Eloksewa

Eloksewa DIGITIZE THE LEARNING

26/01/2023

आज बेलुकी नाशु कक्षा श्र्धेय गुरु बद्री प्रसाद कार्की सर बाट ८ बजे बाट शुरु।

16/01/2023

प्रश्न सार्वजनिक ऋण भनेको के हो ? सार्वजनिक ऋणका उद्देश्य उल्लेख गर्नुहोस् । १०
सरकारले देशभित्र तथा देश बाहिरबाट लिने ऋण्लाई सार्वजनिक ऋण भनिन्छ । सरकारले यस्तो ऋण व्यक्ति, फर्म, बैङ्क तथा वित्तीय संस्थाबाट उठाउने गर्दछ । स्वदेशभित्रबाट लिने ऋणलाई आन्तरिक ऋण भनिन्छ भने विदेशबाट लिने ऋणलाई वैदेशिक ऋण भनिन्छ । यस्तो ऋण तोकिएको समयपछि धेरैजसो अवस्थामा ब्याजसमेत समावेश गरी फिर्ता गर्नुपर्ने हुन्छ । सरकारद्वारा ऋण उठाउने चलनको सुरुवात १८ औँ शाताब्दीबाट सुरु भए पनि प्रथम विश्वयुद्धको समय कालदेखि बेस्टबलले सरकारले ऋण लिने कार्यलाई व्यर्थको खर्च बढाउने, खराब आर्थिक स्थिति पैदा गर्ने जस्ता विचार राखेको पाइन्छ भने आधुनिक अर्थशास्त्रीले यसलाई उत्पादनशील साधनका रुपमा लिएको पाइन्छ । सरकारले गर्ने खर्च राजस्वबाट नपुग भएमा चालू घाटा बेहोर्न ऋण लिनेगर्दछ । सार्वजनिक ऋण उठाउन बन्ड, ट्रेजरी बिल जस्ता वित्तीय साधनको प्रयोग गरिन्छ । सार्वजनिक ऋण सरकारी वित्तीय नीतिको एक प्रभावकारी औजार पनि हो ।

सार्वजनिक ऋणका उद्देश्य

– सरकारी घाटा बजेट पूर्ति गर्ने,
– आर्थिक मन्दी नियन्त्र ण गर्ने,
– मूल्य वृद्धि नियन्त्रण गर्ने,
– मुलुकको आर्थिक सामाजिक विकास गर्नका लागि वित्तीय साधन स्रोत उपलब्ध गराउने,
– सङ्कटकालीन अवस्थाको सामना गर्ने,
– आर्थिक वृद्धि गर्ने, आर्थिक स्थायित्व कायम गर्ने,
– भैतिक पूवाधार निर्माण गर्ने,
– उत्पादन र उत्पादकत्व बढाउने,
– प्राथमिकता प्राप्त क्षेत्रमा लगानी बढाउने,
– रोजगारीका अवसर सिर्जना गर्ने,
अन्त्यमा,
नेपाल जस्तो राजस्व क्षमता कम भएको तथा जन अपेक्षा र विकास आवश्यकताको बृद्धि भई सार्वजनिक खर्चको आकारमा बृद्धि भइरहेको मुलुकमा तत्कालै सार्वजनिक ऋणको विकल्प देखिदैन । नेपालको घाटा बजेट पुर्तिको महत्वपुर्ण उपायको रुपमा रहेको सार्वजनिक ऋण विवेकपुर्ण ढगंले लिनुपर्ने र व्यवस्थापनमा सुशासन, दक्षता एवं प्रभावकारिता अभिवृद्धी गर्नु पर्दछ । त्यसकालागि दृढ राजनैतिक इच्छाशक्ती र प्रशासनिक सक्रियता सुदृढ गर्नु आजको आवश्यकता हो ।

आजको परीक्षा कस्तो भयाे ?
12/01/2023

आजको परीक्षा कस्तो भयाे ?

निजामती सेवाका विशेषता कन्ठ गर्नका लागि
02/01/2023

निजामती सेवाका विशेषता कन्ठ गर्नका लागि

Address

Kathmandu

Telephone

+9779851060352

Website

Alerts

Be the first to know and let us send you an email when Eloksewa posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The School

Send a message to Eloksewa:

Shortcuts

Share