जीवन बाेध Jeevan Bodh

जीवन बाेध Jeevan Bodh Jeevan Bodh inspires your journey towards inner peace, self-discovery, and enlightenment.

Welcome to our spiritual sanctuary, a space dedicated to exploring the depths of the soul and the mysteries of the universe. Here, we share insights, practices, and wisdom from various spiritual traditions to inspire your journey toward inner peace, self-discovery, and enlightenment. Join us as we delve into meditation, mindfulness, and the transformative power of love and compassion. Embrace the light within and connect with a community of like-minded seekers on the path to spiritual awakening.

आजकाे अध्ययन:अध्याय २ श्लाेक ७० भगवद् गीताआपूर्यमाणमचलप्रतिष्ठंसमुद्रमाप: प्रविशन्ति यद्वत् |तद्वत्कामा यं प्रविशन्ति सर...
28/04/2024

आजकाे अध्ययन:
अध्याय २ श्लाेक ७० भगवद् गीता

आपूर्यमाणमचलप्रतिष्ठं
समुद्रमाप: प्रविशन्ति यद्वत् |
तद्वत्कामा यं प्रविशन्ति सर्वे
स शान्तिमाप्नोति न कामकामी ।।२।७०।।

अर्थातः

जसरी सबै नदीहरु एउटै समुन्द्रमा गएर मिल्छन, शान्त हुन्छन्, त्यसैगरी विषयबाट कामलाई खिचेर आत्मा अधिष्ठित सन्तहरुले शान्ति पाउँछन् । विषयानुरागीहरुले शान्ति पाउन सक्दैनन् ।

यस श्लोकमा भगवानले समुन्द्रको उपमा दिएर यो सम्झाउनुभएको छ कि जसरी समुन्द्र ‘आर्पूयमाणम्’ अर्थात अथाह जलले परिपूर्ण छ, त्यसरी नै स्थितप्रज्ञ अनन्त आनन्दले परिपूर्ण हुन्छ । जसरी समुन्द्रलाई जलको खोजी हुँदैन, त्यसैगरी स्थितप्रज्ञ पुरुषलाई कुनै पनि सांसारिक सुख भोगको थोरै पनि आवश्यकता हुँदैन । जसरी समुन्द्रको स्थिति अचल हुन्छ, ठूलोभन्दा ठूलो आँधी–तूफान आउँदा पनि वा अनेक प्रकारका नदीहरुको जलप्रवाह प्रविष्ट हुँदा पनि आफ्नो स्थितिबाट विचलित हुँदैन, त्यसैप्रकार परमात्माको स्वरुपमा स्थित योगीको स्थिति पनि सदैव अचल हुन्छ, ठूलोभन्दा ठूलो सांसारिक सुख–दुःखको संयोग–वियोग हुँदा पनि उसको स्थितिमा थोरै पनि फरक हुँदैन, ऊ सच्चिदानन्द परमात्मामा नित्य निरन्तर अटल र एकरस स्थित रहन्छ ।
उपर्युक्त प्रकारले जो आप्तकाम छ, जसको कुनै पनि भोगमा थोरै पनि आवश्यकता छैन, जसमा सबै भोग प्रारब्ध अनुसार आफैँ आएर विलीन हुन्छन् र जो स्वयं कुनै भोगको कामना गर्दैन, उसले नै परम शान्ति प्राप्त गर्दछ । भोगको कामना गर्ने मनुष्यले कहिल्यै शान्ति प्राप्त गर्दैन किनकी उसको चित्त निरन्तर अनेक प्रकारका भोग–कामनाहरुमा विक्षिप्त रहन्छ र जहाँ विक्षेप हुन्छ, त्यहाँ शान्ति कसरी हुन्छ ? त्यहाँ त हरेक पदमा चिन्ता, जलन र शोक नै बास गर्दछ ।
www.jeevanbodh.com

आजकाे अध्ययन:भागवद्गीता अध्याय २ श्लाेक ६२:ध्यायतो विषयान्पुंस: सङ्गस्तेषूपजायते |सङ्गात्सञ्जायते काम: कामात्क्रोधोऽभिजा...
26/04/2024

आजकाे अध्ययन:
भागवद्गीता अध्याय २ श्लाेक ६२:

ध्यायतो विषयान्पुंस: सङ्गस्तेषूपजायते |
सङ्गात्सञ्जायते काम: कामात्क्रोधोऽभिजायते ।।२।६२।।

अर्थातः

जसले बारम्बार विषयहरुको चिन्तन गर्दछ त्यसको विषयमा आसक्ति बढ्छ । आसक्तिबाट कामनाको उत्पत्ति हुन्छ । कामना पूरा नभएमा क्राेधको उत्पन्न हुन्छ ।

जो मनुष्यको भोगमा सुख र रमणीय बुद्धि छ, उसले परमात्माको चिन्तन गर्दैन र यस्तो मनुष्यको परमात्मामा प्रेम र आश्रय नभएका कारण उसको मनले इन्द्रियका विषयमा चिन्तन गरिरहन्छ । यसरी विषयको चिन्तन गर्दागर्दै ती विषयहरुमा अत्यन्त आसक्ति हुन्छ । आसक्ति भएपछि अनेक कामना उत्पन्न हुन्छ । उसलाई मनमा अनेक भोग प्राप्त गर्ने अभिलाषा हुन्छ । ती भोग गर्ने कामनामा कहीँ कतै बाधा पर्यो भने उसमा द्वेष बुद्धि भएर क्रोध उत्पन्न हुन्छ ।
www.jeevanbodh.com

आजकाे शुभ वाणी:'गुरुसँग बसेर सत्य जान्ने चेष्टा गर । उहाँसँग बारम्बार प्रश्न गर र असीम सेवा गर । उहाँले तिमीलाई परम ज्ञा...
25/04/2024

आजकाे शुभ वाणी:
'गुरुसँग बसेर सत्य जान्ने चेष्टा गर । उहाँसँग बारम्बार प्रश्न गर र असीम सेवा गर । उहाँले तिमीलाई परम ज्ञान दिनुहुन्छ किनभने केवल उहाँले नै सत्य जान्नुभएको छ ।' - श्रीला प्रभुपाद
https://jeevanbodh.com/quotes/srila-prabhupad

आजकाे शुभ वाणी:'सबैभन्दा उत्कृष्ट दान नै ज्ञान दान हो ।' - रमण महर्षिhttps://jeevanbodh.com/quotes/ramana-maharshi
24/04/2024

आजकाे शुभ वाणी:
'सबैभन्दा उत्कृष्ट दान नै ज्ञान दान हो ।' - रमण महर्षि
https://jeevanbodh.com/quotes/ramana-maharshi

जय हनुमान !!!आज हनुमान जयन्तीकाे अवसरमा 'हनुमान चालिसा' १०८ पटक पाठ गर्नुहाेस् ।हनुमान चालिसा:रामनाथ हृदयमा राखी,बोलन श्...
23/04/2024

जय हनुमान !!!
आज हनुमान जयन्तीकाे अवसरमा 'हनुमान चालिसा' १०८ पटक पाठ गर्नुहाेस् ।

हनुमान चालिसा:

रामनाथ हृदयमा राखी,
बोलन श्री जय जय राम।
भज राम नाम हर घडी,
परम पद सुख धाम।
https://jeevanbodh.com/blogs/learnings/hanuman-chalisa

जय हनुमान !!!हनुमान जयन्तीकाे शुभकामना !!!पवनपुत्र हनुमानकाे कल्याणमयी कृपा हामीमा बर्सिरहाेस् !!!
23/04/2024

जय हनुमान !!!
हनुमान जयन्तीकाे शुभकामना !!!
पवनपुत्र हनुमानकाे कल्याणमयी कृपा हामीमा बर्सिरहाेस् !!!

आजकाे शुभ वाणी:'हरेक श्वास आनन्दको श्वास बनाउन सिक्नुहोस् । यसको लागि साधना खुब गर्नुहोस् । जीवन साधनामय बनाउनुहोस् । तब...
23/04/2024

आजकाे शुभ वाणी:
'हरेक श्वास आनन्दको श्वास बनाउन सिक्नुहोस् । यसको लागि साधना खुब गर्नुहोस् । जीवन साधनामय बनाउनुहोस् । तब आनन्दै आनन्द आउँछ ।' - सद्गुरुदेव
https://jeevanbodh.com/quotes/sadhgurudev

आजकाे शुभ वाणी:'म अरुसँग केही आशा गर्दिन, त्यसैले उनीहरुको कुनै पनि क्रिया मेरो ईच्छाको विरुद्ध हुन सक्दैन ।' - श्री युक...
22/04/2024

आजकाे शुभ वाणी:
'म अरुसँग केही आशा गर्दिन, त्यसैले उनीहरुको कुनै पनि क्रिया मेरो ईच्छाको विरुद्ध हुन सक्दैन ।' - श्री युक्तेश्वर गिरी
https://jeevanbodh.com/quotes/shri-yukteswar-giri

आजकाे शुभ वाणी:'जीवनका अनुभवहरुलाई गम्भीर भएर नहेर । वास्तवमा ति सपनाका अनुभवजस्तै हुन् । आफ्नो खेल खेल र कहिल्यै नबिर्स...
21/04/2024

आजकाे शुभ वाणी:
'जीवनका अनुभवहरुलाई गम्भीर भएर नहेर । वास्तवमा ति सपनाका अनुभवजस्तै हुन् । आफ्नो खेल खेल र कहिल्यै नबिर्सिऊ, यो नाटक मात्र हो ।' - परमहंस योगानन्द
https://jeevanbodh.com/quotes/paramhansa-yogananda

आजकाे शुभ वाणी:'म भित्र हेर्छु र म कोही होइन भन्ने जान्नु नै विवेक हो । म बाहिर हेर्छु र म सबैचिज हुँ भन्ने जान्नु नै प्...
20/04/2024

आजकाे शुभ वाणी:
'म भित्र हेर्छु र म कोही होइन भन्ने जान्नु नै विवेक हो । म बाहिर हेर्छु र म सबैचिज हुँ भन्ने जान्नु नै प्रेम हो ।' - श्री निसर्गदत्त महाराज
https://jeevanbodh.com/quotes/shri-nisargadatta-maharaj

हृदयविदारक:नेपाल सेमिफाईनलमा नै राेकियाे 😢
19/04/2024

हृदयविदारक:
नेपाल सेमिफाईनलमा नै राेकियाे 😢

आजकाे शुभ वाणी:'बोध गर्नको लागि आशक्ति अत्यन्त ठूलो बाधक हो ।' - नीम करोली बाबाhttps://jeevanbodh.com/quotes/neem-karoli...
19/04/2024

आजकाे शुभ वाणी:
'बोध गर्नको लागि आशक्ति अत्यन्त ठूलो बाधक हो ।' - नीम करोली बाबा
https://jeevanbodh.com/quotes/neem-karoli-baba

Address

Kathmandu

Alerts

Be the first to know and let us send you an email when जीवन बाेध Jeevan Bodh posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share