Gospel Voice Nepal
Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from
Gospel Voice
Nepal, Education Website, Kathmandu.
06/04/2026
विशाल आराधना महोत्सव नेपाल कै इतिहासमा Enjoy the videos and music you love, upload original content, and share it all with friends, family, and the world on YouTube.
02/04/2026
जय मसिह प्रिय मित्र 🙏
------------------------
Bible Gyan Quiz Nepali
शीर्षक: संसारमा लडाइँ, झगडा र युद्ध किन हुन्छ?
– बाइबलको दृष्टिकोण
याकूब 4:1–2
१. तिमीहरूका बीचमा लड़ाइँ र झगड़ाहरू कुन कुराले ल्याउँछ? के यी सब तिम्रो शरीरका अङ्गहरूमा सङ्घर्ष गर्ने अभिलाषाहरूबाट आएका होइनन् र?
२. तिमीहरू इच्छा त गर्दछौ, तर तिमीहरू पाउँदैनौ। तिमीहरू हत्या गर्दछौ र लोभ गर्छौ, तर पाउन सक्दैनौ।
तिमीहरू झगड़ा गर्दछौ र लड़ाइँ गर्छौ।
तिमीहरूसित हुँदैन, किनभने तिमीहरू परमेश्वरसँग माग्दैनौ।
------------
आज हामी जुन संसारमा बाँचिरहेका छौं,
त्यहाँ धेरै ठाउँहरुमा युद्ध, झगडा, दोन्द र हिँसा छ।
राष्ट्र–राष्ट्रबीच युद्ध, समाजमा झगडा,
परिवारभित्र तनाव, अनि मानिसको मनमा नै अशान्ति छ।
बाइबलले यसबारेमा के भन्छ?
के यसको समाधान छ?
-----------------------------
झगडा र युद्धको जड – मानिसको पापी हृदय (याकूब 4:1–2)
१. तिमीहरूका बीचमा लड़ाइँ र झगड़ाहरू कुन कुराले ल्याउँछ? के यी सब तिम्रो शरीरका अङ्गहरूमा सङ्घर्ष गर्ने अभिलाषाहरूबाट आएका होइनन् र?
२. तिमीहरू इच्छा त गर्दछौ, तर तिमीहरू पाउँदैनौ। तिमीहरू हत्या गर्दछौ र लोभ गर्छौ, तर पाउन सक्दैनौ। तिमीहरू झगड़ा गर्दछौ र लड़ाइँ गर्छौ। तिमीहरूसित हुँदैन, किनभने तिमीहरू परमेश्वरसँग माग्दैनौ।
---------------
युद्ध बाहिर देखिए पनि यसको जड मानिसको भित्र हुन्छ – लोभ, डाह, अहंकार, स्वार्थ। जब मानिसले परमेश्वरलाई छोड्छ, तब आफैंको स्वार्थमा चल्न थाल्छ। यही पापले युद्ध ल्याउँछ।
------------------------------------------------
हामीले हाम्रो हृदय जाँच्नु पर्छ – के हामी पनि रिस, डाह, वा अहंकारले भरिएका त छैनौं?
------------
शान्तिको साँचो स्रोत – येशू ख्रीष्ट हुनुहुन्छ
(यशैया 9:6)
६. किनभने हाम्रा निम्ति एक जना बालकको जन्म भएको छ। हाम्रा निम्ति एक जना छोरो दिइएको छ। शासन उहाँको काँधमा हुनेछ। उहाँ अचम्मका सल्लाहकार, शक्तिशाली परमेश्वर, अनन्तका पिता, शान्तिका राजकुमार कहलाइनुहुनेछ
-------------------
परमेश्वरले मानिससँग मेल गराउन येशूलाई पठाउनु भयो।
येशूले केवल आत्मिक शान्ति मात्र होइन,
मानिस–मानिसबीचको मेलमिलाप पनि ल्याउनु हुन्छ।
=================================
हामीले येशूलाई हाम्रो जीवनको प्रभु बनाएर शान्तिको बाटोमा हिँड्न सिक्नुपर्छ।
---------------
ख्रीष्टियनहरू मेलमिलाप कर्ता हुन
(मत्ती 5:9)
९. धन्य मेलमिलाप गराउनेहरू, किनभने तिनीहरू परमेश्वरका छोराहरू कहलाइनेछन्।
------------------
हामीलाई झगडा गर्ने होइन, झगडा मिलाउने मानिस बन्न भनिएको छ। हामी जहाँ गए पनि शान्ति ल्याउने पात्र हुनुपर्छ – परिवार, काम, समाजमा
--------------
तपाईंको बोली, व्यवहार र प्रार्थनाले अरूलाई शान्ति दिलाउने बनोस्।
परमेश्वरले युद्ध अन्त्य गर्नुहुनेछ
(यशैया 2:4)
४. उहाँले जातिहरूका बीचमा इन्साफ गर्नुहुनेछ, र उहाँले धेरै मानिसहरूका झगड़ा मिलाइदिनुहुनेछ। तिनीहरूले आफ्ना तरवारहरू पिटेर हलोका फाली र भालाहरू पिटेर छिमल्ने हँसिया बनाउनेछन्। जाति-जातिहरूले एक-अर्काको विरुद्धमा तरवार चलाउनेछैनन्, न त तिनीहरूले लड़ाइँ गर्न तालीम लिनेछन्।
येशू दोश्रो पल्ट फर्कनुहुने दिन संसारमा साँचो शान्ति हुनेछ। युद्धको अस्त्रहरू कृषि उपकरणमा परिणत हुनेछन्। त्यस दिनसम्म हामी शान्तिका सन्देशवाहक हुनुपर्छौं
-------------------
हामीले आशा राख्नुपर्छ, र परमेश्वरको राज्यको काममा लागि रहनुपर्छ।
बाइबलले देखाउँछ कि युद्ध र झगडा मानिसको पापबाट सुरु हुन्छ।
तर येशू ख्रीष्ट शान्तिको राजा हुनुहुन्छ।
उहाँमा हामीले शान्ति पाउँछौं,
अनि अरूलाई पनि शान्ति बाँड्न सक्छौं।
आमेन धन्यवाद हजुर
जय मसिह
ाँको
02/04/2026
https://youtu.be/3AYFwa1nP-c?si=rs1B7cLfluIUXhhh
संसारमा लडाइँ युद्ध झगडा किन हुन्छ ? संसारमा लडाइँ युद्ध झगडा किन हुन्छ ?
Reasons to Believe ख्रिस्टियन विश्वास बौद्धिक विश्वास
परमेश्वरको दासको भनाइ
ाँको
Click here to claim your Sponsored Listing.