18/05/2026
“कक्षाकोठामा प्रयोग हुने शिक्षण विधिहरू बालमैत्री छन् भन्ने सुनिश्चित गर्न म TECSES र स्थानीय सरकारसँग समन्वय गर्छु,” कर्णाली प्रदेशको त्रिपुरासुन्दरी नगरपालिकामा कार्यरत शैक्षणिक स्रोत व्यक्ति (PRP) नवीन कुमार शाही भन्छन्।
नियमित विद्यालय भ्रमण, कक्षाकोठा अवलोकन, र शिक्षकहरूसँग छलफलमार्फत नवीन तथा अन्य PRP हरूले विद्यालयहरूलाई दैनिक शिक्षण अभ्यास सुधार गर्न सहयोग गर्छन्। उनीहरूको कामले शिक्षकहरूलाई बालबालिकाहरु सक्रिय रूपमा सहभागिता जनाउन सक्ने र व्यवहारिक तथा रोचक तरिकाले सिक्न सक्ने सिकाइ वातावरण निर्माण गर्न मद्दत गर्छ।
“मेरो भूमिका भनेको गुणस्तरीय शिक्षा प्रदान गर्न कक्षाकोठाभित्रका शिक्षण विधि र गतिविधिहरूमा ध्यान दिनु हो। नयाँ विधिहरू आइरहेका छन् र सोही अनुरुप शिक्षकहरू पेशागत विकास गर्न सकून् भनेर ती विधिहरू कार्यान्वयन भएको सुनिश्चित गर्छु।”
PRP हरूले स्थानीय सरकार, विद्यालय र शिक्षकहरूबीच समन्वय गर्ने महत्वपूर्ण भूमिका खेल्छन्। PRP मार्फत कक्षाकोठामै शिक्षकहरूलाई सहयोग गरेर TECSES ले स्थानीय तहमा शिक्षाको गुणस्तर सुधार गर्न सहयोग पुर्याइरहेको छ।
***
“I coordinate with TECSES and the local government to make sure the teaching methods in classrooms are child-friendly,” says Nabin Kumar Shahi, a Pedagogical Resource Person (PRP) working in Tripurasundari, Karnali.
Through regular school visits, classroom observations, and discussions with teachers, Nabin and other PRPs support schools in improving everyday teaching practices. Their work helps teachers create learning environments where children can participate actively and learn in ways that are practical and engaging.
“My role is to focus on teaching methods and activities inside the classroom to deliver quality education. There are new methods coming in, and I make sure these are implemented so that teachers as professionals can develop.”
PRPs play an important role in connecting local governments, schools, and teachers. By supporting teachers directly in classrooms through PRPs, TECSES supports the quality of education at the local level.