Future Agriculturist

Future Agriculturist This page is to help those who want to prepare Agriculture PSC Nepal Examination.
“कृषि मुलश्य जीवनम”

16/12/2025
पढौं
16/12/2025

पढौं

आ व २०८१।८२ को लागि गहुँको न्यून्तम समर्थन मूल्य प्रति कविन्टल ३८६७ रुपैया सरकारले तोकेको छ । गत बर्ष भन्दा २१७ रुपैया ब...
15/01/2025

आ व २०८१।८२ को लागि गहुँको न्यून्तम समर्थन मूल्य प्रति कविन्टल ३८६७ रुपैया सरकारले तोकेको छ । गत बर्ष भन्दा २१७ रुपैया बढी रहेको छ । नेपालमा गहुँको कुल उत्पादन २० लाख मे ट को हाराहारीमा रहेको र सो मध्ये १० लाख मे ट गहुँ नेपालका ३८ वटा मैदा उद्योगलाई नै संचालन गर्न चाहिन्छ ।

Big Breaking News: नेपाल सरकारले थप २ वटा विषादी प्रतिबन्ध (banned) गरेको छ । यो भन्दा पहिले नेपालमा २४ वटा विषादी प्रति...
05/12/2024

Big Breaking News: नेपाल सरकारले थप २ वटा विषादी प्रतिबन्ध (banned) गरेको छ । यो भन्दा पहिले नेपालमा २४ वटा विषादी प्रतिवन्ध थिए भने अब नेपालमा प्रतिबन्धित बिषादिको संख्या २६ वटा पुगेको छ !

Be clear: फोरेट २०७२ सालमा प्रतिबन्ध थियो तर राजपत्रमा प्रकाशन हुन भने बाँकी थियो ! अहिले फोरेट सहित अन्य नयाँ थप २ वटा विषादी सहित राजपत्रमा प्रकाशन भएको छ । अब प्रतिबन्धित बिषादी संख्या २४ बाट २६ पुगेको छ । Thank you 😊
💚

जलबायुमैत्री कृषि प्रणाली बुकलेट।
25/06/2024

जलबायुमैत्री कृषि प्रणाली बुकलेट।

नेपालको नदीहरु सम्बन्धी जानकारी 👉Like follow share our page for More information!
02/06/2024

नेपालको नदीहरु सम्बन्धी जानकारी

👉Like follow share our page for More information!

२१ औं राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव ,२०८१ #नारा "जलवायु मैत्रीकृषि ,धान उत्पादनमा वृद्धि "Future Agriculturist 💚
02/06/2024

२१ औं राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव ,२०८१
#नारा "जलवायु मैत्रीकृषि ,धान उत्पादनमा वृद्धि "
Future Agriculturist 💚

कृषकहरुमा अनुरोध !!!यो अत्यधिक तापक्रममा धानको बीउ राख्दा पुरानो तरिका प्लाष्टिकले ढोक्ने , घाममा राख्ने , हरियो स्याउला...
02/06/2024

कृषकहरुमा अनुरोध !!!

यो अत्यधिक तापक्रममा धानको बीउ राख्दा पुरानो तरिका प्लाष्टिकले ढोक्ने , घाममा राख्ने , हरियो स्याउलाले ढोक्ने र दबाउने गरेर बीउ नराख्न कृषकहरुमा अनुरोध छ । यो तरिकाले बीउ उम्रदैन ।

बिउ उमार्ने तरिका :
✓ १२ घन्टा पानीमा भिजाउने
✓ नगुम्सने गरि सितल ठाउमा ४ देखि ५ इन्च मात्र बाक्लो हुने गरि फिजायर जुटको बोराले छोपेर सुक्न नदियर चिसो पानी पटक पटक दिने ।
✓ बिउमा टुसा आयसी साझको सितलमा ब्याड चिसो पारेर छर्ने ।
✓ दैनिक साझ चिसो पानी छर्ने ।

सक्दो share गरिदिनु होला।
Future Agriculturist 💚

14/03/2024

झोलमल / जैविक मल/ बिषादी बनाउने तरिका ।
झोलमल -१
झोलमल-२
झोलमल-३
Botanical pesticides.






गहुँ खेती प्रविधि 🌾🌾=========================बीउको छनौट :  उन्नत जातको बीउ छनौट गर्ने । बीउको उपचार : भाइटाभेक्स २०० बिष...
01/12/2023

गहुँ खेती प्रविधि 🌾🌾
=========================
बीउको छनौट : उन्नत जातको बीउ छनौट गर्ने ।

बीउको उपचार : भाइटाभेक्स २०० बिषादी ३ ग्राम प्रति के.जी.गहुँ बीउमा राम्ररी मिसाई उपचार गर्ने ।

मूख्य जातको छनौट (जातीय छनौट)
उच्च पहाड तथा मध्य पहाडको लागि : अन्नपूर्ण –१, अन्नपूर्ण –३, अन्नपूर्ण –४, गौरा, धवलागिरी, डब्लु.के. – १२०४, पासाङ ल्हामु ।

तराईका लागि : भृकुटी, गौतम, आदित्य, एन.एल. ९७१, बि.एल. – १४७३, विजय ।

जग्गाको तयारी : प्रयाप्त चिस्यान संरक्षण गरी जमीनलाई गहिरोसँग जोत्ने र कम्पोष्ट १०–१५ मे.टन प्रति हेक्टर माटोमा मिलाउने ।

मलखाद : १०–१५ मे.टन प्राङ्गारीक वा गोठेमल सहित १००ः५०ः२५ के.जी. प्रति हेक्टरका दरले नाइट्रो जन, फोसफोरस र पोटास अर्थात (डि.ए.पि. ३.५ के.जी., यूरिया २.२ के.जी., म्युरेट अफ पोटास १.५ के.जी. प्रति कठ्ठा) जग्गा तयारीकोबेला प्रयोग गर्ने ।

बीउ छर्ने तरीका :
१२० के. जी. प्रति हेक्टर बीउ छर्ने र माटोले सम्याउने । ४ किलोग्राम बीउ प्रति कठ्ठाका दरले छर्ने । ढिला छर्दा ४.५ के.जी. प्रति कठ्ठा बीउ छर्ने ।

सिंचाई व्यवस्थापन :
१. सुख्खा भएमा बाली लगाउनु अगाडी सिंचाई
गर्ने ।
२. पहिलो सिंचाई बीउ उम्रेको २१ दिनपछि ।
३. दोस्रो सिंचाई बाला पसाउने बेलामा ।

गहुँ छर्ने तरीका :
१. बीउलाई सोझै माटोमा छर्ने (छरुवा प्रविधि)
२. ३–४ सेन्टीमिटर गहिरो गरी बीउ लाईनमा राख्ने र एकहारको दूरी २० सेन्टीमिटर राख्ने ।

झारपात नियन्त्रण : गोडमेल गरी झार निकाल्ने र बिषादीको प्रयोग नगर्ने ।

मलखादको मात्रा : ५० के. जी. नाइट्रोजन टप ड्रेसिङ्गमा प्रयोग गर्ने ।

टप ड्रेसिङ्ग : टप ड्रेसिङ्ग गर्ने पहिलो सिँचाईपछि ।

पानीको व्यवस्थापन : जमिनमा प्रयाप्त मात्रामा चिस्यान संरक्षण हुनुपर्छ ।

पानीको निकास : उपयुक्त नाला र कुला बनाई पानीको निकास गर्ने ।

कटनासक विषादीको प्रयोग : किराहरु देखिए मात्र प्रयोग गर्ने ।

रगीङ्ग गर्ने तरिका : बेजात, झारपात, अस्वस्थ बोट तथा अन्य बालीको बोट बिरुवा झिक्ने ।

बीउको लागि छनौट तरीका : पाक्नुभन्दा अली अगाडीनै रगीङ्ग गर्ने र स्वास्थ बीउ छान्ने ।

अन्य ब्यबस्थापन : बाली चक्र र मिश्रण खेती प्रविधिको प्रयोग ।

गहुँ काट्ने : अवस्था बाली पहेलिन थालेर दाना सुख्खा भएपछि काट्ने

चिस्यान अवस्था :
काट्दा १८–२०% चिस्यान दानामा हुन्छ । राम्ररी सुकाएर १०–१२% चिस्यान भएपछि मात्र भण्डारण गर्ने ।

गहुँ चुट्ने : गहुँ कम क्षति हुनेगरी चुट्ने ।
गहुँ भण्डारण : ३–४ दिनसम्म राम्ररी सुकाएर भण्डारण गर्ने ।
Like, follow and share for more information
Future Agriculturist ☘️🌾

Some Traps 🌾🌾
24/11/2023

Some Traps 🌾🌾

Address

Kathmandu

Alerts

Be the first to know and let us send you an email when Future Agriculturist posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The School

Send a message to Future Agriculturist:

Shortcuts

Share