I. Globe-सहसचिव/उपसचिव तयारी

I. Globe-सहसचिव/उपसचिव तयारी Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from I. Globe-सहसचिव/उपसचिव तयारी, Education Website, Kathmandu, Kathmandu.

हामी १२ बर्ष देखि तयारी कक्षाहरु संचालन गर्दै आईरहेको छौ। यो Page मा विशेष गरी लोकसेवा अन्तर्गत सहसचिव र उपसचिव तयारी गर्नु हुने परिक्षार्थीलाई लक्षित गरिएको छ ।

लोकसेवा खुल्ने नखुल्ने विषयमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको प्रेस विज्ञप्ति आयो है !
20/07/2026

लोकसेवा खुल्ने नखुल्ने विषयमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको प्रेस विज्ञप्ति आयो है !

⚽ PREDICT & WIN – FIFA World Cup 2026 Semi-Finals ⚽🇫🇷 France vs Spain 🇪🇸सही स्कोर अनुमान गर्नुहोस् र I Globe Academy बाट...
20/07/2026

⚽ PREDICT & WIN – FIFA World Cup 2026 Semi-Finals ⚽
🇫🇷 France vs Spain 🇪🇸
सही स्कोर अनुमान गर्नुहोस् र I Globe Academy बाट १ वर्षभरि सबै Weekly Mock Tests मा FREE ACCESS जित्ने मौका पाउनुहोस्! 🎁✨
सहभागी हुने तरिका:
१. अन्तिम Score कमेन्ट गर्नुहोस् (दुवै टोलीको गोल संख्या)
२. आफूले समर्थन गर्ने टोली (France वा Spain) लेख्नुहोस्
३. ३ जना साथीलाई Tag गर्नुहोस्
४. आफ्नो Faculty Name उल्लेख गर्नुहोस्
⏰ Match Time: राति ००:४५ बजे , जुलाई १५ , बुधबार
प्रत्येक Faculty बाट २ जना भाग्यशाली विजेता छनोट गरिनेछ। आफ्नो Prediction अहिले नै कमेन्ट गर्नुहोस्! ⚽
📞 सम्पर्क: 01-5354368 | 01-5924368 | 9745365315 | 975365316 | 984-1721683
📍 बागबजार–२८, काठमाडौं (आकाशे पुलसँगै जोडिएको भवनको तेस्रो तला)

मुख्यसचिवदेखि कार्यालय सहयोगीसम्म सबैको नयाँ तलब संरचना बुझ्नुहोस् ।
01/06/2026

मुख्यसचिवदेखि कार्यालय सहयोगीसम्म सबैको नयाँ तलब संरचना बुझ्नुहोस् ।

01/06/2026
11/05/2026

अत्यन्त हर्ष र गौरवका साथ आई. ग्लोव फाउण्डेशन (I. Globe Foundation) ले आफ्नो स्थापनाको १०औ वसन्त पार गरी ११औ वसन्तमा प्रवेश गरेको उपलक्ष्यमा आयोजित वार्षिकोत्सव समारोह सफलता पूर्वक सम्पन्न भएको जानकारी गराउँदछौँ।
यस गौरवमय यात्राको उत्सवमा हाम्रो निमन्त्रणालाई सहर्ष स्वीकार गरी आफ्नो अमूल्य समय प्रदान गर्नुहुने सम्पूर्ण विद्वान विषय विज्ञहरू, आदरणीय इन्जिनियर महानुभावहरू एवं कुशल प्रशिक्षकज्यूहरू प्रति हामी नतमस्तक छौँ। यहाँहरूको गरिमामय उपस्थितिले कार्यक्रमको गरिमा झनै उच्च बनाएको छ।
हाम्रा गतिविधि र उत्सवलाई सञ्चार माध्यममार्फत आम जनमानसमा सम्प्रेषण गरिदिनुहुने पत्रकार मित्रहरू, र प्रत्यक्ष उपस्थित हुन नसके तापनि प्रविधिको माध्यमबाट आत्मीय सन्देश र शुभकामना पठाउनुहुने सम्पूर्ण शुभेच्छुक महानुभावहरूमा हार्दिक कृतज्ञता अर्पण गर्दछौँ।
आई. ग्लोवको मेरुदण्डका रूपमा रहनुभएका लगनशील विद्यार्थीहरू र यहाँबाट कक्षा लिई नाम निकाल्न सफल राष्ट्रका विभिन्न ओहोदामा सफल नेतृत्व गरिरहनुभएका नमुना पूर्व-विद्यार्थीहरू—तपाईँहरूको प्रगति नै हाम्रो असली सफलता हो।
त्यसैगरी, उत्कृष्ट व्यवस्थापनका साथ स्वादिलो खाजाको प्रबन्ध मिलाइदिनुहुने हिमालयन रेष्ट्रोका प्रो. टिका गौतम ज्यू लगायत उहाँको सहयोगी टिमलाई विशेष धन्यवाद दिन चाहन्छु।
अन्तमा, अहोरात्र खटिएर यो उत्सवलाई पूर्ण सफलता दिलाउने आई ग्लोवका सहकर्मी साथीहरू (Team I. Globe) लाई मेरो व्यक्तिगत र संस्थाको तर्फबाट हार्दिक धन्यवाद व्यक्त गर्दछु।
तपाईँहरूको अटुट साथ र विश्वास नै हाम्रो उर्जा हो। आगामी दिनहरूमा पनि यस्तै सहकार्य र सद्भावको अपेक्षा राख्दछौँ।
धन्यवाद !
Managing Director

आई ग्लोव फाउण्डेशन परिवार

धन्यवाद लोकवार्णी 🙏
09/05/2026

धन्यवाद लोकवार्णी 🙏

काठमाडौँ, २६ वैशाख । सूचना तथा सञ्चार प्रविधि (ICT) र लोकसेवा तयारीका क्षेत्रमा अग्रणी संस्था आई. ग्लोब फाउण्डेशन प्.....

09/05/2026

आई. ग्लोब फाउण्डेशनको ११औँ वार्षिकोत्सव सम्पन्न: १५ हजार विद्यार्थीलाई सेवा, अबको लक्ष्य 'डिजिटल स्मार्ट क्लास'

काठमाडौँ, २६ वैशाख
सूचना तथा सञ्चार प्रविधि (ICT) र लोकसेवा तयारीका क्षेत्रमा अग्रणी संस्था आई. ग्लोब फाउण्डेशन प्रालिले आफ्नो स्थापनाको १० वर्ष सफलतापूर्वक पूरा गरी ११औँ वर्षमा प्रवेश गरेको छ । बुधबार काठमाडौँको पुतलीसडकस्थित संस्थाको प्रधान कार्यालयमा आयोजित एक विशेष समारोहका बीच वार्षिकोत्सव भव्य रूपमा मनाइएको हो ।
समारोहलाई सम्बोधन गर्दै संस्थाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ई. सुवास चन्द्र गौतमले शून्यबाट सुरु भएको संस्थाले आज एक दशकको यात्रा गौरवपूर्ण रूपमा तय गरेको बताउनुभयो । "हामीले सुरुमा कम्प्युटर अपरेटरको पुस्तक लेखन र आईसीटीको सानो अभियानबाट यो यात्रा थालेका थियौँ," गौतमले भन्नुभयो, "सुरुमा ब्लु लोटस फाउण्डेशनको नामबाट सञ्चालित संस्थालाई पछि परिमार्जन गरी आई. ग्लोबको रूपमा स्थापित गरेका हौँ । हालसम्म १५ हजारभन्दा बढी विद्यार्थी यस संस्थाबाट लाभान्वित भई सरकारी सेवाका विभिन्न ओहोदामा पुग्न सफल भएका छन् ।"
कार्यक्रममा बोल्दै प्रबन्ध निर्देशक (एमडी) प्रकाश गौतमले अबको दशक प्रविधि र गुणस्तरको हुने बताउनुभयो । उहाँले संस्थाले प्रदान गर्ने कक्षा, मक टेस्ट, र सफ्टवेयर ट्रेनिङ जस्ता सुविधाहरूलाई नेपालका दूरदराजका ग्रामीण क्षेत्रसम्म पुऱ्याउन 'एआई ट्रेनिङ' र 'डिजिटल स्मार्ट क्लास'मा जोड दिने लक्ष्य राखेको जानकारी दिनुभयो ।
संस्थाका म्यानेजर ओविन ओझाले शुभकामना सन्देश वाचन गर्दै कम्प्युटर इन्जिनियर, कम्प्युटर अधिकृत र शिक्षक सेवा आयोगका विभिन्न तहमा संस्थाले प्राप्त गरेको नतिजा लोभलाग्दो रहेको दाबी गर्नुभयो । उहाँले आई. ग्लोब केवल एउटा तालिम केन्द्र मात्र नभएर प्राविधिक शिक्षाको 'बेन्चमार्क' बनेको जिकिर गर्नुभयो ।
नेपाल विद्युत प्राधिकरणकी १०औँ तहकी अधिकृत तथा संस्थाकी प्रशिक्षक शोभा पौडेल भुषालले सिक्ने र सिकाउने क्रममा व्यवस्थापनले देखाएको सक्रियताको प्रशंसा गर्नुभयो । कार्यक्रममा प्रशिक्षकहरू उत्तम कार्की, हेमराज ओली, नानीराम सञ्जेल र हेमन्त ढुङ्गाना लगायतले आफ्ना अनुभव र धारणा राख्नुभएको थियो ।
बहुआयामिक सेवाको विस्तार
आई. ग्लोबले हाल सिभिल र कम्प्युटर इन्जिनियरिङदेखि लिएर लोकसेवाको उच्च तह (सह-सचिव र उप-सचिव) सम्मका प्राविधिक तथा अप्राविधिक कक्षाहरू सञ्चालन गरिरहेको छ । साथै, संस्थाले सफ्टवेयर विकास र राष्ट्रिय–अन्तर्राष्ट्रिय स्तरको 'डाटा एनालिसिस'मा समेत आफ्नो दक्षता प्रस्तुत गर्दै आएको छ ।
वार्षिकोत्सवको अवसरमा संस्थाले प्रशिक्षक तथा कर्मचारीहरूलाई मायाको चिनो प्रदान गर्नुका साथै केक काटेर उत्सव मनाएको थियो ।

लोकसेवा आयोगले उपसचिव आ. प्र तर्फको अन्तिम नतिजा (सिफारिश) सार्वजनिक गरेको छ।।सफल हुनुहुने सबैलाई बधाई।। 🙏❣️
13/05/2025

लोकसेवा आयोगले उपसचिव आ. प्र तर्फको अन्तिम नतिजा (सिफारिश) सार्वजनिक गरेको छ।।
सफल हुनुहुने सबैलाई बधाई।। 🙏❣️

Address

Kathmandu
Kathmandu
KATHMANDU44600

Alerts

Be the first to know and let us send you an email when I. Globe-सहसचिव/उपसचिव तयारी posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The School

Send a message to I. Globe-सहसचिव/उपसचिव तयारी:

Shortcuts

Share