EPS Preparation Group Nepal

EPS Preparation Group Nepal

Share

꿈을 꾸고 믿을 수 있다면 이를 수도있다 절대
포기하지 마세요🇰🇷
Practice make sure perfect man✅
>Self Study Korean Language

17/04/2026

दु:खद खबर 🥲
कोरियाको खिम्पोमा कार्यरत नेपाली युवाको उपचारकै क्रममा निधन

दक्षिण कोरियाको खिम्पोमा E-7-4 भिसामा कार्यरत पाँचथर घर भएका मोहनले आ'त्म'हत्या गर्ने प्रयास गरेको अवस्थामा भेटिए पछि तत्कालै आकस्मिक अस्पताल भर्ना गरिएको थियो । गम्भीर अवस्थामा रहेका उनलाई चिकित्सकले बचाउन प्रयास गरे पनि उपचारकै क्रममा उनको निधन भएको पुष्टि भएको छ ।

मृतकप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछौँ । शोक सन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गर्दै, यस दुःखद घडीमा धैर्य धारण गर्ने शक्ति मिलोस् भन्ने कामना गर्दछौँ ।

16/04/2026

🇰🇷 दक्षिण कोरियामा अभद्र व्यवहार गर्नेलाई कडा कारबाही: नेपालीहरू पनि सचेत रहनुपर्ने
दक्षिण कोरियाको सउल वेस्टर्न जिल्ला अदालतले भर्खरै अमेरिकी युट्युबर जोनी सोमाली (रामसे खालिद इसमाएल) लाई सार्वजनिक स्थानमा अशान्ति मच्चाएको र व्यापारमा अवरोध पुर्‍याएको अभियोगमा ६ महिनाको जेल सजाय सुनाएको छ। यो घटनाले दक्षिण कोरियामा बसोबास गर्ने अन्य विदेशी नागरिकहरू, विशेषगरी नेपाली समुदायका लागि ठूलो पाठ सिकाएको छ।
पछिल्लो समय केही नेपालीहरूले पनि कोरियाका भरिभराउ बस र सबवे (ट्रेन) भित्र सामाजिक सञ्जालका लागि टिकटक बनाउने, नाच्ने र चर्को स्वरमा गाउने जस्ता क्रियाकलाप गरेको देखिन्छ। अमेरिकी युट्युबरको हकमा अदालतले गरेको फैसलाले के पुष्टि गर्छ भने, अरूलाई बाधा पुग्ने गरी गरिने यस्ता हर्कतहरूलाई कोरियाली कानुनले "व्यापारिक अवरोध" र "सार्वजनिक शान्ति विरुद्धको अपराध" मान्दछ।

जोनी सोमालीलाई केवल ६ महिना जेल मात्र होइन, ५ वर्षसम्म बालबालिका र अपाङ्गता भएका संस्थामा काम गर्न समेत प्रतिबन्ध लगाइएको छ।
कोरियामा कडा मेहनत गरेर भविष्य बनाउन पुगेका नेपालीहरूले निम्न कुरामा ध्यान नदिएमा गम्भीर कानुनी झमेला र देश निकाला (Deportation) सम्मको सामना गर्नुपर्ने उच्च जोखिम छ:

यात्रुहरूको गोपनीयता भंग हुने गरी क्यामेरा चलाउने वा नाच्ने गर्दा प्रहरी कारबाही हुन सक्छ।कोरियाली भावना र इतिहास जोडिएका स्मारकहरूमा जथाभाबी हर्कत नगर्ने।पार्क, पसल वा सडकमा चर्को संगीत बजाउने वा मानिसलाई जिस्क्याउने कार्य।सामाजिक सञ्जालमा अश्लील वा भ्रामक भिडियो फैलाउने।
📢 निष्कर्ष: "समयमै सोचौँ, नियम पालना गरौँ"
कोरियाली समाज शिष्टाचार र गोपनीयतालाई निकै महत्व दिने समाज हो। केही समयको रमाइलो वा 'भ्यूज' का लागि कानुन हातमा लिँदा वर्षौँको दुःख र कमाइ एकै झट्कामा बर्बाद हुन सक्छ। त्यसैले, सार्वजनिक स्थानमा मर्यादित व्यवहार गर्नु नै बुद्धिमानी हुनेछ।
**कानुनको पालना गरौँ, आफ्नो र देशको प्रतिष्ठा जोगाऔँ!**
🇰🇷🇳🇵

Photos from EPS Preparation Group Nepal's post 25/10/2025

🇰🇷
Manufacturing तर्फ परीक्षा तालिका Update
HRD Korea ले आफ्नो वेबसाइटमा Manufacturing तर्फ परीक्षा तालिका प्रकाशन गरेको छ। कमेन्टमा राखिएको लिङ्कमा गई तलको फोटोमा देखाइएको पेजमा जानुहोस्, The 4th recruitment of the Point system in Nepal_Manufacturing वा Manufacturing (2) मा Click गर्नुहोस् र Receipt No. मा आफ्नो Registration number को C पछाडिको ८ अङ्क राखी Search गरेर आफ्नो परीक्षा मिति र समय हेर्नुहोस्।🙏

परीक्षा कहिलेदेखि कहिलेसम्म हुने, Agriculture को कहिले हुने जस्ता विस्तृत विवरण आउन बाँकी नै छ, तर Manufacturing तर्फ आफ्नो आफ्नो व्यक्तिगत परीक्षा मिति हेर्न सकिने भएको छ।

🇳🇵🇰🇷

Photos from EPS Preparation Group Nepal's post 17/09/2025


📌 कोरिया कामदार पठाउने ई-7 भिषा प्रक्रिया अनिकालका लागि रोकियो...!
゚viralシviralシfypシ゚viralシalシ



🇳🇵🇰🇷




sorry people We Lost Diamond in search of gold

Photos from EPS Preparation Group Nepal's post 03/08/2025

नयाँ परीक्षा खुल्ने सम्बन्धी जानकारी!!!

HRD korea ले आफ्नो वेबसाइटमा नेपालको लागि UBT तर्फ नयाँ परीक्षा फाराम खोल्ने तालिका प्रकाशन गरेको छ। उक्त वेबसाइटमा देखाइए अनुसार परीक्षा फाराम सन् 2025 August 11 देखि 16 सम्म ६ दिन खुल्ला रहनेछ। कुन कुन सेक्टरमा कति कति कोटाको‌ फाराम खुल्ने भन्ने अन्तिम जानकारी इपिएस शाखा, ग्वार्कोद्वारा प्रकाशन हुनेछ। हामी जानकारी गराउनेछौँ। आफ्नो तयारी निरन्तर गर्नुहोला




🇳🇵🇰🇷

Photos from EPS Preparation Group Nepal's post 04/06/2025

Democratic पार्टीको उम्मेदवार #이재명 दक्षिण कोरियाको लागी २१ औं रष्ट्रपतिमा निर्बाचित भएका छन् । peoples power पार्टीको उम्मेदवार Kim Moon-soo #김문수 र मदजुर पक्षका lea jae-myung 이재명 बिच कडा प्रतिश्प्रधा भएको थियो ।



26/03/2025

तीव्र हावाका कारण फैलिएको डढेलोले देशको दक्षिणी केही क्षेत्रहरूलाई ध्वस्त पारेको छ ।

Photos from EPS Preparation Group Nepal's post 26/03/2025

डढेलोले खरानी बनेको दक्षिण कोरिया‼️🔥😭🇰🇷

५ दिनदेखी कोरियाको दक्षिण पुर्वी भुभागमा जारी डढेलोबाट १८ जनाको मृत्यु भएको छ भने २७ हजार विस्थापित भएका छन्। १३० हेलिकप्टर र ५ हजारभन्दा बढी अग्निनियन्त्रकले आगो निभाउने प्रयास गरेतापनि आगो नियन्त्रणमा अझैसम्म आउन सकेको छैन्।

🙏🔥
EPS Preparation Group Nepal

14/03/2025
Want your school to be the top-listed School/college in Kathmandu?

Click here to claim your Sponsored Listing.

Location

Category

Website

Address


Kathmandu
44600