NEB Group Nepal

NEB Group Nepal It prioritizes on connecting all students from across Nepal and share info to all.

02/08/2024

कक्षा १२ को परीक्षामा ५२ प्रतिशत विद्यार्थी उत्तीर्ण
Congratulations!

02/08/2024

आजै कक्षा १२ को नतिजा सार्वजनिक गर्ने तयारी

Diamond 💎 planet
23/07/2024

Diamond 💎 planet

23/07/2024

कक्षा ११ मा अध्ययन गर्न चाहने विद्यार्थीहरूलाई परीक्षा लिएर छात्रवृत्ति प्रदान गर्ने कार्यलाई हामीले दोस्रो वर्ष पनि निरन्तरता दिएका छौँ। २०८१ साल साउन ४ गते शुक्रबार भएको छात्रवृत्ति वितरण परीक्षाको नतिजा आज प्रकाशन गरिएको छ। उच्चतम अङ्क आउनेलाई सबैभन्दा पहिलो योग्यताक्रमानुसार र बराबर अङ्क भएमा SEE को GPA, विषयगत रुपमा गणित, विज्ञान, अंग्रेजी, सामान्यज्ञानमा प्राप्त गरेको अङ्क र सोपनि बराबर भएमा उमेरका आधारमा कनिष्टलाई योग्यताक्रममा अघि राख्ने निर्णय गरिएको छ।

प्रकाशित भएको छात्रवृत्ति नतिजा अनुसार कायम योग्यता सूचीमा नाम समावेश नभएको वा नाम समावेश भएको तर योग्यता सूची उपर चित्त नबुझेका परीक्षार्थीले अनुसूची ३ बमोजिमको फाराम भरी महानगरपालिकामा पुनर्योग वा दाबीविरोधका लागि आवश्यक प्रमाणसहित अनलाइन मार्फत निवेदन दिनुपर्नेछ। आजको मितिबाट पुनर्योग एवं दाबीविरोधका लागि ३ दिन, अर्थात् २०८१ साल साउन १० गते बिहिवारसम्म तोकिएको छ।

छात्रवृत्ति वितरण परीक्षा र परीक्षार्थीहरूले अनलाइनमार्फत छानेका शिक्षण संस्थाहरूका योग्यता एवं प्राथमिकताका आधारमा भर्ना हुनका लागि परीक्षार्थीलाई २०८१ साल साउन १३ गते शिक्षण संस्थाहरू सिफारिस गरिनेछ।

योग्यता एवं प्राथमिकताका आधारमा छात्रवृत्ति प्राप्त गर्न प्रतीक्षामा रहेका विद्यार्थीहरूलाई छात्रवृत्ति कोटा खाली रहेका विद्यालयहरूमा पुन: म्याचिङ गर्ने अवसर दिइनेछ। यस्तो पुन: म्याचिङ गर्दा एउटा विषय समूहमा आवेदन दिएको परीक्षार्थीले अर्को विषय समुहमा पनि शिक्षण संस्था रोज्न पाउनेछ। पुन: म्याचिङ गर्ने समय पछि प्रकाशन गरिनेछ।

27/06/2024

एसईई नतिजा सार्वजनिक, ४७.८६ प्रतिशत परीक्षार्थी उत्तीर्ण 🙏🏼

27/06/2024

NEB has published the SEE result.
Congratulations! To you all.

26/06/2024

आज कक्षा १० काे परीक्षाफल प्रकाशित हुने भएको छ। केही बेर मै। Good Luck.

who seems better 😅?
06/06/2024

who seems better 😅?

27/05/2024

सिरोहियालाई थप ५ दिन हिरा सतमा राख्न प्र-हरीले अनुमति मागेको छ

24/05/2024

माया सधै निस्वार्थ गरिन्छ ।
अरुले माया फर्काउला कि नाई भनेर कैहिले माया गरिदैन!
मायाले दुस्मनलाई साथी नबनाउला ,
उसलाई मान्छे चाही बनाउछ !

सम्पूर्ण प्राणीलाई माया गरौँ!

B***n 🙏

24/05/2024

B***n 🙏🙏

बाँदरहरुले आफ्नो घरपनि बनाउँदैनन् र अरुले बनाएको घर पनि भत्काँउछ्न भनेझै ,
संघीय सरकारले विर्सियो वैशाख १, २०८१ : अब के हुन्छ?
सरकारले आफैँ काम गर्नु, कि हामीलाई गर्न दिनु ।


संघीय संसदको संयुक्त वैठकले, २०८० ज्येष्ठ १५ गते प्रस्तुत गरेको आर्थिक बर्ष २०८०/०८१ को बजेट वक्तव्यको नीतिगत एवं कानुनी सुधार कार्यक्रममा, २०८१ वैशाख १ गतेदेखि प्लाष्टिकजन्य वस्तुको सट्टा कुहिएर जाने डिग्रेडेवल जैविक वस्तुमा प्याकिङ् गर्ने व्यवस्था मिलाइनेछ, भनेको थियो । यो ब्यवस्था सूर्तीजन्य बस्तु, धूमपानजस्ता प्लाष्टिकमा प्याक गरेका बस्तुका लागि पनि हो । आज जेष्ठ महिनाको ११ गते भइसक्यो । घोषणा गरेको कार्यक्रम कार्यान्वयनको कुनै सुरसार छैन । यसकारण हामी संघीय सरकारलाई उक्त मिति सम्झाउन चाहन्छौँ ।

सरकारले यस्तो घोषणा गरिरहँदा, सुर्तीजन्य पदार्थ (नियन्त्रण र नियमन गर्ने) ऐन, २०६८ सक्रिय थियो । अहिले पनि छ । यो ऐनले सार्वजनिक स्थानमा चुरोट, बिडी, सिंगार, तमाखु, सुल्फा, कक्कड, कच्चा सुर्ती, खैनी, गुट्खा वा यस्तै प्रकारका सुर्तीजन्य पदार्थ विक्री गर्न र प्रयोग गर्न निषेध गरेको छ ।

ऐनले निषेध गरेका बस्तु जैविक खोलमा राखेर बेच्न मिल्ने हो कि होइन, संघीय सरकार लक्षित यक्ष प्रश्न छ । जैविक खोलमा बेरेको सूर्तीजन्य बस्तुको प्रयोगले जनस्वास्थ्यमा असर नपार्ने हो भने यसको बैज्ञानिक प्रमाणिक तथ्य हामी पनि जान्न र बुझ्न चाहन्छौँ ।

संघीय सरकार!

यस विषयमा हामीलाई पनि जान्ने अवसर दिनुपर्‍यो ।

काठमाडौँ महानगरपालिकाको जनस्वास्थ्य ऐन, २०८० को दफा ४२ ले सुर्तीजन्य तथा मदिराजन्य पदार्थ विक्री वितरणमा रोक लगाउन सक्ने, निषेध र विक्री वितरणका लागि खुल्ला क्षेत्र तोक्न सक्ने, बालबालिकाहरूलाई विक्री वितरण गराउन नपाउने, सार्वजनिक स्थलहरूको चार किल्ला तोकी सो वरपर सुर्तीजन्य, मदिराजन्य र जङ्कफुड विक्री वितरण गर्न निषेध गर्न सक्ने कानुनी व्यवस्था छ । सभाले निर्माण गरेको, माथिल्ला कानुनसँग नबाझिने यो कानुन कार्यान्वयन गर्न हामीले कुन उपाय लगाउनु पर्ला ?

संघीय सरकार!

केही सुझाइदिनुहुन्छ?



स्थानीय स्तरमा, जनस्वास्थ्यजन्य समस्या सिर्जना गर्ने खालका उपभोग्य बस्तुको वेचबिखन र उपभोग नियमन (नियन्त्रण) गर्ने अधिकार स्थानीय तहमा निहित छ । स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ११ (२) को खण्ड (१४) ले यस्ता उपभोग्य बस्तुसँगै वातावरणीय प्रदुषण र हानीकारक पदार्थको नियन्त्रण, अनुगमन र नियमन गर्ने अधिकार छ । प्राप्त यो अधिकार प्रयोग गर्न हजुरियाकोमा पुग्नु पर्ने हो भने पटाङ्गिनीको लोकेसन म्याप उपलब्ध गराइदिनुपर्‍यो ।

हामी सूर्तिजन्य बस्तुको उपभोग र प्लाष्टिक प्याकेजिङ्ग निषेधप्रति हाम्रो लक्ष्यमा स्पस्ट छौँ । यस्ता वस्तुको प्रयोगले जनस्वास्थ्यमा पार्ने क्षति र यस्ता वस्तु प्याकेजिङ् गरिएका प्लाष्टिकले सहरी सुन्दरता, विकास निर्माण र विकास व्यवस्थापन पारेको गहिरो नकारात्मक असर घटाउन चाहन्छौं ।

किनभने, हामीलाई थाहा छ, यस्तै बस्तुका कारण हाम्रा महानगरबासीले दुःख गरेर कमाएको पैसा, परिवार र बालबालिकाको गाँस काटेर भए पनि स्वास्थ्योपचारमा खर्च गरिरहनु परेको छ । वातावरणीय प्रकोप सहनु परेको छ ।

यसबाट उत्पन्न हुने मानवीय क्षति, आर्थिक संकटजस्ता जोखिमबाट बचाउन हामीले गएको वर्ष मंसिर १२ गते गुट्खा, पान पराग, खैनीसमेत विक्री र भण्डारण निषेध गर्न सार्वजनिक सूचना जारी गरेका थियौँ । सहरको सुन्दरता बढाउने, सहरबासीलाई स्वच्छ वातावरणमा बाँच्ने अवस्था सिर्जना गर्ने हाम्रो उद्देश्य थियो ।

संघीय सरकारको २०८१ वैशाख १ गतेदेखि यस्ता वस्तुलाई कुहिने खालका खोलमा प्याकेजिङ् गर्ने व्यवस्था मिलाइनेछ भन्ने व्यवस्थाले आफ्नै हातमा भएको अधिकार पनि सम्मानित अदालतको निर्णयबाट प्रयोग गर्न बञ्चित हुनु परेको छ । यसपछि सहरबासीको स्वास्थ्य र वातावण बचाउने काम न हामीले गर्न पायौँ, न संघीय सरकारले गरेको छ ।

मानव मृत्युको मुख्य कारण नसर्ने रोग हो । विश्व स्वास्थ्य संगठनका अनुसार मानव मृत्युका १० कारणमध्ये ७ वटा नसर्ने रोग र ३ वटा मात्र सर्ने रोग छन् । नसर्ने रोगका ७ रोगको कारण धुमपान, सूर्तीजन्य बस्तुको प्रयोग र प्लाष्टिकजन्य बस्तुको प्रयोग हो ।

राम्रो काम जसले गरे पनि हुन्छ । कि सरकारले आफैँ काम गर्नु, कि स्थानीय सरकारलाई गर्न दिनू ।

संघीय सरकारबाट जवाफसहित उचित वातावरण निर्माणको अपेक्षा गरेका छौँ ।

Address

Kathmandu
Kathmandu
44200

Telephone

+9779851238819

Website

Alerts

Be the first to know and let us send you an email when NEB Group Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share