Physics Reformation Campaign: The Greatest Worldwide Campaign For Physics

Physics Reformation Campaign: The Greatest Worldwide Campaign For Physics

Share

It Is The Historical page For Real Physical Science. Only the Valid, Tested & Registered Matters Are Posted Here. Regd.

It is a campaign started by an author 'Bhabindra Kunwar' to change the physics. Some scientific research works ("POWER-PRINCIPLE": Copyright©: Bhabindra Kunwar, 2010, ISBN: 978-9937-2-1187-1 and 978-9937-2-2367-6, Gov. No. 572/067/68 (Nepal), pages: 134, "REFUTATION AND SOLUTION OF SOME MISTAKES IN PHYSICAL SCIENCE": Copyright©: Bhabindra Kunwar, 2011, ISBN: 978-9937-2-3096-4 Gov. No. 598/067/68 (

Driving गर्दा Newton's First Law (Inertia) ले सवारी दुर्घटना रोक्न कसरी मद्दत गर्छ ? By Dr. Bhabindra Kunwar 26/02/2025

Driving गर्दा Newton's First Law (Inertia) ले सवारी दुर्घटना रोक्न कसरी मद्दत गर्छ ? By Dr. Bhabindra Kunwar 1st Law of Motion (Inertia) बिना Traffic नियम पालना गरेर मात्र सवारी दुर्घटना रोकिँदैन । सुरक्षित Driving का शक्तिशाली वैज्ञानिक उपायहरू ज.....

Elasticity के हो ? के रबरबिनाको जीवन सम्भव छ ? रबर कहाँकहाँ प्रयोग हुन्छ ? By Dr. Bhabindra Kunwar 26/02/2025

Elasticity के हो ? के रबरबिनाको जीवन सम्भव छ ? रबर कहाँकहाँ प्रयोग हुन्छ ? By Dr. Bhabindra Kunwar Elasticity के हो ? के रबरबिनाको जीवन सम्भव छ ? Rubber कहाँकहाँ प्रयोग हुन्छ ? भन्नेबारे जानकारी दिइएको Dr. Kunwar लिखित उपयोगी लेख पढ्...

समय (Time) 20/10/2024

समय (Time)

समय सन्दर्भका बीचको अवधि ।
एसआई एकाइ सेकेन्ड ।
आयामिक सूत्र M^0L^0T^1 हुन्छ ।

समयको इतिहास हुँदैन । यसको उत्पत्ति, विकास र अन्त्य हुँदैन । तर समय अस्तित्वमा भएको थाह पाउने कार्य भने निकै पछि भएको हुनुपर्छ । समय पत्ता लागेपछि वा थाह पाउन थालेपछि सुरुमा त्यो कति हुन्छ भनेर मापन गर्न वर्ष, ऋतु वा महिना आदि एकाइको कल्पना भएको हुन सक्छ । सुरुसुरुमा कुनै दृश्यात्मक घटनाको पुनरावृत्तिलाई आधार मानेर घटनाकै आधारमा समयलाई परिभाषित गरिएको हुन पनि सक्छ । जस्तो कि एउटा बिहानपछि फेरि अर्को बिहान आउन लाग्ने अवधिलाई समय मापनको आधार मानिएको हुन सक्छ र समय भनेकै एउटा बिहानदेखि अर्को बिहानसम्मको अवधि हो भन्ने मानिएको हुन पनि सक्छ । तर जब एउटा बिहानदेखि अर्को बिहानसम्मको अवधि, पानी घडी वा अन्य कुनै घडीले, रेकर्ड गर्दा नै समान नहुने स्थिति फेला पर्छ तब समय घटनामा आधारित हुने विषय होइन रहेछ भन्ने सोँचको विकास भएको हुन सक्छ । समय पदार्थको स्थिर वा गतिशील चरित्रमा भर पर्ने विषय होइन भन्ने थाह भएको हुन सक्छ । यसबाट समय कुनै उत्पत्ति, इतिहास वा विकास हुने कुरा होइन बरू मापन गर्न सकिने भौतिक विषय हो भन्ने थाह भएको हुन सक्छ ।

समय पनि लम्बाइ र पिण्डजस्तै अनादि र अनन्त भौतिक परिमाण हो । जसरी हाम्रो थाह पाउनु र नपाउनुसँग लम्बाइ र पिण्डको सरोकार हुँदैन त्यसरी नै समयले पनि हाम्रो जान्नु र नजान्नुसँग कुनै सरोकार राख्दैन । संसारमा थाह पाउने मानिस वा अन्य प्राणी नै नभए पनि समय हुन्छ । यो घडी, पात्रो जस्ता मापक साधन र तिनका मापिकामा भर पर्ने विषय होइन । जसरी मिटर, फिट, हात वा इन्च जस्ता एकाइ र ती एकाइ पहिल्याउन प्रयोग गरिने यन्त्र वा साधन नै नभए पनि लम्बाइको अस्तित्व हुन्छ र पाउ, धार्नी, पाउन्ड, ग्राम वा किलोग्राम नै नभए पनि पिण्डको अस्तित्व हुन्छ त्यसरी नै घडी, पला, कला, काष्ठा, पल, सेकेन्ड, मिनेट, घण्टा, दिन, वर्ष, प्रकाशवर्ष जस्ता एकाइ अथवा घामे घडी, प्रकाशे घडी, पानी घडी, भित्ते घडी, हाते घडी, पारमाणविक घडी, डिजिटल घडी जस्ता उपकरण भए पनि अथवा नभए पनि समयको अस्तित्व समान प्रकृतिको हुन्छ । यसको अर्थ के हो भने समय कुनै मानव मनको निर्माण होइन । मानव बुद्धिले पत्ता लगाएको स्थिर भौतिक परिमाण हो ।

मानव चेतनाको विकाससँगै समय मापन गर्ने आधार र मापिकामा विकास हुन पर्ने देखिन आएको हुन सक्छ । यही चरणमा आएर बल्ल मानिसले समयको बुझाइ सही रूपले गर्न पुगेको हुन सक्छ । जस्तो कि कुनै घटना दोहोरिनु वा नदोहोरिनुसँग समयको सरोकार नहुने रहेछ । बिहानपछि आउने बिहानको समयदुुरी वा समयान्तराल वा अवधि समान नहुने भए पदार्थ र यिनका गुणबाट समयलाई अलग गर्नुपर्छ भन्ने सोँच मानवजातिमा आएको हुनुपर्छ । वस्तुको गति, स्थिरता, परिवर्तन वा अपरिवर्तनले समयलाई कुनै प्रभाव पार्ने रहेनछन् बरू समयको सन्दर्भविन्दुमा गति, स्थिरता, परिवर्तन वा अपरिवर्तन थाह पाइने रहेछ भन्ने कुरा मानवजातिले बुझेको हुनुपर्छ । यही बुझाइ नै निरपेक्ष र भौतिक समयको बुझाइ थियो ।

समयको मापन गर्न कुनै बेला प्रकाश र छायालाई आधार मान्ने चलन थियो । त्यो एक समयको कमचलाउ विधि हुन सक्छ । त्यसपछि तरल पदार्थ वा पानीलाई आधार मानेर गुरुत्वको प्रभाव र भाँडोको आकारको हेक्का राखेर पानीघडीबाट घडीपला छुट्ट्याउने प्रचलन पनि थियो । बालुवाघडी पनि बने । यही पृष्ठभूमिमा मेशिनका रूपमा घडीको आविष्कार पनि उदायो । आणविक र डिजिटल घडीहरू पनि प्रयोगमा आए । यस्तै लहरमा कतिपयले गति तीव्र हुँदा समय नै ढिलो चल्ने भन्ने गरेको पनि पाइन्छ । यी सबै आधारहरू समयका जन्मदाता वा नियामक होइनन् । यी त लम्बाइ नाप्न बनेका मिटरका लठ्ठीजस्तै सहयोगी सामग्री मात्र हुन् । यी घडी वा पदार्थ नै नभए पनि समय हुन्छ । यी घडी छिटो चले पनि ढिलो चले पनि समय निरपेक्ष र स्थिर रहन्छ । पहिले समय भन्ने विषय मापन गर्न उपकरण बनाएको मानिसले उपकरणमा भर परेर उपकरण नै समयको नियामक र जन्मदाता हो भन्दा समस्या खडा हुन्छ । त्यसैले समयलाई बुझ्न समय र समय मापन गर्न प्रयोग गरिने औजार, पदार्थ वा विषयलाई अलग गर्नुपर्ने हुन आउँछ ।

पदार्थलाई आधार मान्ने हो भने कुन पदार्थलाई आधार मान्ने ? गति, स्थान वा कोण बदलिने ताराका प्रकाशलाई आधार मान्ने हो भने कुन ताराको प्रकाशलाई आधार मान्ने ? सबैभन्दा स्थिर रहने भनिएको पदार्थलाई आधार मान्ने हो भने पनि त्यो पनि ग्रहको घुमाइ वा गति वा पदार्थीय इनर्सिया वा आन्तरिक क्रियाप्रतिक्रियाका कारण परिवर्तन हुन सक्छ । तसर्थ समय बुझ्नका लागि सबैभन्दा पहिले समय भनेको के हो भनेर विसङ्केतन गर्न सक्नुपर्छ नत्र आधारभूत बुझाइबिनै अनेकन बुझाइ र व्याख्या गर्न सकिने खतरा रहन्छ ।

भौतिक विज्ञानमा कुनै पनि आधारभूत भौतिक परिमाण कुनै पनि तत्जन्य भौतिक परिमाणबाट प्रभावित हुँदैनन् । त्यसो भयो भने त समयलाई आधारभूत परिमाण भनेर गतिको निर्माण गर्ने अनि गतिको तिरिमिरीमा अल्झिएर फेरि आधारभूत परिमाण बदल्ने क्रम चल्न सक्छ । खासमा गतिमा हुने परिवर्तन वा स्थिरताले समय र लम्बाइलाई कुनै प्रभाव पार्दैन । गति बढ्नु भनेको कम समयमा धेरै दुरीको यात्रा गर्नु हो । त्यसमाथि पनि अति तीव्र गति नै पहिल्याउन अलमलिनुपर्ने विषयका आधारमा वास्तविक समयलाई वर्णन गर्दा वैज्ञानिक अभ्यासमाथि चुनौती खडा हुन्छ । कुनै वस्तुले लम्बाइ छिटो पार गरे पनि ढिलो पार गरे पनि अथवा पारै नगरे पनि समयावधि स्थिर भएर चलिरहेको हुन्छ । जस्तो कि रबर लम्बिँदैमा भौतिकीको लम्बाइ लामो हुने होइन, रबरको लम्बाइ लामो हुने हो ।

वस्तु स्थिर अवस्थामा रहँदा समयलाई जसरी यही हो भनेर ठम्याइन्छ त्यसरी नै द्वैध मानसिकता नराखेर त्यही कुरा नबिर्सने हो भने समय के हो भनेर ठम्याउन अलमल हुँदैन । त्यसैले समयको एकाइ मापन गर्दा घडीको सहारा लिए पनि घडीकै आधारमा समयको अस्तित्व र अनस्तित्वको कुरा गर्नु हुँदैन । घडीलाई नै समयको नियामक आधार बनाउनु हुँदैन । समयलाई स्थिर रूपले मापन गर्न नसक्ने घडी वा साधनलाई नै सुधार वा परिवर्तन गर्नुपर्नेमा साधनको कमजोरीका आधारमा समयलाई सुधार गर्ने कुरा विज्ञानका दृष्टिले सही देखिँदैन ।

हिजो मानवजातिले घामको छायाले दिने समयको जानकारी गलत भएको थाह पायो । पानी घडीले दिने समय अव्यवस्थित भएको थाह पायो । अब तत्जन्य परिमाणका आधारमा आधारभूत परिमाणलाई व्याख्या गर्दा हुने गल्ती थाह पाउने छ । पदार्थमा भर परेर पदार्थका चालवमोजिम समयको मापन गर्ने सोँचाइबुझाइमा भएको गल्तीलाई पनि थाह पाउने छ । समयको वस्तुगत र वास्तविक बुझाइको चरणमा आउने छ । जय समय ।


समय (Time) समय सन्दर्भका बीचको अवधि । एसआई एकाइ सेकेन्ड । आयामिक सूत्र M^0L^0T^1 हुन्छ । समयको इतिहास हुँदैन । यसको उत्पत्ति, विकास...

18/10/2024

#शास्त्रीय #भौतिकी

घडी जतिसुकै अत्याधुनिक र महङ्गो भए पनि बाह्य प्रभावका कारण यसको चाल फरक पर्दैमा समयको चाल फरक पर्दैन । विभिन्न परिस्थितिमा हाम्रा आँखा तिर्मिराउँदैमा वस्तुको लम्बाइ लामोछोटो भइहाल्दैन । कुनै अत्याधुनिक तराजुले सही काम नगर्दैमा पिण्डको मात्रामा फरक पर्दैन । शास्त्रीय भौतिकीले यही बुझ्छ, बुझाउँछ ।



No matter how advanced and expensive a watch is, if its movement is changed due to external influences, the movement of time will not change. The length of the object does not become longer or shorter, even if our eyes are influenced due to different circumstances. And even if a balance gives an incorrect reading, the mass of an object remains unchanged. Classical physics understands this.

18/10/2024

#शास्त्रीय #भौतिकी

घडी जतिसुकै अत्याधुनिक र महङ्गो भए पनि बाह्य प्रभावका कारण यसको चाल फरक पर्दैमा समयको चाल फरक पर्दैन । विभिन्न परिस्थितिमा हाम्रा आँखा तिर्मिराउँदैमा वस्तुको लम्बाइ लामोछोटो भइहाल्दैन । कुनै अत्याधुनिक तराजुले सही काम नगर्दैमा पिण्डको मात्रामा फरक पर्दैन । शास्त्रीय भौतिकीले यही बुझ्छ, बुझाउँछ ।



No matter how sophisticated and expensive a watch is, if its movement is changed due to external influences, the movement of time will not change. The length of the object does not become longer or shorter when our eyes are adjusted in different situations. And even if a sophisticated balance gives an incorrect reading, the mass of an object remains unchanged. Classical physics understands this.

18/10/2024

#वस्तुनिष्ठ #वास्तविकता

वस्तुनिष्ठ वास्तविकता हाम्रो हुनुनहुनु, हाम्रा सहमतिअसहमति वा हामीलाई मनपर्नुनपर्नुमा भर पर्ने वास्तविकता होइन । जस्तो कि हामीसँग घडी नै नभए पनि समय चल्छ । हामीले समयको अस्तित्व छैन भने पनि समय त हुन्छ । पदार्थ छैनन् भने पनि हुन्छन् । भौतिक पदार्थ र स्वभावको अस्तित्व हाम्रो चाहनामा भर पर्दैन । मान्न मन नलागेर पनि मान्नुको विकल्प हुँदैन । वस्तुनिष्ठ वास्तविकताको सुन्दर शक्ति ।



Objective reality is not a reality that depends on our being or not being, our agreeing or disagreeing, or liking or not liking it. As if we don't have a clock, time runs. Even if we say that time does not exist, time does exist. Even if we say that there are no substances, they exist. The existence of physical matter and behavior of nature does not depend on our desires. There is no option to accept even if you don't want to accept it. The beautiful power of objective reality.

17/10/2024

२६ वर्षदेखि लखेट्ने विज्ञानको त्यो सूत्र

वि.सं. २०५५ तिरको कुरा हो । हालको बागुलुङ् नगरपालिकामा पर्ने धुर्पुलाको उकालो हुँदै घरतिर जाँदै थिएँ । जाने क्रममा एउटा वस्तु भेटियो र त्यसैबाट रोचक यन्त्र बनाउने सोँच आयो । कतिपय सन्दर्भमा त्यस्तो यन्त्र हुनै नसक्ने भन्ने जवाफ मिले पनि केही वर्षपछि आदरणीय दाजु रोहितकुमार कुँवरले चाहिँ ‘हुन्छ, त्यो बनाउन जति पैसा चाहिन्छ मलाई भनेस्’ भन्नुभयो ।

उहाँ मेशिनहरूसँग खाइखेलेको एक अनुभवी अभिभावक हुनुहुन्थ्यो । त्यसैले मेरो सोचाइ ठीकै रहेछ भनेर ह्वात्तै आत्मविश्वास बढ्यो । ग्यालेक्सी इन्जिनियरिङ वर्कसपमा गएर काम पनि थालेँ । द्वन्द्वको समय थियो । कोकोले त हतियारै बनाउन थालेको भनिदिएछन् भन्ने पनि सुनियो । थोरथोरै चेकिङ् पनि झेल्नुपर्यो ।

दिउँसो स्कुल पढाउने र बेलुका यन्त्र बनाउने गर्थेँ । कपितय पुराना मिस्त्री र केही यन्त्रप्रेमिहरू के रहेछ भनेर हेर्न आउनुहुन्थ्यो । यो थाह पाएर साहित्यिक मित्र बाबुराम भुषाल शिलले एउटा पत्रिकाका लागि अन्तर्वार्ता पनि लिनुभएको थियो । अन्तर्वार्तामा हौसिएर कुरा अलि ठूलै गरिएछ । भव्य शीर्षकका साथ अन्तर्वार्ता पनि छापियो । तर यन्त्रको परीक्षण अघि बढेन ।

परीक्षण रोकिनुमा तत्कालका लागि द्वन्द्व र अन्य परिस्थितिजन्य पक्षले केही भूमिका खेले पनि मुख्य भूमिका भने फिजिक्सको एउटा विश्वप्रसिद्ध सूत्रले खेल्यो । त्यो सूत्र थियोः S = ut+(1/2)at^2 । शायद तपाईँहामी सबैजसोले यो सूत्रमा दुईचारओटा हिसाब गरेका हौँला ।

परीक्षण गर्ने यन्त्रमा प्रवेगी पिण्डले निश्चित समयमा पार गर्ने दुरी थाह पाउन नसकेसम्म कति बल लगानी हुन्छ र कति निकास हुन्छ भन्ने अनुमान लगाउनै सकिँदैनथ्यो । परीक्षणका क्रममा गरेको वास्तविक मापन र सूत्रले दिने अनुमानित उत्तरका बीचमा तालमेल नपाइएपछि अन्ततः आफैले उक्त सूत्र नबुझेको रहेछु र त्यसको प्रयोग गर्न नजानेको रहेछु भन्ने निष्कर्ष निकाल्दै म काठमाडौँ हानिएँ ।

उक्त यन्त्र बनाउने काम रोकिएपछि पठनपाठन, परीक्षण, विभिन्न पुस्तक प्रकाशन, प्रवचन, अभियान, युबिएम १, सियुएस १, आरटिएम १, एसएटिम १, भुकम्प प्रभाव जस्ता अनेक सिँढी पार गर्ने क्रम जारी रह्यो । कैले ललितपुर, कैले भक्तपुर, कैले कलङ्की, कैले गोङ्गबु हुँदै परीक्षण प्रदर्शन गर्दे हिँड्ने क्रमले निरन्तरता पाउँदै गयो । भुकम्पपछि २०७२/0७३ सालतिर चितवनमा हुँदा पुनः परीक्षण थालियो । त्यो परीक्षण एसएटिएम १ कै प्रयोगबाट गरिएको थियो ।

यति गर्दासम्म एउटै कुराले १८ वर्षसम्म खेदिसकेको थियो । यही भगाइका क्रममा बल्ल सुवात समीकरण नै गलत रहेछन् भन्ने कुरा थप पक्का भएको थियो । त्यसपछि मात्र दुरी पत्ता लगाउने सूत्र त S = ut+(1/2)at^2 नभएर S = ut+(1/2)nrt पो हुनुपर्ने रहेछ भन्ने थाह भयो ।

यहाँहरूलाई यो कुरा होइन जस्तो लाग्छ भने जोसुकैले जहिलेसुकै परीक्षण गर्दा हुन्छ ।

एउटा सूत्रले यति धेरै खेद्यो । पहिल्यै त्यो सूत्र सही भएको भए म यतिका वर्षसम्म खेदिनुपर्ने थिएन । हुन त यतिका वर्ष संसारभरिका विज्ञानप्रेमिलाई झुक्क्याउने सूत्रले मलाई पनि १/२ दशक अल्मलाउने नै भयो । आजसम्म यो संसारमा त्यही सूत्रले झुक्क्याउनाले अरू खोजकर्ताहरू पनि निरुत्साहित भएका होलान् ।

घुमाइफिराइ नभनेर ट्वाक्कै भन्ने हो भने भौतिक शास्त्रलाई थप लाभदायी बनाउन यस्ता गलत सूत्रको पठनपाठन गराउनु उचित हुँदैन । यस्ता सूत्रहरू सबैभन्दा पहिले नेपालले सुधार गर्ने आँट गर्दा वा आवश्यक बहस चलाउँदा कुनै प्रचलित परम्परा भत्किने हो ?

विज्ञान भनेकै वस्तुगत वास्तविकतामा आधारित शास्त्र हो । अझ भौतिक विज्ञान त झन् सबैभन्दा सत्य भनिएको विज्ञान हो । तर अझै पनि संसारभरि तिनै गलत सूत्रको पठनपाठन भइरहेको पाइन्छ । केही नेपाली समाचार माध्यमले स्थान दिए पनि राज्यले यसलाई बेवास्ता गरिरहेको हो कि जस्तो लाग्छ । थाह नपाउँदासम्म जेजस्ता सूत्रले काम चलाए पनि थाह भइसकेपछि के रहेछ भनेर अलिकति चासो दिनुपर्ने हो कि ?

नेपालमा यस्ता नयाँ खोजहरूलाई अघि बढाउन आम सर्वसाधारण र विज्ञानप्रेमिहरूले सहयोग गर्ने तर राज्यले चासो नदिने गरेको गुनासो सुनिन्छ । कतै यो राज्यको चासोक्षेत्रभित्र नपर्ने समस्या हुँदाहुँदै हामीले नजानेर राज्यबाट नहुँदो अपेक्षा त राखिएको छैन ? कतै यो नेपाली विशेषज्ञ संस्थाको चासोका विषयभित्र नपर्ने कुरा हुँदाहुँदै हामीले नजानेर गर्नै नमिल्ने अपेक्षा त गरिएको होइन ? अनि नयाँनयाँ अनुसन्धान गराउने विश्वविद्यालयको चासोको विषय हुन मिल्छ कि मिल्दैन होला ?

अन्त्यमा एउटा कुरा सोध्न मन लाग्यो- हामीले पढ्ने विज्ञानका पुस्तकमा सही कुरा हुनुपर्छ होला कि हुनुपर्दैन होला ? यस्ता जिज्ञासा र भूमिकाक्षेत्रबारे जानकार मित्रहरूको प्रतिक्रिया पाऊँ । सबैमा हार्दिक नमन । 🙏🙏🙏

(पुनश्चः यो एउटा जिज्ञासामात्र हो, राज्यप्रति गरिएको कुनै गुनासो होइन । खासमा हुनुपर्ने के रहेछ भनेर जान्न खोजिएको मात्र हो । विज्ञानका कार्यक्रम अघि बढाउन आआफ्नो सहयोग गर्नुहुने शिक्षणसंस्था र विज्ञानप्रेमि महानुभावहरूमा हार्दिक धन्यवाद । यी विषयबारे पढ्न र जान्न चाहने मित्रहरू PRC Nepal मा जोडिन सक्नुहुने छ । नेपाली भाषाका केही विज्ञसमीक्षित जर्नलमा प्रकाशित लेख र पुस्तकहरूमा पनि यसबारे खोजखाज भएको छ ।)

💎⚖️ पानीमा सुनको पिण्ड किन हिराको भन्दा धेरै देखिन्छ ? Dr. Bhabindra Kunwar | Domestic Physics 23/08/2024

के तपाईँले १ किलो हिरा र १ किलो सुनका टुक्रालाई कहिल्यै पानीमा डुबाएर हेर्नुभएको छ ?

हामीले १ किलो सुन र १ किलो हिरालाई पानीमा डुबाएर तौल्यौँ भने तिनको तौल केही न केही मात्रामा कम त भइहाल्छ । त्यस्तो किन हुन्छ होला ? तौल कम हुँदा सुन र हिरामध्ये कुनको तौल धेरै घट्छ होला र कुनको कतिकति देखिन्छ होला ? यसबारे जान्न चाहनुहुन्छ भने यो भिडिओ हेर्न सक्नुहुने छ ।

Have you ever immersed a 1-kilogram diamond and a 1-kilogram piece of gold in water?

If we were to immerse 1 kilogram of gold and 1 kilogram of diamond in water and weigh them, their weight would decrease to some extent. Why does this happen? When the weight decreases, which would lose more weight, gold or diamond, and by how much? If you're curious about this, you can watch this video.

💎⚖️ पानीमा सुनको पिण्ड किन हिराको भन्दा धेरै देखिन्छ ? Dr. Bhabindra Kunwar | Domestic Physics 💎⚖️ पानीमा सुनको पिण्ड किन हिराको भन्दा धेरै देखिन्छ ? Dr. Bhabindra Kunwar | Domestic Physics 👍 Title:Why does a gold marble travel a greater distance tha...

Want your school to be the top-listed School/college in Kathmandu?

Click here to claim your Sponsored Listing.

Location

Telephone

Address

Kathmandu