10/04/2026
नेपालको आर्थिक वृद्धि २.३५% हुने ।
Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Sebkant Mandal - सेवकान्त मंडल, Educational consultant, .
10/04/2026
नेपालको आर्थिक वृद्धि २.३५% हुने ।
नागरिक एपमा निजामती विवरण, लोकसेवा प्रवेशपत्र र ‘एनओसी’ उपलब्ध हुने
30/03/2026
माध्यमिक शिक्षा परीक्षा (एसईई) प्रणालीमा व्यापक सुधार ल्याउने तयारीस्वरूप परीक्षा भएकै दिन उत्तरपुस्तिका परीक्षण गर्ने व्यवस्था प्रस्ताव गरिएको छ। नयाँ कार्यविधिअनुसार परीक्षा केन्द्रमै उत्तरपुस्तिका जाँच गरिने योजना अघि बढाइएको हो।
स्रोतका अनुसार केन्द्राध्यक्ष, सुरक्षाकर्मी तथा सीसीटिभी निगरानीमा उत्तरपुस्तिका परीक्षण गरिनेछ। यसले मूल्यांकन प्रक्रियालाई पारदर्शी बनाउनुका साथै नतिजा प्रकाशनमा हुने ढिलाइ कम गर्ने अपेक्षा गरिएको छ।
प्रस्तावित व्यवस्थाअनुसार उत्तरपुस्तिका जाँच भएपछि सोही दिन प्राप्ताङ्कसहित कपीहरू सिलबन्दी गरेर सम्बन्धित जिल्लाको शिक्षा विकास तथा समन्वय इकाईमा पठाइनेछ। यसरी परीक्षा सम्पन्न भएको दिनदेखि नै नतिजा प्रक्रियालाई तीव्र बनाउने लक्ष्य लिइएको छ।
स्रोतका अनुसार चालु वर्षका लागि यही कार्यविधिअनुसार परीक्षा सञ्चालनदेखि नतिजा प्रकाशनसम्मको काम अघि बढाइने तयारी भइरहेको छ। यसले एसईई नतिजा छिटो सार्वजनिक गर्ने सरकारको लक्ष्यलाई सहयोग गर्ने विश्वास गरिएको छ।
यससँगै आगामी वर्षदेखि एसईई परीक्षा व्यवस्थापनको जिम्मा प्रदेश सरकार वा विद्यालयलाई दिने विषयमा पनि छलफल सुरु भएको छ। यसका लागि आवश्यक कानुनी व्यवस्था गर्ने विषयमा सरकारभित्र बहस भइरहेको छ।
यस योजनालाई परीक्षा प्रणालीलाई आधुनिक, छिटो र प्रभावकारी बनाउने महत्वपूर्ण कदमका रूपमा हेरिएको छ।
सरकारले एसइई परीक्षाको नतिजा परीक्षा सकिएको एक महिनामै प्रकाशित गर्न राष्ट्रिय परीक्षा बोर्डलाई निर्देशन दिएको छ।
नेपाली बाहेकका १८ भाषामा ६७ जना प्रतिनिधिसभा सदस्यले शपथ लिएका छन् । त्यसमध्ये सबैभन्दा बढी २१ जनाले मैथिली भाषामा शपथ लिएका छन् ।
२०८२/१२/११ गते लोकसेवा आयोग कार्यालय जुम्लामा १ नम्बरमा सिफारिस हुन सफल भएका लक्ष्मण धराला सरलाई अन्तरबार्तामा सोधिएका प्रश्नहरु।
१. सर्वप्रथम त हजुरलाई बधाई छ, लक्ष्मण जि।
२. ल, हजुरको पूरा परिचय दिनुहोस् ।
३. +२ science गरेको भन्नुभयो, अनि अहिले BBS first year running भन्नुभयो, यो संकाय परिवर्तन किन गर्नु भयो त ?
४. आफ्नो रूचि फुटबल खेल्नमा छ भन्नुभयो, अनि यो फुटबलमा golden ball र golden boot दिने गरिन्छ, यो वितरण गर्दा कस्तो खेलाडीलाई दिन्छन।
५. निजामती सेवा भनेको के हो ?
६. यो नेपाल प्रहरी, सेना हरु पनि निजामती सेवा भित्र पर्छन् र ? निजामती सेवाका प्रकार हरुभन्नुस त, लक्ष्मण जि ।
७. अनि के यो, सार्वजनिक सेवा र सरकारी सेवा भनेको एउटै हो र ?
८. न्याय किन रोज्नु भएको त हजुरले ? न्यायमा धेरै रुचि भएर हो कि, के हो।
९. सानै उमेरको हुनु हुदो रैछ १९ वर्ष कै उमेरमा सार्वजनिक सेवा दिन सक्नु हुन्छ त लक्ष्मण जि ? यो लोकसेवामा उमेरहद सम्बन्धी के व्यवस्था छ थाहा छ ।
१०. भर्खरै नेपालमा चुनाव सम्पन्न भयो, जम्म कति मत खसेको थियो ? जुम्लामा कुन पार्टीले कति मत अन्तरले विजयी भयो भन्नुस त ल ?
११. यो वेरुजु किन बढेको होला भन्नुस त ? यो वेरुजु लाई व्यापारको रुपमा निकाल्ने प्रवृति भन्नुभयो, यसले गर्दा वेरुजु कसरी बढछ?
१२. अन्तिममा यो ह.ह.क्षे, पुनरावेदन सुन्ने , पुनरावलोकन गर्ने, साधक जाच्ने भनेको के हो, भन्न्नुस अनि जानुस् ।
१३. ल, अब हजुरलाई हामिले धेरै सोधेनम।
१४. सफलताको सुभाकामना लक्ष्मण जि, अब हजुर फाईल लगेर जान सक्नुहुन्छ।
(नोट: करिब ८-१० मिनेटको अन्तर्वार्ता)
सामाजिक सुरक्षा भत्ता पाउने उमेर वृद्धि गर्न सिफारिस गरिएको छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयका सचिव गोविन्द बहादुर कार्कीको नेतृत्वमा तयार पारिएको ‘सुशासन मार्गचित्र, २०८२’ मा भत्ता पाउने उमेर बढाउन सिफारिस भएको हो ।
29/03/2026
बालेन सरकारले हिजो कर्मचारी यूनियन हटाउने निर्णय गरेपछि राष्ट्रिय परीक्षा बोर्डकाे कर्मचारी यूनियन आफैं भङ्ग भएको छ। 😲
सरकारले संघीय निजामती सेवा विधेयक ४५ दिनभित्रै तर्जुमा गर्ने भएको छ। 🙏
सरकारले शिक्षा क्षेत्रमा दलिय हस्तक्षेप, विद्यार्थीको वास्तविक आवाज नसुनिने र शैक्षिक गुणस्तर गिरावटको समस्या समाधान गर्न ६० दिनभित्र विद्यालय/विश्वविद्यालय हाताबाट दलिय विद्यार्थी संगठनका संरचना हटाई ९० दिनभित्र Student Council/ Voice of Student संयन्त्रको विकास गर्ने।
Sebkant Mandal - सेवकान्त मंडल
29/03/2026
नेपालमा प्रधानमन्त्री नियुक्ति सम्बन्धमा जानकारी :
28/03/2026
प्रधानमन्त्रीको निजी सचिवमा नेपाल सरकारको सहसचिव आदरणीय सर प्रदीप परियार🙏❣️
हार्दिक बधाई आदरणीय सर..