05/06/2025
Root Industry को Short Listing गर्ने सम्बन्धी संसोधित सूचना l
सुचना शिक्षा र मनोरञ्जन
05/06/2025
Root Industry को Short Listing गर्ने सम्बन्धी संसोधित सूचना l
09/07/2024
📢📣2024 Special (CBT) EPS-TOPIK अर्थात् दक्षिण कोरियामा E-9 भिसामा ३ बर्ष भन्दा बढि काम गरेर १ कार्यकाल मात्र बसेर फर्केका हरुको लागि परीक्षाको आबेदन फर्म खुल्दैछ!! 📢📣
आवेदन मिति यहि जुलाई २२ देखि अगस्त २ तारिख सम्म रहेको छ ।
बिस्तृत जानकारीको लागि तलको लिंकमा हेर्नुहोस्।
https://epstopik.hrdkorea.or.kr/epstopik/abot/exam/sechduleDetail.do
दाङ तुलसीपुर १७ बनकट्टा स्थित घरको ईनार सफा गर्ने क्रममा ईनारमै फसेको व्यक्तिलाई जिवितै उद्दार गर्दै नेपाल प्रहरी ।
Good job nepal police
#नेपालप्रहरी
एग्रीकल्चरमा नेपाली बहिनिको काम हेर्नुस ।
कोरियन भाषा अध्ययन गर्दै गर्नुभएकी अस्मिता बहिनी आफ्नो परिचय दिदै । तपाई पनि कोरियन भाषा कसरी अध्ययन गरिरहनुभएको छ हामिलाइ भिडियो पठाउनुस है ।
कोरियाबाट एक नेपाली चेलीको स्ट्याटस,सम्बन्धित निकायको समयमै ध्यान जाओस।😢😢😢
खै कहाँ बाट लेखी कहाँ गएर अन्त्य गरौं ..............😭
सुनौलो सपना देखि रात दिन मेहनत गरि ८/९ बर्ष पछि कोरिया आइ कुनै कम्पनी मा काम गर्न थालेको लगभग २ महिना जति हुन लाग्यो तर मेरो भाग्य भनौं कि काम लगाउने कर्मचारी ले मलाइ हरेक कुरा मा विभेद तरिका हेर्ने र गाली गर्ने, गर्दागर्दै पनि भएन मात्रै भन्ने मान्छे हो म पनि सकेको १२/१४ घन्टा गरिरहेकै छु अजै भएन भन्ने दिन कै फरक काममा लगाउने अनि भएन भन्ने हरेक टचर दिन थाल्यो । म गर्न सक्तैन तेरो किच किच ले भन्दा नेपाल पठाउछु भन्छ । म मर्न न बाच्न वाद्यभइ मन मा अनेक कुरा खेलिरहन थालेका छन खै के भयो? अब बहुलाउन मात्रै बाकी छ 😭
हामी लेडिज को पिरमर्का बुझिदिने यो बिदेश मा को होला र ? 😭
केही निकाय मा गएर कुरा राखौं नयाँ छु केही थाहा छैन ।? काम गरौं गर्दागर्दै पनि जति बेला पनि छिटोभन्दा छिटो गर काम गर्न आको भन्ने १२/१४ घन्टा काम लगायो बेसिक तलब दिन्छ । सकिन अब हार खाए ..............
जानकारी हुनेले अथवा हाम्रो समस्या सुनिदिने र उचित परामर्श गरिदिने कुनै संघ संस्था भए टेलीफोन नम्बर दिनुहोला ।
१.कम्पनी को नाम अहिले लेखिन ।
२.कम्पनी भित्र मोबाइल लान दिदैन ।
३. साइन दे भन्दा दिदैन नेपाल पठाउछु भन्छ ।
४. काम गर भन्छ जान्छु गर्छु फेरि गाली गर्छ । रुम मा फर्काउछ ।
साथै यो कम्पनी बाट कोहि छोडेर जानुभएको लाई सबै थाहा होला ।
(मेरो अन्तिम जिज्ञासा )
क)नेपाल embassy ले हामी लाई सहयोग गर्न सक्छ कि सक्तैन ?
ख)मलाइ नेपाल पठाउने अनुमती हुन्छ र ? कम्पनी कर्मचारी ले जति बेला पनि नेपाल पठाउछु भन्छ । तेत्रो दु:ख गरेर आएको । काम म गर्न सक्छु १४/१५ घन्टा तर ट्चर हुनु भएन र काम अनुसार को थप ज्याला पाउनुपर्यो !
बोदार्थ :-
@ श्रमिक को हक हित मा आवाज उठाउने निकायहरु
@ नेपाल एम्बेसी दक्षिण कोरिया
@ महिला हकहित को लागि काम गर्ने निकायहरु
थप बिस्तारै लेखी रहनेछु जहाँ जीवन रहुन्जेल......................
(टचर अत्तिनै भयो 😭)
26/06/2024
विवेक सरको अनुरोध/सुचना ।
25/06/2024
दक्षिण कोरियाको ह्वासङ्गस्थित एक ब्याट्रि कम्पनीमा आगलागि हुदा २० जना भन्दा बढिको ज्यान गएको छ । विहान १०: ३० बजे सुरु भएको आगो निभाउन निकै समय लागिरहेको छ। फ्याक्ट्रीभित्र करिब ३५ हजार ब्याट्रि रहेकाले निरन्तर ब्याट्रि विस्फोट भईरहदा त्यसबाट निस्कने हानिकारक ग्यास र धुवाको कारण आगलागि नियन्त्रण तथा कामदारको उध्दारमा कठिनाई भईरहेको बताईएको छ । समाचार श्रोतका अनुसार त्यस कम्पनिमा अधिकांश चाइनिज कामदारहरु रहेको र अहिलेसम्म सो कम्पनिमा नेपाली कामदार नभएको बुझिएको छ ।
24/06/2024
किताब खरिद गर्ने link पहिलो comment मा छ।
24/06/2024
EPS INFO EP.04(Nepali) EPS INFO EP.04(Nepali)
24/06/2024
दक्षिण कोरियाको राजदुत हुन अस्विकार ❗️
दक्षिण कोरीयाका लागि राजदूतमा सिफारिस हुनुभएका सुशील प्याकुरेलले आज एक प्रेस बिज्ञप्ती मार्फत सरकारले आँफुलाइ एकपटक पनि नसोधी प्रस्ताब गरेको भन्दै दक्षिण कोरियाको लागि प्रस्तावित राजदुत हुन अस्विकार गर्नुभएको छ ! गत शुक्रबार बसेको मन्त्री परिषदको बैठकले उहाँलाई दक्षिण कोरियाको राजदुतको लागि प्रस्ताब गरेको थियो ।