18/05/2026
Breaking: Nepal wins the match with Scotland in ongoing CWC League 2. ❤️🇳🇵
Thanks for visiting my page. Join us on our journey travel voice...I hope you enjoy with us.
18/05/2026
Breaking: Nepal wins the match with Scotland in ongoing CWC League 2. ❤️🇳🇵
18/05/2026
Sandeep Lamichhane — ओडिआई क्रिकेटमा सबैभन्दा कम खेलमै १५० विकेट पूरा गर्दै विश्व कीर्तिमान बनाउने नाम । 🇳🇵🏏
18/05/2026
नेपालसामु विश्वकप लिग–२ मा पाँचौं स्थानमा उक्लिने सुनौलो अवसर 🇳🇵🔥
यदि नेपालले स्कटल्याण्डलाई पराजित गर्न सके, लिग–२ तालिकामा दुई स्थान सुधार गर्दै पाँचौं स्थानमा पुग्ने सम्भावना रहनेछ। हाल नेपाल २० अंकसहित सातौं स्थानमा रहेको छ।
जित हात पार्न सके नेपालको पनि नामिबियासरह २२ अंक हुनेछ, तर नेट रनरेटमा अगाडि रहँदै नेपाल पाँचौं स्थानमा उक्लिन सक्छ। 💪
महत्वपूर्ण खेल, ठूलो अवसर! ❤️
16/05/2026
What a moment for Nepal cricket! 🇳🇵
Kushal Bhurtel has lit it up with a century!
and Nepal wins the match with USA by 9 wickets in ongoing CWC League 2. ❤️🇳🇵
12/05/2026
🔥 SANDEEP LAMICHHANE😯
१० ओभर। ४१ रन। ४ विकेट। ३५ डट बल।
Nepal vs Scotland
11/05/2026
ECB ले 2027–31 को cycle मा short T20I series खेल्ने prospect explore गर्दैछ। 🏏🇳🇵
Nepal cricket को लागि यो एउटा historic moment हुन सक्छ। England आउने हो भने — stadiums, sponsorship, media coverage, सबै कुरा नयाँ level मा पुग्नेछ! 🙌
तपाईंलाई के लाग्छ ?
06/05/2026
पहिलाकै परिस्थिति भयो त | १२ खेलमा ११ खेल जितेर स्पष्ट २२ अंक जोडेर ४० अंक पुर्याएर शिर्ष तीन भित्र अटेको थियो| यसपाली नि त्यही अवस्थामा पुगियो | तर पहिला १२ खेलमा ८ खेल घरेलु मैदानमा थियो भने अब हामी सँग अहिले मात्र ४ खेल घरेलु मैदानमा छ ८ खेल ओमान 🇴🇲 र नेदरल्यान्ड्स 🇳🇱 मा छ |अमेरिका 🇺🇸 र स्कटल्यान्ड 🏴 त धेरै अघी बढी सके | अब नेपाल 🇳🇵 ले आफ्नो बाँकी रहेको खेलमा सकरात्मक नतिजा निकाल्दै जानु पर्यो अनि ओमान 🇴🇲 , नेदरल्यान्ड्स 🇳🇱 , क्यानडा 🇨🇦 र नामिबिया 🇳🇦 जती धेरै खेल हार्यो नेपाल 🇳🇵 लाई त्यती नै फाइदा हुनेछ |
🏏
01/05/2026
अन्तिम २ बलमा ७ रन आवस्यक हुँदा उनले २ बलमा डट फाल्दै नेपाललाई जित चुमाए। कस्तो लाग्यो नन्दनको प्रदर्शन ?
Was it happiness or heartbreak for you today?
Breaking 👇👇
गृहमन्त्री सुधन गुरुङले दिए स्पष्टीकरण👇👇
👇👇
मेरो नाम जोडिएको विषयबारे स्पष्टीकरण:
पछिल्ला दिनमा मेरो नाम जोडेर विभिन्न चर्चा भइरहेका छन्। विषय अलि जटिल ढंगले प्रस्तुत भएकाले म यसलाई सरल भाषामा स्पष्ट पार्न चाहन्छु। स्पष्ट कुरा, हल्ला धेरै छन्, तर तथ्य के हो भन्ने बुझ्न जरुरी छ।
“२५ लाखको सेयर लुकाइएको” भनिएको छ। वास्तविकता के हो भने सबै सेयर एउटै प्रकृतिका हुँदैनन्। मैले धितोपत्र बजारमा कारोबार हुने सेयरहरू भनेर २ करोडभन्दा बढी लगानी सम्पत्ति विवरणमै स्पष्ट उल्लेख गरेको छु, जुन जोकोहीले मन्त्रिपरिषद्को वेबसाइटमा हेर्न सक्नुहुन्छ। स्टार माइक्रो इन्स्योरेन्स र लिबर्टी माइक्रोमा भएको लगानी पनि यही समूहभित्र समेटिएको हो। यो लुकाउने होइन, वर्गीकरणको विषय हो।
सीधा कुरा, लुकाउने मान्छेले खुला रूपमा २ करोडभन्दा बढी सम्पत्ति देखाउँदैन।
“मन्त्री हुनुअघि सेयर किनियो“ भनिएको छ। यो देशमा सेयरमा लगानी गर्नु कहिलेदेखि अपराध भयो? सम्पूर्ण कारोबार बैँकिङ च्यानलमार्फत भएको छ।
बैंकबाट गएको पैसाको सबै हिसाब हुन्छ। कहिले गयो, कहाँ गयो, कसलाई गयो सबै देखिन्छ। यस्तो हिसाब हुने पैसा कसरी लुकाउने ? कहाँ लुकाउने ?
अब स्रोतको कुरा, मैले लगानी गरेको रकम ऋण (कर्जा) मार्फत जुटाइएको हो, र त्यसको लिखित तमसुक मिति २०८०/०५/२९ को हो,जुन रेकर्डमा नै छ।
उक्त तमसुकअनुसार ऋण लिइएको रकम बैंकिङ च्यानलमार्फत आएको छ र सोही रकम लगानीमा प्रयोग गरिएको हो।
अर्थात्, पैसा कहाँबाट आयो भन्ने कुरा अनुमानको होइन, कागज र बैंक रेकर्डले प्रमाणित गर्ने विषय हो।
“विवादित व्यक्तिसँग साझेदारी” भनिएको छ। एउटै कम्पनीमा सयौँ–हजारौँ सेयरहोल्डर हुन्छन्। सेयर किन्नु भनेको सबैसँग साझेदारी गर्नु होइन। यदि त्यसैलाई आधार मान्ने हो भने त्यही कम्पनीमा लगानी गर्ने सबैलाई एउटै रूपमा दोषी ठहर गर्नुपर्ने हुन्छ, जुन न्यायोचित होइन। त्यही कम्पनीमा मिडिया हाउसदेखि बैंकसम्मका लगानी छन्। के ती सबै साझेदार वा दोषी हुन् त?
प्रश्न सरल छ, सेयरहोल्डर हुनु अपराध हो, कि चयन गरेर आरोप लगाउनु?
“Conflict of interest” को आरोप पनि उठाइएको छ। तर यस विषयमा छानबिन गर्ने निकाय गृह मन्त्रालय होइन, अर्थ मन्त्रालय अन्तर्गत रहेको सम्पत्ति शुद्धिकरण विभाग हो, र सोही निकायले प्रक्रिया अनुसार विषय हेरिरहेको छ।
यदि मैले कुनै हस्तक्षेप गरेको भए यस्तो छानबिन प्रक्रिया नै अघि बढ्ने थिएन।
यसको अर्थ स्पष्ट छ, प्रक्रिया चलिरहेको छ, प्रभाव होइन।
“पृष्ठभूमि नजाँची लगानी” भन्ने कुरा पनि उठाइएको छ। व्यापारिक लगानीमा भविष्यका सबै अवस्था पहिल्यै थाहा हुँदैन। हरेक लगानीमा जोखिम हुन्छ।
पछि भएको घटनालाई अघि गरेको निर्णयको दोष बनाउनु, यो तथ्य होइन, सुविधा अनुसारको व्याख्या हो।
“प्रतिक्रिया नदिनु” लाई पनि प्रश्न बनाइएको छ। कानुनी रूपमा संवेदनशील विषयमा हतारमा प्रतिक्रिया दिनु उपयुक्त हुँदैन।
हल्ला छिटो फैलिन्छ, तर सत्य प्रमाणसहित मात्र आउँछ।
“पार्टीको नारा र व्यवहार फरक भयो” भन्ने टिप्पणी पनि गरिएको छ। व्यक्तिगत लगानीलाई बिचौलियासँगको मिलेमतोको रूपमा व्याख्या गर्नु उचित होइन। लगानी गर्नु र बिचौलियापन गर्नु फरक कुरा हुन्, यसलाई मिसाएर राजनीति गर्न सजिलो छ, तर सत्य त्यति सरल हुँदैन।
अन्त्यमा, म यति मात्र भन्न चाहन्छु, आरोप र सत्य एउटै कुरा होइनन्।
निर्णय भावनाले होइन, प्रमाणका आधारमा हुनुपर्छ।
तथापि, म यस विषयमा पार्टीले गर्ने हरेक निर्णयको पूर्ण रूपमा पालना गर्नेछु र अनुसन्धानमा आवश्यक सहयोग गर्न तयार छु।
सहीदहरूको बलिदान र जेनजी आन्दोलनको मर्म हामीलाई जिम्मेवार बनाउँछ, हल्लामा होइन, प्रमाणमा उभिन।
धन्यवाद।
हात्ती छाप चप्पल लगाएर राजनिती गरेर करोडौको महल बनाउने भन्दा त पहिल्यै सम्पन्न भएर राजनिती गर्नु राम्रो होला
Congratulations team Nepal .
Nepal qualifies for t20 world cup 2024