22/06/2025
#पदपूर्ति भनेको के हो ? निजामती सेवामा पदपूर्तिका तरिका र प्रक्रियाहरु लेख्नुहोस ।(३+७)
#उत्तर:-
✔संगठनमा रिक्त रहेको पद वा नया सिर्जना भएको पदमा योग्य दक्ष जनशक्ति निश्चित प्रक्रिया द्वारा पुर्ती गर्ने कार्यलाई पदपुर्ती भनिन्छ,
✔यस अन्तर्गत संगठन प्रती आक्रशण गर्ने,भर्ना र छनोट गर्ने,नियुक्ति र पदस्थापना गर्ने,सामाजिकीकरण र कार्यसम्पादन गर्न लगाउने सम्मका गतिविधिहरु पर्दछ्न,
✔यसबाट संगठनमा उपयुक्त जनशक्ति उपयुक्त समयमा उपयुक्त कामको लागि पुर्ती हुन्छ र संगठनले गतिशीलता,निरन्तरता र जिवनता पाउछ,
✔तरिका र प्रक्रिया:-
१)आन्तरिक पदपूर्ति
२) खुल्ला पदपूर्ति
१) आन्तरिक पदपूर्ति:-
✔संगठनमा रिक्त रहेको वा नया सृजना भएको पदमा संगठन भित्रै कार्यरत योग्य दक्ष जनशक्ति मध्य औपचारिक प्रक्रिया पूरा गरि पदपूर्ति गर्ने कार्य आन्तरिक पदपूर्ति हो,
✔यसले कर्मचारीको उत्प्रेरणा र मनोबल उच्च हुन्छ,अनुभवी कर्मचारी माथिल्लो पदमा पुग्ने भएकोले कार्यसम्पादन सहज हुन्छ,
✔आन्तरिक पदपूर्ति गर्ने प्रक्रियाहरु:-
👉आन्तरिक प्रतियोगितात्मक परिक्षा द्वारा
👉सरुवा गरेर
👉बढुवा गरेर
👉पदस्थापन गरेर
👉काज
👉निमित्त
👉कामु
२) खुल्ला पदपूर्ति:-
✔संगठनमा रिक्त रहेको पद वा सृजना भएको नया पदको लागि खुल्ला प्रतियोगितात्मक परिक्षा द्वारा योग्य र दक्ष जनशक्ति छ्नोट गरि पदपूर्ति गर्ने कार्य खुल्ला पदपूर्ति हो,
✔यसबाट संगठनमा नया रक्तसञ्चार हुन्छ,संगठनको कार्यशैली परिवर्तन हुन्छ,नया नया सूचना प्राविधिको प्रयोग बढ्छ,र संगठनमा नया पन झल्किन्छ,
✔खुल्ला पदपूर्ति गर्ने जिम्मा लोक सेवा आयोगलाई दिइएको छ,लोक सेवा आयोगले निजामती सेवा ऎन २०४९ को दफा ७ को ब्यवस्थाको अधिनमा रहि देहाएको प्रक्रिया द्वारा पदपूर्ति गर्दै आएको छ,
प्रक्रियाहरु:-
👉पदपूर्ति बार्षिक कार्यतालिका प्रकाशन,
👉रिक्त पदको संकलन र प्रतिशात निर्धारण,
👉बिज्ञापन प्रकाशन र दर्खास्त संकलन,
👉प्रशासनिक अभिरुचि परिक्षण,
👉लिखित परिक्षा संचालन र नतिजा प्रकाशन,
👉प्रयोगात्मक परिक्षा र अन्तर्वार्ता संचालन,
👉अन्तिम नतिजा प्रकाशन र नियुक्तिको लागि सिफारिस,
👉नियुक्ति र पदस्थापना,