समसामयिक तथा सामान्य ज्ञान

  • Home
  • Nepal
  • Kathmandu
  • समसामयिक तथा सामान्य ज्ञान

समसामयिक तथा सामान्य ज्ञान लोक सेवा आयोगको तयारी गर्न लाग्नूभएक?

लोक सेवा आयोग तथा अन्य आयोग, विभिन्न हाजिरीजवाफ प्रतियोगिता तथा सामान्य ज्ञानमा बिशेष रुचि राख्नुहुने सबैको लागि बहुउपयोगी ।

17/08/2016

 जनगणना सम्बन्धी जानकारी
जनसङ्ख्या — राष्ट्रिय जनगणना २०६८ अनुसार नेपालको जनसङ्ख्या २ करोड ६४ लाख ९४ हजार ५०४ रहेको छ, जसमध्ये पुरूष ४८.५० प्रतिशत (१,२८,४९,०४१) र महिला ५१.५० प्रतिशत (१,३६,४५,४६३) रहेका छन् । यसअनुसार लैंगिक अनुपात अर्थात प्रति १०० महिलामा पुरूषको सङ्ख्या ९४.१६ रहेको छ । गत २०५८ सालको जनगणनामा कुल जनसङ्ख्या २,३१,५१,४२३ र लैंगिक अनुपात ९९.८० थियो ।
वार्षिक जनसङ्ख्या वृद्विदर — यस जनगणनाले २०५८ देखि २०६८ सालसम्मको वार्षिक सालाखाला जनसङ्ख्या वृद्विदर ९ब्खभचबनभ बललगब िभहउयलभलतष्ब िउयउगबितष्यल नचयधतज चबतभ० १.३५ प्रतिशत देखाएको छ, जुन २०५८ सालको जनगणनाअनसुार (२०४८ देखि २०५८ सालसम्म) वार्षिक सालाखाला २.२५ प्रतिशत थियो ।
जनघनत्व — जनघनत्व (प्रति वर्ग किलोमिटर क्षेत्रफलमा रहेको जनसङ्ख्या) १८० जना प्रतिवर्ग किलोमिटर रहेको छ, जुन २०५८ सालमा १५७ मात्र थियो । हाल ग्रामीण क्षेत्रको तुलनामा शहरी क्षेत्रमा जनघनत्व निकै उच्च रहेको देखिन्छ, जसअनुसार शहरी क्षेत्रमा १३८१ जना र ग्रामीण क्षेत्रमा १५३ जना प्रति वर्ग किलोमिटर रहेको पाइएको छ । सबै भन्दा धेरै जनघनत्व काठमाडौं जिल्लामा (४४१६ जना प्रति वर्ग किलोमिटर) र सबै भन्दा कम मनाङ जिल्लामा (३ जना प्रति वर्ग किलोमिटर) रहेको देखिन्छ ।
वृहद उमेर समूहअनुसार जनसङ्ख्या — देशको कुल जनसङ्ख्याको ५६.९६ प्रतिशत १५ देखि ५९ वर्ष उमेरका रहेको आँकडा २०६८ सालको जनगणनाले देखाएको छ । गत २०५८ सालमा यो उमेर समूहका जनसङ्ख्या ५४.१५ प्रतिशत मात्र थियो । हाल १४ वर्ष वा सो भन्दा कम उमेरका र ६० वर्ष वा सो भन्दा माथिल्लो उमेरका जनसङख््या क्रमशः ३४.९१ प्रतिशत र ८.१३ प्रतिशत रहेको देखिन्छ ।
परिवार सङ्ख्या — गत २०५८ सालको जनगणनाअनुसार ४२,५३,२२० परिवार सङ्ख्या देखिएकोमा हाल उक्त सङ्ख्या करिव २२ प्रतिशतले वढेर ५४,२७,३०२ (संस्थागतसमेत) पुगेको छ । यसप्रकार दश वर्षको अवधिमा ११,७४,०८२ परिवार थप भएका छन् ।
परिवारका सदस्य सङ्ख्या — नेपालमा हाल प्रति परिवार औषत ४.८८ जना सदस्य सङ्ख्या रहेको छ, जुन २०५८ मा ५.४४ जना थियो । परिवारको औषत आकार रौतहट जिल्लामा सबैभन्दा बढी ६.४४ र कास्की जिल्लामा सबैभन्दा कम ३.९२ रहेको पाइएको छ ।
शहरी जनसङ्ख्या — नेपालमा शहरी जनसङ्ख्या करिब १७.०७ प्रतिशत रहेको देखिएको छ । दश बर्ष अघि २०५८ सालमा यसको मान १३.९ प्रतिशत थियो ।
सबै भन्दा धेरै र कम जनसङ्ख्या भएका जिल्ला — यस पटकको जनगणनाअनुसार सबैभन्दा धेरै जनसङ्ख्या काठमाण्डौं जिल्लामा १७,४४,२४० देखिएको छ, जुन दश वर्ष अघि १०,८१,८४५ थियो । काठमाण्डौंको जनसङ्ख्या दश वर्षमा ६१.२३ प्रतिशतले वृद्वि भएको देखिएको छ र सालाखाला वार्षिक बृद्विदर ४.७८% रहेको छ । मनाङ जिल्ला सबै भन्दा कम जनसङ्ख्या भएको जिल्ला हो जसमा ६५३८ जना मात्र रहेका छन् । यस जिल्लामा सबैभन्दा कम (—३.८३%)वार्षिक जनसङ्ख्या वृद्धिदर रहेको देखिन्छ ।
भौगोलिक क्षेत्रअनुसार जनसङ्ख्या — राष्ट्रिय जनगणना २०६८ अनुसार तराईमा कूल जनसङ्ख्याको ५०.२७ प्रतिशत (१,३३,१८,७०५ जना), पहाडमा ४३.०१ प्रतिशत (१,१३,९४,००७ जना) र हिमाली क्षेत्रमा ६.७३ प्रतिशत (१७,८१,७९२ जना) जनसङ्ख्या रहेको छ, जुन दश वर्ष अघि अर्थात २०५८ मा क्रमशः ४८.४०% (१,१२,१२,४५२ जना), ४४.३०% (१,०२,५१,१११ जना) र ७.३०% (१६,८७,८५९) थियो ।
जातजाती — राष्ट्रिय जनगणना २०६८ अनुसार देशमा जम्माजम्मी १२५ वटा जातजातिहरू रहेको देिखएको छ । यसअनुसार विगत २०५८ सालको जनगणनामा कुल जनसङ्ख्याको १५.८ प्रतिशत रहेको क्षेत्रीको जनसङ्ख्या यस जनगणनामा केही वृद्धि भई १६.६ प्रतिशत पुगेको छ । पहाडी ब्राम्हणको जनसङ् ख्या २०५८ सालमा १२.७ प्रतिशत रहेकोमा हाल १२.२ प्रतिशत देखिएको छ । हाल मगर, थारू र तामाङ क्रमशः ७.१२, ६.५६ र ५.८१ प्रतिशतसहित तेस्रो, चौथो र पाँचौं प्रमुख जातजातिहरूको स्थानमा रहेका छन् । सबै भन्दा कम जनसङ्ख्या कुसुण्डा जातिको (२७३ जना मात्र) देखिएको छ ।
मातृभाषा — यस गणनामा देशभित्र अक्सर बसोबास गर्ने व्यक्तिहरूले बोल्ने मातृभाषाको सङ्ख्या १२३ वटा देखिएको छ । विगतको जनगणनामा ९२ वटा मातृभाषाको सङ्ख्या प्राप्त भएको थियो । गत २०५८ सालको जनगणनामा ४८.६ प्रतिशत व्यक्तिहरूको मातृभाषा नेपाली रहेकोमा हाल मातृभाषाको रुपमा नेपाली भाषा बोल्ने जनसङ्ख्या ४४.६ प्रतिशत देखिएको छ । नेपाली पछि मातृभाषाको रुपमा वढि वोलिने भाषाहरूमा मैथिली (११.७ प्रतिशत), भोजपुरी (६.० प्रतिशत), थारु (५.८ प्रतिशत), तामाङ (५.१ प्रतिशत) र नेवार (३.२ प्रतिशत) रहेका छन् ।
धर्म — यस जनगणनाले देशभित्र विभिन्न १० वटा धर्म मान्ने व्यक्तिहरू रहेको देखाएको छ । यसअनुसार विगत २०५८ सालको जनगणनामा ८०.८ प्रतिशत रहेका हिन्दुहरूका ेजनसङ्ख्या यस जनगणनामा आइपुग्दा ८१.३ प्रतिशत पुगेको छ । वौद्ध धर्मावलम्वीहरू कलु जनसङ्ख्याको ९.० प्रतिशत रहेका छन् । इस्लाम, किरात, क्रिश्चियन र प्रकृति धर्म मान्नेहरूको जनसङ्ख्या क्रमशः ४.४, ३.०, १.४ र ०.४ प्रतिशत रहेको देखिन्छ ।
बैबाहिक अवस्था — यस जनगणनाअनुसार १० वर्ष वा सो भन्दा माथिल्लो उमेरका कुल कुल जनसङ्ख्याको ३५.६ प्रतिशत व्यक्तिहरू अविवाहित रहकेो देखिएको छ । १० वर्षवा सो भन्दा माथिल्लो उमेरका कुल पुरूषहरूको ४०.६ प्रतिशत र महिलाहरूको ३१.१ प्िरतशत अविवाहित रहेको पाइएको छ । त्यस्तै १० वर्ष वा सो भन्दा माथिल्लो उमेरका व्यक्तिहरू मध्ये ५७.५ प्रतिशतको एक विवाह भएको देखिएको छ । एक विवाह भएका पुरूष र महिलाहरू उनीहरूको कुल जनसङ्ख्याको क्रमशः ५२.७ र ६१.८ प्रतिशत रहेका छन् । एकल महिलाहरूको जनसङ्ख्या १० वर्ष वा सो भन्दा माथिल्लो उमेरका कुल महिलाको ४.६१ प्रतिशत (४,९८,६०६) रहेको पाइएको छ ।
पहिलो बिबाह गर्दाको उमेर — दश वर्ष वा सो भन्दा माथिल्लो उमेरका विवाहित व्यक्तिहरूको सबै भन्दा ठूलो हिस्साको पहिलो विवाह १५ देखि १९ वर्षको उमेरमा भएको देखिन्छ । यो उमेरभित्र ४८.९ प्रतिशत विवाहित व्यक्तिहरूका ेपहिलो विवाह भएको पाइएको छ । १४ वर्षमुनीको उमेरमा पहिलो विवाह हुनेहरू ११.५ प्रतिशत रहेका छन् । पचास वर्षको उमेर पार गरीसकेपछि पहिलो विवाह हुनेहरू ५०८६ जना रहेको देखिन्छ ।
अपाङ्गता — देशको कुल जनसङ्ख्याको १.९४ प्रतिशत हिस्सामा कुनै एक वा वढि प्रकारको अपाङ्गता रहेको देखिएको छ । विगत २०५८ सालको जनगणनामा अपाङ्गता भएका व्यक्तिहरू ०.४६ प्रतिशत थिए । शारीरिक तथा मानसिक अपाङ्गता भएका कुल व्यक्तिहरू मध्ये ५४.५६ प्रतिशत पुरूष र बाँकी ४५.४४ प्रतिशत महिला रहेको देखिन्छ । अपाङ्गता भएका व्यक्तिहरू मध्ये ३६.३२ प्रतिशतमा शारीरिक अपाङ्गता, १८.४६ प्रतिशतमा दृष्टिसम्बन्धी अपाङ्गता, १५.४५ प्रतिशतमा सुनाइसम्बन्धी अपाङ्गता, १.४८ प्रतिशतमा श्रवण दृष्टिबिहिनता, ११.४७ प्रतिशतमा स्वर बोलाइसम्बन्धी अपाङ्गता, ६.०४ प्रतिशतमा मानसिक अपाङ्गता र २.९० प्रतिशतमा वौद्धिक अपाङ्गता र ७.५२ प्रतिशतमा बहुअपाङ्गता भएको पाइएको छ ।
साक्षर जनसंख्या — यसपटकको जनगणनाले देशका ५ वर्ष वा सो भन्दा माथिल्लो उमेरका कुल २,३९,२६,५४१ जनसङ्ख्यामा ६५.९ प्रतिशत व्यक्तिहरू साक्षर रहेको देखाएको छ । यो उमेर समूहका कुल पुरूषको ७५.१ प्रतिशत र महिलाको ५७.४ प्रतिशत साक्षर रहेका छन् । यसैगरी ६ वर्ष वा सो भन्दा माथिल्लो उमेरका कुल जनसंख्याको ६६.५ प्रतिशत तथा पुरुष र महिलाको क्रमशः ७५.९ र ५७.७ प्रतिशत साक्षर रहेको देखिएको छ । गत २०५८ सालको जनगणनाअनुसार ६ वर्ष वा सो भन्दा माथिल्लो उमेरका व्यक्तिहरुको कुल साक्षरता दर ५४.१ प्रतिशत, पुरूष साक्षरता दर ६५.५ प्रतिशत र महिला साक्षरता दर ४२.८ प्रतिशत थियो ।
शैक्षिकस्तर प्राप्ती — पाँच वर्ष वा सो भन्दा माथिल्लो उमेरका साक्षर जनसङ्ख्याको सबै भन्दा ठूलो हिस्सा अर्थात ३९.० प्रतिशत व्यक्तिहरूले प्राथमिक तह (कक्षा १ देखि ५ सम्म) उत्तीर्ण गरेको पाइएको छ । निम्न माध्यामिक तह (कक्षा ६ देखि ८ सम्म) उत्तीर्ण गरेका व्यक्तिहरू २०.३ प्रतिशत अंशसहित दोस्रो बहुसङ्ख्यामा रहेको देखिन्छ । एस.एल.सि. वा सो सरह उत्तीर्ण गर्ने व्यक्तिहरू कुल जनसङ्ख्याको १०.२ प्रतिशत देखिन्छन् भने एस.एल.सि. भन्दा माथिल्लो तह उत्तीर्ण गर्नेहरू १०.२ प्रतिशत नै देखिएका छन् । जम्माजम्मी ४.२ प्रतिशत व्यक्तिहरूले अनौपचारिक शिक्षा हासिल गरेको देखिएको छ ।
परिवारमा अनुपस्थित (विदेशमा बस्ने) व्यक्ति — राष्ट्रिय जनगणना २०६८ अनुसार देशमा अनुपस्थित (विदेशमा बसोबास गर्ने) जनसङ्ख्या १९ लाख २१ हजार ४९४ जना रहेको देखिन्छ । दश वर्षअघि अर्थात २०५८ सालमा अनुपस्थित (विदेशमा बसोबास गर्ने) सङ्ख्या ७ लाख ६२ हजार १८१ थियो ।
परिवारमूली — देशमा महिला परिवारमूली रहेका परिवारहरू गत २०५८ सालको जनगणनामा १४.८७ प्रतिशत रहेकोमा करिव ११ प्रतिशत विन्दुले वृद्धि भई २०६८ सालमा २५.७३ प्रतिशत पुगेको देखिएको छ ।
घर वा आवासीय इकाइको स्वामित्व — देशका कुल ५४ लाख २३ हजार २९७ परिवार (संस्थागत बाहेक) मध्ये ८५.२६ प्रतिशत परिवारहरू आफ्नै स्वामित्वको घरमा र १२.८१ प्रतिशत परिवारहरू भाडाको घरमा बसोबास गरेको देखिन्छ । विगत २०५८ सालको जनगणनामा आफ्नै स्वामित्वको घर र भाडाको घरमा क्रमशः ८८.३ प्रतिशत र ८.९ प्रतिशत परिवारहरू बसोबास गरेको पाइएको थियो । हाल शहरी क्षेत्रमा ४०.२२ प्रतिशत परिवारहरू भाडाको घरमा बसोबास गरेको देखिन्छ ।
पिउने पानीको मुख्य स्रोत — देशका कुल परिवारको ४७.७८ प्रतिशतले परिवारले धारा÷पाइपबाट र ३५.०० प्रतिशतले ट्युववेल÷हाते पम्पबाट पिउने पानी आपूर्ति गर्ने गरेको देखिएको छ । दश वर्ष अघि अर्थात २०५८ सालमा धारा÷पाइप र ट्युववेल÷हाते पम्पबाट पिउने पानीको सुविधा उपभोग गर्ने परिवारहरू क्रमशः ५३.४ प्रतिशत र २८.६० प्रतिशत थिए ।
खाना पकाउन अक्सर प्रयोग गरिने इन्धन — यस जनगणनाले देशका ६४ प्रतिशत परिवारले खाना पकाउन अक्सर काठ÷दाउरा प्रयोग गर्ने गरेको देखाएको छ जुन दश वर्षअघिको जनगणनामा ६५.२० प्रतिशत थियो । विगत जनगणनामा एल.पि. ग्याँस प्रयोग गर्ने परिवारहरू ७.६७ रहेकोमा यस जनगणनामा उल्लेख्य वृद्धि भई २१.०३ प्रतिशत पुगेको छ । हाल खाना पकाउन अक्सर मटितेल, एल.पि.ग्याँस, गुईठा÷गोराहा, गोबरग्याँस, बिजुली र अन्य इन्धन प्रयोग गर्ने परिवारको हिस्सा क्रमशः १.०%, २१.०%, १०.४%, २.४%, ०.१% र ०.४% रहेको छ ।
वत्ती बाल्न अक्सर प्रयोग गरिने साधन — देशका धेरैजसो घरपरिवारहरूले आफू बसोबास गरेको घर÷आवासीय इकाइमा वत्ति बाल्नका लागि अक्सर बिजुली प्रयोग गर्ने गरेको देखिएको छ । विगत २०५८ सालको जनगणनामा बिजुली प्रयोग गर्ने परिवार ३९.८ प्रतिशत रहकेोमा २०६८ मा ६७.२६ प्रतिशत पुगेको छ । गत जनगणनामा वत्ति बाल्नका लागि अक्सर मटितेल प्रयोग गर्ने परिवार सबैभन्दा धेरै (५७.७० प्रतिशत) रहेकोमा हाल १८.२८ प्रतिशत मात्र देखिएको छ ।
परिवारले उपयोग गरेका साधन र सुविधा — राष्ट्रिय जनगणना २०६८ अनुसार रेडियो, टेलिभिजन, केवल टेलिभिजन, कम्प्युटर, इन्टरनेट, टेलिफोन, मोवाइल फोन, मोटर, मोटरसाइकल, साइकल, अन्य सवारी साधन र रेफ्रिजेरेटर मध्ये कम्तिमा एक किसिमको सुविधा उपलब्ध भएका परिवार कुल परिवार सङ्ख्याको ८४.५६ प्रतिशत रहेका छन् । जम्माजम्मी १३.६९ प्रतिशत परिवारमा यस्ता कुनै पनि सुविधाहरू उपलव्ध नभएको देखिएको छ ।
शौचालयको सुविधा — देशका ३८.१७ प्रतिशत परिवारहरूसँग आफू बस्ने घरमा अझै पनि शौचालयको सुविधा नभएको तथ्याङ्क राष्ट्रिय जनगणना २०६८ को नतिजाले देखाएको छ जुनसङ्ख्या विगतको जनगणनामा ५२.५ प्रतिशत थियो । हाल ३३.४५ प्रतिशत परिवारहरूले सेप्टिक ट्याङ्कमा जोडिएको फ्लस भएको शौचालय प्रयोग गर्ने गरेको पाइएको छ । त्यसैगरी साधारण शौचालय प्रयोग गर्ने र सार्वजनिक ढलमा जोडिएको फ्लस भएको शौचालय प्रयोग गर्ने परिवारहरूको सङ्ख्या क्रमशः १९.४७ र ८.२७ प्रतिशत देखिएको छ । शहरी क्षेत्रमा ९.०९ प्रतिशत र ग्रामीण क्षेत्रमा ४५.११ प्रतिशत परिवारहरूसँग आफू बस्ने घरमा शौचालय नभएको देखिन्छ ।
परिवारमा महिलाको नाममा रहेको घरजग्गा — देशका कुल परिवारको १९.७१ प्रतिशत परिवारहरूमा महिलाको नाममा घर वा जग्गा रहको देखिएको छ । गत २०५८ सालको जनगणनामा महिलाको नाममा घर वा जग्गा भएका परिवारहरू ९.११ प्रतिशत मात्र थिए

16/08/2016

चीन र भारत दुवै देशलाई छुने अञ्चल मेची, कोशी, सगरमाथा, जनकपुर, सेती र महाकाली गरी ६ वटा छन् । भने चीन र भारत दुवै देशलाई छुने जिल्लाहरु ताप्लेजुङ र दार्चुला हुन् ।
चीनलाई मात्र छुने नेपालका जिल्लाहरु १३, भारतलाई मात्र छुने नेपालका जिल्लाहरु २४, चीन र भारत कुनै पनि देशलाई नछुने जिल्लाहरु ३६ वटा छन् ।
आप्mनै अञ्चलको सिमानालाई नछुने जिल्लाहरु नुवाकोट, भक्तपुर र लमजुङ गरी ३ वटा रहेका छन् ।
धेरै जिल्लासँग सिमाना जोडिएको जिल्ला सिन्धुली (१० वटा) हो भने सबैभन्दा कम जिल्लासँग सिमाना जोडिएका जिल्लाहरु झापा, दार्चुला र कञ्चनपुर हुन् ।

14/08/2016

Fan of the week is... Manbahadur Bishowkarma!

07/08/2016

Fan of the week is... Ajay Kumar!

31/07/2016

Fan of the week is... Mina Pokhrel!

24/07/2016

Fan of the week is... Manoj Thakur!

17/07/2016

Fan of the week is... Sajeena Lama!

10/07/2016

Fan of the week is... Kamal Moktan Moktan!

12/06/2016

Fan of the week is... Shetal Mishra!

29/05/2016

Fan of the week is... Nanu Santu!

22/05/2016

Fan of the week is... Sudarshan Adhikari!

Address

Kathmandu
00977

Alerts

Be the first to know and let us send you an email when समसामयिक तथा सामान्य ज्ञान posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category