24/08/2026
आर्थिक वर्ष २०८३/८४ का लागि IEMIS मा शिक्षक तथा कर्मचारीहरूको तलब Setup गर्ने सम्पूर्ण चरणहरू क्रमबद्ध रूपमा तल प्रस्तुत गरिएका छन्:
चरण १: Teacher मेनुमा प्रवेश
IEMIS मा Login गर्नुहोस्।
Teacher | Staff मा क्लिक गर्नुहोस्।
Teacher विकल्प खोल्नुहोस्।
चरण २: शिक्षकहरूको सूची Load गर्ने
विद्यालय छनौट भएको सुनिश्चित गरी Load बटनमा क्लिक गर्नुहोस्।
त्यसपछि शिक्षकहरूको सूची तल देखिनेछ।
चरण ३: Salary Details खोल्ने
सम्बन्धित शिक्षकको Actions बटनमा क्लिक गरी Teacher Salary Details छनौट गर्नुहोस्।
चरण ४: आर्थिक वर्ष छनौट गर्ने
Fiscal Year बाट 083/084 छनौट गरी Load बटनमा क्लिक गर्नुहोस्।
चरण ५: ग्रेड तथा तालिम विवरण
Teacher Current Grade मा वास्तविक ग्रेड लेख्नुहोस्।
२०५७ सालभन्दा अगाडिको तालिम लागू भए Yes, नभए No छनौट गर्नुहोस्।
चरण ६: तह, श्रेणी वा पद छनौट
Federal Level Salary Setup मा शिक्षकको सही Level र Position Type भएको एуटा मात्र Checkbox छनौट गर्नुहोस्।
Base Salary मिलेको सुनिश्चित गर्नुहोस्।
चरण ७: भत्ताहरू मिलान गर्ने
लागू हुने भत्तामा मात्र टिक लगाउनुहोस्।
चाडपर्व खर्चको Month मा "असोज" छनौट गर्नुहोस्।
स्थानीय थप भत्ता नभए 0 राख्नुहोस्।
चरण ८: पोसाक तथा प्रधानाध्यापक भत्ता
पोसाक भत्ता पाउने भए सम्बन्धित विकल्पमा टिक लगाउनुहोस्।
उच्च हिमाली भेगका लागि रु. १५,००० र अन्य जिल्लाका लागि रु. १०,००० भएको पङ्क्ति छनौट गर्नुहोस्।
प्रधानाध्यापक भए आफू कार्यरत तहअनुसारको प्र.अ. भत्तामा टिक लगाउनुहोस्।
चरण ९: स्थानीय तथा प्रदेश स्रोत
Local Level Funded Amount मा स्थानीय तहबाट प्राप्त रकम राख्नुहोस्।
Province Level Funded Amount मा प्रदेशबाट प्राप्त रकम राख्नुहोस्।
रकम प्राप्त नभए 0 नै राख्नुहोस्।
चरण १०: विवरण सुरक्षित गर्ने
सबै विवरण पुनः जाँच गरी Update बटनमा क्लिक गर्नुहोस्।
द्रष्टव्य: अब यसैगरी विद्यालयमा कार्यरत सम्पूर्ण शिक्षक (Teacher) र कर्मचारी (Staff) को तलब विवरण पालैपालो क्रमैसँग Setup गर्नुहोस् ।