08/07/2025
कुनै कुनै न्युज गर्नु अति आवश्यकता हुन्छ । 🟥 सरकारी कार्यालयमै ‘रक्सी पार्टी’, रिपोर्टिङ गर्न गएका पत्रकारमाथि आक्रमण
HTP Khabar – मधेश प्रदेश
जलेश्वरमा सरकारी कार्यालयभित्र रातको समयमा भइरहेको ‘रक्सी पार्टी’ कभरेज गर्न गएका पत्रकार दिवाकर शाहमाथि आक्रमण भएको छ।
विशेष सूचनाका आधारमा प्रहरीसहित पुगेका शाहमाथि, प्रहरी अचानक हराएपछि, पार्टीमा संलग्न अपरिचित व्यक्तिहरूले हमला गरे।
👉 क्यामेरा खोसियो, क्यामेराम्यान घाइते भए।
👉 प्रहरीको वेवास्ताले पत्रकार थप असुरक्षित बने।
त्यसैबीच, घटनास्थलमै रहेकी एक महिला पत्रकारले उल्टै शाहलाई धम्क्याउँदै भनिन्,
"यति रातिको रिपोर्टिङ गर्ने? तिमीलाई रिपोर्टको 'P' पनि आउँदैन, 'R' पनि!"
✊ मागहरू :
घटनाको निष्पक्ष छानबिन होस्
दोषी र लापरवाह प्रहरीमाथि कारबाही होस्
पत्रकार सुरक्षा ऐन प्रभावकारी रूपमा लागू होस्
प्रेस स्वतन्त्रताको रक्षा सुनिश्चित गरियोस्
साँचो पत्रकारिता दबिँदैन — डराउँदैन। सत्य बोल्नेलाई सम्मान गरौं, अपमान होइन।
दुर्व्यवहार गरेको व्यक्तिहरूको फोटो हेर्नुस्। कसकसले चिन्नुहुन्छ?
post by :New Golbajar
08/07/2025
मन्दिरमा हैन हजुर मनमा बत्ती बाल्नुस 🙏🙏
30/08/2024
हेर्ने कथा पेजमा छ : चुम भ्यालीका प्रकाशका साहु (टासी) का छोरा छेतेनसँग आज हाम्रो भेट भएको थियो । काठमाडौं बसेर १२ कक्षासम्म पढेका २३ वर्षका छेतेन अहिले सामागाउँमा स्कुल पढाउँछन् । “हामीलाई त धेरैले नराम्रो भने, गाली गरे । हाम्रो कुरा पनि राखिदिनुस् न" - छेतेनले भने ।
छेतेनसँग गरिएका कुराकानी उनकै शब्दमा :
“हामी ठूलो मान्छे हैन । सबैले साहु भने पनि हामी धनी मान्छे पनि हैन । आम्दानी भनेको त्यही किरा मात्र हो । त्यो पनि सँधै भेटिँदैन । बाउ आमाले पढेको पनि छैन । बोल्न पनि जान्दैन । मलाई पहिलाको कुरा त धेरै थाहा छैन । तर सुनेको छु । प्रकाशलाई गाउँमा लिएर जाने चाहिँ मेरो काका हो । हाम्रो गाउँमा दाजुभाइले एउटै श्रीमती बिहे गर्ने चलन थियो । त्यो बेला मेरो बुबा र काकाको एउटै श्रीमती थियो । श्रीमती बित्नुभयो । त्यसपछि काका चाइनाको केरुङमा अर्को बिहे गरेर घरज्वाइँ बस्न जानुभयो । मेरो बुबाले पनि अर्को बिहे गर्नुभयो ।
मेरो आमासँग बुबाको विहे हुनु अगाडिदेखि नै प्रकाश दाइ हाम्रो घरमा हुनुहुन्थ्यो । मेरो बुबा र प्रकाशको उमेर पनि ५-७ वर्ष मात्र फरक होला । प्रकाशले मेरो बुबालाई दाइ (ज्योज्यो) भन्नुहुन्छ अनि मेरो आमालाई चाहिँ दिदी (आचे) भन्नुहुन्छ । हाम्रो घरमा जे पाक्छ त्यही खाएर एउटै परिवार जसरी हुर्केको हो । सामाजिक सन्जालमा आएजस्तो अन्याय गरेको छैन ।
पहिला देखिको चलन चल्ती चाहिँ घरमा दुइटा छोरा मान्छे हुँदा एउटाले घर व्यवहार र खेतीपाती हेर्ने अर्कोले चाहिँ चौंरी हेर्ने । प्रकाशले चौंरी हेर्थ्यो मेरो बुबाले चाहिँ घर खेत हेर्थ्यो ।
हामी सानो थियौं । हामीलाई स्याहार सुसार गरेर हुर्काउने नै प्रकाश दाइ हो । मलाई घरको कामहरु सिकाउने नै उहाँ हो । मैले खास काका भन्नुपर्थ्यो वहाँलाई । तर सबैले पक्का भन्ने भएर म पनि पक्का भन्छु ।
प्रकाशले कहिले पनि पैसाको कुरा गरेन । हामीले पनि गरेनौं । तर बेला बेलामा बाउ आमा खोज्न जान पाए हुन्थ्यो भन्थ्यो । बुबा आमाले पनि बाहिरी संसार खासै देखेको थिएन । कहाँ जाने !
प्रकाश घरको सदस्य जस्तो हो । हाम्रो गाउँमा वर्षेनी घोडे जात्रा हुन्छ । घोडे जात्रामा हरेक घरको प्रतिनिधि भएर छोरा मान्छे जानु पर्छ । हाम्रो घरबाट ड्रेस लगाएर प्रकाश नै जान्थ्यो ।
गोठालाको चलन चाहिँ कस्तो भने - सिजन हुन्छ । गाउँभरिको चौंरीको जिम्मा लिनुपर्छ । रक्सी खाएर जिम्मा लिसकेपछि त्यो सिजन छाड्न मिल्दैन । वचन दिइसकेको हुन्छ । तपाईंहरुले लिएर जाने बेला चाहिँ सिजन सुरु भइसकेको थियो । प्रकाशले रक्सी खाएर जिम्मा लिइसकेको थियो । त्यही भएर पठाउन अफ्ठ्यारो मानेको हो मेरो बुबाले । १० दिनमा ल्याइदिनु भनेको हो । अनि तपाईंहरु पनि अन्जान मान्छे हुनुभयो । नचिनेको मान्छेलाई कसरी आफ्नो घरको मान्छे जिम्मा लगाउनु । त्यही भएर त्यस्तो भनेको हो । साहु भएर त्यस्तो भनेको हैन ।
अनि तलबको कुरामा चाहिँ अब घर परिवार जस्तै भएपछि स्यालरी कसरी दिनु ! के कुरा गर्नु !
अनि हाम्रो गाउँमा बाहिरको मान्छेले किरा टिप्न पनि पाउँदैन । तर प्रकाश दाइले कीरा टिप्दा गाउँको मान्छेले केही भन्दैन । देखे नदेखे जस्तै गरिदिन्थ्यो । अनि कीरा बेचेको पैसाले प्रकाशले चौंरी किन्थ्यो घरकै लागि । अस्ति बाउआमा भेटे पछि पो उसलाई मेरो पनि बाउ आमा रहेछ जस्तो लाग्न थालेको, पैसाको महत्व लाग्न थालेको । उसले जे कमाउँथ्यो हाम्रै घरको लागि खर्च गर्थ्यो ।
उसलाई गोठालो काम मन पर्ने अर्को कारण पनि छ । उसलाई जनावर एकदम मन पर्छ । उ घरमा आउँदा कुकुर विरालोका छाउरा लिएर आउँछ ।
हरेक जनावर उसलाई मन पर्छ । माथि गोठतिर मान्छेहरुले चौंरीका बाच्छाबाच्छीलाई दुध खान दिँदैनन् । तर पक्का दाइले त्यस्तो गर्दैन । लुकी लुकी खान दिन्छ ।
हामीले नागरिकता पनि बनाइदिन खोजेको । तर त्यही हो - मिलेन ।
पाल्जोर भन्ने दाइ छ । अहिले फ्रान्समा छ । हाम्रा बाउ र काकाको बितिसकेकी साझा श्रीमतीको छोरा । उसले चाहिँ प्रकाशलाई धेरै माया गर्छ । उसले र प्रकाशले सँगै समय बिताएका थिए गाउँमा । उ कुरा बुझ्ने छ । पाल्जोरले आफ्नो भागको अंश प्रकाशलाई दिनु भनेका थिए ।
तर नागरिकता नभएर अंश दिन पनि मिलेन । प्रकाशको बिहे पनि गरिदिन खोजेको गाउँमै । तर आफ्नो नागरिकता नभए पछि बच्चाहरुको पनि नागरिकता हुँदैन भनेर प्रकाशले बिहे गर्न मान्नुभएन ।
बुबासँग कुरा भइराख्छ । बुबा पनि खुसि नै हुनुहुन्छ । यत्रो वर्ष बसेको मान्छे माया त लागिहाल्छ नि । सम्बन्धको हिसाबले छोड्न मन थिएन । तर उसको इच्छा ।
केरुङमा बस्ने काकाले १० लाख दिन्छु भनेको छ । अनि फ्रान्समा बस्ने दाइले २ लाख ।
उसलाई भोजपुरमा कसकसले जग्गा दिन्छु भनेको छ रे । दिए हुन्थ्यो । नागरिकता बने हुन्थ्यो । बरु मिल्छ भने त चुमबाटै नागरिकता दिए हुन्थ्यो । उसले हिमाली भेग बुझेको छ । भोजपुर बुझेको छैन । मेरो बिचारमा त उ बाउ आमाको मुख हेरेरै भोजपुर जान लागेको हो । उ फर्केर आउँछ भने त अझै पनि फ्रान्समा बस्ने पाल्जोर दाइले आफ्नो भागको अंश दिन्छु भनेको छ । केरुङ बस्ने काकाले अनि हामीले पनि उसले भोजपुरमा बिहे गरे पनि चुम आएर बिहे गरे पनि बिहे खर्च पनि दिन्छौं भनेका छौं ।
म त अहिले सानो नै छु । तर पनि प्रकाश मेरो बुबा जस्तो मान्छे हो । उसलाई भविष्यमा मैले गर्न सक्ने सबै सहयोग गर्न तयार छु । “
- छेतेन दोण्डुप
#साभार
हेर्ने कथाको फेसबुक पेजबाट
18/08/2024
जनैपूर्णिमाबारे विशेष सूचना :
पञ्चांग निर्णायक समितिले भदौ ३ गते परेको जनैपूर्णिमाको दिन दिउँसो साढे १ बजेपछि मात्रै रक्षाबन्धन बाँध्न आग्रह गरेको छ !!
09/06/2019
लाेकसेवा आयाेग विशेष समसामयिक जानकारी - खवर संजाल
१. राष्ट्रिय ज्ञान पार्कको स्थापना कहाँ गरिने भएको छ ? – ललितपुर, खुमलटार २. हालै जेठ १५ गते ल्याइएको आ.व. २०७६÷७७ को क...
09/06/2019
मन्त्री पण्डितलाई बैठकमा आउन अन्तिम मौका : सहभागी नभए लोकसेवा आयोगको विज्ञापन रद्द हुने
संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिले संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितलाई
09/06/2019
लोकसेवामा सोधिने १२५ प्रश्नका उत्तर
काठमाडौं। निजामती प्रशासन नेपाली युवाहरुको आकर्षणको केन्द्र बन्दै गएको छ। लोकसेवा आयोगमा बारम्बार सोधिने १२५ प...