15/05/2026
आज २०८३ साल जेठ १ गते शुक्रबार, विद्यालयका आदरणीय गणित विभाग प्रमुख राजन सेडाई ज्युको नेतृत्वमा गणित विषय अध्यापन गर्ने सम्पूर्ण शिक्षकहरूको सक्रिय सहभागितामा नर्सरीदेखि कक्षा १० सम्मका विद्यार्थीहरूको गणितीय सिकाइ स्तर अभिवृद्धि गर्ने उद्देश्यले महत्वपूर्ण बृहतछलफल तथा कार्ययोजना निर्माण गरी विद्यालय प्रशासनमा सिफारिस गर्ने प्रतिबद्धता गरियो र विद्यार्थीहरूमा देखिएका गणितीय कठिनाइहरूको पहिचान गरी
आगामी दिनमा प्रभावकारी निदानात्मक शिक्षणमार्फत सिकाइ उपलब्धि अझ सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरिएको छ।
साथै, आजकै दिन बेलुका आयोजना गरिएको शिक्षक बैठकमाशैक्षिक वर्ष २०८३ का लागि कक्षा नर्सरीदेखि कक्षा १० सम्मको कक्षा शिक्षकको नियुक्तिपत्र विद्यालयका आदरणीय प्र.अ हिरादेवी श्रेष्ठ बाटवितरण कार्यक्रम समेत सम्पन्न भएकोमा सम्पूर्ण नव नियुक्त कक्षा शिक्षकज्यूहरूलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दछौं।
उक्त कार्यक्रमलाई सफल बनाउन योगदान गर्नुहुने सम्पूर्ण कर्मचारी हरु लगायत शिक्षकज्यूहरूमा विद्यालय परिवार हार्दिक धन्यवाद तथा आभार व्यक्त गर्दछौं।
12/05/2026
आज विद्यालयको प्रार्थना सभाको अवसरमा कक्षा १ देखि १० सम्मका सम्पूर्ण विद्यार्थीहरू, आदरणीय शिक्षक तथा कर्मचारीज्यूहरूको गरिमामय उपस्थितिमा काठमाडौँ महानगरपालिका शिक्षा विभागको निर्णयअनुसार काठमाडौँ महानगरपालिका शिक्षा विभाग अन्तर्गत प्रभात मावि नघल बाट यस विद्यालयमा माध्यमिक तह गणित विषयका आदरणीय स्थायी शिक्षक निरा तिमिल्सिना ज्यूको सरुवा भई आगमन भएकोमा विद्यालय परिवारद्वारा हार्दिक स्वागत गरिएको छ।
विद्यालयको आदरणीय प्रधानाध्यापक हिरादेवी श्रेष्ठ ज्यूबाट खादा तथा टीका लगाई उहाँलाई औपचारिक स्वागत गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गरियो।साथै
नवआगन्तुक शिक्षकज्यूलाई विद्यालय परिवारको तर्फबाट हार्दिक स्वागत तथा सफल, सिर्जनशील एवं उपलब्धिमूलक कार्यकालको शुभकामना व्यक्त गर्दछौँ।
11/05/2026
3.86 GPA सहित SEE 2082 मा सफलता प्राप्त गर्ने सम्पूर्ण बिध्यार्थी भाइबहिनीहरू लाई हार्दिक बधाई 🙏🙏💐
06/05/2026
आदरणीय अभिभावक ज्यू तथा विद्यार्थी भाइबहिनीहरू, शैक्षिक सत्र २०८३ को लागि अन्य विद्यालयबाट यस विद्यालयमा नयाँ विद्यार्थी आउने क्रम बढ्दो भएको हुँदा शैक्षिक सत्र २०८२ मा यस विद्यालयमा अध्ययनरत विद्यार्थी भाइबहिनीहरूको नाम यही वैशाख २९ गतेसम्ममा अनिवार्य दर्ता गरी आफ्नो सिट सुरक्षित गराउनुहुन अनुरोध गर्दछु।
हीरा देवी श्रेष्ठ
प्रधानाध्यापक
28/04/2026
कार्यसम्पादन मुल्याङ्कनको आधारमा काठमाडौ जिल्लाबाट माध्यमिक द्धितीय श्रेणीमा बढुवा हुनुभएका यस विद्यालयका सहायक प्रधानाध्यापकहरू गोपाल बस्नेत र किरणशाली घिमिरे ज्यूहरूलाई शिक्षक कर्मचारीहरुबाट बधाई तथा शुभकामना प्रदान गरिएको केही झलकहरु 🙏🎉🎊
27/04/2026
🌺 जनपथ मा.वि. कामपा १४ कलंकीको तर्फबाट माध्यमिक शिक्षा परिक्षा (कक्षा १२) मा सम्मीलित हुने साधारण धार र प्राविधिक धार (कम्प्युटर इन्जिनियरिङ धार) का सम्पुर्ण बिद्यार्थी हरुलाई सफलताको अग्रिम शुभकामना ।🌺
25/04/2026
कार्यसम्पादन मुल्याङ्कनको आधारमा काठमाडौ जिल्लाबाट माध्यमिक द्धितीय श्रेणीमा बढुवा हुनुभएका यस विद्यालयका सहायक प्रधानाध्यापकहरू गोपाल बस्नेत र किरणशाली घिमिरे ज्यूलाई हार्दिक बधाई तथा शुभकामना 🙏🎉🙏
24/04/2026
आदरणीय अभिभावक तथा विद्यार्थी भाइबहिनीहरू,
शैक्षिक वर्ष २०८३ मा यस जनपथ माध्यमिक विद्यालयको कक्षा नर्सरी देखि १० सम्म अध्ययन गर्ने विद्यार्थी भाइबहिनीहरूको पठनपाठन मिति २०८३ वैशाख १५ गते मङ्गलबारदेखि सञ्चालन हुने जानकारी गराउँदछु। साथै
राष्ट्रिय परीक्षा बोर्डद्वारा मिति २०८३ -१ -१४ गते देखि २०८३-१-२७ गतेसम्म कक्षा १२ को परीक्षा सञ्चालन हुने भएको हुँदा १५ गतेदेखि २७ गतेसम्म नियमित कक्षा सञ्चालन ११:४५ बजेपछि मात्र हुने जानकारी गराउँदछु।
हिरा देवी श्रेष्ठ
प्रधानाध्यापक