08/08/2026
......किन ??....
****************
दुईटै आँखा छन् ?
-छन् ।
दुनियाँ देखिरहेछाै ?
- देखिरहेछु ।
हिँडडुल गर्न सक्छाै ?
- सहजै सक्छु ।
श्वास चलिरहेकाे छ?
- चलिरहेको छ।
मुटु धड्किरहेकाे छ?
- धड्किरहेछ ।
साथमा एक थान आफन्तहरु छन् ?
- छन् ।
शरीर सहिसलामत छ ?
- छ ।
दुई छाक खाना मिलिरहेछ ?
- छ ।
कुनै दिन भाेकाे बस्नु परेकाे छ?
-छैन् ।
ओत लाग्ने छाना छ ?
-छ ।
आङ ढाक्ने नाना छ ?
- छ ।
अरे यार !
अनि यति धेरै बेचैनी किन?
यति असन्तुष्ट किन ?
यति छटपटी किन ?
यति निरास किन ?
यति दुखी किन ?
यति चिन्तित किन?
अनि यस्ताे पागलपन किन?
अनि जिउँदै 'लास' किन ?