https:/
दिब्री संवाद !
Durga Magar
Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Durga Magar, Tutor/Teacher, Kathmandu.
17/07/2024
चित्तको स्वरुप नै परमात्मा !
ध्यान भावनामा नचिताइ ननिधाइ गुरु दीक्षालाई वा कुनै विषयलाई कर्म अनुरुप आलम्बन बनाएर एकाग्रतामा स्थिर रहेर विधिको चरम बिन्दुमा सम्याक दृस्ठिले चित्त खाली अर्थात निर्मल, शुद्धीकरण गर्नु भएमा हाम्रा विकारहरु पिडा हरु स्वस्फूर्त हटेर जान्छ । चित्तले नै कुशल कर्म र अकुशल कर्म निधारण गर्दछ । यसरी भन्दा पनि हुन्छ । चित्त नुसार कर्म बन्छ र कर्म नुसार चित्त बन्छ ,कर्म अनुरुप " म " हुँ भन्ने जीवको चिनारी गराउदछ । ती नै कर्म नुसारको भोग भोग्नु पर्छ । चित्तमा तृष्णा कामनाले भरिए क्लेश बन्दछ भने चित्तलाई खालि शुद्ध निर्मल राख्न सकेमा क्लेश हटदै जान्छ । चित्तलाई सफाइ गर्न भौतिक बिज्ञानले सक्दैन ध्यान भावनाले मात्र सक्दछ । हाम्रो चित्त भौतिक आवरणमा क्षणिक मात्र पनि खाली हुदैनन् जति आसक्ति, कामना , तृष्णाले चित्त भरिन्छ त्यति नै रिस क्रोध घमण्ड लोभ मोह अहंकार दुख कष्ट भय आदि हामीमा प्रवेश गर्दछ । क्षणिक मात्र शुद्ध निर्मल चित्तलाई सम्याक दृस्ठिले हेर्न सकियो भने अनेकौं देवलोक ,ब्रम्हलोक निर्वाणको भ्रमन गरेको अनुभव हुनेछ । चित्त लाई खराब दुर्षित बनायौ भने अहिले यहि जन्ममा हाम्रो जीवन दुखमय नरकको भोग भोग्नु पर्छ । त्यसैले मेरो अनुभवले चित्त नै आत्मा परमात्मा हो भन्ने बुझाइ हो । चित्त शुद्धीकरण र अशुद्ध चित्तको कारण जीवले अनन्त काल सम्मको भोग भोग्नु पर्दछ ।
तार्किक निष्कर्ष संजोग मात्र हुने छ !
जानकार विद्वानहरुले सहि प्रमाण दिन सक्नु हुने छ 🙏
नमोतस्स भगवतो अरहतो सम्मासम्बुद्धस्स 🛐
साधु, साधु ,साधु 🌺
15/07/2024
06/07/2024
"म" को अहंकार सरदर आयु सय वर्ष होला ?
चित्तको आयु अनादी कल्प कल्प सम्म छ ।
चित्तलाई क्षणिक मात्र खाली राख्न जानियो भने क्लेश घटने र पूर्व जन्म र यही जन्मको पुन्यकर्म प्राप्त हुन्छ । जब "म " को अहंकारले चित्तलाई आसक्ति, मोह , ईष्र्या , तृष्णा आदि इत्यादीको कामनाले भर्यौं भने क्लेश थपिने र यहि जन्ममा दुख, कष्ट , डर भय , क्रोध , रिस, तनाव आदि इत्यादीको भोग भोगी रहनु पर्दछ ।
योगीहरु जानकार गुरुसँग मौन बस्नु अपरिहार्य छ !
नमोतस्स भगवतो अरहतो सम्मासम्बुद्धस्स !
11/06/2024
ज्ञाता वा आत्मा !
भन्ते नागसेन ~ चक्षु र रुप हुनाले चक्षुबिज्ञान उत्पन्न हुन्छ र त्यो उत्पन्न हुनासाथ स्पर्श , वेदना , संज्ञा ,चेतना , एकाग्रता जीवितइन्द्रिय र मनसिकार उत्पन्न हुन्छ । यसरी धर्म प्रत्ययको कारणले नै उत्पन्न हुन्छ । यहाँ कुनै वेदगु( जीवात्मा ) छैन । श्रचेत र शब्द हुनाले मन र धर्मको कारण मनोविज्ञान उत्पन्न हुन्छ ।
मिलिन्द -प्रश्नबाट साभार ।
04/06/2024
पृथ्वी धातु र वायु धातु हावी भयो भने समाधीमा शरीर स्थिर भएर भाव वेदनाहरु उत्पन्न नष्ट भइरहन छ । होसमा रहेर उत्पन्न नष्ट वेदनाको सत्यलाई बुझ्न र जान्न सकियो भने जन्मजन्मका क्लेशहरु क्षय हुँदै दुख भय रिस क्रोध घमण्ड अभिमान तृष्णा आदि नष्ट हुदै मृत्युलाई जितेर नरक लोक भन्दा माथी जाने रहेछ । तर यहि अवस्थामा बेहोसीमा गयो भने चित्तको चैतसीक आहारहरुले सदचित आनन्द र दिब्य अनुभवहरु ( प्रक्षेपण ,मिथ्या दृस्ठि )प्रकट्यकरण गरिदिने छ । ध्यानीहरु यहाँ अलमलिएर अभिमान बढेर दुख भयको नरक लोकमा फसने सम्भावना बढेर जानेछ ।
अग्नि धातु र जल धातुको समायोजनले शरीरमा अग्निको प्रभाव बढेर आउछ । सबै भन्दा कठिन यात्रा । भौतिक शरीर जलेर भस्म हुन्छ । अग्नि धातुले शारीरिक मानसिक अवस्थालाई रुग्ण पारिदिन छ । शिष्यलाई ज्ञानका चक्षुले हेर्न ,बुझ्न सक्ने वैदिक ज्ञानी र विद्याले पुर्णाता पाएको सद गुरु चाहिन्छ । अग्नि धातुले शरीरमा रहेको अकुशल कर्मलाई नष्ट पारिदिन्छ र जल धातुको प्रभावले जलनमा अमृत शेचन गरि दिने छ । भौतिक शरीरले पुराना संस्कार भत्काएर नयाँ संस्कारको संरचना बनाउदै जानेछ र कुशल कर्म हावी हुँदै जानेछ ।
समथ विपश्यना महासत्तिपठान ।
तार्किक निष्कर्ष संजोग मात्र हुने छ !
नमो तस्स भगवतो अरहतो सम्मासम्बुद्धस्स !
14/05/2024
दक्ष गुरु, आचार्य, प्रशिक्षकको समक्ष, निगरानीमा श्वासप्रश्वासको निरन्तरता र पद्य्म आसनमा स्थिर रहेर दुवै गोडाको ( खुट्टाको ) असह्य ,पीडा ,वेदनाको अकाट्य अनित्य स्वभावले जीवनको आयमहरु जस्तै डर भय, दुख , क्रोध , रिस , घमण्ड, घृणा , आलोचना आसक्ति ,तृष्णा आदि क्षय हुँदै जाने रहेछ ।
लामो गहिरो ध्यान साधनाले शरीरलाई तपाउदै पञ्च तत्व मध्य चार तत्व पृथ्वी ,अग्नि ,वायु र जल तत्वको प्रभाव शरीरले अनुभव गर्न शुरूवात गर्छ । शरीरलाई रुग्ण अवस्थामा पुर्याउछ र मानव देहलाई थेग्न गाह्रो पर्छ । जानकार भिक्षु भन्नू हुन्छ यो मृत्युको पीडा बराबर हुने हो । साधकहरुले यहि अवस्थाको लागि वीर्य संचित गर्नु पर्दछ ।अनेकौं चमत्कारमा उर्जा शक्ति प्रयोग गर्नु हुँदैन ।
तेजावले सुनलाई शुद्ध कञ्चन बनाए झै ध्यान साधनाले शारीरिक मानसिक दुख कष्टबाट अकाट्य नित्य आनन्द ,प्रज्ञा र मोक्षको पथ मार्ग खोलिदिन छ ।
समथ बिपश्यनाको अनुभवबाट ।
Chandra Bodhi Bhikkhu
बन्दना🌺
Click here to claim your Sponsored Listing.
Location
Category
Telephone
Website
Address
44600