27/08/2026
वि.सं. २०८३ भदौ १० गते भोटेकोशी नदीमा आएको ठूलो बाढीका कारण रसुवा र नुवाकोट लगायतका विभिन्न स्थानमा भएको मानवीय तथा भौतिक क्षतिप्रति ज्ञानश्री विद्यालय परिवार गहिरो दुःख व्यक्त गर्दछ।
यस विपदमा आफ्ना प्रियजन गुमाउनु भएका परिवारहरूप्रति हामी हार्दिक समवेदना प्रकट गर्दछौँ। हराइरहनु भएका आफन्तको प्रतीक्षामा रहेका परिवारहरूको पीडामा हामी साथमा छौँ।
प्रभावित सबै परिवार, समुदाय तथा उद्धार र राहत कार्यमा अहोरात्र खटिरहनु भएका सम्पूर्ण सुरक्षाकर्मी, स्वयंसेवक र सहयोगी हातहरूप्रति हामी सम्मान र ऐक्यबद्धता व्यक्त गर्दछौँ।
यस कठिन घडीमा सबै प्रभावित परिवारमा धैर्य, साहस र आशाको उज्यालो कायम रहोस् भन्ने हाम्रो हार्दिक कामना छ।