद्यार्थीहरूलाई guidance दिने, र उपयोगी सामग्री वा पोस्टहरू राख्ने काम गरौँ 🙏

धेरै विद्यार्थीहरूले class लिन सक्दैनन्, धेरैजना self-study गर्दै हुनुहुन्छ —
त्यस्ता साथीहरूलाई पनि सकेसम्म सहयोग गरौँ 💪

यो page मा N5 देखि N1 सम्मका learning materials, grammar notes, vocabulary lists, र अन्य उपयोगी posts रहनेछन्।
यदि तपाईंहरूसँग पनि कुनै helpful materials वा अनुभव छन् भने share गर्नुहोस् 📚

हाम्रो धेरै Messenger group हरू पनि छन् — त्यहाँ join भएर senior हरूको guidance लिन सक्नुहुन्छ 👥

र, केवल JFT मात्र नभई पूरै भाषा राम्रो बनाउन ध्यान दिनुहोस् 💪
जापान आउनु अघि राम्रो base बनाउन सके भविष्यमा काम र जीवन दुवैमा सजिलो हुन्छ 🇯🇵

15/10/2025

सूचना!सूचना!!सूचना!!!

✅ २०२६ अप्रिलदेखि SSW परीक्षामा पासपोर्ट अनिवार्य हुनेछ।
✅ पहिचान प्रमाण (ID) का रूपमा केवल पासपोर्ट मात्र मान्य हुनेछ।
✅ पासपोर्ट नभए परीक्षा दिन पाइँदैन।

✅किन यो नियम लागू हुँदैछ?
सुरक्षा (Security) र निष्पक्षता (Fairness) को लागि पासपोर्टलाई मात्र आधिकारिक ID मानिने निर्णय भएको हो।

✅कहिलेबाट लागू हुन्छ?
→ २०२६ अप्रिलदेखि
→ फिलिपिन्समा भने २०२५ डिसेम्बरदेखि नै अघि बढेर लागू हुनेछ।

✅कहाँ लागू हुन्छ?
→ विश्वका सबै SSW परीक्षा केन्द्रहरूमा (All test countries)।

✅जापानमै परीक्षा दिनेहरूका लागि:
→ यदि तपाईं जापानमा SSW परीक्षा दिनुहुन्छ र तपाईँसँग 在留カード (Residence Card) छ भने, अझै पनि त्यो साथमा ल्याउनुपर्नेछ।
→ तर योसँगै पासपोर्ट पनि अनिवार्य हुनेछ।

✅परीक्षा बुकिङ (Reservation) को समयमा पनि पासपोर्ट चाहिन्छ।
→ २०२६ अप्रिलदेखि परीक्षा दर्ता (booking) गर्दा पनि पासपोर्ट नम्बर चाहिनेछ।
→ त्यसैले पासपोर्ट नभएकाहरूले अब ढिला नगरी छिटो बनाउने तयारी गर्नुहोस।

✅परीक्षा दिन जाँदा पासपोर्ट नभए परीक्षा दिन पाइँदैन।
→ अरु कुनै ID (citizenship, license, student card आदि) स्वीकृत हुनेछैन।
→ पासपोर्ट नभए परीक्षा दिनबाट पूर्ण रूपमा रोकिनेछ।

06/10/2025

Celebrating my 1st year on Facebook. Thank you for your continuing support. I could never have made it without you. 🙏🤗🎉

02/10/2025

ひらがな सरररर होस्
漢字 (かんじ) बरररररर होस्
दशैंको शुभकामनामा सबैलाई
जापानीज फररर होस् 🎉

01/10/2025

शुभ विजया दशमी २०८२ को उपलक्ष्यमा सम्पूर्णमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौँ।🙏🇳🇵

25/09/2025

Finally 2.5k family completed 🔥❤️

Photos from Bharat先生's post 24/09/2025

साथीहरू 🙌
N5 र N4 सकेपछि सबैलाई ठूलो challenge हुने कुरा हो 👉 N3 को Kanji 🤯
धेरैलाई memorize गर्न गाह्रो लाग्छ तर सही तरिका ले भने easy & मज्जा पनि हुन्छ 😎

👉 अब यो Kanji Cheatsheet बाट:
✅ Daily ठूला ठूला Kanji हरु छोटकरीमा revise गर्न सकिन्छ
✅ JLPT N3 preparation सजिलो हुन्छ
✅ Vocabulary + Grammar practice मा boost मिल्छ

अब यो cheatsheet download गरेर सुरु गर्नुस N3 journey
Smart पढेपछि clear गर्न सकिन्छ, विश्वास गर्नुहोस्!

コメントमा लेख्नुस 👉 “Kanji Master” ✍️
energy आयो भने अरु materials पनि पोस्ट गर्छु 💯

頑張って皆 💪🇯🇵
— Bharat 先生

Photos from Bharat先生's post 23/09/2025

皆の日本語中級I 第3課 文法
कठिन जस्तो लाग्छ तर easy बनाउँछु म, Bharat先生 style मा 😉✨一緒に頑張りましょう!🔥

Login screen 22/09/2025

Notice!!!
22 September, 2025 को दिउँसो 12:45 बजे (नेपाल समय) बाट JFT-Basic, Food Service, Accommodation (Hotel), Nursing Care को परीक्षाको Date Reservation सुरु हुने छ।

नेपालमा JFT-Basic को परीक्षा हुने दिन:

✅Kathmandu Dillibazar A/B :Universal Language & Computer Institute
October 2025: 5,6,7,8,9,10,11,12,14,15,16,17,19,24,25,26,27,28,29,30,31
November 2025: 2,4,5,6,7,8,9,10,11,12,13,14

✅Kathmandu Bagmati :Alfa Beta Institute Pvt. Ltd.
October 2025: 1,3,4,5,6,7,8,9,10,11,12,14,16,19,20,21,22,24,26,27,28,30,31
November 2025: 2,4,5,6,7,10,11,13

✅Pokhara :Infomax College of Information Technology and Management
October 2025: 8,9,10,11,12,14,15,16,17,18,19,20,26,28,29,30,31
November 2025: 1,2,4,5,6,7,8,9,10,11,12,13,14

🌸नेपालमा Food Service /Accommodation (Hotel)/ Nursing Care को सीप परीक्षा हुने दिन:

✅Kathmandu Dillibazar A/B :Universal Language & Computer Institute
September 2025: 24,25,26,28
October 2025 : 5,6,7,8,9,10,11,12,14,15,16,17,19,24,25,26,27,28,29,30,31
November 2025 : 2,4,5,6,7,8,9,10,11,12,13,14,16,17,18,19,20,21,22,25,26,27,28,30

✅Kathmandu Bagmati :Alfa Beta Institute Pvt. Ltd.
September 2025: 24,25,28
October 2025: 1,3,4,5,6,7,8,9,10,11,12,14,16,19,20,21,22,24,26,27,28,30,31
November 2025: 2,4,5,6,7,10,11,13,16,17,18,20,21,25,26,27,28,29

✅Pokhara: Infomax College of Information Technology and Management
September 2025: 24,25,26,28,29,30
October 2025 : 8,9,10,11,12,14,15,16,17,18,19,20,26,28,29,30,31
November2025: 1,2,4,5,6,7,8,9,10,11,12,13,14,16,17,18,19,20,21,22,25,26,27,28,29,30

☆☆☆परीक्षा शुल्क प्रिपेड Dollar कार्ड बाट भुक्तानी गर्न पर्ने छ। त्यसैले Dollar Card नभएको विधार्थीले आफ्नो नजिकको कर कार्यालय बाट PAN Card बनाएपछि आफ्नो खाता भएको बैंक बाट तुरुन्तै Dollar Card बनाउनु होस। आरक्षण गर्दा कृपया 3D Secure कार्ड प्रयोग गर्नुहोस्। ☆☆☆

✅Exam Fee:
JFT-Basic: USD 36
Food Service: USD 33
Accommodation: USD 55
Nursing Care Skills: USD 8
Nursing Care Language: USD 8

👉परीक्षाको मिति तय गर्नको लागि सबै भन्दा पहिला Prometric ID बनाउन पर्ने छ।
⭐नोट: एक पटक Prometric ID बनाए पछि सबै परीक्षाको लागि सोही ID नै प्रयोग गर्न सकिने छ। पुन: अर्को ID बनाउन आवश्यक छैन। ⭐ राम्रो सँग अध्ययन गरि पास गर्न सक्ने भए पछि मात्र परीक्षा आवेदन दिनुहोला।
★हाल सम्म Prometric ID नबनाउनु भएको ले Prometric ID बनाउनु होस।
✅Prometric ID बनाउन को लागि:
https://j6.prometric-jp.com/IdGet/IdNew?CN=JL&LC=EN

✅JFT परीक्षा आवेदन दिने लिंक :
https://j6.prometric-jp.com/Reserve/Login?CN=JL&LC=EN

✅Food Service परीक्षा आवेदन दिने लिंक:
https://j6.prometric-jp.com/Reserve/Login?CN=FF&PC=T1&LC=EN

✅ Accommodation परीक्षा आवेदन दिने लिंक:
https://j6.prometric-jp.com/Reserve/Login?CN=R4&PC=R4&LC=EN

✅ Nursing Care परीक्षा आवेदन दिने लिंक:
https://j6.prometric-jp.com/Reserve/Login?CN=JH&LC=EN

Login screen

17/09/2025

ZEN-G आन्दोलन नि सकियो, अब त scroll गर्ने भन्दा पनि पढाइमै ध्यान दिऊँ है त अब त हामीले N3/N2 को पनि राम्रोसँग तयारी गर्नैपर्छ जस्तो लाग्छ। सबै जना मिलेर साथसाथै पढौँ, एक-अर्कालाई सहयोग गरौँ, अनि तयारीलाई अझै मजबुत बनाऔँ है।

17/09/2025

हामी नेपालीको बानी कहिल्यै नसुध्रिने भयो। आजै एउटा भाइले म्यासेजमा के भन्यो भने – “सेन्सेई, JFT को 100% आउने प्रश्न मात्र हुने mock टेस्ट दिनुहोस्।”
ए भाइ, त्यस्तो हो भने त सबैले त्यही mock टेस्ट मात्र रटेर पास गर्न सक्छन् नि। के दिमाग घुँडामा छ कि के हो??
If that’s the case, why do we even need to learn Japanese?

Want your school to be the top-listed School/college in Kathmandu?

Click here to claim your Sponsored Listing.

Location

Category

Website

Address

Kathmandu
44600