04/12/2025
कागेश्वोरी मनोहरा नगरपालिका वडा नं. ७ का वडा अध्यक्ष तथा गान्धी आदर्श मावि व्यवस्थापन समितिका पूर्व सदस्य आदरणीय भिमसेन थापा ज्युको असामयिक निधनप्रति गान्धी आदर्श मावि परिवार गहिरो दुःख व्यक्त गर्दछ।
उहाँको विद्यालयप्रति पुर्याएको योगदान सदा स्मरणीय रहनेछ। शोकाकुल परिवारजनमा हार्दिक समवेदना प्रकट गर्दै दिवंगत आत्माको चिरशान्तिको कामना गर्दछौं।
– गान्धी आदर्श मावि परिवार