Janapath Secondary School

Janapath Secondary School Janapath Secondary School based on community was established 2012 B.S. (1955 AD).it is located near

जो जसोसँग सम्बन्धित  छ।
17/08/2026

जो जसोसँग सम्बन्धित छ।

11/08/2026

कक्षा ५ का विद्यार्थी भाइबहिनीहरूले नेवारी परम्परा अनुसार गथांमुग:को व्यावहारिक अभ्यास गर्दै

गथांमुग:
11/08/2026

गथांमुग:

शैक्षिक वर्ष २०८३ मा कक्षा ६ देखि १० सम्म भर्ना भई अध्ययनरत विद्यार्थीहरूले  प्रथम त्रैमासिक परीक्षा अन्तर्गत अनिवार्य न...
07/08/2026

शैक्षिक वर्ष २०८३ मा कक्षा ६ देखि १० सम्म भर्ना भई अध्ययनरत विद्यार्थीहरूले प्रथम त्रैमासिक परीक्षा अन्तर्गत अनिवार्य नेपाली विषयको परीक्षा दिँदै गर्दा लिएको तस्बिरहरू

📢 वार्षिक परीक्षासँग सम्बन्धित व्यावहारिक अभ्यास प्रतिवेदन प्रस्तुतिकरण कार्यक्रम सम्पन्नआज मिति २०८३/०४/२१ गते बिहीबार,...
06/08/2026

📢 वार्षिक परीक्षासँग सम्बन्धित व्यावहारिक अभ्यास प्रतिवेदन प्रस्तुतिकरण कार्यक्रम सम्पन्न

आज मिति २०८३/०४/२१ गते बिहीबार, यस विद्यालयमा शैक्षिक वर्ष २०८२ मा भर्ना भई कम्प्युटर इन्जिनियरिङ विषय लिई कक्षा १२ मा अध्ययनरत विद्यार्थीहरू को वार्षिक परीक्षासँग सम्बन्धित व्यावहारिक अभ्यास (Practical Project) प्रतिवेदन प्रस्तुतिकरण कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ।

कार्यक्रम विद्यालयका आदरणीय प्रधानाध्यापक श्री हिरादेवी श्रेष्ठज्यू को अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा प्रमुख अतिथिका रूपमा राष्ट्रिय परीक्षा बोर्डका सहसचिव श्री रामाकान्त तिवारीज्यू, विशिष्ट अतिथिका रूपमा द्वय उपसचिव श्री देवराज राउतज्यू, काठमाडौँ महानगरपालिकाका शिक्षा अधिकृत श्री लक्ष्मी पौडेलज्यू तथा कम्प्युटर विषयका बाह्य विज्ञ श्री उज्ज्वल थापाज्यू को गरिमामय उपस्थिति रहेको थियो।

यसैगरी, कार्यक्रमका सञ्चालक कोर्डिनेटर एवं सहायक प्रधानाध्यापक श्री गोपाल बस्नेतज्यू, स प्र अ किरण शाली घिमिरेज्यू, कम्प्युटर इन्जिनियरिङ विभाग प्रमुख श्री ऋतु श्रेष्ठज्यू, विषय शिक्षकहरू, कर्मचारी मित्रहरू तथा कक्षा ११ र १२ का सम्पूर्ण विद्यार्थीहरूको सक्रिय सहभागिताले कार्यक्रमलाई अझ सफल र उपलब्धिमूलक बनाएको थियो। साथै विद्यालयमा अनुगमनको क्रममा काठमाडौँ महानगरपालिका शिक्षा विभाग को वरिष्ठ शिक्षा अधिकृत धन कुमारी भण्डारी ज्यूले विद्यालयको शैक्षिक गतिविधिको अवगत गर्नुको साथै विद्यालयसँग सम्बन्धित आवश्यकताहरूको सोधनी गरी आउँदो नयाँ शैक्षिक वर्षमा ती आवश्यकताहरूलाई क्रमश सम्बन्धित क्षेत्रमा पहल गर्ने र विद्यालयको सर्वपक्षीय विकासका लागि रचनात्मक सुझाव समेत प्रस्तुत गर्नुभयो।

विद्यार्थीहरूले आफ्ना व्यावहारिक परियोजनाहरू आत्मविश्वासका साथ प्रस्तुत गर्दै आफ्नो सिर्जनशीलता, सीप र प्राविधिक दक्षताको उत्कृष्ट प्रदर्शन गरेका थिए।

यस अवसरमा सहभागी सम्पूर्ण अतिथि महानुभावहरू, शिक्षक–कर्मचारी तथा विद्यार्थी भाइबहिनीहरूमा हार्दिक धन्यवाद व्यक्त गर्दै सम्पूर्ण विद्यार्थीहरूको उज्ज्वल भविष्य तथा उत्तरोत्तर प्रगतिको हार्दिक शुभकामना व्यक्त गर्दछौँ।

धन्यवाद।

📚 प्रथम त्रैमासिक परीक्षा–२०८३आज मिति २०८३ साल साउन १९ गते, मङ्गलबारदेखि हाम्रो विद्यालयमा प्राविधिक धारअन्तर्गत कम्प्यु...
04/08/2026

📚 प्रथम त्रैमासिक परीक्षा–२०८३

आज मिति २०८३ साल साउन १९ गते, मङ्गलबारदेखि हाम्रो विद्यालयमा प्राविधिक धारअन्तर्गत कम्प्युटर विषय अध्ययनरत कक्षा ९ र १० का विद्यार्थीहरूको प्रथम त्रैमासिक परीक्षा सुरु भएको छ।

विद्यार्थीहरूले अनुशासित, आत्मविश्वासी र उत्साहपूर्ण वातावरणमा परीक्षा दिँदै गरेका केही क्षणहरूको झलक प्रस्तुत गरेका छौँ।

सम्पूर्ण विद्यार्थीहरूलाई परीक्षामा उत्कृष्ट सफलता हासिल गर्न हार्दिक शुभकामना! 🌸📖

Congratulations and best wishes on winning first place in the Handwriting Competition.Rakshya Shrestha (7A)
04/08/2026

Congratulations and best wishes on winning first place in the Handwriting Competition.
Rakshya Shrestha (7A)

आभार तथा धन्यवादआज मिति २०८३ साल साउन १५ गते, शुक्रबार, जनपथ माध्यमिक विद्यालय, काठमाडौं महानगरपालिका–१४, कलंकीमा कक्षा ...
31/07/2026

आभार तथा धन्यवाद
आज मिति २०८३ साल साउन १५ गते, शुक्रबार, जनपथ माध्यमिक विद्यालय, काठमाडौं महानगरपालिका–१४, कलंकीमा कक्षा ५ (ए/बी), ६ (ए/बी) र ७ (ए/बी) मा अध्ययनरत विद्यार्थीहरूका लागि सेन्ट जेभियर्स कलेज, माइतीघरबाट कक्षा १२ मा विज्ञान विषय अध्ययनरत ५४ जना विद्यार्थीहरू तथा आदरणीय वनस्पति विज्ञानका प्राध्यापक श्री सुनिल महर्जनको अगुवाइमा "A Day with People" कार्यक्रम सफलतापूर्वक सम्पन्न भयो।
कार्यक्रम अन्तर्गत विद्यार्थीहरूको ज्ञान, सीप, नेतृत्व क्षमता, रचनात्मकता तथा सामाजिक उत्तरदायित्व अभिवृद्धि गर्ने उद्देश्यले निम्न गतिविधिहरू सञ्चालन गरिएका थिएः
✅ Interactive educational and learning sessions
✅ Creative activities including drawing, quiz and collaborative games
✅ Leadership and team-building activities
✅ Awareness sessions promoting hygiene, responsibility and positive social values
✅ Educational and recreational activities designed to encourage participation, confidence, creativity and mutual learning
यस कार्यक्रममार्फत हाम्रा विद्यार्थीहरूसँग आफ्नो ज्ञान, अनुभव र सीप आदानप्रदान गर्ने अमूल्य अवसर प्रदान गर्नुका साथै विद्यालयका विद्यार्थीहरूका पठनपाठनका लागि अभ्यास पुस्तिका तथा पेन समेत विद्यालयका आदरणीय श्रेष्ठज्यूलाई हस्तान्तरण गरिदिनुभएकोमा सेन्ट जेभियर्स कलेज, माइतीघर परिवारप्रति जनपथ माध्यमिक विद्यालय परिवार हार्दिक आभार तथा धन्यवाद व्यक्त गर्दछ।
साथै, कार्यक्रमको समन्वय तथा सफल सञ्चालनमा प्रमुख भूमिका निर्वाह गर्नुहुने विद्यालयका सहायक प्रधानाध्यापक श्री गोपाल बस्नेतप्रति विशेष धन्यवाद तथा हार्दिक कृतज्ञता समेत व्यक्त गर्दछौं।
जनपथ माध्यमिक विद्यालय का म पा १४ कलंकी

हार्दिक बधाई तथा शुभकामनाआज मिति २०८३ साल साउन १५ गते, सोमबार, जनपथ माध्यमिक विद्यालयमा आदरणीय प्रधानाध्यापक श्री हिरादे...
31/07/2026

हार्दिक बधाई तथा शुभकामना

आज मिति २०८३ साल साउन १५ गते, सोमबार, जनपथ माध्यमिक विद्यालयमा आदरणीय प्रधानाध्यापक श्री हिरादेवी श्रेष्ठज्यूको अध्यक्षतामा सम्पन्न शिक्षक बैठकले विद्यालयको शैक्षिक गतिविधि, पठनपाठनको प्रभावकारिता तथा प्रथम त्रैमासिक परीक्षाको तयारी र व्यवस्थापन सम्बन्धमा विस्तृत छलफल एवं आवश्यक निर्णयहरू गरेको छ।

सोही बैठकले शिक्षा नियमावली बमोजिम विद्यालय व्यवस्थापन समितिमा शिक्षकहरूको तर्फबाट प्रतिनिधि सदस्य चयन गर्ने क्रममा विद्यालयमा कार्यरत स्थायी शिक्षक श्री युवराज घिमिरेज्यूलाई सर्वसम्मत रूपमा शिक्षक प्रतिनिधि सदस्य चयन हुनुभएकोमा विद्यालय परिवारका तर्फबाट हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दछौं।
साथै उहाँले आगामी दिनमा विद्यालय व्यवस्थापन समिति, विद्यालय प्रशासन तथा सम्पूर्ण विद्यालय परिवारबीच समन्वय, सहकार्य र आपसी समझदारीलाई अझ सुदृढ बनाउँदै विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धिमा उहाँको महत्वपूर्ण योगदान रहने विश्वास लिएका छौं।

पुनः हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना!

जनपथ माध्यमिक विद्यालय
काठमाडौं महानगरपालिका–१४, कलंकी

Address

Kalanki
Kathmandu

Opening Hours

Monday 09:00 - 04:00
Tuesday 09:00 - 04:00
Wednesday 09:00 - 04:00
Thursday 09:00 - 04:00
Friday 09:00 - 03:00
Sunday 09:00 - 04:00

Telephone

+97715219059

Alerts

Be the first to know and let us send you an email when Janapath Secondary School posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The School

Send a message to Janapath Secondary School:

Shortcuts

Share

Category