Dhirendra bishwokarma-धिरेन्द्र बिश्वोकार्मा

  • Home
  • Nepal
  • Kathmandu
  • Dhirendra bishwokarma-धिरेन्द्र बिश्वोकार्मा

Dhirendra bishwokarma-धिरेन्द्र बिश्वोकार्मा Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Dhirendra bishwokarma-धिरेन्द्र बिश्वोकार्मा, Kathmandu.

04/08/2025

परीक्षामा सहभागी
नियमिततर्फ :- ३ लाख ९६ हजार ३४७
आंशिकतर्फ :- १ लाख १४ हजार ६४०
कुल जम्मा :- ५ लाख १० हजार ९८७
परीक्षा रद्द गरिएको :- नियमिततर्फ ११ र आंशिकतर्फ ६ गरी १७ जना
ग्रेडेड विद्यार्थीहरू:-
नियमिततर्फ :- दुई लाख ४२ हजार ४६५
आंशिकतर्फ :- ४१ हजार ८४०
जम्मा :- २ लाख ८४ हजार ३०५

३.६१ देखि ४.० जीपीए ल्याउने १३,५०२
३.२१ देखि ३.६० जिपीए ल्याउने ५५ हजार ८९६
२.८१ देखि ३.२० जीपीए ल्याउने ९४ हजार २६८
२.४१ देखि २.८० जीपीए ल्याउने ५९ हजार ८१२
२.०१ देखि २.४० जीपीए ल्याउने ८ हजार ९६४
१.६१ देखि २.० जीपीए ल्याउने २३ जना

महत्त्वपूर्ण जानकारी 🙏
10/09/2024

महत्त्वपूर्ण जानकारी 🙏

नदिहरुको संगम स्थल सम्बन्धि जानकारी 🙏
04/09/2024

नदिहरुको संगम स्थल सम्बन्धि जानकारी 🙏

24/07/2024

मृत्यु मा पनि विभेद किन !!
बिडम्बना धनी र गरिब जनतामा विभेद यति धेरै किन???
जहाज मा उड्ने को मात्रै देश-नेता हो,
जमिन मा गुड्ने को होइन भन्ने कुरा को प्रमाणित आज भयो!!
त्रिशुली किन गइएन, राष्ट्रिय झन्डा किन झुकेन ६५जना मर्दा के उनिहरु चाहिँ नेपाली जनता नै थिएनन ?
#मेरो_देश्😭

केएर स्टार्मर बेलायतको नयाँ प्रधानमन्त्री ❣️🙏➟लेबर पार्टीका नेता केएर स्टार्मर बेलायतको प्रधानमन्त्री बनेका छन्➟सन् २०२४...
06/07/2024

केएर स्टार्मर बेलायतको नयाँ प्रधानमन्त्री ❣️🙏
➟लेबर पार्टीका नेता केएर स्टार्मर बेलायतको प्रधानमन्त्री बनेका छन्
➟सन् २०२४ जुलाई ५ मा नियुक्त
➟लेबरले ४१२ सिट जित्दा तत्कालीन प्रधानमन्त्री ऋषी सुनकको कन्जर्भेटिभ पार्टीले जम्मा १२१ सिट जितेको हो। त्यहाँ सरकार बनाउन ३२५ सिट जित्न पर्छ।
➟१४ वर्ष सत्तामा रहेको कन्जर्भेटिभ पार्टीलाई पराजित गर्दै लेबरले भारी बहुमत प्राप्त गरेको छ।
➟बेलायतको ‘हाउस अफ कमन्स’ (संसद) मा ६५० जना सांसदहरू हुन्छन्।

21/06/2024

आज १० औं अन्तर्राष्ट्रिय योग दिवस २०२४ 🙏❣️
➙नारा:- "Yoga for Self and Society."
➙संयुक्त राष्ट्रसंघको महासभाबाट पारित प्रस्ताव अनुसार २१ जुनलाई विश्व योग दिवस मनाउन नेपाल सरकारले पनि २६ जेठ २०७३ मा निर्णय गरेको थियो ।

सरकारी जागिरमा कुन विज्ञापन कहिले खुल्छ??
21/06/2024

सरकारी जागिरमा कुन विज्ञापन कहिले खुल्छ??

20/06/2024

नेपालमा उर्जा तथा विधुत सम्बन्धि जानकारी
१) उर्जा मन्त्रालयको स्थापना – बि.सं. २०६६
२) सर्वप्रथम नेपालमा बिजुली बलेको – बि.सं. १९६८
३) बिजुली बालिएको स्थान – सिंहदरबार
४) पहिलो जलविद्युत आयोजना – फर्पिङ जलविद्युत आयोजना
५) फर्पिङ जलविद्युत आयोजना एशियाको कति औ- दोस्रो
६) फर्पिङ जलविद्युत आयोजना अर्को नाम – चन्द्रज्योति
७) फर्पिङ जलविद्युत आयोजनाको उत्पादन क्षमता – ५०० KW
८) सबैभन्दा ठूलो जलविद्युत आयोजना – कालिगण्डकी ए
९) कालिगण्डकी ए निर्माण सहयोग – एडिवि
१०) नेपाल सरकारले आफ्नै लगानिमा निर्माण गरेको – सुन्दरीजल ज.
११) नीजि क्षेत्रबाट निर्मित पहिलो जलविद्युत – खिम्ती ज.
१२) खिम्ती जलविद्युत आयोजना रहेको जिल्ला – दोलखा
१३) Hydro Headquarter – दोलखा
१४) सबैभन्दा उचाइमा पर्ने जलविद्युत आयोजना – थामे
१५) पहिलो उर्जा संकटकाल घोषणा – बि.सं. २०६५ पुष, १०
१६) उर्जा संकटकालको अवधि – ५ वर्ष
१७) नेपालमा सौर्य उर्जाको अवधारणा – सन् १९९४ (तनहुँ)
१८) नेपालमा प्रथम गोवरग्याँस प्रयोग – बि.सं. २०१२
१९) उर्जा दिवश – जेठ ९
२०) जलविद्युत विकासको २० वर्षे कार्ययोजना – २०६७-३-३०
२१) तापिय विद्युत केन्द्रबाट उत्पादित विद्युत – ५३.७ MW
२२) माथिल्लो तामाकोशीको शिलान्यास – बि.सं. २०६८ जेठ ४
२३) कर्णाली बेसिनबाट अनुमानित बिद्युत उत्पादन – ३२००० MW
२४) गण्डक बेसिनबाट अनुमानित बिद्युत उत्पादन – २१००० MW
२५) कोशी बेसिनबाट अनुमानित बिद्युत उत्पादन – २२००० MW
२६) नेपालका नदिहरूबाट अनुमानित उत्पादन हुने विद्युत – ८३००० MW

जलबिधुत क्षमता कतिलाई कति क्षमता ?
१) लघु जलविद्युत आयोजना – १०० KW सम्म
२) साना जलविद्युत आयोजना – १-२५ MW सम्म
३) मझौला जलविद्युत आयोजना -२५-१०० MW सम्म
४) ठुला जलविद्युत आयोजना – १००-१००० MW सम्म
५) मेघा जलविद्युत आयोजना – १००० MW माथि

केही जलबिधुत आयोजनाहरू
१) फर्पिङ . ५०० KW, काठमाण्डौ – बि.सं. १९६८
२) सुन्दरीजल . ६४० KW, काठमाण्डौ – बि.सं. १९९२
३) पनौती . २४०० KW, काभ्रे – बि.सं. २०२२
४) त्रिशुली . २१००० KW, नुवाकोट . बि.सं. २०२३
५) फेवाताल . १०८८ KW, कास्की – बि.सं. २०२४
६) सुनकोशी . १००५० KW, सिन्धुपाल्चोक – बि.सं. २०२९
७) गण्डक . १५००० KW, नवलपरासी – बि.सं. २०३६

18/06/2024

क, ख, ग, घ...........ज्ञ पढी सक्नु भयो अब त्यस्को मतलब पनि बुझ्नुहोस है त
क - कलह नगरौं!
ख- खराब काम नगरौं !
ग- गर्व पनि धेरै नगरौं !
घ- घमण्ड नगरौं!
च- चिन्ता नगरौं !
छ- छल-कपट नगरौं!
ज- जिम्मेवारी पुरा गरौं!
झ- झुट नबोलौं !
ट- टिका टिप्पणी कसैको नगरौं!
ठ- ठगी नगरौं !
ड- डर लाइ हटऔं!
ढ- ढोँगी नबनौं !
त- तुच्छ विचार हटाऔं !
थ- थाक्न हुन्न नथाकौं !
द- दयालु बनौं !
ध- धोखा नदेऔं !
न- नम्र बनौं !
प- पाप नगरौं !
फ- फाल्तु काम मा समय नखर्चौं!
ब- बितण्ड नमच्चाउँ !
भ- भावुक बनौं !
म- मह झैँ मिठो बोलौं !
य- यथार्थ मा बाँच्न सिकौं !
र- रुन हुन्न नरोऔं !
ल- लोभ नगरौं !
व- विकल्पहरु खोजौं !
श- शत्रुता छोडौँ
ष- षड्यन्त्र नगरौं !
स- सत्य बोलौं !
ह- हँसिलो बनौं !
क्ष- क्षमा गरौं !
त्र- त्रसित कसैलाई नबनाउ !
ज्ञ- ज्ञानी बनौं !!
असल मानिस बन्ने प्रयत्न गरौँ !!!

Address

Kathmandu

Telephone

+9779862469717

Website

Alerts

Be the first to know and let us send you an email when Dhirendra bishwokarma-धिरेन्द्र बिश्वोकार्मा posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The School

Send a message to Dhirendra bishwokarma-धिरेन्द्र बिश्वोकार्मा:

Shortcuts

Share