Arun Timalsina

Arun Timalsina Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Arun Timalsina, Education, Kathmandu.

⬆️🆙
02/04/2022

⬆️🆙

प्रावि प्रश्न !
02/04/2022

प्रावि प्रश्न !

निमावि तह प्रश्न ! !
31/03/2022

निमावि तह प्रश्न ! !

29/03/2022
Feedback राति 8 बजे ! !   CEDEP Nepal लोकसेवा तयारी कक्षा Live Tsc and Psc ✅✅
23/01/2022

Feedback राति 8 बजे ! !
CEDEP Nepal लोकसेवा तयारी कक्षा Live
Tsc and Psc ✅✅

गण्डकी प्रदेशको सहायक स्तर चौथो तहको BOST अन्तर्गतको प्रश्न र समाधान कुमार प्रसाद तिमल्सिना आइ क्यु प्रशिक्षक
23/01/2022

गण्डकी प्रदेशको सहायक स्तर चौथो तहको BOST अन्तर्गतको प्रश्न र समाधान
कुमार प्रसाद तिमल्सिना आइ क्यु प्रशिक्षक

▶️GK and IQ ◀️प्रश्नपत्रः शिक्षक सेवा आयोग, अतिरिक्त अभ्यास सेट–२पृष्ठपोषण कक्षाः राति ८:१५ बजे  CEDEP Nepal लोकसेवा तया...
21/01/2022

▶️GK and IQ ◀️
प्रश्नपत्रः शिक्षक सेवा आयोग, अतिरिक्त अभ्यास सेट–२
पृष्ठपोषण कक्षाः राति ८:१५ बजे
CEDEP Nepal लोकसेवा तयारी कक्षा Facebook Live ✅✅

12/01/2022

आजको गोरखापत्रमा प्रकाशित (वस्तुगत प्रश्नोत्तर)
📖📖📖📖📖📖📖📖📖📖📖🙏
१. विश्व स्वास्थ्य सङ्गठनद्वारा दक्षिण अफ्रिकामा पत्ता लागेको कोरोना भाइरसको नयाँ भेरियन्टलाई के नामकरण गरिएको छ ?
➡️ ओमिक्रोन
➖ WHO सन् २०२१ नोभेम्बर २६ मा सो भाइरसलाई ओमिक्रोन नामकरण गरेको ।
➖ डब्लूएचओले बेलायतमा भेटिएको भेरियन्टलाई ‘अल्फा’
➖ ब्राजिलमा भेटिएको भेरियन्टलाई ‘गामा’, दक्षिण अफ्रिकामै भेटिएको भेरियन्टलाई ‘विटा’, भारतमा भेटिएको भेरियन्ट (बी–१.६१७.२)लाई ‘डेल्टा’ एवं भारतमै भेटिएको अर्को भेरियन्ट (बी–१.६१७.१) लाई कप्पा नामकरण गरेको ।

➖ जुन देशमा भेरियन्टको पहिचान भयो, त्यही देशको नामका आधारमा कोभिड–१९ को भेरियन्ट नामकरण हुन थालेपछि विवाद बढेपश्चात् सो विवादलाई दृष्टिगत गरी विश्व स्वास्थ्य सङ्गठनले सन् २०२१ मे ३१ देखि ग्रिक अल्फाबेटका आधारमा अर्थात् नयाँ तरिकाले नामकरण गर्न थालेको ।

➖ भाइरोलोजिस्ट र वैज्ञानिकहरूको समूहले निण्कालेको निष्कर्षका आधारमा इन्टरनेसनल कमिटी अन ट्याक्सोनोमी अफ भाइरस (आईसीटीभी)द्वारा नामकरण गर्ने गरिएको ।

२. विश्वको दोस्रो लामो जिपलाइन कहाँ निर्माण गरिएको छ ?
➡️ कुश्मा, पर्वत

➖ सुपरम्यान शैलीमा निर्मित सो जिपलाइन वि.सं. २०७८ पुस २४ देखि सञ्चालनमा आएको ।
➖ कालीगण्डकी नदीको सतहदेखि झन्डै २५० मिटरको उचाइबाट सुरु हुने सो जिपलाइनको सुरुवाती गति प्रतिघण्टा १३० कि.मि.को गतिमा चलेर गन्तव्य नजिकिँदै जाँदा बिस्तारै घट्दै जाने गर्दछ ।
➖ १४८० मिटरको दूरी पार गरिसक्दा कम्पनी (हार्नेस प्रा.लि.)ले नै निर्माण गरेको एडभेन्चर रिसोर्टमा पुगेर जिपलाइन ल्यान्डिङ हुन्छ ।
➖ सुपरम्यान शैलीमा विश्वको सबैभन्दा लामो जिपलाइन दुबईमा रहेको छ ।

३. काठमाडौंँमा आयोजित एचआर मिट नेपाल अवार्ड फर कर्पोरेट एक्सिलेन्स २०२१ मा उत्कृष्ट महिला अवार्ड कसलाई प्रदान गरियो ?
➡️अनुपमा खुञ्जेली (सीईओ, मेगा बैङ्क नेपाल)

➖बैङ्किङ क्षेत्रमा उत्कृष्ट कार्य गरेबापत खुञ्जेलीलाई यो अवार्ड प्रदान गरिएको ।
➖सीईओ खुञ्जेली नेपालको ‘क’ वर्गको वाणिज्य बैङ्कको प्रथम महिला सीईओ हुनुहुन्छ ।
➖एचआरएम अवार्डस् फर कर्पोरेट एक्सिलेन्स २०२१ को वित्तीय सेवाको वर्गमा मुक्तिनाथ विकास बैङ्क सम्मानित भएको ।

४. मिसेस ग्रान्ड इन्टरनेसनल नेपाल बन्न सफल युवती को हुन् ?
➡️ उर्मिला उप्रेती सिलवाल (भैरहवा)
(रिवन इन्टरटेन्मेन्टद्वारा आयोजित सो प्रतियोगिताको उपाधि विजेता उर्मिलाले विवाहित महिलाबीच म्यानमारको मान्डलेमा हुने अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता मिसेस ग्रान्ड इन्टरनेसनल २०२२ मा नेपालको तर्फबाट सहभागी हुनेछन् ।)

५. सन् २०२१ नोभेम्बरमा लन्डनमा आयोजित द रिमेम्वरेन्स सन्डे समारोह केसँग सम्बन्धित छ ?
➡️ प्रथम विश्वयुद्ध
(प्रथम विश्वयुद्ध समाप्त भएको १०३ वर्ष पुगेको अवसरमा सो समारोह आयोजना गरिएको ।)

६. प्रसिद्ध वैज्ञानिक थोमस अल्भा एडिसनको जन्म कहिले भएको हो ?
➡️ सन् १८४७ फेब्रुअरी ११
➖ उनको जन्म अमेरिकाको ओहायो राज्यमा भएको ।
➖ग्रामोफोन, विद्युत् बल्ब, चलचित्र क्यामरा, प्रोजेक्टरको आविष्कार गर्ने वैज्ञानिक थोमस अल्भा एडिसन हुन् ।
➖ टेलिफोनबाट सर्वप्रथम हेलो शब्द प्रयोग गर्ने वैज्ञानिक एडिसन हुन् ।
➖ हालसम्म सबैभन्दा धेरै आविष्कार गर्ने वैज्ञानिकका रूपमा एडिसनलाई चिनिन्छ ।
➖ थोमस अल्भा एडिसनको मृत्यु सन् १९३१ अक्टोबर १८ मा भएको हो ।

७. संयुक्त राष्ट्रसङ्घका आधिकारिक भाषा कति छन् ?
➡️ ६
➖ यूएनओले अफिसियल रूपमा मान्यता प्रदान गरेका छ भाषा ः अङ्ग्रेजी, फ्रेन्च, चिनियाँ, रुसी, स्पेनिस र अरबी ।
➖ यूएनओले अफिसियल रूपमा मान्यता प्रदान गरेको पछिल्लो भाषा अरबी हो ।
➖यूएनओको कार्यालय सञ्चालनमा प्रयोग हुने दुई भाषा अङ्ग्रेजी र फ्रेन्च हुन् ।

८. सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार स्थानीय तहमा विद्युतीय शासन अवस्थाको लेखाजोखा मूल्याङ्कनमा पहिलो बन्न सफल स्थानीय तह कुन हो ?
➡️चौरजहारी नगरपालिका (रुकुम पश्चिम)

➖ सातवटा विषयलाई १०० पूर्णाङ्कमा समेटी मूल्याङ्कन गरेर तयार पारिएको सो प्रतिवेदनअनुसार चौरजहारी नगरपालिकाले ८० अङ्कका साथ पहिलो स्थान हासिल गरेको ।
➖प्रतिवेदनअनुसार उत्कृष्ट १५ स्थानीय तहमा आठ नगरपालिका, तीन गाउँपालिका, तीन उपमहानगरपालिका र एक महानगरपालिका रहेका ।
➖ प्रतिवेदनअनुसार उत्कृष्ट १५ स्थानीय तह
स्थानीय तह प्राप्ताङ्क
-चौरजहारी नगरपालिका (पश्चिम रुकुम) ८०
-वालिङ नगरपालिका (स्याङ्जा) ७८
-कीर्तिपुर नगरपालिका (काठमाडौंँ) ७८
-खैरहनी नगरपालिका (चितवन) ७६
-धनगढी उपमहानरपालिका (कैलाली) ७६
-ज्वालामुखी गाउँपालिका (धादिङ) ७५
-कन्काई नगरपालिका (झापा) ७४
-गौर नगरपालिका (रौतहट) ७३
-पोखरा महानगरपलिका (कास्की) ७१
-तुलसीपुर उपमहानगरपालिका (दाङ) ७१
-शारदा नगरपालिका (सल्यान) ७०
-गुर्भाकोट नगरपालिका (सुर्खेत) ६८
-सखुवान्करकट्टी गाउँपालिका (सिराहा) ६८
-नेपालगञ्ज उपहानगरपालिका (बाँके) ६८
-मेल्लेख गाउँपालिका (अछाम) ६८

९. सार्क सचिवालय काठमाडौंँमा राख्ने निर्णय कति औँ शिखर सम्मेलनले गरेको हो ?
➡️ दोस्रो
➖अङ्ग्रेजी अल्फाबेटका आधारमा प्रत्येक राष्ट्रबाट महासचिव नियुक्त गर्ने निर्णय दोस्रो सम्मेलनमा गरिएको हो ।
➖दोस्रो शिखर सम्मेलन सन् १९८६ नोभेम्बर १७–१८ मा भारतको बैङ्लोरमा भएको थियो ।

१०. विभिन्न उत्पादकले आफ्ना सामग्रीमा प्रयोग गर्ने क्यू.आर. कोडको पूरा रूप के हो ?
➡️ क्विक रेस्पोन्स कोड

११. गैरआवासीय नेपाली सङ्घको स्थापना कहिले भएको हो ?
➡️सन् २००३ अक्टोबर ११

१२. ‘लस्ट इन ट्रान्जिसनु’ नामक कृतिका लेखक को हुन् ?
➡️कुलचन्द्र गौतम

१३. भीमसेन थापाको पालामा नेपाललाई ३९ जिल्लामा विभाजन गरिएको थियो भने राणाकालीन समयमा कति जिल्लामा विभाजन गरिएको थियो ?
➡️ ३५
– (राणाकालीन समयमा नेपालमा ३५ (तराईमा १२ र पहाडमा २३) जिल्ला कायम गरिएको ।)

१४. ‘किरोवो’ भनेको के हो ?
➡️ अन्तरिक्षबाट बोलेर सूचना दिने पहिलो रोबोट
➖ जापानस्थित टोकियो विश्वविद्यालयबाट निर्मित यो रोबोटले पहिलोपल्ट सन् २०१३ अगस्ट २१ मा बोलेर सूचना प्रदान गरेको ।
➖ किरोवोद्वारा पहिलोपल्ट उच्चारित भनाइ ब् च्यदयत तययप यलभ कmबिि कतभउ तयधबचम ब दचष्नजतभच ागतगचभ ायच बिि रहेको ।

१५. ‘पुतली घर’ नामक कृतिका सर्जक को हुन् ?
➡️ पुष्पा बस्नेत

१६. बेलायतको ग्रीनविच कति डिग्री देशान्तर रेखामा पर्दछ ?
➡️० डिग्री
(बेलायतस्थित ग्रिनविच (० डिग्री देशान्तर रेखा)लाई आधार मानी अन्तर्राष्ट्रिय समयको निर्धारण गरिएको छ । ग्रिनविच मिनटाइमभन्दा नेपालको समय ५ घण्टा ४५ मिनेट चलाख रहेको छ ।)

१७. मानिसको शरीरमा इन्सुलिन हर्मोन उत्पादन गर्ने ग्रन्थी कुन हो ?
➡️प्याक्रियाज

१८. वि.सं. २०७८ पुसमा काठमाडौँमा सम्पन्न नेकपा (माओवादी केन्द्र)को आठौँ महाधिवेशनले अध्यक्षमा कसलाई चयन गरेको हो ?
➡️ पुष्पकमल दाहाल ‘प्रचण्ड’
– (आठौँ महाधिवेशनले चयन गरेको केन्द्रीय समितिको पहिलो बैठकले पुस १९ मा अध्यक्षमा प्रचण्डलाई नै निरन्तरता दिने निर्णय गरेको ।)

१९. बदुरी यात्रा भन्नाले के बुझिन्छ ?
➡️ परम्परागत रूपमा भेडा, च्याङ्ग्रामार्फत नुन, चामलका साथै अन्य आवश्यक सामग्री ढुवानी गराउन जाने चलन ।
➖ बदुरी यात्राका क्रममा खुला आकाशमुनि बास बस्नुलाई बदुरी पाटा भनिन्छ ।
➖ यो चलन साबिकको कर्णालीमा अझै पनि कायमै रहेको छ ।
➖ भेडा, च्याङ्ग्राको बथानलाई कर्णालीको खस भाषामा बहकर भनिन्छ भने तिनको गोठालालाई बदुरी भन्ने गरिन्छ ।
➖ सडक पुगेर दैनिक यातायातका साधन चले पनि बदुरीले आफ्नो परम्परालाई छाडेका छैनन् ।

२०. सौर्य ऊर्जा, वायु ऊर्जा, जलस्रोत ऊर्जा एवं ज्वारभाटा कुन प्रकृतिको ऊर्जाका स्रोत हुन् ?
➡️नवीकरणीय

२१. प्राकृतिक ग्यास, खनिज तेल, कोइला आदि कस्तो प्रकारका ऊर्जाका स्रोत हुन् ?
➡️अनवीकरणीय

२२. नेपालको इतिहासमा पिस्कर काण्डका रूपमा चिनिने पिस्कर घटना कहिले भएको थियो ?
➡️ वि.सं. २०४० माघ १
– (वि.सं. २०४० को माघे सङ्क्रान्तिका दिन सिन्धुपाल्चोक जिल्लास्थित पिस्कर गाउँको महादेवस्थानमा माघे सङ्क्रान्ति मेलाको अवसरमा रातको समयमा प्रहरीले घेरा हाली अन्धाधुन्ध गोली चलाउँदा इली थामी, वीरबहादुर थामीको घटनास्थलमै निधन भएका साथै सयौँ घाइते र गिरफ्तार भएका थिए । यसै घटनालाई पिस्कर काण्डका
रूपमा चिनिन्छ ।)

२३. विश्वको कुन सहरलाई साइकलको अधिराज्य अर्थात् किङ्डम अफ साइकल भनी चिनिन्छ ?
➡️ बेइजिङ (चीन)
➖ साइकल प्रयोगले वातावरण प्रदूषणलाई न्यूनीकरण गर्ने साथै साइकल चलाउँदा हुने शारीरिक व्यायामले मानव स्वास्थ्यलाई तन्दुरुस्त राख्ने ।
➖ छवटा चक्रपथ रहेको बेइजिङमा साइकलका लागि सडकमा छुट्टै लेन छ ।

Iq for all 🙏
26/12/2021

Iq for all 🙏

खरिदार नमुना सेट ▶️
25/12/2021

खरिदार नमुना सेट ▶️

नायब सुब्बा साप्ताहिक नमूना प्रथमपत्र सेट-१९========================नोटःFeedback Class दशैंपछि हुन्छ  ।
09/10/2021

नायब सुब्बा साप्ताहिक नमूना प्रथमपत्र सेट-१९
========================
नोटःFeedback Class दशैंपछि हुन्छ ।

राजपत्र अनंकित द्धितिय श्रेणी (खरिदार) को प्रथम चरण अन्तगर्त आधारभुत कार्यलय सीप परीक्षण Basic office skill test (BOST) ...
17/08/2021

राजपत्र अनंकित द्धितिय श्रेणी (खरिदार) को प्रथम चरण अन्तगर्त आधारभुत कार्यलय सीप परीक्षण Basic office skill test (BOST) OR (IQ)को पाठ्यक्रम अन्तर्गत पर्ने Topics (विषय वस्तुहरु) को प्रारम्भिक स्वरुप हो यो।

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when Arun Timalsina posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The School

Send a message to Arun Timalsina:

Shortcuts

Share

Category