24/07/2020
नेति
Naturopathic Treatment is not only Treatment,it is ART of living style
24/07/2020
नेति
24/07/2020
23/03/2017
मधुमेहबाट जोगाउने ६ योगासन
मधुमेह रगतमा चिनीको मात्रा बढी हुने रोग हो । इन्सुलिन नामक हर्मोनको उत्पादनमा कमी आउँदा वा इन्सुलिनले काम गर्न नसक्दा मधुमेह हुन्छ । इन्सुलिनले रगतको ग्लुकोजलाई शक्तिका रूपमा प्रयोग गर्न सहयोग गर्दछ । साथै बढी भएको ग्लुकोजलाई ग्लाइकोजनमा परिणत गरी सञ्चय गर्छ । तर, इन्सुलिनको कमी भएपछि शरीरले ग्लुकोजलाई प्रयोग गर्न र ग्लाइकोजनको रूपमा सञ्चय गर्न सक्दैन र रगतमा ग्लुकोजको मात्रा अनावश्यक बढ्न जान्छ । बिहान खाली पेटमा रगत जाँच्दा चिनीको मात्रा १२६ मिलिग्रामभन्दा बढी देखियो भने ब्लड सुगर बढेको मानिन्छ । यदि १०० देखि १२६ मिलिग्रामको बीचमा देखियो भने मधुमेह रोग लाग्ने सम्भावना भएकोे मानिन्छ । त्यस्तै खाना खाएपछि सुगर दुई सय मिलिग्रामभन्दा बढी देखिएमा पनि ब्लड सुगर बढेको मानिन्छ भने १४० देखि १९९ सम्म भएमा मधुमेहको जोखिम मानिन्छ । रगतमा ग्लुकोजको मात्रा १८० मिलिग्रामभन्दा बढी पुगेको अवस्थामा मात्र पिसाब जाँचेर मधुमेह पत्ता लगाउन सकिन्छ । एउटा स्वस्थ व्यक्तिको रगतमा ग्लुकोजको मात्रा नियन्त्रित हुन्छ । ८–१० घण्टा मानिस भोकै रहँदा पनि रगतमा ग्लुकोजको मात्रा ७०–१०० मिलिग्रामको बीचमा रहन्छ भने खाना खाएको २ घण्टामा जाँच्दा यो मात्रा करिब १४० मिलिग्रामसम्म पुग्न सक्छ ।
मधुमेहलाई चार किमिसमका वर्गीकरण गर्न सकिन्छ – टाइप वान, टाइप टु, जेस्टेस्नल र सेकेन्डरी । मधुमेहको उपचारका लागि मानिसहरु विभिन्न अस्पताल धाउने गर्छन् । अस्वस्थ जीवनशैली, व्यायामको कमी, धुम्रपान, मोटोपन, वंशाणु लगायतका कारणले मधुमेह हुने गर्दछ । मधुमेह भएका बिरामीले व्यायाम र खानपिनमा ध्यान दिने हो भने धेरै हदसम्म जोगिन सकिन्छ ।
मधुमेह भएका बिरामीले योगा गर्ने हो भने पनि यो समस्याबाट छुटकारा पाउन सकिन्छ । मधुमेहबाट जोगिने ६ योगासन यसप्रकार छन् । यी योगासनलाई दैनिक रुपमा गर्ने हो भने धेरै मानिसहरु मधुमेहबाट बच्न सक्छन् ।
१. सशांक आसन
आफ्नो अनुकुलता अनुसार यो आसनमा तीन मिनेटसम्म बस्नु पर्दछ । दैनिक यो आसनलाई ३ देखी ५ पटकसम्म गर्न सकेमा राम्रो हुन्छ । यो आसनमा बस्दा शुरुमा घुँडा टेकेर बज्रासनमा बस्दै दुवैहातलाई माथि राख्ने । हात माथि लग्दा लामो सास लिने । त्यसपछि विस्तारै हातलाई तल लैजाने । हात तल गरेर जमिनतिर झुक्दा सास विस्तारै छाड्दै झुक्ने । केही बेर रोकिँदै पुन माथि उठ्ने । यो आसनलाई तीन देखी ५ पटकसम्म गर्न सकिन्छ ।
सावधान : ढाड तथा कम्मरको हड्डीमा समस्या भएका, चक्कर आउने र उच्च रक्तचापका बिरामीले यो आसन गर्नु हुँदैन ।
२. योग मुद्रा आसन
सुरुमा पद्यमासनमा बस्ने । त्यसपछि हातलाई विस्तारै पछाडी ढाडमा लगेर राख्ने । विस्तारै तलतिर झुक्दै जाने । निधारले जमिनमा छुने प्रयास गर्ने । माथितिर जाने बेलामा लामो सास लिने र तल झुक्ने क्रममा विस्तारै सास छोड्दै जानु पर्छ । चित्रमा देखाएको जस्तै आसनमा २ मिनेटसम्म बस्ने । यो असानलाई आफ्नो अनुकुलता अनुसार दोहोराएर गर्न सकिन्छ ।
सावधान : मुटु, आँखा र ढाडको समस्या भएका बिरामी तथा गर्भवती महिलाले यो आसन गर्नु हुँदैन ।
३. अर्धमत्सेन्द्र आसन
खुट्टा र हातलाई चित्रमा देखाएजस्तै गरि राख्ने । यो आसनमा करिब दुई मिनेटसम्म बस्न सकिन्छ । यो पनि आफ्नो अनुकुलता अनुसार ३ देखी ५ पटकसम्म दोहोर्याएर गर्न सकिन्छ ।
सावधान : गर्भवती, पेप्टिक अल्सर, हर्निया र हाइपो थाइराइडको समस्या भएकाले यो आसन गर्नु हुँदैन ।
४. पश्चिमोत्तन आसन
खुट्टालाई सिधा पारेर राख्ने । हातले खुट्टाको औँला समाउने र विस्तारै टाउकोले घुँडा छुने । केही सेकेन्ड घुँडामा टाउकोले छोएपछि पुन टाउकोलाई विस्तारै माथितिर लैजाने । टाउको माथि लैजाने क्रममा सासलाई तान्दै लैजाने र तल ल्याउने क्रममा सास छाड्दै जानुपर्छ । यो आसनलाई पाँच पटकसम्म दोहोर्याउन सकिन्छ ।
सावधान : ढाडको समस्या भएका र गर्भवतीले यो आसन गर्नु हुँदैन ।
५. भुजंग आसन
भुइँमा घोप्टो परेर सुत्ने र विस्तारै टाउकोलाई चित्रमा देखाएझैँ उठाउँदै माथितिर लैजाने । चित्रमा देखाएकै पोजमा बढीभन्दा बढी समय बस्ने प्रयास गर्ने ।
सावधान : पेप्टिक अल्सर, हर्निया र हाइपो थाइराडको समस्या भएकाले यो आसन गर्नु हुँदैन ।
६. शलभासन
भुइँमा घोप्टो परेर सुत्ने ।दुबै खुट्टा लाई जोड्नु होस। अब हात मुट्ठी कसेर तिघ्रा मुनि लागेर राख्नुहोस्। विस्तारै खुट्टालाई चित्रमा देखाएझैँ उठाउँदै माथितिर लैजाने . अब जतीबेर सम्म सक्नु हुन्छ आसान लाई रोकेर राख्नुस। तीन पटकसम्म यो आसनलाई दोहोर्याउने ।
सावधान : मुटुका बिरामी, उच्च रक्तचाप र इपिलेप्सिका बिरामीले यो आसन गर्नु हुदैन ।
-स्वास्थ्य खबरपत्रिका
प्रकाशित मिति:२०७२ जेठ १९ गते
यसरी बच्न सकिन्छ चिनीरोगबाट
60 मिनेटजति योग, प्राणायाम गर्ने वा 30 मिनेटभन्दा बढी दौडने गर्नुहोस् । सात्विक वा सन्तुलित आहार जस्तै– मुगको दाल, जौको पीठो, अमला, दूध सेवन गर्नुहोस् । अधिक चिनी र नुनिलो परिकारहरू कम गर्नुहोस् । खानामा सलाद हरियो सागसब्जी तथा गहुँ, मकै, कोदो र फापरका परिकार खाने बानी गर्नुहोस् । सागसब्जीमा करेला, रायो, कुरिलो, पालुंगो, कुभिन्डो, परबल र लौका राम्रो मानिन्छ ।
चिनीरोगमा यौन दुर्बलता हुने भएकाले ब्राह्मी, सतावरी, कुरिलो, अमला, केशर, अकरकरा, लसुन, पिपली, जाइफल, अश्वगन्धा, चन्दन, जटामसी, काउसो, गोक्षुर र तुलसी बीज आदि जडीबुटी प्रयोग गर्नुहोस् । नियमित रूपमा जडीबुटीहरूको सेवन गर्नुहोस् । चिनीरोगीहरूले मेथीको रस खाने बानी गर्नुहोस् । तुलसीको बिउलाई पिँधेर तयार गरिएको लेदोलाई १–३ ग्रामसम्म दिनमा दुईपटक सेवन गर्नुहोस् । गुर्जोको लहरा, तेजपात, बेसार आदिको धुलो ३ ग्रामसम्म नियमित रूपमा प्रयोग गर्दा फाइदा हुन्छ ।
कहिलेकाहीँ मनोरञ्जन कार्यमा भाग लिनुहोस् । सधैँ सकारात्मक सोचको विकास गर्नुहोस् । तनाव नलिनुहोस् । तनावका वेला २० देखि ३० मिनेट शारीरिक श्रम गर्नुहोस् । तामसी वस्तु अल्कोहल, चुरोट सेवन नगर्नुहोस् । नियमित शारीरिक जाँच गर्नुहोस् । जसले गर्दा कोलेस्ट्रोल र चिनीको मात्रा थाहा पाउन सकिन्छ ।
14/11/2016
26/08/2016
Jalneti
निरोगी बन्न ३३ सुझाव
खाना खानु पलेंटी कसेर
कुर्सी हैन पिर्कामा बसेर
स्वादआए सम्म खाना चपाएर खानु
हैनभने अस्पतालमा डेरा खोज्न जानु
29/06/2015
कसरी हुन्छ मधुमेह ?
हामीले खाएको खाना आमाशयमा पुगेपछि हाइड्रोक्लोरिक अम्ल र खानलाई छिटै गलाउन सक्ने अन्य थुप्रै रसायन तत्व मिलेर गलाउँछन् । गल्नु भनेको खानाका ठूलाठूला अणुहरू मसिना बन्नु हो । अथवा, gautam udayaग्लुकोज भन्ने एक प्रकारको मसिनो चिनीमा परिणत हुनु हो । यही प्रक्रियालाई साधारण भाषामा हामीले पच्नु भन्छौं ।
खाएको खाना आमाशयमा मसिनो बनेपछि सानो आन्द्रामा जान्छ । सानो आन्द्राको भित्रपट्टि भिली भन्ने मसिना छिद्र र रगत रेसा हुन्छन् । तिनीहरूले नै ग्लुकोज बनेको खानालाई बिस्तारै सोसेर लिन्छन् र त्यो खाना मूल रक्त प्रवाह क्षेत्रमा मिसिन्छ ।
यसरी रगतमा पुगेको ग्लुकोज यदि शरीरलाई तत्काल शक्तिको आवश्यक छ भने तत्काल शक्तिमा परिणत हुन्छ, तत्काललाई चाहिएको छैन भने पछिका लागि सञ्चित भएर बस्छ ।
ग्लुकोज सञ्चित हुँदा मुख्यतः ग्लिकोगेन भनिने ढिक्काजस्तै बनी कलेजोमा र मांसपेसीमा सञ्चित हुन्छ ।
तर, रगतमा प्रवेश गरेको उक्त ग्लुकोज इन्सुलिन भन्ने रसायनबिना तत्कालै शक्तिमा परिणत हुन पनि सक्दैन, अनि सञ्चित हुन पनि सक्दैन ।
हाम्रो शरीरमा आमाशयको तल्लो भागमा सानो आन्द्रा, कलेजो, फियो, पित्तथैली, आदिले घेरिएर रहेको प्यांक्रियाज भन्ने करिब ६ इन्च लामो गाजर जस्तै आकारको एउटा अंग हुन्छ । त्यसमा आइलेट्स ल्यांगर्यान्स् नामक विभिन्न प्रकारका हर्मोन उत्पादन गर्ने क्षेत्र हुन्छ । त्यसैमा अल्फा कोष र बेटा कोषलगायत लाखौँ कोष उत्पादन हुन्छन् ।
यी आइलेट्स पत्ता लगाउने जर्मन वैज्ञानिकको नाम ल्यांगर्यान्स् भएकाले यस्तो नाम रहन गएको हो ।
अल्फा कोषले मुख्यतः ग्लुकोगन नामक हर्मोन उत्पादन गर्छ भने बेटा कोषले इन्सुलिन नामक हर्मोन उत्पादन गर्छ ।
हामीले खाना खाएपछि खानाको प्रकारअनुसार रगतमा चिनीको मात्रा बढ्छ । बढी कार्बोहाइड्रेडयुक्त खाना जस्तै भात, रोटी, आलु आदि खाइयो भने रगतमा चिनीको मात्रा प्रशस्त बढ्छ । अन्य प्रकारका खाना खाँदा ठिकैले बढ्छ ।
मधुमेह हुने एक–एक कारण त अहिलेसम्म पत्ता लागेको छैन । तथापि समग्रमा हामीले खाएको खाना पाचन भई, रगतसँग मिसिएर शरीरका कोषहरूमा पुगी शक्तिमा परिणत हुने प्रक्रिया अन्तर्गत कतै न कतै केही न केही संयन्त्र नमिल्दा वा अस्वाभाविक प्रतिक्रिया हुँदा चिनीरूपी शक्तिवद्र्धक तत्व रगतमै रहनुले मधुमेह हुन जान्छ ।
रगतमा बढेको चिनीको मात्राको अनुपातमा बेटा कोषले प्यांक्रियाजलाई इन्सुलिन उत्पादन गर्ने निर्देशन दिन्छन् । त्यसको ठीकविपरीत हामीले लामो समय खाना नखाएर यदि रगतमा चिनीको मात्रा घट्यो भने अल्फा कोषले प्यांक्रियाजलाई ग्लुकोगन उत्पादन गर्ने निर्देशन गर्छ । ग्लुकोगनले कलेजो आदिमा सञ्चित रहेको शक्ति ग्लिकोगनलाई ग्लुकोजमा बदली रगतमा पठाई चिनीको मात्रा बढाउँछ अथवा परिपूर्ति गर्छ ।
यस प्रकार यी दुई किसिमका कोषको सतर्कतापूर्वकको नियमित काम गराइले स्वस्थ मानिसको रगतमा चिनीको मात्रा सन्तुलन बनेको हुन्छ ।
प्यांक्रियाजले इन्सुलिन र ग्लुकागनको साथै अन्य प्रकारका खाना पचाउनेलगायत रसायन उत्पादन गरी आमाशय र डुडेनममा पठाउने काम पनि गर्छ ।
हाम्रो शरीरका कोषमा एक प्रकारका ढोका हुन्छन् । जब प्यांक्रियाजबाट इन्सुलिन निस्कन्छ, उक्त इन्सुलिन रगतमार्फत गएर हरेक कोषलाई खाना आयो, ढोका खोल भन्छ । अनि, कोषहरूले ढोका खोल्छन् र ग्लुकोज भित्र जान्छ । शरीरलाई तत्काल शक्ति चाहिने भए यसरी भित्र गएको ग्लुकोज कोषहरूले तत्कालै प्रयोग गर्छन्, नत्र पछि प्रयोग गर्नका लागि सञ्चय गर्छन् ।
रगतमा भएको ग्लुकोज कोषहरूमा गइसकेपछि रगतमा ग्लुकोजको मात्रा स्वतः घट्छ । यो घटेको कुरा बेटा कोषहरूले नै तुरुन्त प्यांक्रियाजलाई खबर गर्छन् र यसले पनि इन्सुलिन उत्पादन गर्ने गतिलाई घटाउँछ ।
रगतमा ग्लुकोजको मात्रा हामीले खाने वस्तुको प्रकार, मात्रा र समयको आधारमा उही दिनमा पनि धेरैपटक घटबढ हुन्छ । साधारण अवस्थामा हाम्रो रगतमा प्रतिडेसिलिटर ७० देखि १२० मिलिग्राम ग्लुकोजको मात्रा हुनुपर्छ । त्योभन्दा बढी भए चिनीरोग अर्थात् मधुमेह (डायबेटिज) लाग्दै गरेको वा लागेको मान्नुपर्छ । रगतमा चिनीको मात्रा जतिजति बढी हुन्छ, चिनीरोगको अवस्था पनि त्यति नै जटिल भएको बुझ्नुपर्छ ।
खाना खानेबित्तिकै भने चिनीरोग नै नलागेको व्यक्तिको रगतमा पनि यो मात्रा १८० सम्म पुग्न सक्छ । तर, खाना खाएको २ घन्टाभित्र भने यो मात्रा घटेर १४० मा ओर्लेको हुनुपर्छ ।
जब रगतमा चिनीको मात्रा १८० भन्दा बढी हुन्छ, त्यो बढी हुन आएको चिनीको मात्रा मिर्गौलाले पिसाबमार्फत फालिदिन्छ । खानाबाट प्राप्त हुने चिनीको मात्रा भाँडामा पानी खन्याएझैँ तुरुन्तै जम्मा हुने होइन, बिस्तारै–बिस्तारै घन्टौंमा जम्मा हुने हो ।
त्यसैले जब चिनी बिस्तारै रगतमा प्रवेश गर्छ, रगतमा यसको मात्रा बढ्छ । अनि, मिर्गौलाले पिसाबमार्फत फालिदिन्छ । त्यही भएर चिनीरोग लागेका व्यक्तिहरूलाई छिनछिनमा पिसाब आउँछ ।
चिनी फालिनु भनेको शरीरका कोषहरूको विकास गराउनका लागि हानिकारक ब्याक्टेरिया, भाइरस, रोगसँग लड्न, घाउचोट निको गराउन मुख्य भूमिका खेल्ने प्रोटिन तथा शरीरलाई विभिन्न कार्यका लागि चाहिने अन्य पौष्टिक पदार्थ फालिनु पनि हो । त्यसैले शरीरले यस्ता पदार्थ नपाउँदा चिनीरोग लागेको व्यक्तिलाई बढी भोक लाग्ने, दुब्लाउँदै जाने, थकित महसुस गर्ने, आँखा धमिलो देख्ने, घाउ निको नहुने, छाला फुट्ने, महिलालाई घरीघरी योनि चिलाउने आदि समस्या हुन्छन् ।
त्यसको अतिरिक्त रगतमार्फत पर्याप्त थप खाना प्राप्त नहुँदा कोषहरूले सञ्चित शक्ति खर्च गर्नुपर्छ । यहाँनेर शरीरमा सञ्चित बोसोरूपी शक्ति प्रयोग भएको ठिकै होइन र भन्ने प्रश्न उठ्न सक्छ । तर, शरीरको संयन्त्र त्यसरी चल्दैन । सञ्चित शक्ति धेरै मात्रामा खर्च भयो भने शरीरमा केटोनेस् भन्ने विकार निस्कन्छ । धेरै मात्रामा केटोनेस् निस्कने अवस्थालाई डायबेटिक केटोएसिडोसिस (डिकेए) भनिन्छ, जुन अवस्थामा हाम्रो जीवन नै खतरामा पार्न सक्छ । सामान्यतः प्रथम प्रकारको मधुमेह हुने व्यक्तिलाई यस्तो अवस्था आउन सक्ने सम्भावना हुन्छ ।
मधुमेह हुने एक–एक कारण त अहिलेसम्म पत्ता लागेको छैन । तथापि समग्रमा हामीले खाएको खाना पाचन भई, रगतसँग मिसिएर शरीरका कोषहरूमा पुगी शक्तिमा परिणत हुने प्रक्रिया अन्तर्गत कतै न कतै केही न केही संयन्त्र नमिल्दा वा अस्वाभाविक प्रतिक्रिया हुँदा चिनीरूपी शक्तिवद्र्धक तत्व रगतमै रहनुले मधुमेह हुन जान्छ ।
अहिलेसम्म मधुमेह हुने मुख्यतः तीन कारण पत्ता लागेका छन् । हामीले खाना खाएपछि रगतमा बढ्ने चिनीको मात्राको अनुपातमा प्यांक्रियाजले इन्सुलिन उत्पादन गर्न नसक्दा, इन्सुलिन उत्पादन गर्ने बेटा कोषहरू नै शरीरमा हुने अन्य विविध रासायनिक प्रतिक्रिया हुँदा गल्तीले मारिँदा र यस्तै कुनै अन्जान प्रतिक्रियाले गर्दा शरीरका कोषहरूले नै इन्सुलिनलाई नचिन्दा वा इन्सुलिनप्रति सही प्रतिक्रिया नजनाउँदा मधुमेह हुन्छ ।
मधुमेहका मुख्यतः तीन अवस्था हुन्छन् । शरीरका कोषले इन्सुलिनप्रति पूर्ण प्रतिक्रिया नजनाउनुको कारणले रगतमा चिनीको मात्रा बढ्यो भने त्यसलाई मधुमेहको सुरुआती अवस्था भनिन्छ ।
त्यस्तै, रगतमा प्रवेश गर्ने ग्लुकोजको अनुपातमा प्यांक्रियाजले पर्याप्त इन्सुलिन उत्पादन गर्न नसक्नुका कारण रगतमा चिनीको मात्रा बढ्यो भने त्यसलाई निम्नकोटिको मधुमेह भनिन्छ ।
शरीरमा हुने विभिन्न रसायन संयन्त्र तथा रासायनिक प्रतिक्रिया हुँदा अस्वाभाविक गल्तीका कारण प्यांक्रियाजलाई इन्सुलिन उत्पादन गर्न निर्देशन दिने बेटा कोषहरू नै निमिट्यान्न भएर इन्सुलिन नै उत्पादन नभएर रगतमा चिनीको मात्रा बढेर हुने मधुमेहलाई उच्चकोटिको मधुमेह भनिन्छ ।
गर्भ बोकेको अवस्थामा थुप्रै प्रकारका हर्माेन निस्किने र तिनीहरूका अनगिन्ती रासायनिक प्रतिक्रिया हुने हुनाले यो अवस्थामा कतिपय महिलाको रगतमा चिनीको मात्रा बढ्छ । यस्तो प्रकारको स्थितिलाई जेस्चेसनल मधुमेह भनिन्छ ।
अहिलेकै अवस्थामा भन्दा उच्चकोटिको मधुमेह निको हुने उपाय छैन, इन्सुलिनको सुई नियमित लगाइरहनुपर्छ । निम्नकोटिको मधुमेह भने भोजनमा सुधारको साथै शारीरिक अभ्यास गर्दा क्षणिक रूपमा केही मात्रामा सुधार देखिए पनि कालान्तरमा यो पनि उच्चकोटिको मधुमेहमा नै बदलिन्छ । सुरुआती अवस्थाको मधुमेह र जेस्चेसनल मधुमेह भने नियमित सन्तुलित भोजन र शारीरिक अभ्यासले नियन्त्रण हुन सक्छ । सामान्यतः उच्चकोटिको मधुमेह ४० वर्षभन्दा कम उमेरमा, अझै प्रस्ट्याउनु पर्दा २० वर्षभन्दा पहिले नै हुन्छ । यसलाई वंशाणुगत मधुमेह पनि भनिन्छ ।
मधुमेहको प्रमुख संयन्त्र नै खानाको परिकार, त्यसले गर्दा शरीरमा उत्पन्न हुने रसायन र ती रसायनको अन्य थुप्रै रासायनिक प्रतिक्रियासँग सम्बन्धित हुन्छ । मान्छे मोटाउनु पनि यिनै कुरासँग सम्बन्धित छ । त्यसैले आफ्नो आदर्श तौलभन्दा पाँच किलोसम्म बढी हुँदा बढी तौल नै मधुमेहको कारक बन्ने खासै सम्भावना हुँदैन । तर, त्योभन्दा जति बढी हुन्छ, त्यति नै मधुमेह हुने सम्भावना पनि बढ्दै जान्छ ।
मधुमेहका मुख्यतः तीन अवस्था हुन्छन् । शरीरका कोषले इन्सुलिनप्रति पूर्ण प्रतिक्रिया नजनाउनुको कारणले रगतमा चिनीको मात्रा बढ्यो भने त्यसलाई मधुमेहको सुरुआती अवस्था भनिन्छ ।
त्यस्तै, रगतमा प्रवेश गर्ने ग्लुकोजको अनुपातमा प्यांक्रियाजले पर्याप्त इन्सुलिन उत्पादन गर्न नसक्नुका कारण रगतमा चिनीको मात्रा बढ्यो भने त्यसलाई निम्नकोटिको मधुमेह भनिन्छ ।
उमेर छिप्पिँदै जाँदा सावधानी नअपनाए भुँडीको गोलाई पनि बढ्दै जाने भएकाले यो बेला निम्नकोटिको मधुमेह हुने एकदम बढी सम्भावना हुन्छ । यही कारण मधुमेहका रोगीमध्ये ९० प्रतिशतमा निम्नकोटिको मधुमेह छ भने १० प्रतिशतमा मात्र उच्चकोटिको मधुमेह छ । तर, सबै ठूलो भुँडी भएकालाई मधुमेह हुन्छ अथवा ख्याउटेलाई मधुमेह हुँदै हुँदैन भन्ने अर्थ लागाउनु पनि हुँदैन ।
लन्डनको इम्पेरियल कलेजका अनुसन्धानकर्ताले पत्ता लगाए अनुसार यदि कसैले दिनको एक क्यान मात्रा कोकाकोला खान्छ भने उसलाई निम्नकोटिको मधुमेह हुने सम्भावना २२ प्रतिशतले बढ्छ । यसको अर्थ पनि कोकाकोला खाँदा चिनीरोग लाग्छ नै भन्नु भन्दा अप्राकृतिक गुलियोयुक्त वस्तु सेवनले मधुमेहको संयन्त्रमा एकदम बल पुर्याउँछ भन्नु उपयुक्त ठहर्छ ।
त्यस्तै, हाभर्ड युनिभर्सिटीका अनुसन्धानकर्ताले गर्भवती हुनुभन्दा पहिले जनावरको बोसोयुक्त मासु खाने महिलालाई गर्भवती हुँदा जेसचेसनल मधुमेह हुन सक्ने बढी सम्भावना भएको कुरा पत्ता लगाएका छन् ।
मधुमेहले संसारलाई नै गालेको छ । अमेरिकाको ८.५ प्रतिशत जनसंख्यालाई मधुमेह छ । कतिपय विख्यात डाक्टरहरूले त सबै अमेरिकनले जँचाउने हो भने यो १५ प्रतिशत सम्म उक्लिने अनुमान गरेका छन् । बेलायतको नेसनल हेल्थ सर्भिसअनुसार त्यहाँ पनि करिब ३८ लाख जनसंख्यालाई यो रोग लागेको छ । सन् २०३५ सम्म यो संख्या बढेर ६२ लाख पुग्ने आंकलन छ । एसियामा पनि यसको अवस्था भयावह छ । चिनीरोगले नेपालमा पनि सहरीकरणको सहयोग पाएर धावकको रूप धारण गर्दै छ ।
प्राक्रितिक चिकित्सक ,
उद्दब प्र नेपाल
23/06/2015
यसरी बदल्न सकिन्छ जीवन
मनुष्य जीवन एउटा दोबाटो हो। कुनै पनि क्षण मानिसले नयाँ संकल्प लिई आफ्नो सोच एवं कर्मको माध्यमबाट उत्कृष्टतातिरको यात्रा गर्न सक्छ।
त्यस्तै, आफ्ना गलत सोच र कर्मबाट उसले आफैंलाई निकृष्टतातिर पनि धकेल्न सक्छ। यी दुई मार्गमध्ये कुनचाहिँ रोज्ने हो, यो प्रत्येक व्यक्तिले आफैं निर्णय गर्नुपर्छ।
यसै स्तम्भको अघिल्लो अंकमा प्रकाशित लेख 'मैले रोजेजस्तो मेरो जीवन'मा जीवन जिउने दुई अलग-अलग दृष्टिकोणको विश्लेषण गरिएको थियो- डर-केन्द्रित र प्रेम-केन्द्रित। डर-केन्द्रित व्यक्तिले निकृष्टतातिरको बाटो रोजेको हुन्छ भने प्रेम-केन्द्रित व्यक्तिले उत्कृष्टतातिरको।
त्यो लेख पढ्ने घेरै पाठकहरूले डर-केन्द्रित जीवनलाई रूपान्तरण गरेर प्रेम-केन्द्रित कसरी बनाउने भनेर व्यक्त गरेको जिज्ञासाको उत्तर यो लेखमा दिने प्रयास गरिएको छ।
एउटा गह्रुँगो ढुंगालाई तल नदीबाट बोकेर ठाडो उकालो बाटो लगेजस्तै हो प्रेम-केन्द्रित जीवन। अदम्य साहस, संकल्प र तीव्र इच्छाशक्तिको त्रिवेणीबाट मात्र जीवन विकासको बाटोमा प्रगति गर्न सकिन्छ।
यसको ठीक विपरीत डर-केन्द्रित जीवन बाँचिराख्न खोज्ने व्यक्तिका लागि यात्रा सहज हुन्छ- ढुंगालाई अग्लो पहाडबाट तल खाल्डोमा झार्नुपरेमा बोक्नु पनि पर्दैन, गुल्टाइदिए पुगिहाल्छ। ठीक यसैगरी पुराना नकारात्मक आदतलाई प्रश्रय दिए जीवन तलतिर लागिरहन्छ, अन्य प्रयास पनि गर्नुपर्दैन।
साधारणतया, मनुष्यले सजिलो र बिनापरिश्रम हिँड्न सक्ने बाटो रोज्छ। कुलत, तनाव, आलस्य, लोभ, ईष्र्या, वैमनस्य र हिंसाले भरिएको पुरानो डर-केन्द्रित मनलाई हाम्रा हरेक दिनका क्रियाकलापले सहयोग गरिरहेका हुन्छन्।
मेरो निजी जीवन र समाजमा भएका समस्याका लागि अरूलाई दोषी देख्न कुनै बुद्धि चाहिँदैन, महामूढले पनि गर्न सक्ने काम हो यो।
मानिसले आफूलाई निरन्तर ठगिरहन्छ। पुराना संस्कार र आदतले जेलेर जटिल बनेको मन आफूले लिएर हिँड्छ, तर सारा समस्याचाहिँ अरूमा देख्छ।
त्यसकारणले अरूलाई दोष दिन छोडेर आफूमा समस्याको स्रोत खोज्नु नै समाधानको पहिलो खुड्किलो हो। सबै सम्बन्ध, घटना र परिस्थितिमा आफूलाई नियालेर आफ्ना गलत सोच, आदत र भ्रमपूर्ण दृष्टिकोणलाई निरन्तर बुझ्ने प्रयास गर्नु हो।
यसका लागि निरन्तर चिन्तन र गहिरो साक्षीपन चाहिन्छ।समस्याको जरो आफैंमा देख्न सक्ने मानिसमा एउटा अद्भुत आत्मविश्वास र साहसको जन्म हुन्छ, जसको बलमा मात्र प्रेम-केन्द्रित जीवनको जग राख्न सकिन्छ।
हामीमध्ये अधिकांशमा यो खुबी हुँदैन। त्यसकारणले हामी असफलता र विपन्नताको लागि आफ्नो भाग्य, पूर्वजन्म या राजनीतिक व्यवस्थालाई जिम्मेवार ठान्छौं।
भगवान् बुद्धले जन्म, मृत्यु, बुढ्यौली र रोगजस्ता जीवनका मूल समस्याको जड पनि आफूभित्र नै देख्नुभयो। अनि मात्र गहन साधनाको माध्यमबाट सत्यको साक्षात्कार गरी समस्याबाट सदाका लागि मुक्तिको प्रयास प्रारम्भ भयो।
फलस्वरूप, उहाँको जीवनमा निर्वाणजस्तो परम घटना भयो र समस्त मनुष्यले बुद्धदर्शन जस्तो एउटा विज्ञानसम्मत मुक्तिको मार्ग प्राप्त गरे।
मदर टेरेसाले अनाथ बालबालिकाको समस्याका लागि अरूलाई दोषी नदेखेर आफूले नै केही गर्छु भनेर संकल्प लिनुभयो। उहाँको प्रेम-केन्द्रित दृष्टिकोण र अथक् प्रयासको कदर गर्दै नोबेल शान्ति पुरस्कारबाट उहाँलाई सम्मानित गरियो।
प्रत्येक व्यक्तिभित्र सिर्जनशीलता र समाजमा योगदान गर्ने विशिष्ट प्रतिभा लुकेको हुन्छ। केही गर्न म आफैं बदलिनुपर्छ, अरूलाई बदल्न खोजेर मात्र हुँदैन भन्ने अनुभूति आफूभित्र पलायो भने व्यक्तिले अरूलाई चुनौती दिन छोडेर आफैंलाई चुनौती दिन थाल्छ।
यसलाई उत्कृष्टता या एक्सेलेन्स भनिन्छ र यो प्रेम-केन्द्रित जीवनको बाटो दोस्रो खुड्किलो हो।
जब व्यक्ति समाधानका लागि आफूमै नियाल्न थाल्छ, उसभित्र सुषुप्त रूपमा रहेका सारा शक्ति जाग्न थाल्छन्। हिजोसम्म जे कल्पना पनि गर्न कठिन थियो, आज त्यो सहजतासाथ सम्पन्न हुन थाल्छ।
आफूतिर नफर्कीकन आफ्नो सम्भावना, सबल पक्ष र प्रतिभाको कहिल्यै पहिचान हुँदैन; फलस्वरूप मानिस एउटा भिखारीको जस्तो जीवन जिउन बाध्य हुन्छ।
आफूतिर ध्यान दिने व्यक्ति सदा समाधान-मुखी र ऊर्जाशील हुन्छ। ऊर्जाको यो आधिक्यतामा नै हीनताबोधको मृत्यु र आत्मविश्वासको नयाँ युग प्रारम्भ हुन्छ र जीवनमा प्रेम र श्रद्धाको जन्म हुन्छ।
आफूमाथि नै भरोसा नभएको व्यक्तिले अरूलाई भरोसा, प्रेम या सम्मान गर्ने प्रश्न नै आउँदैन, डर-केन्द्रित जीवन जिउनुको विकल्प पनि रहँदैन।
कसैले जानी-जानी डरको आधारमा जीवन जिउँदैन। जीवनलाई ठीकसँग नबुझ्नु र जिउने कला नजान्नुले नै डर-केन्द्रित भएन बाँच्न बाध्य हुन्छौं हामी।
आजबाट नै हरेक विषय, मुद्दा र घटनामा समाधानमुखी बन्न सिकौं। संसारमा यति धेरै समस्या छन्, त्यसकारणले म जिउँदै छु र मैले सक्दो समाधान गर्ने हो भन्ने सोचको विकास गरौं।
परिवार, संस्था, समाज या राष्ट्रमा जहाँसुकै समस्या होस्, आजबाट म समाधान बनेर आउँछु भन्ने गहिरो प्रतिबद्धता व्यक्त गरेमा जीवनले कोल्टो फेर्छ। यस्तो मानिसबाट मात्र केही महत्त्वपूर्ण योगदानको अपेक्षा गर्न सकिन्छ।
प्रेम-केन्द्रित जीवनमा रूपान्तरणको तेस्रो र सर्वाधिक प्रभावकारी विधि हो ध्यान। आजसम्म मनुष्यले आफूलाई चिन्ने, आफूतिर फर्कने, आफ्नो जीवनको स्वामित्व ग्रहण गर्ने र आफ्नो चैतन्यसँग साक्षात्कार गर्नेजति पनि विधिको विकास गरे, ती सबैलाई एकमुष्ट रूपमा ध्यान भनिन्छ।
मानिसले आफूभित्र रहेको प्रतिभा चिनेर नयाँ जीवनको सूत्रपात गर्न विकसित गरेको उत्कृष्टतम् साधन हो ध्यान। मनलाई सकारात्मक, संवेदनशील, शान्त र अखण्ड बनाउन ध्यानभन्दा प्रभावकारी विधि न त अध्यात्मले पत्ता लगाएको छ, न मनोविज्ञानले नै। त्यसकारणले, ध्यान सनातन अध्यात्म र नवीनतम विज्ञानको मिलनबिन्दु नै हो।
एउटा बुझ्नुपर्ने कुरा के हो भने हाम्रा पुराना नकारात्मक संस्कारको सामूहिक परिणामका रूपमा मनमा डरको सिर्जना हुन्छ। ध्यानले हामीलाई मनभन्दा परको चेतनाको स्रोततिर लिएर जान्छ, जहाँ असीमित प्रेम र ऊर्जाको भण्डार नै हुन्छ।
एकपटक ध्यानको माध्यमबाट आफूभित्रको चेतनासँग साक्षात्कार गर्न सकेमा आफूभित्र नै रहेका प्रेम, शान्ति, शक्ति र साहसका केन्द्र सक्रिय हुन्छन्।
आफ्नो चैतन्य स्वरूपसँग साक्षात्कार गरेको व्यक्तिले सबैलाई प्रेम एवं सम्मानको दृष्टिले हेर्न सक्छ।
ऊ आफ्नो शक्ति र क्षमताप्रति कति आश्वस्त हुन जान्छ भने कुनै पनि समस्या र चुनौतीले उसलाई हल्लाउन सक्दैन।
भगवान् बुद्ध बारम्बार भन्नुहुन्थ्यो, ध्यान गर, आफूलाई चिन। त्यहीं सबै समस्याको समाधान लुकेको छ।
जसरी कालो बादल चिरेर सूर्य चम्किन्छ, त्यसैगरी जीवनमा तिमी पनि चम्किन सक्छौ। यो तिमी प्रत्येकको सम्भावना हो। तिमीले जीवन यसैकारणले पाएका हौ।
संसाररूपी दौडमा लाग्दा-लाग्दै हाम्रो जीवन चेतनालाई नकारात्मकताले घेरेर समाप्त पारिसकेको हुन्छ।
जन्मिँदा हामीले लिएर आएका शान्ति, प्रेम, समानताजस्ता मूल गुणबाट जीवन तल खसेर नकारात्मकता, वैमनस्य, क्रोध र अशान्तिजस्ता निकृष्टताको खाडलमा पर्छ।
यस प्रकारले मनुष्यताको स्वभावबाट च्युत भएको मन सम्हाल्न र व्यवस्थित गर्न ध्यानै चाहिन्छ।
नानाथरी विषय र आकर्षण पछ्याउँदै लथालिंग भएर निरन्तर बाहिरतिर बगिरहेका विचार प्रवाहलाई ध्यानको माध्यमबाट आफूभित्र समेट्न सकेमा मात्र मन एक बन्छ।
यसरी अखण्ड बनेको मनमा असीमित शक्ति र ऊर्जा हुन्छ, जसलाई प्रयोग गरेर व्यक्तिले आफूले रोजेजस्तो जीवन सिर्जना गर्न सक्छ।
मानिसले आफूभित्र रहेको प्रतिभा चिनेर नयाँ जीवनको सूत्रपात गर्न विकसित गरेको उत्कृष्टतम् साधन हो ध्यान।
मनलाई सकारात्मक, संवेदनशील, शान्त र अखण्ड बनाउन ध्यानभन्दा प्रभावकारी विधि न त अध्यात्मले पत्ता लगाएको छ, न त मनोविज्ञानले नै।
त्यसकारणले, ध्यान सनातन अध्यात्म र नवीनतम विज्ञानको मिलनबिन्दु नै हो।
आफ्नो मनको निरीक्षण, समाधानमुखी सोच र ध्यानका माध्यमबाट अब जीवन रूपान्तरण गर्न लाग्ने हो कि?
31/05/2015
खाँदा तितो हुने करेला अधिकांश मानिसका लागि मन नपर्न सक्छ । तर यसमा हाम्रो शरीरलाई चाहिने यति धेरै तत्वहरु पाहिन्छन् । जानेर तपाई अचम्मीत हुनुहुनेछ । तितो स्वाद भएको करेलामा मानिसको जीवनको रहस्य लुकेको छ भन्दा पनि फरक नपर्ला । यसको तरकारी तथा जुस पिनाले कहियाँै रोगहरुबाट मुक्त बनाउँछ ।
स्वास सम्बन्धि रोगलाई टाढा राख्छः
तितेकरेलाको नियमित सेवनले स्वास सम्बन्धि विभिन्न किसिमका रोगबाट टाढा राख्ने काम गर्छ । यसको सेवनले अस्थमा, सर्दी, प्रत्येक दिन विहान करेला र तुलसीका पातलाई पिसेर महसँग खानाले स्वास तथा दमसम्बन्धि रोगमा फाइदा पुर्याउँछ ।
लिभरको लागि उपयुक्त हुन्छः
खानामा हुने गडबडीका कारण शरीरमा हुने समस्याको सिधा प्रभाव कलेजोमा पर्छ । कलेजोको समस्या भयो भने मानिसको स्वास्थ्यमा गम्भीर अवस्था सिर्जना हुन्छ । तर शरीरको महत्वपूर्ण अंग मानिने कलेजोलाई स्वस्थ राख्नका लागि करेलाले निकै महत्वपूर्ण भूमिका निर्वाह गर्छ । कलेजोलाई स्वस्थ राख्नका लागि दैनिक एक गिलास करेलाको जुस पिनु उपयुक्त हुन्छ । कलेजोको समस्याबाट मुक्ति पाउन एक सातासम्म नियमित करेलाको जुस पिउनु उपयुक्त हुने चिकित्सकहरु बताउँछन् ।
प्रतिरक्षा प्रणालीलाई नियमित बनाउँछः
तितेकरेलाको सेवने मानव शरीरमा प्रतिरक्षा प्रणालीलाई बढाउँछ् । करेलालाई पामा उमालेर पिनाले निकै फाइदा हुन्छ । यसले प्रतिरक्षा प्रणालीलाई त नियमित बनाउँछ नै साथै कहियाँै किसिमका इन्फेक्सनहरुलाई समेत टाढा भगाउँछ् ।
मुटुको रोग लाग्नबाट बचाउँछ्ः
मुटुका रोगिका लागि करेला निकै नै फाइदा जनक हुन्छ । यति मात्र होइन यसले मुटुको रोग लाग्नबाट समेत बचाउँछ । यसको सेवनले ब्लड प्रेसर, सुगर लगाएतका रोगलाई पनि नियन्त्रण गर्छ ।
त्यस्तै करेलाको सेवनले मोटोपन कम गराउँछ् । कब्जियतमा राहत पुर्याउँछ, क्यान्सरबाट बचाउँछ, रक्त अल्पत्ता हुनबाट बताउँछ, साथै अनुहारमा आउने रोगहरु तथा चायाँ हटाउनका लागि समेत सहयोगी हुने चिकित्सकहरु बताउँछन् ।