Loksewa QUIZ

Loksewa QUIZ It's a collection of question. Which can help you for your knowledge from my small efforts.

07/11/2023
07/11/2023

विश्व बाघ दिवस कहिले मनाइन्छ ?
जुलाई २९ ( सन् २०१० मा रुसको सेन्ट पिटर्सवर्गमा भएको बाघ पाइने विभिन्न १३ मुलुकका राष्ट्र र सरकार प्रमुख संलग्न सम्मेलनपश्चात हरेक वर्ष जुलाई २९ तारिखका दिन अन्तर्राष्ट्रिय बाघ दिवस मनाउन थालिएको हो )

06/11/2023

नेपाललाई थप हवाइमार्ग उपलब्ध गराउनेसम्बन्धमा नेपाल र भारतका अधिकारीबीच सहमतिपत्रमा कहिले हस्ताक्षर भएको हो ?
वि.सं २०७५ असार २ ( सन् २०१८ जुन १८)
नेपाल र भारत सरकारबीच सन् २०१६ को डिसेम्बर २०,२१ मा सम्पन्न हवाईसेवा सम्झौता वार्तामा प्राविधिकस्तरमा वार्ता गरी हवाई प्रवेश विन्दुबारे टुङ्गोमा पुग्ने सहमति भएको थियो ।

01/11/2023

सरकारद्वारा मालपोत कार्यालय कलङ्कीलाई नमुना सरकारी कार्यालय कहिले घोषणा गरिएको हो ?
वि.सं २०७६ असार ४ देशकै पहिलो नमुना मालपोत कार्यालयको रुपमा वि.सं २०७६ असार ४ मा प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा शुभारम्भ गरिएको । सेवाग्राहीले मालपोत कार्यालयको प्रवेशद्वारमा सहायता कक्षबाटै सम्पूर्ण प्रक्रियाबारे जानकारी लिन सक्ने व्यवस्थासमेत मिलाइएको । यस कार्यालयमा सेवाग्राहीले घरमा बसेर इन्टरनेटबाट लिखत तयार पारी अनलाईनबाट विवरण पेश गर्न सक्ने साथै युजर नेम र पासवर्ड लिएर आफ्नो घर, जग्गाको विवरण हेर्न सक्ने । यस कार्यालयमा गुनासो व्यवस्थापन कक्ष, सुधारिएका फारम वेबसाइटमा उपलब्ध, अपाङ्गमैत्री सेवा एवंम स्तनपान कक्षको व्यवस्थासमेत मिलाइएको । त्यस्तै सरकारले साखुँ (काठमाडौं, पाचँथर र इलाम जिल्ला मालपोत कार्यालयलाई नमुना कार्यालय घोषण गरेको ।

17/10/2023

ए हाउस फर मिस्टर विश्वास र इन अ फ्री स्टेट कृतिका लेखक को हुन् ?
भीएस नयपाल ( उत्तर औपनिवेशकालीन परिर्वतनका पीडाबारे प्रखर वक्ताका रुपमा परिचित नयपाल ( सर विद्याधर सुरजप्रसाद नयपाल ) ले सन् २००१ मा साहित्य तर्फको नोबेल पुरस्कार प्राप्त गर्नु भएको हो, सन् १९३२ ट्रिनिडाडमा जन्मनुभएका नयपालले नोबेल पुरस्कार ग्रहणका क्रममा दिएको मन्तव्यमा आफ्ना पुर्खा नेपालबाट आएको हुन सक्ने बताएका थिए । )

16/10/2023

आनुवंशिक स्रोतमा पहुँच तथा तिनको उपयोगबाट प्राप्त हुने लाभको पारदर्शी र समन्यायिक बाँडफाँडसम्बन्धी नायोगा अभिसन्धिमा कहिले हस्ताक्षर भएको हो ?
सन् २०१० अक्टोबर २९ (जापानको नायोगामा), यो अभिसन्धि सन् २०१४ अक्टोबर १२ देखि कार्यान्वयनमा आएको हो जसलाई नेपालले सन् २०१७ सेप्टेम्बर ४ मा अनुमोदन गरेको थियो भने उक्त अभिसन्धि अनुमोदन गर्ने नेपाल १०१ औं राष्ट्र रहेको थियो ।

15/10/2023
15/10/2023

नेपालले एक दिवसीय क्रिकेटको मान्यता कहिले पाएको हो ?
सन् २०१८ मार्च १५ ( अन्तर्राष्ट्रिय क्रिकेट खेल्न थालेको करिब २२ वर्ष पछि नेपालले क्रिकेटमा एक दिवसीय मान्यता प्राप्त गर्न सफल भएको हो । पपुवा न्युगिनीलाई छ विकेटले पराजित गर्दै सो सफलता हासिल गरेको हो )

15/10/2023

अर्थ आवर भनेको के हो ?
उर्जा बचतको विश्वव्यापी अभियान

Address

Kathmandu
Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when Loksewa QUIZ posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category