25/07/2024
#सौरेविमान
जहाजका परिचारिका राम्रा भएर के गर्नु
इन्जिन नै नराम्रो भएपछि ?
टिकट सस्तो भएर के गर्नु
महंगो जीवन नै ध्वस्त पारिदिएपछि ?
यिनीहरूले छिटो पुर्याएर के गर्नु
घर परिवारसँग कहिल्यै भेट हुन नपाएपछि ?
यिनीहरूले सिटको पेटी बाँध्न सिकाएर के गर्नु
गर्मी महिनामा चरा खसेजस्तै खसेपछि ?