10/03/2026
Manufacturing क्षेत्र तर्फको कोरियन भाषा (2025)को नतिजा प्रकाशन सम्बन्धी सूचना !cskorean
पासर सूचीको लागि तलको लिङ्कमा थिच्नुहोला ।
https://epsnepal.gov.np/uploads/files_video/files_1773144259.pdf
28/02/2026
३९ भयो है 🇰🇷🤦 cutline
Manufacturing तर्फको कटलाईन ३९ निर्धारण भएको जानकारी इपिएस कोरियाले आफ्नो वेबसाइटमा राखेको छ। वेबसाइटमा आफ्नो परीक्षामा पढाई र सुनाईमा कति मिलेको, जम्मा कति अङ्क आएको र उत्तीर्ण गर्न कति अङ्क आउनुपर्ने छुट्याएर राखिएको छ। उत्तीर्ण हुन आउनुपर्ने अङ्कमा 97.5 राखिएको छ। जसको अर्थ ४० प्रश्नमा कम्तीमा ३९ प्रश्नको सहि जवाफ दिएको हुनुपर्छ।
आफ्नो अङ्क हेर्न कमेन्टमा राखिएको लिङ्कमा गई १६ अङ्कको आफ्नो Registration Number राखेर View मा Click गर्नुहोला। तथापी नामावली सहितको अन्तिम नतिजा इपिएस शाखा, ग्वार्कोबाट प्रकाशन गरिनेछ। अन्य जानकारी त्यसै सुचनामा उल्लेख गरिएको हुनेछ।
27/02/2026
Manufacturing तर्फ परीक्षा दिएर बस्नुभएका व्यक्तिहरुको Score HRD Korea ले आफ्नो वेबसाइटमा राखेको छ। तर कतिजना उत्तीर्ण हुनुभयो भन्ने नामावली अपडेट गरेको छैन। Score भने परीक्षा दिनुभएका सम्पुर्ण व्यक्तिहरुले हेर्न सक्नुहुनेछ।
परीक्षामा कति Score आयो हेर्नका लागि कमेन्टमा राखिएको लिङ्कमा गई Passport No. र DOB राखी Search गर्नुहोला। तपाईंले दिनुभएको पुराना परीक्षाको Score पनि यहिँ आउने भएकाले Registration Number रुजु गर्नुहोला।
Link 👇
12/02/2026
EPS ko cutline line kati hola....? 🇰🇷🤔
05/02/2026
Agriculture & Livestock EPS TOPIK 2025 परीक्षा सम्बन्धी केहि जानकारीहरु;
- जम्मा परीक्षार्थी: ३५,२१८ जना
- परीक्षा सुरु मिति: २०८२ फागुन ०३ (15 February, 2026)
- परीक्षा सकिने मिति: २०८२ चैत १८ (01 April, 2026)
- बायोमेट्रिक गर्नुपर्ने मिति: आफ्नो परीक्षा दिनको अघिल्लो दिन
- बायोमेट्रिक गर्ने स्थान: इपिएस कोरिया शाखा कार्यालय, ग्वार्को, ललितपुर
- परीक्षा सञ्चालन हुने स्थान: UBT परीक्षा भवन, भैंसेपाटी, ललितपुर (राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठान भवन)
- बायोमेट्रिक र परीक्षामा उपस्थित हुँदा आवश्यक कागजातहरु: सक्कल राहदानी (Passport) र प्रवेश पत्रको रङ्गिन प्रति
- परीक्षा भवनमा पुग्नुपर्ने समय: आफ्नो परीक्षा समय भन्दा २ घण्टा अगावै
नोट: परीक्षा तालिकाको लिङ्क, बायोमेट्रिक स्थान र परीक्षा भवनको Google Map लिङ्क कमेन्टमा राखिएको छ।
27/01/2026
हाम्रो मिहेनती विधार्थी जो जहिले पढ्ने कुरामा हुटहुटी राख्नु हुन्छ …कोरिया पुगेको १ बर्ष नपुग्दै ४ लेभल धेरै खुसी लाग्यो..आगामी दिनमा यहाको ऊज्जवल भविष्यको कामना…..❤️🥀
21/01/2026
हिजोको Final मा धेरैले बिगारिनु भाको Question🥺