लोकसेवा शब्दकोष

लोकसेवा शब्दकोष "Build Career Enjoy Life Forever"

 #समसामयिक
14/08/2026

#समसामयिक

10/08/2026

सिंहदरबारका रोचक तथ्यहरू...................................................
• निर्माणकर्ता : राणा प्रधानमन्त्री चन्द्रशमशेर
• निर्माण सुरु : वि.सं. १९५८ साल असार
• प्रारम्भिक उद्देश्य : चन्द्रशमशेरको निजी निवासका रूपमा निर्माण।
• नामकरण : चन्द्रशमशेरकी जेठी बडामहारानी लोकभक्त लक्ष्मीदेवीको • सुझावमा ‘सिंहदरबार’ नाम राखिएको भनिन्छ।
• नाम राख्ने रोचक प्रसंग : कौसीबाट बागदरबार देखाउँदै चन्द्रशमशेरले देखाएपछि महारानीले ‘त्यो बागदरबार हो भने यो दरबारलाई सिंहदरबार भन्न • • • कसो होला ?’ भन्ने सुझाव दिएको इतिहासमा उल्लेख छ।
• निर्माणको अनुमानित खर्च : इतिहासकार पुरुषोत्तमशमशेर जबराका अनुसार ५० लाख रुपैयाँभन्दा बढी खर्च भएको थिएन।
• सरकारलाई बिक्री : निर्माणपछि चन्द्रशमशेरले सिंहदरबार नेपाल सरकारलाई २ करोड रुपैयाँमा बेचेको उल्लेख पाइन्छ।
• रोचक आर्थिक तथ्य : उक्त कारोबारबाट चन्द्रशमशेरले करिब डेढ करोड • रुपैयाँ मुनाफा कमाएको दाबी गरिएको छ।
• सरकारी ढुकुटीको रकम : सिंहदरबार खरिदका लागि सरकारी ढुकुटीबाट २ • करोड रुपैयाँ निकालिएको उल्लेख छ।
• चन्द्रशमशेरको शासन : उनले सिंहदरबारबाट करिब २८ वर्ष शासन सञ्चालन गरे।
• सिंहदरबारबाट शासन गर्ने राणा प्रधानमन्त्री : चन्द्रशमशेर, भीमशमशेर, जुद्धशमशेर, पद्मशमशेर र मोहनशमशेर।
• प्रारम्भिक रूपमा राखिएका महत्वपूर्ण अड्डा : खड्ग निशाना अड्डा, चिठी निकसारी अड्डा, मुलुकी अड्डा, जिन्सी गोश्वारा आदि।
• कोठाको संख्या : इतिहासकार पुरुषोत्तमशमशेर जबराका अनुसार निर्माण सम्पन्न हुँदा सिंहदरबारमा १,०४० कोठा रहेको उल्लेख छ।
• रोचक संयोग : सिंहदरबारमा १,०४० कोठा रहेको तथ्यलाई जहानियाँ राणा शासनको करिब १०४ वर्षको अवधिसँग जोडेर पनि हेर्ने गरिन्छ।
• राजनीतिक इतिहासको साक्षी : राणा शासनको उदयदेखि पतन, प्रजातन्त्र, पञ्चायत, बहुदलीय व्यवस्था हुँदै गणतन्त्रसम्मका महत्वपूर्ण राजनीतिक घटनाको साक्षी।
• राजनीतिक बन्दीगृहका रूपमा : बीपी कोइरालालाई सिंहदरबारमा बन्दी बनाइएको थियो।
• यातनाको साक्षी : गणेशमान सिंहलाई सिंहदरबारस्थित पुतली बगैंचामा यातना दिइएको उल्लेख छ।
• प्रजातन्त्रपछि पनि नजरबन्द : डा. केआई सिंहलाई सिंहदरबारमा नजरबन्दमा राखिएको थियो।
• २०३० सालको आगलागी : वि.सं. २०३० असार २५ गते सिंहदरबारमा भीषण आगलागी भयो।
• आगलागीको कारण : छानबिन समितिले विद्युत् सर्टलाई कारण मानेको उल्लेख छ।
• आगलागीपछिको राजनीतिक प्रभाव : तत्कालीन प्रधानमन्त्री कीर्तिनिधि विष्टले नैतिक जिम्मेवारी लिँदै राजीनामा दिएका थिए।
• आगलागीको असर : सिंहदरबारको ठूलो भाग नष्ट भयो र पश्चिमतर्फको अग्रभागसमेत भत्काउनुपरेको थियो।
• २०७२ सालको भूकम्प : वि.सं. २०७२ वैशाख १२ गतेको भूकम्पले सिंहदरबारको बाँकी अग्रभागमा समेत क्षति पुर्‍यायो।
• भूकम्पपछिको अवस्था : प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलगायतका कार्यालय अस्थायी रूपमा अन्य भवनमा सारिएका थिए।
• पुनर्निर्माण/प्रबलीकरण : भूकम्पपछि सिंहदरबारको ऐतिहासिक भवनलाई प्रबलीकरण गरिएको हो।
• हालको महत्व : सिंहदरबार अहिले नेपालको प्रमुख प्रशासनिक तथा शासन सञ्चालनको केन्द्र हो।
• ऐतिहासिक महत्व : सिंहदरबारलाई केवल एउटा भवन नभई नेपालको राजनीतिक तथा प्रशासनिक इतिहासको जीवित साक्षीका रूपमा लिन सकिन्छ।

10/08/2026

एआईसम्बन्धी मन्त्री
*************
🇦🇪 यूएईले सन् २०१७ मै पहिलो एआई मन्त्री नियुक्त गर्‍यो।

🇨🇦 क्यानडाले एआई पूर्वाधार, डेटा सुरक्षा र अनुसन्धानमा जोड दिएको छ।

🇰🇿 काजकिस्तानले सुपरकम्प्युटिङ र ई-गभर्नेन्समा एआई प्रयोग बढाउँदैछ।

🇦🇱 अल्बानियाले ‘डिएला’ नामक भर्चुअल एआई मन्त्री बनाएको छ।

🤖 भविष्यमा एआईले सरकारी निर्णय प्रक्रियामा समेत भूमिका खेल्न सक्ने बहस सुरु भएको छ।

 ्रिकेट_Update
09/08/2026

्रिकेट_Update

Big Breaking : मधेस प्रदेश लोक सेवा आयोग ले वन रक्षक पदको प्रथम चरणको शारीरिक तन्दुरूस्ती परीक्षाको परीक्षा केन्द्र र पर...
05/08/2026

Big Breaking : मधेस प्रदेश लोक सेवा आयोग ले वन रक्षक पदको प्रथम चरणको शारीरिक तन्दुरूस्ती परीक्षाको परीक्षा केन्द्र र परीक्षा समय तालिका प्रकाशित गरेको छ !!!

Most famouse sports ❤️
03/08/2026

Most famouse sports ❤️

03/08/2026

पदपूर्ति भनेको के हो? पदपूर्ति गर्ने तरिकाहरु के के हुन्? लेख्नुहोस् ।
=====================================

सङ्गठनमा विभिन्न कारणले पदहरु रिक्त हुन्छन् । कार्यरत
कर्मचारी बढुवा भएर, सङ्गठन परित्याग गरेर, उमेर
अवधि पूरा भई अवकाश भएर, कार्यरत कर्मचारीको मृत्यु भएर,
विकास विस्तारको क्रममा सङ्गठनमा नयाँ दरबन्दी थप गरेर,
नयाँ सङ्गठन स्थापना गरेर जस्ता प्रक्रियाबाट सङ्गठनमा पद रिक्त हुने
गर्दछ । यसरी सङ्गठनमा रिक्त हुने
पदहरुमा कर्मचारी नयाँ भर्ना गरेर
वा पुराना कर्मचारी सरुवा वा बढुवा गरेर कर्मचारीको माग
पुरा गर्ने कार्यलाई पदपूर्ति भनिन्छ ।
पदपूर्ति कर्मचारी आपूर्ति गर्ने कार्य हो । यो एक निरन्तर
प्रक्रिया हो ।

पद पूति गर्ने तरिकाहरु:सङ्गठनमा रिक्त
भएको पदहरुको पदपूर्ति निम्न २ तरिकाले गर्ने गरिन्छ :
1. आन्तरिक पदपूर्ति
2. बाह्य पदपूर्ति

#आन्तरिक_पदपूर्ति :
सङ्गठनमा सेवा भित्रका कर्मचारीहरुको बढुवा गरेर रिक्त
पदको पूर्ति गर्ने तरिका आन्तरिक पदपूर्ति हो ।
सेवाभित्रका कर्मचारीको बढुवा गर्दा कर्मचारीको कार्य
सम्पादन मूल्याङ्कन, जेष्ठता, तालिम शैक्षिक योग्यता, नेतृत्व क्षमता, कार्य
क्षमता, अनुशासन आदिलाई आधार मानेर बढुवा गर्ने गरिन्छ । आन्तरिक
पदपूर्तिले सङ्गठनमा कार्यरत कर्मचारीलाई उत्पे्ररित गर्ने
गर्दछ ।

#बाह्य_पदपूर्ति:
सेवाभित्रका वा सेवा बाहिरका तर
तोकिएको योग्यता पुगेका व्यक्तिहरुलाई प्रतिस्पर्धा गराएर रिक्त
पदको पूर्ति गर्ने तरिका बाह्य पदपूर्ति हो । यसमा सबैलाई समान अवसर
हुन्छ । तोकिएको योग्यता पुगेका सबै
व्यक्ति यसमा सहभागी हुन्छन् प्रतिस्पर्धामा सफल
भएका व्यक्तिलाई मात्र नियुक्ति गरिन्छ । यो बजारमा गरिने
खुला प्रतिस्पर्धा हो । नेपालको निजामती सेवामा लोक सेवा आयोगले

खुला प्रतिस्पर्धाको विज्ञापन गर्दछ र सफल उम्मेदवारलाई मात्र
नियुक्ति गर्ने व्यवस्था छ । नेपालको निजामती सेवामा रिक्त
पदमा पदपूर्ति गर्दा आन्तरिक पदपूर्ति र बाह्य पदपूर्ति दुबै तरिका अवलम्बन
गर्ने गरिन्छ ।

NOKIA ले Android लाई पत्याएन, Yahoo ले गुगललाई पत्याएन, कोडकले Digital क्यामेराको भविष्य देख्न सकेन, ब्लकबस्टरले NETFLIX...
03/08/2026

NOKIA ले Android लाई पत्याएन, Yahoo ले गुगललाई पत्याएन, कोडकले Digital क्यामेराको भविष्य देख्न सकेन, ब्लकबस्टरले NETFLIX लाई टेरेन । आज नोकिया कहाँ छ एन्ड्रोइड कहाँ पुग्यो । याहू कहाँ छ Google कहाँ पुग्यो, KODAK कहाँ छ डिजिटल क्यामेराले के गर्दैछ, Blockbuster कहाँ छ नेटफ्लिक्स् कहाँ पुग्यो । त्यसैले खतरा मोल्न नडराउनुहोस्, परिवर्तनलाई आत्मसाथ गर्नुहोस्,यदी समयसँगै परिवर्तन हुन सकिएन भने एक दिन लोप भएर हराउनु पर्नेछ ।
फेसबुकले समयमै इन्स्टाग्राम र WhatsApp लाई किन्यो,गुगलले समयमै YouTube लाई किन्यो । यसबाट के सिक्ने ? आफ्नो प्रतिस्पर्धी शत्रु धेरै बलियो हुन नपाउँदै उसलाई आफ्नो मित्र बनाइहाल्नुहोस् ।
६५ वर्षको उमेरमा कर्णेल स्याण्डर्सले KFC स्थापना गरे, ज्याक माले त्यही KFC मा जागिर नपाएको हुनाले Alibaba स्थापना गरे । अलिबाबाबाट संसार प्रसिद्ध भएर ५५ वर्षमा उनी रिटायर्ड भए ।
अब के भन्ने ? के उमेरले काम सुरु गर्न रोक्दो रहेछ त ?
बाराक ओबामा ४५ वर्षमा राष्ट्रपती बने ५५ वर्षमा रिटायर्ड भए,जो वाइडेन ८० वर्षमा राष्ट्रपति बने, कति वर्षमा रिटायर्ड हुन्छन टुङ्गो छैन ।
रबि लामिछाने ६ महिना राजनीति गरेर ४८ वर्षमा उपप्रधान मन्त्री बने र २५ दिनमा पद गुमाए, उता रामचन्द्र पौडेल ६० वर्ष राजनीति गरेर ७८ वर्षमा राष्ट्रपती बने,५ वर्ष अब ढुक्कै भयो ।
मेरो साथी जहिलै उमेर गयो,उमेर गयो भन्छ । खोइ के भनेर बुझाऔँ ? उमेर आखिर अङ्क त रहेछ,सबैको जीवन आफ्नै ढंगको हुने रहेछ ।
यदी नजिकैको साथीको प्रगती देखेर पिरोलिने गर्नुभएको छ भने बन्द गर्नुस्, सबैको जीवनको आफ्नै प्रश्नपत्र हुन्छ, यदी अरूको उत्तर कपी गर्न खोजियो भने अवश्य गडबड हुन्छ ।
एक ट्याक्टर ड्राइभरलाई Ferrari को मालिकले नराम्रो व्यवहार गर्‍यो, ट्याक्टर ड्राइभरले लाम्बोर्गिनी स्थापना गरिदियो । आज फरारी कहाँ, Lamborghini कहाँ ? त्यसैले कसैलाई पनि कमजोर सोचेर हेप्ने काम नगरौँ ।
९० मिनेटको खेलमा कसले कतिखेर गोल गर्छ कसलाई थाहा छ र ?? सुरुको गोलको जती मान्यता छ, अन्तिम मिनेटको गोल पनि त उत्तिकै मान्यताको हुन्छ । मुख्य कुरा गोल गर्नुपर्‍यो, त्यती भए कुरा सकियो ।

जिन्दगीमा हरेस नखानुस्, नअात्तिनुस्, बस केही कुरा काे सुरुवात गर्नुस्, गर्न चाहिँ गर्नुस्, सफलता अबश्य हुन्छ ।

03/08/2026

Sad News: काठमाडौंको भद्रकालीमा गुडिरहेको Scooter माथि रुख ढल्दा Scooter मा सवार २ जना घाइते भएका छन्। 😥

Source: Kathmandu Police's Spokesperson

1) देशमा विद्यमान आर्थिक मन्दी वा शिथिलता, सार्वजनिक ऋणको बढ्दो भार, र निजी क्षेत्रको घट्दो आत्मविश्वासलाई सम्बोधन गर्न ...
03/08/2026

1) देशमा विद्यमान आर्थिक मन्दी वा शिथिलता, सार्वजनिक ऋणको बढ्दो भार, र निजी क्षेत्रको घट्दो आत्मविश्वासलाई सम्बोधन गर्न वित्त नीति र मौद्रिक नीति बीच कस्तो नीतिगत तादम्यता हुन जरुरी छ? दुवै नीतिका सीमाहरू औंल्याउँदै व्यावहारिक सुझावहरू दिनुहोस/ What kind of policy coordination is required between fiscal policy and monetary policy to address the country's economic slowdown, rising public debt burden, and declining private sector confidence? Pointing out the limitations of both policies, provide practical suggestions. [10]
2) नेपालको शोधनान्तर स्थिति लाई दिगो रूपमा बचतमा राख्न केवल विप्रेषणमा निर्भर हुनुका जोखिमहरू औंल्याउँदै व्यापार घाटा कम गर्ने र बाह्य क्षेत्र स्थायित्व कायम गर्ने रणनीति प्रस्तुत गर्नुहोस/ Pointing out the risks of relying solely on remittance to maintain a sustainable surplus in Nepal's Balance of Payment (BOP), propose remedial strategies to reduce the trade deficit and ensure external sector stability. [10]
3) पुँजीगत खर्चको वर्तमान अवस्था उल्लेख गरि यसको गुणस्तर कमजोर रहनुका कारणहरु प्रष्ट पार्नुहोस। Explain the current state of capital expenditure and the reasons for its poor quality. (5)

Address

Kathmandu

Telephone

+9779868169695

Website

Alerts

Be the first to know and let us send you an email when लोकसेवा शब्दकोष posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The School

Send a message to लोकसेवा शब्दकोष:

Shortcuts

Share