काठमाडौँ अनवरत साधना सङ्गीत केन्द्र

काठमाडौँ अनवरत साधना सङ्गीत केन्द्र

Share

Official Contact: 976-8943553

'Kathmandu RP Music Center (KRP Music Center) is a scientific and research-based music training center (Music School) located in Tarakeshwar-1, Sangla Phant (Sanglaphat), Shiva-Santoshi Chowk, Bhatkeko pul, Kathmandu, Nepal.

Tanpura Ya Harmonium? #shorts #riyaz 12/05/2026

"हारमोनियम पनि एउटा गुरु नै हो । अरूले साँचो बोल्छन् वा बोल्दैनन् भन्न सकिँदैन तर हारमोनियम साँचो बोल्छ ।" भनाइ रमाइलो लाग्यो ।

Tanpura Ya Harmonium? #shorts #riyaz Tanpura Ya Harmonium? रियाज़ तानपुरे पे करें या हारमोनियम पे ?Advice by...

Harmonium is Essential instrument for Learning Music.हारमोनियम कियूँ सीखना चाहिए? 12/05/2026

जतिसुकै राम्रो स्वर भए पनि संगीतको दीर्घकालीन यात्राका लागि हारमोनियम सिक्नु आवश्यक छ ।

Harmonium is Essential instrument for Learning Music.हारमोनियम कियूँ सीखना चाहिए? Harmonium is Essential instrument for Learning Music.हारमोनियम कियूँ सीखना चाहिए? ...

04/04/2026

🚀 के तपाईँलाई सङ्गीत सिकाइमा अनावश्यक रूपले समय खर्च भइरहेको अथवा सुर, ताल, लय र स्केलसम्बन्धी समस्याले निराश बनाएजस्तो लागेको छ ?

✨ यदि त्यसो हो भने काठमाडौँ अनवरत साधना सङ्गीत केन्द्र (KRP Music Center, भत्केको पुल, 976-8943553) ले परिमार्जित अत्याधुनिक कोर्स प्रारम्भ गरेको छ ।

🎤 कक्षामा सहभागी हुँदै गर्दा छोटो समयमै थाहै नपाई स्वतः क्षमता विकास हुँदै जाने गोमन सङ्गीतलिपिका जनक डा. भविन्द्र कुँवरको वैज्ञानिक र रणनीतिक प्रशिक्षणमा सहभागी हुने विशेष अवसर नगुमाउनुहोस् ।

🎯 सामान्य गायन, हारमोनियमसहितको गायन, मादल, र म्युजिक कम्पोज केवल ५ जनाको समूहमा सिक्नुहोस् ।

🌟 हाम्रा प्रशिक्षण रणनीतिहरू किन फरक छन् ?

(१) व्यक्तिगत भिन्नताको सिद्धान्तः हरेक व्यक्तिका भिन्नाभिन्नै आवश्यकता र समस्या समाधान गर्न केवल ५ जनाको सानो समूहमा प्रशिक्षण दिइने ।

(२) सारभूत चाबीहरूमा पहुँचः नुरोधसा, उरथुर, उओअआ, कुखोगघा जस्ता गायनका सारभूत चाबीहरू समातेर गलाको साधना गराइने हुँदा स्वर नखुल्ने, स्केल भाग्ने, तालको संगतमा देखिने कमजोरी, र सुरमा ठहराव नआउने समस्यालाई समाधान गर्ने हाम्रो विशेष वैज्ञानिक अस्त्र ।

(३) १२ सुरको जगः सारोरेगोको माध्यमबाट सुरुदेखि नै बाह्रै सुरको जग विकास ।

(४) भाका छोप्ने सिप विकास: स्वरव्यञ्जनको शुद्धता र विशेष र क्रमिक यादृच्छिक गायनबाट नयाँ भाका छोप्ने अद्भुत सिप विकास ।

(५) सिर्जनात्मक आत्मनिर्भरताः अरूको शब्दमा मात्र होइन, आफ्नै शब्दमा सङ्गीत भर्ने र एरेन्ज गर्ने क्षमताको विकास ।

🎯 हाम्रा ग्यारेन्टी प्याकेज र सुविधाः

(१) विशेष ग्यारेन्टी प्याकेजः शतप्रतिशत सहभागी सबैलाई लिएको कोर्स जसरी पनि जान्ने बनाउने विशेष प्याकेजको समेत सुविधा । वर्षौँ प्रयास गर्दा पनि आधारभूत ज्ञान पाउन जटिल समस्या हुनेहरूका लागि विशेष वरदान साबित हुने ।

(२) व्यवहारिक गायन तयारी सुविधाः गीत रेकर्डिङ् गराउँदा भाका टिप्न र कला विकास गर्न समस्या हुने कुरालाई ध्यानमा राखी गायन सिप विकास गराइने ।

(३) नयाँ गीतको उपलब्धताः आवश्यकताअनुसार उत्कृष्ट शब्द र सुमधुर कम्पोजिसनहरू उपलब्ध गराइने ।

⚠️ गुणस्तरका लागि सम्झौता नगरिने प्रतिबद्धताः

सहभागी सङ्ख्यामा नभई कलाकारको गुणस्तरमा जोड दिइने छ, तसर्थः

(१) हारमोनियमसहितको गायनः केवल ५ जना (प्रति समूह)

(२) सामान्य गायनः केवल ७ जना (प्रति समूह)

(३) मादलः केवल ७ जना (प्रति समूह) ।

(४) कम्पोज कोर्समा भर्ना हुनका लागि भने सङ्गीतको आधारभूत ज्ञान लिइ सकेको हुनुपर्ने छ । आधारभूत ज्ञान नलिएको स्थितिमा संस्थाले तोकेवमोजिम पूर्वतयारी कक्षा लिनुपर्ने छ ।

(५) अन्य विषय वा सन्दर्भमा संस्थासम्बद्ध व्यक्ति र प्रशिक्षकसँग परामर्श लिनुपर्ने छ ।

सिट संख्या सीमित हुने हुँदा समयमै कार्यालयमा आई आफ्नो आवश्यकतावमोजिम सिट सुरक्षित गर्नुहोस् ।

🏢 काठमाडौँ अनवरत साधना सङ्गीत केन्द्र
(KRP Music Center)
📍 स्थानः भत्केको पुल, साङ्लाफाँट, तारकेश्वर–१, काठमाडौँ
📞 कार्यालय सम्पर्कः ९७६–८९४३५५३

सङ्गीत धैर्यतापूर्वक गरिने क्रमबद्ध र अनवरत साधनाको विषय मात्र होइन, यो त बौद्धिक विकास, मानसिक सन्तुलन र शारीरिक स्वास्थ्यको एउटा श्रेष्ठ मार्ग हो । यसले हरेक विषयलाई गहिरो ढङ्गले चिन्तन र विश्लेषण गर्ने क्षमता विकास गराउँछ ।

04/04/2026

KRP Music Center, Tarakeshwar-1, Kathmandu, Music Class.

26/02/2026

चक्रपुञ्ज सङ्केतितीकरण अभ्यास | Pitch Decoding Practice-1

संगीत गुरुले सुरुमा नबताउने कुराहरू (भाग २) | The Truth About Music Classes (What No One Tells You) 06/01/2026

Music Dissimilar YouTube च्यानलमा संगीत गुरुले सुरुमा नबताउने कुराहरू (भाग २)

संगीत गुरुले सुरुमा नबताउने कुराहरू (भाग २) | The Truth About Music Classes (What No One Tells You) संगीत गुरुले सुरुमा नबताउने कुराहरू (भाग २) | The Truth About Music Classes (What No One Tells You)यो भिडिओ हेरेपछि भिडिओवमोजिम विषयवस्तु मनन गर्न.....

05/01/2026

संगीत गुरुले सुरुमा नबताउने कुराहरू (भाग ५)




23/03/2025

📢 तारकेश्वर, भत्केको पुल, साङ्ला फाँटमा संगीत सिक्ने ठाउँ 🎶

🎶⏱️ सुर र ताल सँगसँगै विकास गर्न
📢 KRP SHM Music Package

(आफूले रोजेको कोर्स जान्ने नहुँदासम्म निःशुल्क समय थप गर्न पाइने Special Package)

🎤 गायन+🎹 हारमोनियम+🥁 मादलको एकमुष्ठ प्याकेज !

🕑 अनुमानित अवधिः Partial Package का लागि ३-४ महिनाबढी र Full Package का लागि ५-६ महिनाबढी (अनुमानित अवधिमा पनि कोर्सको पाठ्यवस्तु वमोजिम सुरताल मिलाउन र सङ्गत गर्न समस्या हुने सहभागीलाई भने नजान्दासम्म निःशुल्क समय थप गर्ने व्यवस्था मिलाइने छ) ।

🔄 सीमित सिटहरूमात्र बाँकी भएकाले आफ्नो सिट बेलैमा सुरक्षित गर्नुहोस् ।

📢 KRP SHM Music Package कस्ले, किन ?

१. बोल्न र सुन्न सकिन्छ तर ताल मिलाएर गाउन बजाउन समस्या हुन्छ भने,

२. सिकेको उही कुरा अरूलाई आउँछ तर आफूलाई आउँदैन भने,

३. स्टाफ नोटेशन र कोब्रा नोटेशनबाट सुरको समझ छिटो विकास गराउनु छ भने,

४. गायन, मादल, र हारमोनियम एकैचोटि सिकेर विषयपिच्छे समय र पैसा लगाउनुपर्ने स्थितिबाट मुक्त हुन ।

📢 KRP SHM Music Package लिँदा प्राप्त हुने सुविधा केके छन् ?

१. कोर्स प्याकेज लिने सहभागीले प्याकेजअनुसार थप ५ वटा (Partial) वा थप १० वटा (Full) सजिला गीतहरूमा हारमोनियम बजाउन र गाउन निःशुल्क सिक्न पाउने,

२. कोर्स प्याकेज लिने सहभागीले प्याकेजअनुसार थप ५ वटा (Partial) वा थप १० वटा (Full) गीतहरूमा मादल बजाउन निःशुल्क सिक्न पाउने,

३. हरेक सहभागीलाई १–१ वटा हारमोनियम उपलब्ध गराइने,

४. हरेक सहभागीलाई १–१ वटा मादल उपलब्ध गराइने,

५. हारमोनियम र मादल कहिल्यै नछोएको भए पनि सजिलै सिकाइने,

६. वैज्ञानिक र अत्याधुनिक पद्धतिबाट प्रशिक्षण दिइने,

७. उच्च स्तरको प्रायोगिक र सैद्धान्तिक ज्ञानसमेत प्राप्त गर्न सकिने,

८. लामो समयको अनुसन्धानपछि तयार पारिएको कोर्स प्याकेज पूरा गर्न पाइने,

९. विषय, कोर्स प्याकेज र परिस्थितिअनुरूपका विविध छुट तथा सुविधा ।

📢 KRP Music Section मा अन्य कोर्स र कक्षाको सुविधा पनि छ ?

१. कु्शल संगीतकार बन्न चाहिने स्पेशल म्युजिक कम्पोज कोर्स (ग्यारेन्टीका साथ नयाँनयाँ शब्दमा कतै नजुध्ने गरी नयाँनयाँ भाका बनाउन सक्ने बनाइने),

२. मासिक Regular तथा Alternative हारमोनियम कक्षा,

३. मासिक Regular तथा Alternative हारमोनियमसहितको गायन कक्षा,

४. मासिक Regular तथा Alternative मादल कक्षा,

५. KRP Holiday Music Course Package

६. लामो समयको अनुसन्धानपछि तयार पारिएको कोर्स र मार्गचित्रमा आधारित कक्षा,

७. तालमा मिलाएर गाउन बजाउन हुने समस्या केही गरी पनि हटेको छैन भने स्पेशल एसटी प्याकेज गर्न पाइने सुविधा ।

८. साथै अन्य विविध विषयको स्पेशल कोर्सको सुविधा ।

🎓📖 Instructor:
Dr. Bhabindra Kunwar (PhD)
(Music Composer/Music Arranger)

▶️ YouTube Channel: Music Dissimilar
https://www.youtube.com/channel/UCCxl2WvlOVo-Y1cMrMs07Hg/

🌍 KRP Music Center
Tarakeshwar-1, Bhatkeko Pul
Sangla-phant, Shiva Santoshi Mandir Tol

📞 Official Contact: 976-8943553

Want your school to be the top-listed School/college in Kathmandu?

Click here to claim your Sponsored Listing.

Location

Telephone

Address


Tarakeshwar Municipality-1, Sanglaphant, Salkhusi Bhatkeko Pul, Shiva Santoshi Double Temple Road, Mob: 9768-943553
Kathmandu

Opening Hours

Monday 06:00 - 10:00
11:00 - 19:00
Tuesday 06:00 - 10:00
11:00 - 19:00
Wednesday 06:00 - 10:00
11:00 - 19:00
Thursday 06:00 - 10:00
11:00 - 19:00
Friday 06:00 - 10:00
11:00 - 19:00
Sunday 06:00 - 10:00
11:00 - 19:00