𝐈. 𝐆𝐥𝐨𝐛𝐞- शाखा अधिकृत तयारी कक्षा

𝐈. 𝐆𝐥𝐨𝐛𝐞- शाखा अधिकृत तयारी कक्षा

Share

लोकसेवा अन्तर्गत शाखा अधिकृत तर्फका सबै पत्रहरुको अनलाईन र भौतिक कक्षाहरुको तयारी

Photos from 𝑰. 𝑮𝒍𝒐𝒃𝒆 𝑨𝒄𝒂𝒅𝒆𝒎𝒚's post 01/06/2026
Photos from 𝐈. 𝐆𝐥𝐨𝐛𝐞- शाखा अधिकृत तयारी कक्षा's post 14/05/2026

शाखा अधिकृत पदको काठमाण्डौ केन्द्रको द्वितीय चरणको लिखित परीक्षाको परीक्षा भवन कायम गरिएको सूचना ।🙏❣️

11/05/2026

अत्यन्त हर्ष र गौरवका साथ आई. ग्लोव फाउण्डेशन (I. Globe Foundation) ले आफ्नो स्थापनाको १०औ वसन्त पार गरी ११औ वसन्तमा प्रवेश गरेको उपलक्ष्यमा आयोजित वार्षिकोत्सव समारोह सफलता पूर्वक सम्पन्न भएको जानकारी गराउँदछौँ।
यस गौरवमय यात्राको उत्सवमा हाम्रो निमन्त्रणालाई सहर्ष स्वीकार गरी आफ्नो अमूल्य समय प्रदान गर्नुहुने सम्पूर्ण विद्वान विषय विज्ञहरू, आदरणीय इन्जिनियर महानुभावहरू एवं कुशल प्रशिक्षकज्यूहरू प्रति हामी नतमस्तक छौँ। यहाँहरूको गरिमामय उपस्थितिले कार्यक्रमको गरिमा झनै उच्च बनाएको छ।
हाम्रा गतिविधि र उत्सवलाई सञ्चार माध्यममार्फत आम जनमानसमा सम्प्रेषण गरिदिनुहुने पत्रकार मित्रहरू, र प्रत्यक्ष उपस्थित हुन नसके तापनि प्रविधिको माध्यमबाट आत्मीय सन्देश र शुभकामना पठाउनुहुने सम्पूर्ण शुभेच्छुक महानुभावहरूमा हार्दिक कृतज्ञता अर्पण गर्दछौँ।
आई. ग्लोवको मेरुदण्डका रूपमा रहनुभएका लगनशील विद्यार्थीहरू र यहाँबाट कक्षा लिई नाम निकाल्न सफल राष्ट्रका विभिन्न ओहोदामा सफल नेतृत्व गरिरहनुभएका नमुना पूर्व-विद्यार्थीहरू—तपाईँहरूको प्रगति नै हाम्रो असली सफलता हो।
त्यसैगरी, उत्कृष्ट व्यवस्थापनका साथ स्वादिलो खाजाको प्रबन्ध मिलाइदिनुहुने हिमालयन रेष्ट्रोका प्रो. टिका गौतम ज्यू लगायत उहाँको सहयोगी टिमलाई विशेष धन्यवाद दिन चाहन्छु।
अन्तमा, अहोरात्र खटिएर यो उत्सवलाई पूर्ण सफलता दिलाउने आई ग्लोवका सहकर्मी साथीहरू (Team I. Globe) लाई मेरो व्यक्तिगत र संस्थाको तर्फबाट हार्दिक धन्यवाद व्यक्त गर्दछु।
तपाईँहरूको अटुट साथ र विश्वास नै हाम्रो उर्जा हो। आगामी दिनहरूमा पनि यस्तै सहकार्य र सद्भावको अपेक्षा राख्दछौँ।
धन्यवाद !
Managing Director

आई ग्लोव फाउण्डेशन परिवार

Photos from 𝑰. 𝑮𝒍𝒐𝒃𝒆 𝑨𝒄𝒂𝒅𝒆𝒎𝒚's post 09/05/2026

१० वर्षको अथक यात्रा, विश्वास र सफलताको उत्सव ✨

सानो सुरुवातबाट आज शिक्षा, प्रविधि र लोकसेवा तयारीको क्षेत्रमा एउटा विश्वासिलो नाम बन्न सफल भएको I. Globe Foundation ११औँ वर्षमा प्रवेश गरेको विशेष अवसरको अविस्मरणीय झलक 📸💙

हजारौँ विद्यार्थीहरूको सपना, मेहनत र सफलतासँग जोडिएको हाम्रो यो यात्रा यहाँसम्म आइपुग्नुमा सम्पूर्ण विद्यार्थी, प्रशिक्षक, कर्मचारी तथा शुभेच्छुकहरूको अमूल्य साथ र विश्वास नै सबैभन्दा ठूलो शक्ति हो।

आगामी दिनहरूमा “राष्ट्र निर्माणका लागि शिक्षा र प्रविधि” भन्ने उद्देश्यसहित अझ उत्कृष्ट सेवा र नतिजाका साथ अघि बढिरहने प्रतिबद्धता व्यक्त गर्दछौँ।

धन्यवाद सम्पूर्ण I. Globe परिवार 🙏

आई. ग्लोब फाउण्डेशनको ११औँ वार्षिकोत्सव सम्पन्न: १५ हजार विद्यार्थीलाई सेवा, अबको लक्ष्य 'डिजि 09/05/2026

धन्यवाद लोकवार्णी 🙏

आई. ग्लोब फाउण्डेशनको ११औँ वार्षिकोत्सव सम्पन्न: १५ हजार विद्यार्थीलाई सेवा, अबको लक्ष्य 'डिजि काठमाडौँ, २६ वैशाख । सूचना तथा सञ्चार प्रविधि (ICT) र लोकसेवा तयारीका क्षेत्रमा अग्रणी संस्था आई. ग्लोब फाउण्डेशन प्.....

09/05/2026

आई. ग्लोब फाउण्डेशनको ११औँ वार्षिकोत्सव सम्पन्न: १५ हजार विद्यार्थीलाई सेवा, अबको लक्ष्य 'डिजिटल स्मार्ट क्लास'

काठमाडौँ, २६ वैशाख
सूचना तथा सञ्चार प्रविधि (ICT) र लोकसेवा तयारीका क्षेत्रमा अग्रणी संस्था आई. ग्लोब फाउण्डेशन प्रालिले आफ्नो स्थापनाको १० वर्ष सफलतापूर्वक पूरा गरी ११औँ वर्षमा प्रवेश गरेको छ । बुधबार काठमाडौँको पुतलीसडकस्थित संस्थाको प्रधान कार्यालयमा आयोजित एक विशेष समारोहका बीच वार्षिकोत्सव भव्य रूपमा मनाइएको हो ।
समारोहलाई सम्बोधन गर्दै संस्थाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ई. सुवास चन्द्र गौतमले शून्यबाट सुरु भएको संस्थाले आज एक दशकको यात्रा गौरवपूर्ण रूपमा तय गरेको बताउनुभयो । "हामीले सुरुमा कम्प्युटर अपरेटरको पुस्तक लेखन र आईसीटीको सानो अभियानबाट यो यात्रा थालेका थियौँ," गौतमले भन्नुभयो, "सुरुमा ब्लु लोटस फाउण्डेशनको नामबाट सञ्चालित संस्थालाई पछि परिमार्जन गरी आई. ग्लोबको रूपमा स्थापित गरेका हौँ । हालसम्म १५ हजारभन्दा बढी विद्यार्थी यस संस्थाबाट लाभान्वित भई सरकारी सेवाका विभिन्न ओहोदामा पुग्न सफल भएका छन् ।"
कार्यक्रममा बोल्दै प्रबन्ध निर्देशक (एमडी) प्रकाश गौतमले अबको दशक प्रविधि र गुणस्तरको हुने बताउनुभयो । उहाँले संस्थाले प्रदान गर्ने कक्षा, मक टेस्ट, र सफ्टवेयर ट्रेनिङ जस्ता सुविधाहरूलाई नेपालका दूरदराजका ग्रामीण क्षेत्रसम्म पुऱ्याउन 'एआई ट्रेनिङ' र 'डिजिटल स्मार्ट क्लास'मा जोड दिने लक्ष्य राखेको जानकारी दिनुभयो ।
संस्थाका म्यानेजर ओविन ओझाले शुभकामना सन्देश वाचन गर्दै कम्प्युटर इन्जिनियर, कम्प्युटर अधिकृत र शिक्षक सेवा आयोगका विभिन्न तहमा संस्थाले प्राप्त गरेको नतिजा लोभलाग्दो रहेको दाबी गर्नुभयो । उहाँले आई. ग्लोब केवल एउटा तालिम केन्द्र मात्र नभएर प्राविधिक शिक्षाको 'बेन्चमार्क' बनेको जिकिर गर्नुभयो ।
नेपाल विद्युत प्राधिकरणकी १०औँ तहकी अधिकृत तथा संस्थाकी प्रशिक्षक शोभा पौडेल भुषालले सिक्ने र सिकाउने क्रममा व्यवस्थापनले देखाएको सक्रियताको प्रशंसा गर्नुभयो । कार्यक्रममा प्रशिक्षकहरू उत्तम कार्की, हेमराज ओली, नानीराम सञ्जेल र हेमन्त ढुङ्गाना लगायतले आफ्ना अनुभव र धारणा राख्नुभएको थियो ।
बहुआयामिक सेवाको विस्तार
आई. ग्लोबले हाल सिभिल र कम्प्युटर इन्जिनियरिङदेखि लिएर लोकसेवाको उच्च तह (सह-सचिव र उप-सचिव) सम्मका प्राविधिक तथा अप्राविधिक कक्षाहरू सञ्चालन गरिरहेको छ । साथै, संस्थाले सफ्टवेयर विकास र राष्ट्रिय–अन्तर्राष्ट्रिय स्तरको 'डाटा एनालिसिस'मा समेत आफ्नो दक्षता प्रस्तुत गर्दै आएको छ ।
वार्षिकोत्सवको अवसरमा संस्थाले प्रशिक्षक तथा कर्मचारीहरूलाई मायाको चिनो प्रदान गर्नुका साथै केक काटेर उत्सव मनाएको थियो ।

Photos from 𝑰. 𝑮𝒍𝒐𝒃𝒆 𝑨𝒄𝒂𝒅𝒆𝒎𝒚's post 21/04/2026

नायब सुब्बाको काठमाडौ परिक्षा केन्द्र ।

Photos from 𝑰. 𝑮𝒍𝒐𝒃𝒆 𝑨𝒄𝒂𝒅𝒆𝒎𝒚's post 01/04/2026

लोक सेवा आयोग, बुटवल कार्यालयको विज्ञापन नं. १३८०७-१३८१२/०८१-८२ (खुला तथा समावेशी), नेपाल न्याय/प्रशासन सेवा, न्याय/सामान्य प्रशासन/लेखा समूह, रा.प.अनं. द्बितीय श्रेणी (अप्राविधिक), खरिदार वा सो सरह पदको उम्मेदवार सिफारिस एवं एकमुष्ठ योग्यताक्रम सम्बन्धी सूचना ।

Photos from 𝑰. 𝑮𝒍𝒐𝒃𝒆 𝑨𝒄𝒂𝒅𝒆𝒎𝒚's post 01/04/2026

गुठी संस्थानको खुला तथा समावेशी तर्फका विभिन्न (विज्ञापन नम्बर,सेवा/समूह,श्रेणी र पद) का लिखित परीक्षाको नतिजा प्रकाशन सम्बन्धी सूचना

23/03/2026

लोक सेवा आयोग, महेन्द्रनगर कार्यालयले सञ्‍चालन गर्ने राष्ट्रिय अनुसन्धान विभागको विज्ञापन नं. ०२/०८२-८३ (खुला/समावेशी), अनुसन्धान सहायक पदको द्वितीय चरणको लिखित परीक्षाको परीक्षा भवन कायम गरिएको सूचना

Want your school to be the top-listed School/college in Kathmandu?

Click here to claim your Sponsored Listing.

Location

Telephone

Address

Kathmandu
Kathmandu
KATHMANDU44600