Travel Voice

Travel Voice Thanks for visiting my page. Join us on our journey travel voice...I hope you enjoy with us.

02/06/2026

The last time Nepal faced Bangladesh in the SAFF Women’s Championship, it ended in another heartbreaking defeat for the Chelis.

In the 2024 final, Bangladesh secured a 2-1 victory to successfully defend their title and hand Nepal a second consecutive final defeat against the same opponent.

⚽ Monika Chakma 52'
⚽ Amisha Karki 56'
⚽ Ritu Porna Chakma 81'

Amisha Karki's equaliser briefly brought Nepal back into the contest, but Ritu Porna Chakma's late winner ultimately proved decisive.

Now, Nepal have a chance to face Bangladesh once again—this time in the SAFF Women’s Championship 2026 semi-final.

Will the Chelis finally get their revenge, or will Bangladesh once again stand in their way?

📅 Semi-final
🇳🇵 Nepal vs Bangladesh 🇧🇩
⏰ 3 June | 4:15 PM NST

Image Courtesy - Suman Nepali

City Sports Network

नेपालले एसियन गेम्स पुरुष छनोट प्रतियोगितामा चीनलाई पराजित गर्दै सुखद सुरुवात गरेको छ। सिंगापुरमा जारी प्रतियोगितामा नेप...
31/05/2026

नेपालले एसियन गेम्स पुरुष छनोट प्रतियोगितामा चीनलाई पराजित गर्दै सुखद सुरुवात गरेको छ। सिंगापुरमा जारी प्रतियोगितामा नेपालले अब आफ्नो अर्को खेल जुन ४ तारिखमा मलेसिया विरुद्ध खेल्नेछ।

नेपालको समूहमा चीन र मलेसिया मात्र रहेकाले समूहका शीर्ष २ टोली सेमिफाइनल पुग्नेछन् र सेमिफाइनल पुग्ने बित्तिकै एसियन गेम्सका लागिसमेत छनोट हुनेछन्। चीन विरुद्धको यो जितसँगै नेपालको छनोट यात्रा बलियो बनेको छ।

नेपाल ‘ए’ टोली आजदेखि सुरु हुने प्रतिष्ठित ४२औँ All India  उत्तराखण्ड गोल्ड कपमा राष्ट्रको प्रतिनिधित्व गर्न पूर्ण रूपमा...
30/05/2026

नेपाल ‘ए’ टोली आजदेखि सुरु हुने प्रतिष्ठित ४२औँ All India उत्तराखण्ड गोल्ड कपमा राष्ट्रको प्रतिनिधित्व गर्न पूर्ण रूपमा तयार छ! 🇳🇵🏏
हाम्रा खेलाडीहरू समूह ‘डी’ मा रहेका छन्, जहाँ उनीहरूले केरला, गोवा र ओडिशासँग प्रतिस्पर्धा गर्नेछन्। ४ समूहमा विभाजित १६ उत्कृष्ट रणजीस्तरका टोलीहरू सहभागी रहेको यस प्रतियोगितामा समूहका शीर्ष २ टोली मात्र क्वार्टरफाइनलमा पुग्ने भएकाले प्रतिस्पर्धा निकै रोमाञ्चक र चुनौतीपूर्ण रहनेछ।
नेपाली क्रिकेट टोलीको सफलताको लागि आफ्नो शुभकामना र समर्थन पठाऔँ! 🙏❤️🇳🇵
नेपाल टोलीलाई हार्दिक शुभकामना! 💙🏏🇳🇵
Live : Sports Oodles YouTube Channel

27/05/2026

दक्षिण एसियाकै ठूलो तथा उच्च गुणस्तरको म्याग्नेसाइट उद्योगमध्ये एक मानिएको नेपाल ओरियन्ट म्याग्नेसाइट उद्योग विगत २७ वर्षदेखि बन्द अवस्थामा छ। कुनै समय दुई हजारभन्दा बढी नेपालीलाई प्रत्यक्ष रोजगारी दिएको सिन्धुपाल्चोकको बलेफीस्थित यो उद्योग अहिले भग्नावशेषमा परिणत भएको छ। अर्बौं मूल्य बराबरको खनिज जमिनमुनि थन्किएको छ भने करोडौं मूल्यका मेसिन तथा संरचनाहरू जिर्ण बन्दै गएका छन्।

२०३५ साल चैत २४ गते सिन्धुपाल्चोकको बलेफी गाउँपालिका–८, लामोसाँघुमा स्थापना भएको उद्योगको खानी क्षेत्र भने दोलखाको भीमेश्वर नगरपालिका–९, खरीढुंगामा फैलिएको छ। तत्कालीन पञ्चायत सरकारले लामोसाँघुमा ३ सय ६६ रोपनी जग्गामा उद्योग तथा प्रशोधन संरचना निर्माण गरेको थियो भने खरीढुंगामा करिब ५ हजार २ सय रोपनी क्षेत्र समेटेर विशाल खानी सञ्चालनमा ल्याइएको थियो।

नेपालमा पाइने म्याग्नेसाइट अत्यन्त उच्च गुणस्तरको ‘क’ श्रेणीको मानिन्थ्यो। उद्योगसम्बन्धी जानकारहरूका अनुसार भारतमा पाइने म्याग्नेसाइट तुलनात्मक रूपमा कम गुणस्तरको भएकाले नेपाली उत्पादनले अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा बढाउन सक्ने अवस्था थियो। यही कारण विभिन्न कालखण्डमा विदेशी स्वार्थ, राजनीतिक अस्थिरता र आन्तरिक चलखेलका कारण उद्योगलाई योजनाबद्ध रूपमा कमजोर बनाइएको दाबी गरिन्छ।

उद्योग सञ्चालनमा भारतको उडिसा इन्डस्ट्रिजको १२.५ प्रतिशत मात्र सेयर थियो। पूर्ण नियन्त्रण नपाएको कारण भारत असन्तुष्ट बनेको र त्यसपछि उद्योगमाथि अप्रत्यक्ष दबाब बढेको दाबी उद्योगसँग सम्बन्धित केही जानकारहरूले गर्दै आएका छन्। अन्ततः २०५५ सालमा उद्योग पूर्ण रूपमा बन्द भयो।

त्यसपछि पनि उद्योग पुनः सञ्चालन गर्न सकिने अवस्था रहेको दाबी गरिन्छ। तर, द्वन्द्वकालमा माओबादी द्वारा उद्योग परिसरमा बम तथा ग्रिनेड विस्फोट गराउँदा बहुमूल्य मेसिन र उपकरणहरूमा ठूलो क्षति पुगी उद्योग ध्वस्त भएको स्थानीयहरू बताउँछन्। त्यसपछि उद्योग झन् जीर्ण बन्दै गयो। विभिन्न सरकार गठन भए, अध्ययन समिति बने, प्रतिवेदन तयार भए, तर उद्योग पुनः सञ्चालनतर्फ कुनै ठोस प्रगति हुन सकेन।

अहिले उद्योग परिसरमा केही सुरक्षा गार्ड र सीमित कर्मचारीबाहेक कुनै गतिविधि छैन। तर, म्याग्नेसाइट साधारण खनिज होइन। यसबाट रासायनिक मल, सिमेन्ट, औद्योगिक रसायन, औषधि, स्टिल उद्योग तथा उच्च ताप सहने औद्योगिक सामग्री उत्पादन गर्न सकिन्छ। विश्व बजारमा यसको माग अझै उच्च रहेको विज्ञहरू बताउँछन्।

उद्योग पुनः सञ्चालन गर्न सकिए हजारौं युवाले रोजगारी पाउने, नेपालले विदेशी मुद्रा आर्जन गर्ने र औद्योगिकीकरणको नयाँ सम्भावना खुल्ने अपेक्षा गरिएको छ। पछिल्लो समय उद्योग पुनः सञ्चालनको सम्भावनाबारे सरकारी स्तरमा अध्ययन भइरहेको चर्चा पनि सुरु भएको छ।

विज्ञान, प्रविधि तथा नवप्रवर्तनको क्षेत्रमा भइरहेको बहससँगै उद्योगलाई आधुनिक प्रविधिमा आधारित बनाएर पुनर्जीवित गर्नुपर्ने आवाज उठ्न थालेको छ। उद्योग पुनः सञ्चालनका लागि स्पष्ट नीति, दीर्घकालीन योजना र राष्ट्रिय प्रतिबद्धता आवश्यक रहेको सरोकारवालाहरूको भनाइ छ।

नेपालसँग पर्याप्त स्रोत, खानी र सम्भावना छ। आवश्यकता भनेको आफ्नै प्राकृतिक सम्पदामाथि विश्वास गर्दै त्यसलाई राष्ट्रिय समृद्धिसँग जोड्ने दृढ इच्छाशक्ति हो। 🇳🇵

नेपालसामु  विश्वकप लिग–२ मा पाँचौं स्थानमा उक्लिने सुनौलो अवसर 🇳🇵🔥यदि नेपालले स्कटल्याण्डलाई पराजित गर्न सके, लिग–२ तालि...
18/05/2026

नेपालसामु विश्वकप लिग–२ मा पाँचौं स्थानमा उक्लिने सुनौलो अवसर 🇳🇵🔥

यदि नेपालले स्कटल्याण्डलाई पराजित गर्न सके, लिग–२ तालिकामा दुई स्थान सुधार गर्दै पाँचौं स्थानमा पुग्ने सम्भावना रहनेछ। हाल नेपाल २० अंकसहित सातौं स्थानमा रहेको छ।

जित हात पार्न सके नेपालको पनि नामिबियासरह २२ अंक हुनेछ, तर नेट रनरेटमा अगाडि रहँदै नेपाल पाँचौं स्थानमा उक्लिन सक्छ। 💪

महत्वपूर्ण खेल, ठूलो अवसर! ❤️


What a moment for Nepal cricket! 🇳🇵Kushal Bhurtel has lit it up with a century!and Nepal wins the match with USA by 9 wi...
16/05/2026

What a moment for Nepal cricket! 🇳🇵
Kushal Bhurtel has lit it up with a century!
and Nepal wins the match with USA by 9 wickets in ongoing CWC League 2. ❤️🇳🇵

🔥 SANDEEP LAMICHHANE😯१० ओभर। ४१ रन। ४ विकेट। ३५ डट बल।Nepal vs Scotland
12/05/2026

🔥 SANDEEP LAMICHHANE😯
१० ओभर। ४१ रन। ४ विकेट। ३५ डट बल।

Nepal vs Scotland

ECB ले 2027–31 को cycle मा short T20I series खेल्ने prospect explore गर्दैछ। 🏏🇳🇵Nepal cricket को लागि यो एउटा historic m...
11/05/2026

ECB ले 2027–31 को cycle मा short T20I series खेल्ने prospect explore गर्दैछ। 🏏🇳🇵
Nepal cricket को लागि यो एउटा historic moment हुन सक्छ। England आउने हो भने — stadiums, sponsorship, media coverage, सबै कुरा नयाँ level मा पुग्नेछ! 🙌

तपाईंलाई के लाग्छ ?

03/11/2023

Congratulations team Nepal .
Nepal qualifies for t20 world cup 2024

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when Travel Voice posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The School

Send a message to Travel Voice:

Shortcuts

Share