09/06/2026
नाटक - महाभारत हेर्न वरिष्ठ कलाकार टिका पहारी आज कान्तिपुर थिएटरमा !
Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Kantipur Theatre, Art school, Gairidhara, Naxal, .
कान्तिपुर थिएटरमा, अहिले नाटक 'महाभारत' चल्दैछ । टिकटको लागी - 9802356113 (WhatsApp)
'कान्तिपुर थिएटर' कान्तिपुर फिल्म एकेडेमी द्धारा सञ्चालीत सिनेमा, साहित्य र संगीतलाइ रङ्गमन्चमा जोड्ने एउटा साझा मञ्च हो ।
#KantipurTheatre #KantipurFilmAcademy
09/06/2026
नाटक - महाभारत हेर्न वरिष्ठ कलाकार टिका पहारी आज कान्तिपुर थिएटरमा !
09/06/2026
आज कान्तिपुर थिएटरमा मञ्चन भइरहेको नाटक ‘महाभारत’ हेर्न काष्ठमण्डप विद्यालय र युनिग्लोब स्कुलका विद्यार्थी तथा शिक्षकहरू!
नाटक असार ७ गतेसम्म मात्र।
🎟️ टिकटको लागि :
👉 9802356113 (WhatsApp)
👉 kantipurtheatre.com/play/mahabharat
09/06/2026
"समर लभ' नाटकको लागी खुल्ला अडिशन !
Audition Call for 'SUMMER LOVE'
'समर लभ' नाटकका लागि कलाकार आह्वान !
कान्तिपुर थिएटरमा मञ्चन हुन लागेको सुवीन भट्टराईद्वारा लिखित लोकप्रिय उपन्यास 'समर लभ' को मुख्य कलाकारहरू, साया, अतित, किरण, प्रतीक्षा र सुस्मिताको भूमिकामा कलाकारहरू खोजी भइरहेको हुँदा, चरित्र सुहाउँदो र अभिनयमा राम्रो दख्खल भएको जो कोहीले तल दिइएको इमेल अथवा ह्वाट्सएपमा पुस्तकभित्रको कुनै एउटा डायलग वा मोनोलग (चरित्र बुझिने खालको) भिडियो बनाएर पठाउनुहोला ।
सर्तहरूः
• 'समर लभ' पुस्तक पढेका र चरित्र बुझेको हुनुपर्नेछ ।
• पुस्तकमा वर्णन गरेअनुसार चरित्रको आवरण सुहाउने खालको हुनुपर्नेछ ।
• अभिनय कोर्स गरेको वा अभिनयको राम्रो चेत भएको हुनुपर्नेछ ।
• रंगमञ्च र अभिनयप्रति पुरापूर समर्पित हुनेलाई प्राथमिकता दिइनेछ ।
• भिडियो न्यूनतम ३० सेकेन्ड हुनुपर्नेछ ।
• भिडियोसँगै आफ्नो एउटा पूरा फोटो र सोसल साइटको लिंक पठाउनुपर्नेछ ।
• अडिसन भिडियो पठाउँदा, कुन भूमिकाको लागि हो भनेर खुलाउनुपर्नेछ ।
• भिडियो यही जेठ ३१ गतेसम्म पठाइसक्नुपर्नेछ ।
अडिसन भिडियो पठाउन :
👉 WhatsApp - 9808364768
👉 [email protected]
08/06/2026
'महाभारत' नाटकबाट एकलव्य - सन्दीप श्रेष्ठ र अर्जुन - प्रतिक चौधरीसँग सुजन श्रेष्ठले गरेको बिशेष कुराकानी !
पूरा हेर्नुहोला, हाम्रा यी अद्भुत कलाकारहरूले आफ्नो महाभारत र कान्तिपुर थिएटरसँगका अन्तरङ्ग र रोचक अनुभूति शेयर गरेका छन्।
'महाभारत' नाटक असार ७ गतेसम्म मञ्चन हुनेछ।
Sandeep Shrestha ❤️ Pratik Choudhary ❤️ Sujan Shrestha ❤️ कान्तिपुर फिल्म एकेडेमी ❤️
महाभारत : अर्जुन र एकलव्यको कथा l Sandeep Shrestha, Pratik Chaudhary l Stories with Sujan 93 Host : Sujan Shrestha https://www.instagram.com/sujann.shrestha?i...
08/06/2026
दर्शकहरूको सहजताको लागि हामी भोलि मंगलबार ‘महाभारत’ नाटकको २ शो गर्दैछौँ। आफूलाई अनुकूल पर्ने समयमा आउनुहोला। (नोट – पर्सि बुधबार हाम्रो थिएटर बन्द रहनेछ।_
निर्देशक – नवीन भट्ट
कलाकारहरू – रमेश बुढाथोकी, मनोज गजुरेल, सुवर्ण थापा, सन्दीप श्रेष्ठ, प्रतिक चौधरी, सुप्रज्ञा शर्मा र किरण चापागाईं।
टिकट अनलाइनबाट अहिले नै लिइहाल्नुहोला।
👉 kantipurtheatre.com/play/mahabharat
लोकेशन - Kantipur Film Academy गैह्रिधारा