05/02/2014
“जलवायु सम्बन्धि सामान्य जानकारी”
१) हावाको चाप नाप्ने यन्त्रलाई के भनिन्छ ?
उत्तरः ब्यारोमिटर(Barometer)
२) प्रत्येक ९ मिटरको उचाईमा हावाको चाप कतिले कम हुन्छ ?
उत्तरः १ मिलिबार
३) चक्रपात(Cyclone) भनेको के हो ?
उत्तरः कुनै घटी चापको केन्द्रतिर घुमीघुमी जोडसँग बहने वायु
४) ग्रीष्मकालीन मनसुनबाट बढी बर्षा हुने कुन कुन देश हुन् ?
उत्तरः भारत, नेपाल, बंगलादेश, चीन र जापान
५) कुन कुन देशमा हिउँदमा मात्र बर्षा हुन्छ ?
उत्तरः दक्षिणी फ्रान्स, इटाली र स्पेन
६) हावाको सापेक्षिक आद्र्रता नाप्ने यन्त्रलाई के भनिन्छ ?
उत्तरः हाइग्रोमिटर(Hygrometer)
७) १६५ मिटरको उचाईमा कति डिग्री सेन्टिग्रेडले तापक्रम घट्छ ?
उत्तरः १० सेन्टिग्रेड
८) वायुमण्डलमा जलवाष्प कति मिटर सम्मको उचाईमा मात्र हुन्छ ?
उत्तरः ७,५०० मिटर
९) तीनतिरबाट नदीले छुट्याएको जिल्ला कुन हो ?
उत्तरः कैलाली
१०) माथिल्लो सगरमाथा भनि कुन कुन जिल्लालाई भनिन्छ ?
उत्तरः सोलुखुम्बु, ओखलढुुङ्गा र खोटाङ
११) नेपालको सबैभन्दा होचो ठाउँ कुन हो ?
उत्तरः मुसहरनिया, धनुषा (समुन्द्री सतहबाट ५९ मिटर उचाईमा)
१२) नेपालले भारतको कतिवटा प्रदेशलाई छुन्छ ?
उत्तरः ५ ओटा ( सिक्किम, पश्चिम बंगाल, बिहार, उत्तराखण्ड र उत्तर प्रदेश)
१३) हिमाली जिल्लाहरुमा सबैभन्दा साने जिल्ला कुन हो ?
उत्तरः रसुवा
१४) नेपालको कान्छो अञ्चल कुन हो ?
उत्तरः राप्ती
१५) नेपालबाट तिब्बतको ल्हासासम्मको दुरी कति छ ?
उत्तरः ८४० कि.मी.
१६) नेपालको कुन दुई अञ्चलको क्षेत्रफल बराबर रहेको छ ?
उत्तरः कोशी र जनकपुर (९६६९ बर्ग किमी)
१७) हावापानीको आधारमा नेपाललाई कति भागमा बिभाजन गरिएको छ ?
उत्तरः ५ भाग ( उपोष्ण क्षेत्र, न्यानो समशितोष्ण क्षेत्र, ठण्ठा समशितोष्ण क्षेत्र, लेकाली क्षेत्र, टुन्ड्रा वनस्पती क्षेत्र)
१८) चीन र भारतसँग सिमाना जोडिएका जिल्लाहरु कुन कुन हुन् ?
उत्तरः दार्चुला र ताप्लेजुङ
१९) सिंजा उपत्यका कुन जिल्लामा पर्दछ ?
उत्तरः जुम्ला
२०) नगरकोट कति उचाईमा अवस्थित छ ?
उत्तरः २१७५ मिटर(७००० फिट)
२१) क्षेत्रफलको हिसाबले तराई प्रदेशमा पर्ने सबभन्दा सानो र ठूलो जिल्ला कुन कुन हो ?
उत्तरः महोत्तरी(१००२ बर्ग किमी) र कैलाली (३२३५ बर्ग किमी)
२२) टुन्ड्रा हावापानी भएको क्षेत्रको तापक्रम कति हुन्छ ?
उत्तरः शून्य डिग्री सेल्सियस भन्दा कम
२३) शीत मरुभूमी (Cold Desert) कुन प्रकारको हावापानी भएको क्षेत्रलाई भनिन्छ ?
उत्तरः टुन्ड्राको हावापानी भएको क्षेत्र
२४) भित्री मधेश वा दून प्रदेशमा कतिवटा जिल्लाहरु पर्दछन् ?
उत्तरः सात ओटा ( उदयपुर, सिन्धुली, नवलपरासी, चितवन, दाङ, मकवानपुर, सुर्खेत)
२५) नेपालको सिमानाबाट भूटान कति कि.मी. टाढा छ ?
उत्तरः ३२ कि.मी.