21/05/2026
यी समस्याग्रस्त २० वटा सहकारी संस्थामा वचत राख्नु भएको छ भने फिर्ता लिन सप्रमाण समस्याग्रस्त सहकारी ब्यवस्थापन समितिको कार्यालयमा सम्पर्क गर्नुहोला। फोन ईमेल र वेबसाईटको विवरण सूचनाको पुछारमा छ। यो लिष्टमा नभएकाहरूको सम्बन्धमा स्थानीय जिल्ला प्रहरीको कार्यालयमा वचत फिर्ता लिन निवेदन दिनुहोला।
20/05/2026
नेपाल कानून व्यवसायी परिषद्को ३४औं अधिवक्ता परीक्षा उत्तीर्ण हुने नव प्रवेशी कानून व्यवसायीहरूको लागि अभिमुखिकरण कार्यक्रम सम्बन्धी सूचना💁♀️💁🏼🗒️
(प्रकाशित मिति २०८३।०२।०६)
19/05/2026
Congratulations 💐🎉🎊
𝓉ℴ
Honorable Justice Dr. Manoj Kumar Sharma 💖
17/05/2026
चाडक्य नीतिले नैतिक शिक्षा दिन्छ 💖
1. अन्धो विश्वास कसैमाथि नगर—विश्वास सधैं सोचेर गर।
2. आफ्नो गोप्य कुरा सबैसँग शेयर नगर्नु।
3. समय सबैभन्दा ठूलो शक्ति हो—यसको सदुपयोग गर।
4. गलत संगतले भविष्य बिगार्छ—साथी छान्दा सचेत बन।
5. आत्मनिर्भर बन्न सिक—अरूमा निर्भरता कम गर।
6. रिस नियन्त्रण गर्न सक्नु नै बुद्धिमानी हो।
7. लोभले मानिसलाई नष्ट गर्छ—सन्तुष्टि राख।
8. धेरै बोल्ने भन्दा कम बोल्ने मानिस सुरक्षित हुन्छ।
9. आफ्नो कमजोरी अरूलाई देखाउनु हुँदैन।
10. काम नगर्ने मानिसको कुनै मूल्य हुँदैन—मेहनत गर।
11. परिस्थिति अनुसार आफूलाई बदल्न सक्नु पर्छ।
12. शान्त रहन सक्ने मानिस नै बलियो हुन्छ।
13. सत्य बोल, तर मिठो तरिकाले बोल।
(सत्य बोल, तर मिठासका साथ, कठोर शब्दले सम्बन्ध टुट्छ।
बोल्ने तरिका नै मानिसको सबैभन्दा ठूलो परिचय हो)
14. लोभ नै सबै गलत कामको कारण हो।
(लोभले नै मानिसलाई बिगार्छ, सन्तुष्टि नै असली धन हो।
जति पायो त्यति खोज्ने होइन— जे छ, त्यसमा खुसी हुन सिक्नुस्)
15. हामीले जस्तो सोच राख्छौ, जिन्दगी पनि त्यस्तै बन्छ।
सोच राम्रो बनाऊ, परिणाम आफैं राम्रो हुन्छ।
16. अहंकारले मानिसको विवेक नष्ट गर्छ। जसरी धेरै फल लागेको हाँगा झुक्छ, त्यसरी नै गुणवान व्यक्तिमा नम्रता हुनुपर्छ।
17. जहाँ महिलाको सम्मान हुन्छ, त्यहाँ सुख र समृद्धि बास गर्छ। घरको सुख शान्ति नै उन्नतिको आधार हो।
18. जहाँ आफ्नो सम्मान हुँदैन, जहाँ जीविकोपार्जनको साधन छैन र जहाँ कोही नातेदार छैनन्, त्यस्तो ठाउँमा एक दिन पनि बस्नु हुँदैन।
19. खराब मित्रमा त झन् विश्वास नगर, तर राम्रो मित्रमा पनि अन्धो विश्वास नगर। रिसाएपछि उसले सबै रहस्य खोल्न सक्छ।
20. यदि शत्रुमा कुनै राम्रो गुण छ भने त्यसलाई सिक्न संकोच मान्नु हुँदैन। ज्ञान जहाँबाट आए पनि त्यो ग्रहणयोग्य हुन्छ।
#जिन्दगी #चाणक्य_नीति #सत्य_कुरा #जीवन_सिकाइ #सोच
#विश्वास #सम्झना #अनुभव #यथार्थ
16/05/2026
मालपोत कार्यालय जानु अगाडि, कुन कामको लागि जाँदै हुनुहुन्छ, चाहिने आवश्यक कागजात के के हुन् ? राम्रोसँग चेक जाँच गरेर, चाहिने सम्पूर्ण कागजात संगै लिएर जानुहोस् हैं.....🙏🏻
15/05/2026
हो ! सधैं निराशाको भजन गाएर मात्रै कहाँ हुन्छ र?
अब बन्छ हाम्रो देश 🙏🏻
Thank You !
Police Chif Sir 💖
Aba banchha Mero Desh | Dan Bhadur Karki | A***n Sigdel | Sabin Karki | Kabita Nepali | Chahana Rana
Aba Banchha Mero DeshSpecial ThanksNabina Khatri KarkiBikash Gautam ArtistA***n SigdelSabin KarkiKiran ThapaKabita NepaliChahana Rana MagarLyrics Dan Bahadur...
15/05/2026
ककसले हो ?
सम्पत्ति छानविन आयोगमा सम्पत्ति विवरण बुझाउनु पर्ने?
15/05/2026
Most Important Medical Words 💁🏼💁♀️🗒️
Courtesy: KB Shrestha Eishor
Fainting → बेहोस हुनु
Dizziness → चक्कर लाग्नु
Sneezing → हाच्छ्युँ
Runny Nose → नाक बग्नु
Sore Throat → घाँटी दुख्नु
High Fever → उच्च ज्वरो
Low Blood Pressure → न्यून रक्तचाप
High Blood Pressure → उच्च रक्तचाप
Heartbeat Monitor → मुटुको धड्कन मापन यन्त्र
Blood Test → रगत परीक्षण
Urine Test → पिसाब परीक्षण
Pregnancy Test → गर्भ परीक्षण
Medical Report → चिकित्सकीय प्रतिवेदन
Death Certificate → मृत्यु प्रमाणपत्र
Birth Certificate → जन्म प्रमाणपत्र
Organ Donation → अंग दान
Blood Donation → रक्तदान
Eye Donation → आँखा दान
Medical Team → चिकित्सकीय टोली
Health Worker → स्वास्थ्यकर्मी
Chief Doctor → प्रमुख चिकित्सक
Senior Nurse → वरिष्ठ नर्स
Junior Doctor → कनिष्ठ डाक्टर
Hospital Staff → अस्पताल कर्मचारी
Medical Student → चिकित्सा विद्यार्थी
Nursing Student → नर्सिङ विद्यार्थी
Patient Care → बिरामी स्याहार
Medical Advice → चिकित्सकीय सल्लाह
Health Education → स्वास्थ्य शिक्षा
Body Pain → शरीर दुखाइ
Joint Pain → जोर्नी दुखाइ
Muscle Pain → मांसपेशी दुखाइ
Fatigue → थकान
Weakness → कमजोरी
Loss of Appetite → भोक नलाग्नु
Weight Loss → तौल घट्नु
Weight Gain → तौल बढ्नु
Skin Rash → छालामा डाबर
Itching → चिलाउनु
Swelling → सुन्निनु
Bleeding → रक्तश्राव
Injury → चोटपटक
Accident → दुर्घटना
Medical Emergency → चिकित्सकीय आपतकाल
Critical Condition → गम्भीर अवस्था
Recovery Time → निको हुने समय
Medical Bill → उपचार खर्च
Health Check → स्वास्थ्य जाँच
Hospital Visit → अस्पताल भ्रमण
14/05/2026
घण्टी मात्रै होइन अब ढ्याङ्ग्रो पनि बज्छ 🙂
सम्पत्ति छानबिन आयोगले सार्वजनिक पदमा बसेर गैरकानुनी सम्पत्ति आर्जन गर्ने जो कोहीको सम्पत्तिको बारेमा सूचना उपलब्ध गराउन गर्यो आग्रह💁🏼💁♀️🗒️
14/05/2026
यो सरकारले कसरी गर्छ काम भन्नु हुन्छ नि?
हेर्नुहोस्, सरकारले यि यसरी काम गर्दैछ!💖
14/05/2026
छात्रवृत्ति परीक्षाको अनलाइन आवेदन फाराम भर्ने सम्बन्धी अत्यन्त जरुरी सूचना
काठमाडौँ महानगरपालिका अन्तर्गतका संस्थागत शिक्षण संस्थामा शैक्षिक सत्र २०८३/०८४ मा कक्षा ११, १२ मा छात्रवृत्ति कोटामा अध्ययन गर्न चाहने विद्यार्थीहरूलाई परीक्षा प्रणालीबाट छात्रवृत्ति उपलब्ध गराइने भएकाले देहायको तालिका बमोजिम परीक्षा सञ्चालन हुने व्यहोरा सम्बन्धित विद्यार्थी तथा अभिभावकहरूमा जानकारी गराइन्छ । महानगरपालिकाको वेबसाइट वा entrance.kathmandu.gov.np मार्फत अनलाइन आवेदन दिन सकिने व्यवस्था मिलाइएको छ ।
तालिका :
१) अनलाइन आवेदन फाराम भर्न सुरु हुने मिति
: २०८३ जेठ १ गते बिहान १०:०० बजेदेखि
२) अनलाइन आवेदन फाराम भर्ने अन्तिम मिति
: २०८३ जेठ १० गते राति ११:५९ बजेसम्म
३) छात्रवृत्तिका लागि परीक्षा सञ्चालन हुने मिति
: २०८३ जेठ १७ गते बिहान ०८:०० बजेदेखि १०:०० बजेसम्म
४) परीक्षामा सोधिने प्रश्नका विषय र क्षेत्र
: माध्यमिक तह कक्षा १० को पाठ्यक्रममा आधारित १०० वटा वस्तुगत बहुवैकल्पिक प्रश्नहरू ।
पुनश्च : विषयहरूको अङ्कभार, विद्यालयगत छात्रवृत्तिको कोटा, परीक्षा केन्द्रसहित विस्तृत विवरण काठमाडौँ महानगरपालिकाको वेबसाइट www.kathmandu.gov.np मा रहेको छ।