मादी हाईस्कुल र मादी , संखुवासभा /

  • Home
  • Nepal
  • Kathmandu
  • मादी हाईस्कुल र मादी , संखुवासभा /

मादी हाईस्कुल  र  मादी , संखुवासभा   / Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from मादी हाईस्कुल र मादी , संखुवासभा /, Education, Madi , sankhuwasaba, Kathmandu.

विद्यालय र शिक्षक ........ राम दाहाल , आपस्वारा मादी


विद्यालय त केवल पढ्ने थलो न हो। यसका जीवन त शिक्षक र विद्यार्थी नै हुन्। विद्यार्थी त थियौं हामी त्यहाँ तर गोपालसर गएपछि शिक्षकका अभाव प्रस्ट भयो। गोपालसर नै पनि कुनै विशेषज्ञ त होइनन्, केवल एस.एल.सी.सम्म मात्र पढेका हुन् तर हामी विद्यार्थी र हाम्रा अभिभावकहरूका लागि त कमै पाइने मोतीमध्येका थिए। त्यो दुर्गम गाउँमा शिक्षक भएर जान को चाहन्थ्यो र सहरमा बसेकाहरूमध्ये? इलामको कुरा मलाई थाहा भएन तर पूर्वी पहाडी जिल्लाहरूमा त केवल धनकुटामा मात्र एउटा हाइस्कूल(अहिलेको माध्यमिक विद्यालय) थियो भने शिक्षक आउन सक्थे कहाँबाट? सँस्कृतमा प्रथमा गरेका भीमगुरु(पं.भीमप्रसाद दाहाल)ले कार्यवाहक प्रधानाध्यापकको काम चलाउन थाले। फेरि अभिभावकहरूलाई खटपटी हुन थाल्यो। शिक्षकका निम्ति दौडादौड गर्न थाले उनीहरू। यस्तै दौडादौडमा दार्जिलिङबाट एक जना बी. ए. गरेका र अर्का आइ.ए. गरेका उदयप्रकाश र उदयचन्द्र दुई छेत्री बन्धुहरू ल्याइए तर उनीहरू छ महिना पनि नबित्दै एक दिन रातारात गरेर कसैलाई थाहा नै नदिई सबै चिज छोडेर त्यहाँबाट पलायन भए र हामी फेरि ‘पुनः मुसिको भवः’ भयौं। उनीहरू दुईबारे कमै ज्ञान भयो हामी विद्यार्थीलाई। हाम्रा अभिभावक फेरि शिक्षक खोजीमा लागे। शिक्षक खोजी गर्नेमा पं.नन्दिशंकर र पं.अनन्तराम नै हुने गर्थे किनकि पढेलेखेकामा उनीहरू नै गनिन्थे र सबैको उनीहरूमा नै आश हुन्थ्यो। पं.भीमप्रसादको जिम्मेवारी विद्यालय कायम राख्नुतिर नै हुन्थ्यो। अरू पण्डितहरू त आङ्ल शिक्षाका यसै विरोधी नै थिए।
शिक्षक होस् या नहोस् हाम्रो कक्षा बढ्दै जान्थ्यो। विद्यालयलाई एकै कक्षामा राखिरहन पनि सकिदैनथ्यो। यस्तै खोजमा दार्जिलिङदेखि ल्याइए शिक्षक पी.डी. राई। सार्‍है भलादमी व्यक्ति थिए उनी छक्कापंजा नजान्ने। उनी शुरूका १।२ कक्षाका लागि सार्‍है उपउक्त। हामीलाई आँगनमा उभ्याएर सिपाहीलाई झै परेड खेलाउथे, व्यायाम गर्न लगाउथे। अंग्रेजीमा नाम सोध्ने, उत्तर दिने गर्न लगाउथेँ याने अंग्रेजी बोल्न सिकाउथे तर हामी त ७ कक्षा पुगिसकेका थियौ र हामीलाई त पढाउने शिक्षक चाहिएको थियो। त्यसैले राईसर उपयुक्त भएनन् हाम्रा लागि। तैपनि ‘न मामाभन्दा कानु मामा निको’ भन्ने उखान अनुसार हाम्रा अभिभावक वाध्य थिए उनलाई राख्न।

चल्दै थियो यसरी नै। एक दिन अकस्मात आकाशबाट अमृतफल झरे झैं टुप्लुक्क आइपुगे नवेन्दु गोस्वामी, पढेलेखेका एउटा बंगाली। नवेन्दु गोस्वामी जोगीजस्ता मानिस, दार्‍ही पालेका, कपाल बढाएका। वस्त्र पनि उनको गेरु नै थियो। उनको साथमा केही पनि थिएन र केही पनि मागेनन्। औंशी पूर्णिमाका होमहोमादी गर्थे। प्रत्येक दिन ध्यान, जप र बलिवैवस्वत गर्थे। प्रत्येक कुरा देख्दा सबैले भन्थे – उनी आत्मज्ञानी हुन्। शायद चुरोट भने खान्थे उनी। फिरन्ते जोगीजस्तै आइपुगेका थिए भोकले र थकाइले विरामीजस्तै भएर। उनी थोरै हिन्दी बोल्थे, अंग्रेजी धेरै। अनकन्टारको त्यो दुर्गम पहाडमा एउटा विद्यालय देखेर उनी त्यसैमा आकर्षित भए र स्वेच्छाले निशुल्क शिक्षा दिने प्रस्ताव राखे। हाम्रा अभिभावकलाई ढुंगा खोज्दा देउता मिलेजस्तो भयो। यो नाम पनि उनको नहुन सक्छ तर हाम्रो गाउँमा उनी यही नामले नै बसे र यही नामले नै गए।
नवेन्दु गोस्वामीको आगमनले फेरि विद्यालयमा रौनक ल्यायो। नेपाली नजाने पनि कनिकुथी हिन्दी त बोली हाल्थे। यही नै पर्याप्त थियो हाम्रा लागि। कतिसम्म पढेका थिए उनले त्यो कसैले पनि जान्न चाहेन, उनले पनि भनेनन् होला। हाम्रा अभिभावकहरूले उनको प्रमाणपत्र खोजिरहेनन् र उनीसँग ती प्रमाणपत्र थिएनन् पनि। एउटा अंग्रेजी बोल्न सक्ने, विद्यालयको विषय पढाउन सक्ने व्यक्ति भए पुग्यो हाम्रा अभिभावकलाई।
राईसर रामालय–शिवालय पाटीको माथिल्लो तलामा बस्थे। बेलाबखत सुरापान पनि गर्नु पर्ने उनको निम्ति बाहुनहरूको घरमा बास सजिलो नहुने ठानेर नै उनले त्यो ठाउँ रोजेको हुनुपर्छ। अन्यथा गोपालसर जीवप्रसाद, लीलानाथहरू कहाँ बसेका थिए। उदयचन्द्र छेत्री, नवेन्दु गोस्वामी र पछि आउने मृणालकान्ति बर्मन पनि त्यही नै बसे। उदयप्रकाश छेत्री पं.भोलानाथकोमा बसेका थिए भने पछि आउने सुधिन्द्रमोहन मजुम्दार पं.अनन्तरामकोमा।

हाम्रा अभिभावकहरूले सोचे – ‘राईसरको काम छैन अब र उनलाई विदा दिनु नै उपयुक्त हुन्छ।’ त्यही प्रस्ताव ल्याइयो राइसरको अगाडि तर बिचरा राइसर बल्लबल्ल पाएको एउटा जागीर छोडेर जाउन् पो कता। त्यसैले यो संदर्भमा अलि चर्काचर्की पनि पर्‍यो राईसर र हाम्रा अभिभावक बीच तर दिनेले नदिने भएपछि राईसर बसिरहन सकेनन् र आखिर लेनदेन मिलाएर बिदा गरिए।
हामी आठौं कक्षामा के उक्लिएका थियौं नवेन्दु गोस्वामीले विदा लिने भए। वर्षाको दुई महिने बिदा शुरू भएकेा थियो। हाम्रा लागि शिक्षक आवश्यक थियो र शिक्षक पाउन गाहारो। त्यसैले हाम्रा अभिभावकहरूले नवेन्दु गोस्वामीको साथमा गएर कलकत्ताबाट शिक्षक ल्याउने निर्णय गरे । शायद नवेन्दु गोस्वामीले कलकत्तामा जति भने पनि शिक्षक पाइन्छन् भनेर राय पनि दिएका थिए होलान्। आखिर त्यही मेसोमा अनन्तराम बा नवेन्दु गोस्वामीको साथ लागेर शिक्षक लिन कलकत्ता गए।


विद्यालय र शिक्षकका बारेका कुरा गरिनु पर्दा सो समयको मादीबिर्ताको सामाजिक परिवेशलाई पन त्यत्तिकै केलाउनु पर्ने हुन्छ। अगाडि नै भनियो कि मादीबिर्ताको आवादी चार तहमा विभाजित थियो। जमीनका मालिक बिर्तावाल थिए तर बिर्तावालमध्ये नै पनि आफ्ना आफ्ना खाल थिए। त्यहाँ पनि बढी सम्पन्न थिए, कम सम्पन्न थिए। सम्पन्नमध्ये नै पनि धान हुन्थ्यो ढुकुटीमा, सेफमा पैसा नहुन सक्थ्यो। दोश्रो तहमा, धर्मकार्य संचालनको निम्ति त्यहाँ बसाइएका पण्डित, पुरोहितका सन्तानहरू थिए। लेखपढ गर्न त उनीहरू जान्दथे तर आङ्लभाषामा भने उनीहरूको त्यति रुची थिएन। तेश्रो तहमा, रैती बसाइएका मतवाली गनिन्थे जसको एउटा पनि जमीनको टुक्रा थिएन र शिक्षामा उनीहरूको चासो पनि थिएन र सामर्थ्य पनि थिएन। चौथोमा, सेवाका निम्ति राखिएका दमाई, कामी, सार्की थिए जसको जीवन सेवाग्राहीबाट वार्षिक अनुदानको रूपमा तोकिएको बाली भनिने अन्नबाट चल्थ्यो जो अन्न थन्क्याउने समयमा नै उनीहरूले लिएर जान्थे। त्यसैले सो समयमा आङ्ल शिक्षाको निम्ति खर्च गर्ने सामर्थ्य र चाहना दाहाल परिवारसँग मात्रै र दाहाल समाजभित्र पनि बाहिरी दुनियाको केही ज्ञान भएकासँग मात्रै थियो र शिक्षकको बन्दोवस्त र पालन पनि उनीहरूलाई नै गर्न कर लाग्थ्यो। विद्यालय पनि उनीहरूले नै स्थापना गरेका थिए र त्यसलाई बचाउनु पनि उनीहरूको नै जिम्मेवारी थियो तर त्यो जिम्मेवारीका विषयमा सम्पन्नहरू बीच नै विभाजन भएको थियो। गाउँका सम्पन्न मुखिया श्रीप्रसाद विद्यालयको समर्थनमा आएनन्। हुनत पहिलो विद्यालय संचालक समितिको अध्यक्ष उनलाई तोकिएको थियो तापनि उनले त्यसमा सक्रिय सहभागिता देखाउन चाहेनन् या सकेनन्। यसो हुनुको कारण स्वयम् उनको पृष्ठभूमि जिम्मेवार थियो जस्तो लाग्छ मलाई। उनी श्रीनारानका छोरा भए पनि श्रीनारानखालका आफ्नै भाइभतिजा, नातिहरूको समेत तर्साएर, धम्क्याएर र कतिपय स्थितिमा लुटेर पनि खाएका थिए उनले र त्यसको प्रतिकारमा उनको समर्थनको राणाशाशन ढलेपछि ती बन्धुहरू त्यसको प्रतिशोध र मुआबजा चाहन्थे। उनले सो दिने कुरा नै भएन। विवादको चुरो यसमा अल्झिएको थियो र सोही विवाद विद्यालय संचालनमा पनि पुग्यो। गोपालसरको समयमा विद्यालय तालाबन्दीको घटनापछि त विद्यालय समर्थक र विद्यालय विरोधी दुई कित्तामा बाँडिन पुग्यो मादी दाहाल परिवार। एकातिर श्रीप्रसाद र उनका छोरा र एक दुई जना भतिजाहरू भए भने अर्को तिर उनकै भतिजा र नातिहरू। यस्तै क्रममा श्रीप्रसाद बाका घरमा आवतजावत निषेधको स्थितिसम्म पनि आइपुग्यो र यसलाई श्रीप्रसाद विरुद्धको हडताल भनिने गर्थ्यो। कटुता थियो श्रीनारानखाल आफै बीच। अरू खालले त त्यो आगोमा घिउ मात्र थपिदिएका हुन्। यही कटुता विद्यालयको निम्ति भने वरदान भयो किनकि श्रीप्रसादबाको विरोधीहरूले जसरी भए पनि त्यो विद्यालय बचाउनु नै पर्ने थियो र बचाए पनि। यो कुरा पछाडि प्रशङ्गमा बुझिदै जानेछ। खाल त यसै पनि विभाजित थियो। त्यसमा पनि दलिय विचार आएपछि कांग्रेस र कम्युनिष्ट दुई भाग त यसै पनि हुने नै भयो। म आफै पनि दुई भागमा विभाजित थिएँ। कांग्रेस लीलानाथ बा मेरा अभिभावक झैं थिए। उनलाई चिढाउनु पनि मैल हुन्नथ्यो। सर्वहाराका गतिला किताबमा लेखेका कुरा पढेर म धनीहरूको शत्रु त यसै बनेको थिएँ। एउटा १०।११ वर्षको बालकलाई आगाको फिलुंगोजस्तो धपधपाउदो क्रान्तिकारी बनाउन त्यति गाहारो पनि थिएन। म यस्तै नै रहने थिएँ होला तर जीवनको बाटोलाई परिवर्तन गर्न भारत विभाजनका पिडित ई बंगाली मोसाइ विद्वानहरू हाम्रो गाउँ आइपुगे।


प्रत्येक वर्ष हामी कक्षा चढ्दै गयौं र हामीसँगै विद्यालय पनि उक्लदै गयो। विद्यालयको तह बढ्नुको कारक हामी विद्यार्थी भएका थियौं। हामीसँगसँगै विद्यालयको तह पनि नबढेको भए कि हामीले घर छोडेर परदेश जानु पर्ने थियो कि पढाइ छोडेर घर बस्नु पर्ने स्थिति आउने थियो। हाम्रा अभिभावकहरूलाई ती दुबै स्थिति सह्य थिएनन् र उनीहरूविद्यालयको स्तर बढाइरहेका थिए।
जति कक्षा हामी उक्लदै जान्थ्यौं त्यति नै स्तरिय शिक्षको आवश्यकता थियो हामीलाई। प्रकाशसर नजिकैका थिए, आए र उनले सक्ने शिक्षा दिएर गए। गोपालसरको स्तर पनि विद्यालय स्थापनाको निम्ति आवश्यक नै भए पनि त्योभन्दामाथिको निम्ति उनी पर्याप्त थिएनन्। नवेन्दु गोस्वामी गएपछि हामी फेरि भीमगुरुकै मातहतमा परिणत भएका थियौं। उपयुक्त पढाइ हुन नसकेकोमा भीमगुरु दुखमनाउ त गर्थे तर उनको सामर्थ्य नेपाली र सँस्कृत पढाउनु र दुखमनाउ गर्नु बाहेक अरू गर्न सक्ने थिएन।
पं.अनन्तराम बा नवेन्दु गोस्वामी अघि लगाएर शिक्षक लिन कलकत्ता गएका एक डेढ महिनापछि भदौको चुहुँदो झरीमा दुई जना धोती फेरेका विदेशीहरूलाई लिएर हाम्रो गाउँमा आइपुगे। दुर्दशा थियो ती दुई महानुभावहरूको। ओठ र मुख सुकेका थिए। बसेपछि उठ्न सक्दैनथे र उठेपछि बस्न नसक्ने। हामी आइमाई केटाकेटीलाई पाँच दिन लाग्ने धरानदेखि हाम्रो गाउँसम्मको बाटो उनीहरूले बल्लबल्ल आठ दिनमा तय गरेर आएका थिए। काला, कृशकाया वर्ष तीस पनि नपुगेका थिए एक जना। अर्का केही गोरा, केही मोटा, केही पाका थिए। कसरी लिएर आए ती शिक्षकहरूलाई पण्डितबाले त्यसको अर्कै कथा छ तर ती शिक्षक किन आए होलान्? त्यतापिट्ट मात्र म जान चाहन्छु।

त्यो समयसम्म हाम्रो विद्यायलयमा जो आए ती सबै नेपाली समाज बुझेका, नेपाली सँस्कृति र सँस्कार बुझेका नेपाली थिए। नवेन्दु गोस्वामी त बाटामा भेटिएका जोगी थिए जसको आउनुको लक्ष जीविकोपार्जन थिएन तर पण्डिबाका साथमा आउने सुधिन्द्रमोहन मजुम्दार र मृणालकान्ति बर्मन आफ्नो र परिवारको जीवन धान्न अर्थोपार्जनको निम्ति आएका व्यक्तिहरू थिए। कलकत्ताजस्तो सुसँस्कृत र सुविधसम्पन्न स्थानमा बसेका व्यक्तिहरू एउटा नचिनेको उनीहरूको भाषासम्म पनि नबुझ्ने मानिसका साथमा लागेर तीन दिन रेल र मोटरमा बिताउदै साउने झरीमा उर्लदा खोलानाला नाघेर ७।८ दिन पहाड पैदल हिडेर मेरो गाउँजस्तो अति दुर्गम ठाउँमा आइपुगेका थिए। यसैबाट थाहा हुन्छ कि भारत विभाजनको समयमा पूर्वी बंगालबाट कलकत्ता आइपुगेका शरणार्थीहरू जीवन कति कष्टकर रहेछ र जीवन धान्नका निम्ति कसरी पातमाथि ज्यान राखेर दौडन वाध्य रहेछन्। तर संसार यसरी नै चलेको छ। एउटाको कष्टले अर्कोलाई सुख दिदो रहेछ, एउटाको वाध्यताले अर्कोलाई फाइदा पुर्‍याउदो रहेछ। नवेन्दु गोस्वामीको वाध्यता के थियो? त्यो थाहा नपाए पनि हामीले उनीबाट निशुल्क शिक्षा पायौँ र सुधिन्द्र र मृणालसरहरूको वाध्यता त हाम्रो लागि वरदान नै भयो। यसै प्रशङ्गमा म यो पनि भन्न चाहन्छु कि यस कार्यमा हाम्रा अभिभावहरू त्याग र बलिदान पनि कम सर्‍हानिय छैन। एक तोला सुनको सय रूपया पनि नपर्ने त्यो जमानामा आफ्ना सन्तानको शिक्षाका निम्ति प्रति महिना प्रत्येक शिक्षकलाई तीन सय रूपयाँ दिने कबोलमा शिक्षक भित्य्राउनु कम ठुलो बलिदान होइन। ती अर्को सँस्कार, सँस्कृति र सभ्यताका ती बंगाली भद्रपुरुषहरूलाई पाल्ने पं.अनन्तराम र जीवप्रसादको योगदानको उल्लेख गर्न

08/06/2025

103.5K likes, 2072 comments. “आहा जादु छरिन नानुले।।”

09/05/2025
23/04/2025

39.1K likes, 332 comments. “मागेर पाइन्छ र ?शीर्षक कविताको केही अंश ।।”

23/04/2025

Check out ’s video.

23/04/2025

9288 likes, 409 comments. Check out Sardar Muhammad Murtaza’s video.

13/04/2025

23.4K followers, 1368 likes, 34 comments

Address

Madi , Sankhuwasaba
Kathmandu
...

Website

Alerts

Be the first to know and let us send you an email when मादी हाईस्कुल र मादी , संखुवासभा / posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category