National Life Insurance Company Ltd.

09/01/2024

Good afternoon everyone.
Interested in any type of life insurance please contact 984-9769437 also in WhatsApp

Ph no.+977 9849769437WhatsApp info:+977 9849769437Email: btiwari143.bt@gmail.comWe would like to inform you that if any ...
05/04/2023

Ph no.+977 9849769437
WhatsApp info:+977 9849769437
Email: [email protected]

We would like to inform you that if any one is interested for insurance like
•Life Insurance
We provide services of all type of insurance.
We give home service too for insurance.
Interested are requested to contact in above details.

20/10/2021
Contact 9849769437/9808953980
03/10/2020

Contact 9849769437/9808953980

03/10/2020

तपाइ कतै जीवन बीमा गर्न र गराउन त छुट्नु भएन ?

जीबन बीमा के का लागि ?

 उत्कृष्ठ बचतका लागि
 अतिरिक्त आम्दानीका लागि
 आफ्नो सुनिश्चित भबिस्यका लागि
 जोखिम बहनका लागि
 घातक रोग बिरुद्द ५० लाख सम्मको एक मुष्ठ रकम प्राप्त गर्नका लागि
 सुरक्षित भबिष्यको अटुट सुरक्षाका लागि
 आर्थिक सुरक्षाको अनुभुती गर्नका लागि
 बालबालीकाको उज्वल भबिस्यका लागि
 समृद्द जीवनको सुरक्षित आधारका लागि
अहिलेनै बिमा गरि गराइ ढुक्क हुनुहोस् ।
संपर्क नंबर 9849769437/9808953980

03/10/2020

जीवन बिमा किन?
ईटहरी -१ निवासी निनामा राईको रु ५ लाख बिमाङ्कको बाल अमृत जिवन बिमा गरिएको थियो । बार्षिक रु३७,८९५ का दरले दुई किस्ता प्रिमियम बुझाउनु भएको थियो ।यसै बिच बिमितका पिता रत्नबहादुर याखा लिंखाको कोरोना संक्रमित भई मृत्यु भयो ।बिमित निनामाको लागि अामा केशरी याखा लिंखालाई बिमा गराईदिनु हुने अभिकर्ता एलना राईले रु५ लाखको चेक प्रदान गर्नु भएको हो ।अब प्रिमियम बुझाउनु पर्दैन , तर बिमा अवधी पुगे पछि फेरि बिमाङ्क र बोनस ( करिब १० लाख ) बिमित निनामाले पाउनु हुनेछ । लिंखा परिवारको रु ७५,७९० लगानीमा नेशनल लाईफ इन्स्योरेन्सले करिब १५ लाखको अार्थिक सुरक्षा प्रदान गरेकोछ । अब तपाई हरु आफै बिचार गर्नु की जीवन बीमा किन जरूरी कि छ ? संपर्क नंबर 9849769437/9808953980

04/07/2020

नेसनल लाइफको नाफा ३.१३% ले बढ्यो, जीवन बिमा कोषमा ३१ अर्ब ५२ करोड


काठमाडौं : नेसनल लाइफ इन्सुरेन्सले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म ३१ करोड ५६ लाख रुपैयाँ नाफा कमाएको वित्तीय विवरण सार्वजनिक गरेको छ । नाफा गत वर्षको भन्दा ३.१३% ले धेरै हो । गत वर्षको यसै अवधिमा कम्पनीले ३० करोड ६० लाख रुपैयाँ नाफा कमाएको थियो । नेसनलले खुद बिमा शुल्क पनि १८.७०% ले बढाएर ५ अर्ब ६५ करोड रुपैयाँ पुर्याएको छ ।

गत वर्ष यसले ४ अर्ब ७६ करोड रुपैयाँ खुद बिमा शुल्क आर्जन गरेको थियो । कम्पनीले जीवन बिमा कोष पनि २५ अर्ब २२ करोड रुपैयाँबाट बढाएर ३१ अर्ब ५२ करोड रुपैयाँ पुर्याएको छ । यसको कुल दाबी भुक्तानी रकम १ अर्ब ९३ करोड रुपैयाँ रहेको छ भने कुल भुक्तानी हुन दाबी रकम २६ करोड ९३ लाख रुपैयाँ रहेको छ ।

चुक्ता पुँजी ३ अर्ब ८ करोड २६ लाख २६ हजार रुपैयाँ रहेको यस कम्पनीको जगेडा कोषमा ७६ लाख २४ हजार रुपैयाँ रहेको छ । कम्पनीले महाविपत्ति जगेडा कोषका लागि २४ करोड ८५ लाख रुपैयाँ छुट्याएको छ । नेसनलको प्रतिसेयर आम्दानी १३ रुपैयाँ ६५ पैसा र प्रतिसेयर नेटवर्थ १२४ रुपैयाँ ७३ पैसा रहेको छ ।

15/10/2019

‘बीमा पहुँच सन्तोषजनक छैन, बीमा बुझाउनु जरुरी छ’
बीमाको सुरुवात भएको लामो समय भइसकेको छ । तुलनात्मक रुपमा यसको विकास र विस्तारलाई हेर्दा नेपालमा बीमा पहुँच अझै पनि कम छ । तथापी पछिल्लो समय बीमा समितिको सक्रियताका कारण बीमा पहुँचमा केही बृद्धि भएका तथ्याङकहरु आएका छन् । मानिसहरुमा बीमा शिक्षाको अझै पनि अभाव छ । यसलाई पाठ्यक्रममा हाल्न बीमा समितिको सक्रियता बढेको छ । तै पनि हालको बीमा पहुँच २० प्रतिशतको हाराहारीमा भएको बताइएको छ । सहरमा भन्दा गाउँमा बीमा शिक्षा झन कम्जोर छ । यो अबस्थामा नेपालको बीमा कहाँनिर छ ? भन्ने विषयमा बीमा क्षेत्रका विज्ञ भोजराज शर्मासँग गरिएको कुराकानी यहाँ प्रस्तुत गरिन्छ ।

बीमालाई कसरी बुझ्ने ? बीमा के हो भनेर बुझ्ने ?
बीमा भनेको आर्थिक सुरक्षण गर्ने माध्यम हो । आफुलाई पर्ने आर्थिक जोखिम लगायतका विभिन्न संकटहरुबाट बच्नका लागि नै बीमा गर्नुपर्दछ । जोखिमलाई हामीले रोक्न सक्दैनौँ । तर, भएको जोखिमलाई केही हदसम्म कम गर्न सकिन्छ । सम्भावित जोखिमहरुलाई केही मात्रामा कम गराएर फेरी पहिलाकै अवस्थामा बस्न सक्ने माध्यम नै बीमा हो ।

बीमा क्षेत्रमा लामो समय बिताइसक्नु भएको छ । यो बीचमा तपाईँको अनुभव कस्तो रह्यो ?
सुरुमा मैले बीमा क्षेत्रमा काम गर्न थाल्दा केही विदेशी कम्पनीहरु मात्र थिए । ती विदेशी बीमा कम्पनीहरुले बीमा व्यवस्थापन राम्रोसँग गरेका थिएनन् । खासगरी उनीहरु एउटा एजेन्सीकै रुपमा थिए । नेपालबाट धेरै पैसाहरु बाहिर जाने गरेको थियो । नेपाल एउटा कलेक्सन सेन्टर जस्तो मात्र थियो । त्यो समयमा एलआईसी अफ ईन्डीया नामक कम्पनीले बीमा क्षेत्रको परिवर्तनमा धेरै योगदान पुर्याएको थियो । त्यो समयमा एलआईसी गर्ने र बीमा गर्ने भन्ने शब्द पर्यावाची जस्तै थियो । २०२४ सालमा स्थापना भई ०२५ सालमा संस्थानमा परिणत भएदेखि बीमा संस्थानले नेपालको वास्तविक बीमाको रुपमा काम गर्दै आएको हो । बीमा संस्थानको राम्रो विकास हुँदै आएपछि अन्य बीमा कम्पनीहरु पनि स्थापना हुँदै आए । अहिले बीमाको बजार फराकिलो भइसकेको छ । तर पनि सबै मानिसहरु बीमामा समेटिएका छैनन् । १८ प्रतिशत नेपालीहरुको मात्रै बीमामा संलग्नता रहेको छ । पहिलेको तुलनामा भने बीमाको पहुँच बढेको छ । तर यो पर्याप्त छैन । मुलुककै कमजोर अवस्थाका कारण बीमाको पहुँच नबढेको हो । बीमा पहुँच वृद्धिका लागि बीमा समिति र बीमा कम्पनीहरु अग्रसर हुँदै आएका छन् । बीमा कम्पनीहरु धेरै खुलेका छन् तर क्षमता अभिवृद्धिको रुपमा अगाडी बढ्न सकेका छैनन् । वित्तीय रुपमा मात्रै अघि बढेका छन् । बीमा क्षेत्रका कर्मचारीहरुमा दक्षताको कमी छ । यसै तथ्यलाई मध्यनजर गर्दै हालै बीमा समिति र बीमा कम्पनीहरुको सहकार्यमा बीमा तालिम इन्स्टिच्युटको सुरुवात गरिएको छ । यस इन्स्टिच्युटमार्फत बीमा क्षेत्रका कर्मचारीहरुको क्षमता बढाउने अपेक्षा गरिएको छ ।

पहिलेको अबस्था र अहिलेको अबस्थालाई हेर्दा बीमा क्षेत्रमा के के परिवर्तनहरु भए जस्तो लाग्छ ?
बीमा क्षेत्रमा सन्तोकजनक अवस्था छैन । पछिल्लो समयमा अनिवार्य रुपमा गर्नुपर्ने बीमाका कारण बीमा बजार बढेको छ । मोटर बीमा अनिवार्य भएकाले गर्दा मोटर चलाउने चालकले बीम गरेका छन् । बैंकहरुले ऋण प्रवाह गर्दा लिने धितोको अनिवार्य रुपमा बीमा गरिएको हुनुपर्छ । यस्ता खालका व्यवस्थाले गर्दा बीमा पहुँच बढेको छ । तर, यसलाई आधार मानेर बीमाको पहुँचमा धेरै बृद्धि भयो भन्न मिल्दैन ।

म बीमा क्षेत्रमा आवद्ध हुने बेलामा कुनै पनि बीमा अनिवार्य थिएन । त्यतिबेला वस्तुहरुको मूल्य पनि कम थियो । त्यसआधारमा बीमाको रेट पनि कम हुन्थ्यो । जीवन बीमा २५।५्र० हजारमा गरिन्थ्यो । अहिले त्यो अवस्था छैन । एउटै गाडीको ३०।४० लाख पर्छ भने एक करोडभन्दा कममा घर पाइँदैन । अहिले ठूलो सम्पत्तिको नोक्सान हुने डरले पनि मानिसहरु बीमा गर्न थालेका छन् ।

बीमा समितिको अर्थ बुझाउँदै यसको मूख्य उद्दे्रश्य बताइदिनुस् न ?
जसरी नेपाल राष्ट्र बैंकले सबै बैंक तथा वित्तीय संस्थाहरुलाई नियमन गर्दछ, त्यसैगरी बीमा कम्पनहीरुको नियमन बीमा समितिले गर्छ । सबै बीमा कम्पनीहरुलाई एउटा सही मार्गदर्शन गरी जनताहरुको सुरक्षाका लागि रेखदेख गर्न र बीमा कम्पनीहरुका लागि विभिन्न नीति नियमहरु तर्जुमा गर्नका लागि बीमा समितिको भुमिका गहन छ । बीमा समिति बीमा कम्पनीहरुको नियमनकारी निकाय हो । बीमा उद्योगलाई स्वस्थ बनाउनु, राम्रो र विश्वसनिय बनाउनु, बीमाको दायरा बढाउनु, आम नागरिकलाई यसको महत्व र आबश्यकता बुझाउनु बीमा समितिको उद्देश्य हो । बीमा क्षेत्रले नेपालको अर्थतन्त्रमा महत्वपुर्ण भुमिका खेलेको छ । बीमाबाट उठेको करोडौँ रुपैयाँ नेपालमै लगानी भएको छ । यसको नेतृत्व बीमा समितिले गर्दछ भनेर बुझ्दा राम्रो होला ।

नेपालमा बीमा शिक्षाको अवस्था र आबश्यकता कस्तो छ ?
नेपालमा बीमा साक्षरता सन्तोषजनक छैन । गाउँ गाउँका मानिसहरुलाई बीमा भनेको थाहा नै छैन । बीमा बारे थाहा हुने नेपालीहरु अत्यन्त न्युन छन् । सहरका मानिसहरुलाई बीमा बारे केही कुरा थाहा भए तापनि सहभागिता यहाँ पनि कम छ । ग्रामिण तहमा कृषि बीमा आएपछि केही हदसम्म बीमा साक्षरता बढेको छ । पछिल्लो समय कृषिमा पनि र अन्य क्षेत्रमा पनि बीमा गर्नेहरु भने बढेका छन् । नेपाल सरकारले कृषिमा ७५ प्रतिशत अनुदान दिएपछि बीमा बढ्दै आएको हो । साथै भुकम्पपछि मानीसहरुमा बीमा गर्नुपर्दो रहेछ भन्ने चेतनाको विकास हुँदै आएको छ । तर प्रयाप्त अबस्थामा छैन ।

बीमा पहुँच बढाउनका लागि बीमा समितिले विभिन्न किसिमका योजनाहरु ल्याएको छ । बीमा लेखहरु सबैले बुझ्ने गरी सुलभ र सरल बनाएको छ । ग्रामीण भेगमा बीमा कम्पनीको उपस्थिती बढाउनका लागि गाउँमा दुई वटा शाखा विस्तार गरेपछि मात्रै सहरमा एउटा शाखा विस्तार गर्ने अनुमति दिने व्यवस्था गरिएको छ । त्यस्तै, लघुबीमाको अवधारणालाई पनि प्राथमिकताका साथ अगाडी ल्याइएको छ । यसले गर्दा भविश्य सकारात्मक र सुखद छ, गर्नुपर्ने धेरै छ । समग्रमा बीमा शिक्षा बढाउनुपर्ने तड्कारो खाँचो छ ।

बीमा कम्पनीहरु थपिँदा बीमा बजारमा कस्तो प्रभाव परेको छ ?
पछिल्लो समयमा बीमा कम्पनीहरुको संख्या धेरै बढेको छ । यसले बीमा बजारमा सकारात्मक र नकारात्मक दुवै प्रभाव पारेको छ । डिमाण्ड नभई सप्लाई मात्रै बढी भएको हो कि भनेर हामी डराएका पनि थियौँ । तर, बीमा समितिको नियमनभित्र बस्छौँ भन्ने कम्पनीहरुलाई अनुमति दिएपछि अहिले शाखाको विस्तार राम्रोसँग भएको छ । यसले गर्दा बीमा बजार फस्टाएको छ, बीमाको पहुँच बढिरहेको छ । सप्लाईले डिमाण्डलाई क्रिएट गरिरहेको छ ।

तपाई बीमा विज्ञ हुनुहुन्छ, तपाईको नजरमा नेपालको बीमा र अन्तराष्ट्रिय बीमा क्षेत्रमा के फरक छ ?
बीमाको सिद्धान्त एउटै हो । विदेशी इन्स्योरेन्स एशोसिएसनमा नेपाल पनि संस्थापक सदस्य रहेको छ । हामी पनि अन्तराष्ट्रिय मान्यता हनुसार नै चल्नुपर्छ । हामीले आफैँ बीमाका सिद्धान्तहरु बनाएर काम गर्न सक्दैनौँ । बीमाका ५ वटा सिद्धान्त हुन्छन् । बीमा समितिले विदेशमा पुनर्बिमा गर्नुपर्ने हुन्छ । सेवा, सुविधाका आधारमा भने नेपालको बीमा र अन्तर्राष्ट्रिय बीमामा केही अन्तरहरु छन् । नेपाली कम्पनीहरुको तुलनामा विदेशी बीमा कम्पनीहरुको क्षमता बढी भएका कारण बिमितलाई सुविधा पनि धेरै दिएका छन् । प्रविधिमैत्री बजार भएका कारण पहुँच पनि बढी छ । हामी केही पछाडि छौं तर सक्रिय अबस्थामा छौं ।

नेपालको बीमा क्षेत्रमा सुधार गर्नुपर्ने कुराहरु के के हुन सक्छन् ?
नेपालमा बीमा शिक्षाको अवस्था एकदमै दयनीय छ । त्यसैले, सबै मानिसहरुमा बीमा चेतना फैलाउनु नै सबैभन्दा ठूलो आवश्यकता बनेको छ । यसका अलावा बीमा मुल्य सबैलाई सुलभ र सरल बनाउनुपर्छ । बीमा पोलीसीहरु पनि सबैले बुझ्ने बनाउनुपर्छ । बीमा कम्पनीहरु मात्रै नभएर सर्वसाधारण आफैँले पनि आफ्नो सम्पत्ति र जीवनको सुरक्षाका लागि आफैँ सजग हुनुपर्छ । अरुको करकापमा भन्दा पनि आफैँ महत्व बुझेर बीमा गर्न अग्रसर हुनुपर्छ । बिमक र बिमित दुबैको पहलमा बीमा क्षेत्रको दायरा फराकिलो बनाउन सकिन्छ ।

Address

Banepa
Kathmandu
ZIPCODE

Telephone

+9779849769437

Website

Alerts

Be the first to know and let us send you an email when National Life Insurance Company Ltd. posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The School

Send a message to National Life Insurance Company Ltd.:

Shortcuts

Share

Category