Krishi School

Krishi School उधमशीलताको नयाँ यात्रा

ग्रामीण परिवारका लागि आयआर्जनको उपाय बनेको छ, कोदोको तीनपाने। साना घरेलु उद्योगको रूपमा यसले केही हदसम्म रोजगारी पनि सिर...
17/05/2025

ग्रामीण परिवारका लागि आयआर्जनको उपाय बनेको छ, कोदोको तीनपाने। साना घरेलु उद्योगको रूपमा यसले केही हदसम्म रोजगारी पनि सिर्जना गरिरहेको छ। स्थानीय उत्पादन (कोदो) को प्रयोगलाई प्रोत्साहन गर्ने यो अभ्यासले आत्मनिर्भरता तर्फको बाटो देखाउँछ।

मकवानपुरको थाहा नगरपालिका–९, चित्लाङ नारायणहिटिका ६६ वर्षीय सिताराम लामिछानेले व्यवसायिक तरकारी खेती गर्दै राम्रो आम्दान...
12/04/2025

मकवानपुरको थाहा नगरपालिका–९, चित्लाङ नारायणहिटिका ६६ वर्षीय सिताराम लामिछानेले व्यवसायिक तरकारी खेती गर्दै राम्रो आम्दानी गर्दै आएका छन् । लामो समयदेखि केराउ खेतीमा सक्रिय रहेका उनले पछिल्लो समय खेतीलाई अझ व्यावसायिक बनाउँदै विविध उत्पादन बढाएका छन् । हाल उनको बारीमा बेमौसमी काउली समेत उत्पादन भएर बिक्री वितरणका लागि तयार भएको छ। साभार : कृषि प्रेस

कास्की जिल्लाको अन्नपूर्ण गाउँपालिकाको पाउँदुर घुम्ती क्षेत्रमा हाल ऐंसेलु बेच्ने स्थानीयहरुको भीड लाग्ने गरेको छ। पाखा,...
11/04/2025

कास्की जिल्लाको अन्नपूर्ण गाउँपालिकाको पाउँदुर घुम्ती क्षेत्रमा हाल ऐंसेलु बेच्ने स्थानीयहरुको भीड लाग्ने गरेको छ। पाखा, डाँडा र खर्कमा प्राकृतिक रूपमा फलेको ऐंसेलु यहाँका बासिन्दाको आम्दानीको स्रोत बनेको छ। पोखरा–बागलुङ सडक खण्डमा यात्रा गर्ने यात्रुहरूले नियमित रूपमा ऐंसेलु किन्ने गरेका छन्। पातबाट बनाइएको सोलीमा राखी प्रति सोली १०० रुपैयाँमा बिक्री हुने ऐंसेलुबाट स्थानीयले दैनिक २ हजार रुपैयाँसम्म कमाइरहेको बताएका छन्। फोटो : कृषि सुचना

बिष्णुजित रोयल होम्सले ७ दिने समुदायमा आधारित कम लागतमा भौतिक संरचना निर्माण तालिम दिन लागेको छ । सहकारी, होमस्टे, कृषि ...
27/03/2025

बिष्णुजित रोयल होम्सले ७ दिने समुदायमा आधारित कम लागतमा भौतिक संरचना निर्माण तालिम दिन लागेको छ । सहकारी, होमस्टे, कृषि समूह, तथा AGRO CONCEPT का कटेजहरूलाई लक्षित गरी कम लागतमा वातावरणमैत्री संरचना बनाउन अब तपाईंको आफ्नै कार्यस्थलमै तालिम लिन सकिने अवसर। यो तालिमले स्थानीय स्रोत साधनको उपयोग गर्दै दिगो र किफायती संरचना निर्माण गर्न सिकाउनेछ। इच्छुकहरूले अहिले नै दर्ता गरी अवसर सुनिश्चित गर्नुहोस्। BOOKING खुला छ। श्रोत : बिष्णुजित रोयल होम्स

🌱 ३-दिने व्यावसायिक अफ-सीजन तरकारी खेती तालिम 🌟"आधुनिक कृषि, नयाँ सोच, सफलता"✅ आफ्नो आम्दानी वृद्धि गर्दै आत्मनिर्भर बन्...
05/03/2025

🌱 ३-दिने व्यावसायिक अफ-सीजन तरकारी खेती तालिम 🌟
"आधुनिक कृषि, नयाँ सोच, सफलता"
✅ आफ्नो आम्दानी वृद्धि गर्दै आत्मनिर्भर बन्ने सुनौलो अवसर!
नेपालको बदलिंदो कृषि प्रणालीलाई ध्यानमा राख्दै, कृषि स्कुलले व्यावसायिक अफ-सीजन तरकारी खेती तालिम आयोजना गर्दैछ। अल्पसमयमै बढी उत्पादन गरी आर्थिक रूपमा सक्षम बन्ने ज्ञान प्राप्त गर्नुहोस्!
🟢 किन सहभागी हुने?
🔹 उत्पादन वृद्धि – सानो ठाउँमै उच्च उत्पादकत्व हासिल गर्ने तरिकाहरू।
🔹 बजार व्यवस्थापन – सफल व्यावसायिक खेतीका लागि रणनीति र बजार पहुँच।
🔹 आधुनिक प्रविधि – ग्रीनहाउस, मल्चिंग, र ड्रिप इरिगेसनको व्यवहारिक ज्ञान।
🔹 स्वास्थ्य सुधार – रसायनरहित, ताजा उत्पादनले परिवारको स्वास्थ्यमा फाइदा।
🔹 प्रत्यक्ष अभ्यास – फिल्ड भिजिट र अनुभवी किसानहरूसँग अन्तरक्रिया।
🟡 यो तालिम कसका लागि?
✔ युवाहरू – आधुनिक कृषि व्यवसायमा प्रवेश गर्न चाहनेहरू।
✔ किसानहरू – परम्परागत खेतीलाई व्यावसायिक बनाउन इच्छुकहरू।
✔ उद्यमीहरू – अफ-सीजन खेतीबाट अतिरिक्त आम्दानी गर्ने योजना बनाएका।
✔ शिक्षित बेरोजगारहरू – कृषि क्षेत्रबाट नयाँ अवसर खोज्नेहरू।
📅 तालिम विवरण
📆 मिति: फागुन २६, २७ र २८ गते
🕘 समय: बिहान ११:०० – दिउँसो ३:००
📍 स्थान: कृषि स्कुल, कलंकी, काठमाडौं।
📞 सम्पर्क: 9843030810 / 9748220889
🔴 सीमित सिट उपलब्ध! आजै दर्ता गर्नुहोस्!
👉 "सिप सिकौं, आत्मनिर्भर बनौं!" 🌱

गहुँबाट नै बिधाबारिधि गरेका डा. मुक्ती पौडेल पक्लिहवा कृषि क्याम्पसका समेत उप-प्राध्यापक हुन् । नेपालगन्जको गहुँको फिल्ड...
05/03/2025

गहुँबाट नै बिधाबारिधि गरेका डा. मुक्ती पौडेल पक्लिहवा कृषि क्याम्पसका समेत उप-प्राध्यापक हुन् । नेपालगन्जको गहुँको फिल्ड अबलोकन पश्चात् उनी भन्छन् "नेपालमा उच्च उत्पादनशील जातहरूको प्रवर्द्धन, आधुनिक कृषि प्रविधिको प्रयोग र जलवायु परिवर्तनअनुकूल रणनीति आवश्यक छ। विशेष गरी खडेरी तथा गर्मी प्रतिरोधी गहुँ जातहरूको छनोटले उत्पादन वृद्धि गर्न सहयोग गर्छ जसले नेपाली किसानलाई उन्नत गहुँ खेतीमा सहयोग गर्ने समेत अपेक्षा गर्दछु" । फोटो : डा. मुक्ति पौडेल

Address

Kathmandu
Kathmandu
9779851097192

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 17:00
Sunday 09:00 - 17:00

Telephone

+9779851097192

Website

Alerts

Be the first to know and let us send you an email when Krishi School posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The School

Send a message to Krishi School:

Shortcuts

Share